तारा लाई त्यो निलो आकाश मा किन राखियो
भन्नुस न त्यहाँ त्यो खास मा किन राखियो
गरीब लाई हुँदैन नसिब पिठो बाहेक अरु भने
प्रोटिन केवल दाल र भट्मास मा किन राखियो
जलाउने मेशिन आए पनि परम्परा मेटिदैन यो
नत्र दाग बत्ती लाई त्यो लाश मा किन राखियो
माछा को जिउने आधार सधै त्यो पानी भित्र्
मान्छेको सासलाई चैं बतास मा किन रखियो
फर्केर आए पछी सोध्छौ गमेर बस त्ं सर कार्
हामी युवालाई सधै यो प्रवास मा किन राखियो
सिता हर ण रावन बध को मात्र चक्रब्युह थियो
बुझ है श्री राम लाई बन बास मा किन राखियो
बिरालो ले बाटो काट्यो एक छिन प र्खी छोरा
बिस्वास यस्तो यो बक वास मा किन राखियो
छिमेकी ले कैले देलान र खाउला पेट भरेर भन्दै
नेपाली लाई सधै भरि यो आश मा किन राखियो
उज्ज्वल उजागर गौतम