एडिसन दर्लामी मगर, पोखरा
बाल्यकालमा तिमीसगैं खेलेको याद आयो
रेल बनाई गुडाएको रेल(वेको याद आयो।
बनाउने गर्थ्यौं भांडाकुटी माटो पानी मिसाएर
माटोको त्यो रोती बनाई बेलेको याद आयो।
टिप्ने गर्थ्यौं बोटमा चढि निबुवा र सुन्तला
चुक बनाउन निबुवालाई पेलेको याद आयो।
खेलाउने गर्थ्यौं खरायो र चल्लाहरु समाएर
छेकी छेकी भालेहरु जुधाउन घेलेको याद आयो।
माया गर्छौं भनेर डुल्ने गर्थ्यौं बनपाखा संगै
अपरिपक्क माया हामिले जेलेको याद आयो।
कोहिबाट तिरस्कार पायौं कोहिबाट पुरस्कार
यि यस्तै कार्यहरु हामीले झेलेको याद आयो।