
सिन्दुर मा राखेर सात फेरा मा राखेर
कहाँ बन्छ हजुर सम्बन्ध घेरामा राखेर
पिन्ड पाक्ला भोली त्यो अलग कुरा हो
जल्दैन लाश कदापी कप्टेरा मा राखेर
श्री राम झै अचेल किन पुजिन्छ मान्छे
कान्छीलाई पल्लै छेउको डेरामा राखेर
आड दिन्छु जिवन मा तेरो भन्दै आयो
आफ्नै पैतलालाई बोक्रा केरा मा राखेर
तुजुक ए शशी म सङ रत्ती नदेखा है
दिवाकरको रश्मीलाई चेहेरा मा राखेर