मगर गनेश पुर्बछाने - केही गर्न सिकौ
साथी हो रमेर हास्न सिकौ
चिच्याएर रुन त जन्मदै सिक्या छौ ।
दुनियाको नजरमा मिलेर बस्न सिकौ
चक-चक गर्न त सानो छदै जान्या छौ ।
ठुलालाइ आदर सानालाइ कदर गर्न सिकौ
आमालाइ दु:ख बाबालाई पीडा दिन उहिलेनै सिक्या छौ ।
गन्तव्यलाई पच्छ्याएर चुम्न सिकौ
भबिस्यलाई पछार्न उमेरमै सिक्या छौ ।
जिन्दगिको मैदान मा जित्न सिकौ
हार्न त तिमीले बालापनमै सिक्या छौ ।
हो म फेरि पनि भन्छु दुइपलको जिन्दगिमा केही गर्न सिकौ
मर्नु छ एकदिन सबैलाइ घमण्ड गर्न अहिले देखिनै त्याग्न सिकौ ।