HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th

गजल

E-mail Print PDF
AddThis Social Bookmark Button

खुंडा भाला खुकुरी ले , बेमौसमी होली हान्यौ

दुई बर्से त्यो बालक लाई, कसरी गोली हान्यौ

 

भुकम्प को सर्वनाश , अब हिजो भई सक्यो

तिमीले त कर्णधार , देश को भोली हान्यौ

 

एकातिर लासै लाशको , बिस्कुन बिछ्याएर

आर्को तिर कैयनको ,सिन्दुर रातो चोली हान्यौ

 

पशु हत्या वर्जित को , आवाज यो उठ्या बेला

जिउदो मान्छे कसरी, तिम्ले पोली पोली हान्यौ

 

सहमती गराउन गएका, वार्ता गरे हुन्थ्यो होला

धिक्कार छ तिम्हरुले, एक शब्द नबोली हान्यौ

 

अहोरात्र खटेका थिए, भुकम्प मा तिनिहरु नै

हरे शिव कसरी तिम्ले, माहान त्यो टोली हान्यौ

 

उज्ज्वल उजागर गौतम

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News