ओस्कार दर्लामी मगर
आत्मनिर्णय, स्वशासन, प्रशासनिक सुलभता
पक्कै हुन्छ समाबेशिता आयो भने संघियता।
आफ्नो भाग्यको फैसला आफै गर्ने युग हो यो
त्यसैले त स्विकार हुनैपर्छ जनताको सर्बोच्चता।
पुर्ण रुममा समाबेशी शासन सञ्चालन गरौं अब
हटांउ एकात्मक राज्य ब्यबस्था र निरङ्कुशता।
फुटाउने हैन संघियताले सम्बन्धलाई प्रगाढ गर्छ
अझै मजबुट पार्छ राष्टिय एकता अनि अखण्डता।
के ले फाईदा के ले बेफाईदा हुन्छ, आफै बुझौं
अपनाउनुपर्दछ नेपाली जनताले आफै सजगता।