त्रीशुली का नाग बेली,चाल संग रमाउछु
बेग नास फेवा रुपा, ताल सँग रमाउछु
गर्दै नगर म सँग , सागर का कुरा हरु
म त मेरै कर्णालीका, छाल सँग रमाउछु
सुर सुरा र सुन्दरी, तिम्लाई मुबारक छ
म हरिया सिसौ अनि,साल सँग रमाउछु
कीनार हुं नदी को म, समुन्द्र मा पुग्नु छैन
छोडी देउ म त मेरै, हाल सँग रमाउछु
प्रियशी नै हारेपछी, पैसा नाथे के फिकर
अचेल त म जुवाको, खाल सँग रमाउछु
उज्ज्वल उजागर गौतम