मिसावट भन्डार मिल्छ आज काल काठमान्डौ मा
न त शुद्ध आहार मिल्छ आज काल काठमान्डौ मा
ब्राजिल पछी को पानी को दोस्रो धनी मुलुक भन्छन
पानीको किन्ने जार मिल्छ आज काल काठ्मान्डौ मा
चुनाव जिती नै आउनु पर्छ शहर नत्र खैरियत छैन
आउन साथ कार मिल्छ आज काल काठ्मान्डौ मा
फापर को ढिडो को गन्ध सुघ्न किन गाउं आउथे
८४ ब्यन्जन ज्युनार मिल्छ आज काल काठ्मान्डौ मा
हाम्रो पिठो पनि नबिकोस फरक पर्दैन केहि यिन्लाई
यिन्लाई ठुलै ब्यापार मिल्छ आज काल काठ्मान्डौ मा
उज्ज्वल उजागर गौतम