HongKongNepali.com, The Next Media

Sunday
Feb 25th
Home साहित्य सन्तानलाई सुझाब(कविता)

सन्तानलाई सुझाब(कविता)

E-mail Print PDF
AddThis Social Bookmark Button

बिष्णु गुरुङ (एकता)

क्यालिफोर्निया, अमेरिका

 

गर्वित छौ तिम्रो आमाबाबु हुनुमा,

पाईला अगाडि सारा संसार हेर्न।

हृदय खोल सबैलाई प्रेम गर्न,

आवाज दिन सक सहि कुरा बोल्न।

 

अरुको कमजोरीको फाईदा नलिनु,

आफ्नो कमजोरी पत्ता लगाउनु।

आफुले गल्ति गर्नलाई नपर्खनु,

अरुको गल्तीबाट पाठ सिक्नु।

 

आगाडिको बाधा, अड्चन देख्न सिक,

समस्या र चुनौतीलाई स्वीकार्न सिक

दुख भित्र वास्तविक सुख लिन सिक,

अनमोल जीवनको अर्थ बुझ्न सिक

 

कहिल्यै निरास नहनु है जीवनदेखि,

हाँसिरहेकी छिन प्रकृति तिम्रै लागि।

पर्खिरहेछन दुनियाँ माया र मुस्काँन पाउँन,

शुभकामना छ तिमीलाई जीवन बुझ्न।

शुभकामना छ तिमीलाई जीवन बुझ्न।।

 
Comments (1)
Namaskar
1 Friday, 20 February 2015 21:13
Bhakta kc
kabita haru ramro lagyo

JIRISANDESH WEEKLY KO lagi bhaktakc10@gmail.com ma pathaidunu hola

Add your comment

Your name:
Subject:
Comment: