HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th

गजल

E-mail Print PDF
AddThis Social Bookmark Button

भत्किए राष्ट्रका धरोहर उजागर चिन्तित छ

नियालेर आफ्नै शहर उजागर चिन्तित छ

 

दुश्मन सँग त भिड्ने हिम्मत अझै छ उसमा

आफ्नैले पिलाउदा जहर उजागर चिन्तित छ

 

नयन को क्यालेन्डर मा श्रावण आउँदा  पनि

रोक्नु पर्याछ आंसुको नहर उजागर चिन्तित छ

 

जिन्दगी मा गजल हरु त कती लेखियो कति

बुझ्न नसक्दा अझै यो बहर उजागर चिन्तित छ

 

एकापट्टी आउछ धर्ती तिर अर्को चाही मुटु तिर

पराकम्पन यो चौबिसै प्रहर उजागर चिन्तित छ

 

उज्ज्वल उजागर गौतम

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News