Home साहित्य फ्याथफूल डगको सम्झना(कबिता)

फ्याथफूल डगको सम्झना(कबिता)

E-mail Print PDF
AddThis Social Bookmark Button

बिष्णु गुरुङ (एकता)

क्यालिफोर्निया (अमेरिका)


फेसबुक खोले देखे धेरै प्रेम दिवसको शुभकामना,

कबिता लेखु झैँ लाग्यो तर के लेखु भएछु दोमन।

अनयास झिमिक्कमा सुन्दर कुकुर देखे सपनामा,

अनि कबिता लेख्न मन लाग्यो।

फ्याथफूल डगको सम्झनामा,

प्रेम दिवसको यो दिनमा। 

 

"हाचीको" एउटा प्रोफेसरसंग बस्दथ्यो जापानमा।

उँ माष्टरलाई सधै बिहान पुर्यादथ्यो ट्रेन स्टेशनमा,

र सधै बेलुकी जानेगर्दथ्यो स्टेशन माष्टरलाई लिन।

दुर्भाग्य १९२५ को एकसाँझ उसको माष्टर फ़र्किएन,

कहिलै फेरी यो संसारमा।

तर पनि हाँचीको पर्खिबस्यो सिबुया स्टेशनमा,

प्रतेक साँझ १० बर्ष सम्म जीवनको अन्तसम्म।

जीवनको अन्तसम्म ।

 

सक्चा प्रेम मुखमा होईन आत्ममा हुन्छ।

जुन रगतको नाता भन्दा बलियो हुन्छ,

जहाँ विश्वास र त्याग हुन्छ।

फ्याथफूल डग "हाचीको" ले यहिँ संदेश,

दुनियाँलाई छाडेर अमर बने।

यो संदेश युग युग सम्म होस सबैको हृदयमा,

यहिँ भ्यालेनटाईन्स डे को शुभकामना।

यहिँ भ्यालेनटाईन्स डे को शुभकामना‘ 

 

 

 

Latest News