Home साहित्य तिमीले हेरिरह्यौ(गीत)

तिमीले हेरिरह्यौ(गीत)

E-mail Print PDF
AddThis Social Bookmark Button

इन्जिनियर राकेश कार्की

उपाध्यक्ष - अनेसास लस एन्जेलस च्याप्टर - लस एन्जेलस

 

तिमीले के सोचि हेरिरह्यौ

म गइरहेँ

हवाइजहाजमा आँखा चिम्लदा

तिमी मै भइरहेँ

 

 

तिम्रो परेलीमा अडियो थोपा

आँखा भरिएर टिलपिल

फर्कि फर्कि हेर्न नसकि

अहिले रोएँ पिलपिल

 

तिमीले हाँसेर बिदा दिँदा

मायाले मलाई समाइरह्यौ

तिम्रो मनको घाउ मलाई

सुम्सुमाउन थमाइरह्यौ

 

फेरि फर्किन्छु चाँडै भनि

म गइरहेँ

सपना बटुल्दै विरानो देशमा

तिमी मै भइरहेँ

 

Latest News