दाजु गुरुङ , हङकङ
हुस्स फुलेको हिउदका दिनहरुमा
चिसो सिरेटोले वारम्वार सेकिरहदा
उठ्न नसकेका मनका मुनाहरु
निथ्रुक्क शीतले भिजेको विहानीमा
अँगालो भरिको घाम भएर आई देऊ प्रिय !
धेरै हिउदहरुमा चिसिएका
चहानाहरुको विस्कुन सुकाउन मन लागेकोछ
र त्यो पारिलो डाँडा माथि
प्रेमिल गीतका लयहरुमा
जिन्दगीको क्यानभास भित्र
सुन्दर अनि सुन्दर प्रोटेटमा
एउटा जीवन्त विहानी वोलाउन मन लागेको छ ।
निर्जन औशीका रातहरुमा
अतृप्त उफानले कम्पित रक्त धमिनीहरु माथि
सागरको लहरहरुमा पनि तातो लू चलि दिदा
काल रात्रीको वलात ऐठन भित्र
थिल थिलो वनिरहेको परिवेशमा
जुनकिरी वालेर कति वसौ ?
एउटा पूर्ण जुन भएर आइदेउ प्रिय !
अघोषित वन्दकीमा वाधिएको
तृप्त– अतृप्त तृष्णाहरुलाई निफन्नु मनलागेकोछ
र माथि अटालीमा मन विछ्याएर
प्रेमिल मनको जुहाँरीमा आकाश गंगालाई साक्षी राखी
कुमारी क्यानभासमा वर्तमानको कुचीले
सुन्दर अनि सुन्दर श्रृजनाका वीजहरुमा
मूर्त आकृतिहरुलाई निम्त्याउन लागेको छ ।
निर्वन्धन समयहरुमा
तरलित जिजिविषा वोकेर
तिमी भित्र न्यानो घाम खोजी रहेछु
शितल जुन खोजीरहेछु
वाँचीरहेको युगको निरन्तरताको लागि ।
dajuup@yahoo.com/22/02/2014