HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home साहित्य आज मलाई बधाई छ (कविता )

आज मलाई बधाई छ (कविता )

E-mail Print PDF
AddThis Social Bookmark Button

मौनतामा कुण्ठित ति भावहरु

विशुद्ध ति शब्दहरु

कति मीठासपन थियो त्याहाँ

बुज्रुक बन्नुपर्दाको त्यो पल

नाप्नु पर्दाको लम्बाई चौडाई हरफहरु

अन्योन्याश्रित हाम्रा सम्बन्धहरु

आहा १ कति सुन्दर थिए ति पल

लामो समयको अन्तरालपछि

आज म त्यहि पल अँगालिरहेकि छु

त्यसैले त

बधाई छ, आज मलाई । 

 

हाम्रा अनुभूतिको जीबनमय प्रतीक

लुप्त हुन चाहँदैन मेरो स्मृर्तिको मानसपटलमा

र त आज

पाएका तिम्रा भेटहरु

सम्बोधन कसोरी गरुँ म

कुन शब्दले तारिफ गरुँ म

तिम्रो उपस्थितिको खुशीले

सुनामी छालहरु झै

ब्यग्र छन् भावहरु

तिम्रो पर्खाइको मज्जा बेग्लै

विरसिला भावहरुलाई

सार्वजनिक गर्नुको मज्जा बेग्लै

प्रेमिला शुक्ष्म ति तन्तुहरुले हामीलाई

सुललित रुपबाट बाँधिदिईरहेको

आभाषको मज्जा बेग्लै

र त

बधाई छ आज मलाई ।

 

थकित सुस्केराहरुले सिञ्चित

गरिरहनु पर्दाको त्यो नमीठो क्षण पश्चात्

तिम्रो भेट आज अक्षरहरु मार्फत

न त कतै विचलन

न त कतै विघटन

नीयतिको विग्रहले टाढा रहनु पर्दाको त्यो पल

वियोगको शैय्यामा टाँगिदै गर्दाको त्यो पल

अनि भ्रुणको हत्या हुनै लाग्दाको यो पल

आज अनयासै

खुशीको ज्वारभाटा एकै साथ

विनिमय गर्न पाउँदाको यो पल

आत्मीयताले शिखर चुम्दै गर्दा

शब्दहरुको खात लगाएरै भएपनि

आज मलाई बधाई छ ।

 

बधाई छ, आज मलाई।

 

- लिलु थापा मगर

गोरखा,  नेपाल

 

Add your comment

Your name:
Subject:
Comment: