उज्ज्वल उजागर गौतम
बिजय कुमारले खाएको त्यही रक्सीले इज्जत कमायो
मैले पिएको त्यसैले बेइज्जति
हरिबंशको चिना हराउंदा पनि कत्रो उन्नति
म खल्तीमै चिना बोकेर हिंड्न्नेको हेर्नुस यो दुर्गति
बिनोद चौधरि देखी लिएर बिजय कुमार सम्मको आत्मकथा पढ्हे मैले
हरिबंश र रुक्माङत दाईका किताबका पानाहरु नि एक एक गरी गनें मैले
गुणगान आफ्नो गाउनको लागी आत्मकथा एउटा राम्रो बाटो रहेछ ।
चिनिइ सके पछी जगमा मात्र यो किताब बिक्दो रहेछ ।कहाँली लाग्दो यो मेरो जीवन को, आत्मकथा यहाँ कस्ले पढ्ला
लेखने प्रयाश त म नि गर्दैछु ।
डर लाग्छ यो पान्डुलिपी मै सँग नै डड्ला
साधारण एउटा मनुश्य हुं म बिजय जि जस्तो जर्नलिस्ट हैन
न रुक्माङत दाइ जस्तो सेनानी हुं म
हरिबंश जि जस्तो कलाकार नि भैन
बिपी जस्तो राष्ट्र नेता, नि म कहिल्यै हुन सकिन
सिपीले जस्तो नयां पार्टी खोल्न नि मैले यहाँ कहिल्यै जानिन
यस्तै यस्तै हस्ती भए आत्मकथा म पनि निकाल्थे
भोगेका जीवनका अनुभुती कागजमा म नि उतार्थे
पिएका आज रक्सिले नि भोली कागजमा लेखी इज्जत कमाउंथ्यो ।
कैंयन हाथहरुले मेरो नि आत्मकथाको पुस्तक पल्टाउंथ्यो ।