उज्ज्वल उजागर गौतम
ग्यास छैन पेट्रोल छैन्,, गजल लेख्यो बस्यो
दशै आको माहोल छैन्,, गजल लेख्यो बस्यो
जती भन्यो उति तिर्नु पर्ने अवस्था भए पछि
खसी बोका मोल्तोल छैन गजल लेख्यो बस्यो
सितन नै न भए पछी अब को छिर्छ यहाँ बाबु
साहुनि भन्छिन झोल छैन गजल लेख्यो बस्यो
छिमेकी दाई भनाउदो ले नाका बन्दी लाए पछि
चाडबाडको कुनै मोल छैन गजल लेख्यो बस्यो