गजल

E-mail Print PDF
AddThis Social Bookmark Button

 

मेरै चिता माथी राखी मेरा उपहार जलाई दिनु

खुशी हुन्छु मलामी लाई तिमीले नै सलाई दिनु

 

कतै लेखी छोड्या छैन तिम्ले दिएका पिडा हरु

कसैले केहि सोधी हाले  दोश जती मलाई दिनु

 

बांचुन्जेल बनमारा को झार बनेर पोलेकिथ्यौ

अब खरानी माथी मेरो दुबो बनी पलाई दिनु

 

तेर्ह दिन सम्म त जोरी पारी आउलान घर मा

चौधौं दिन तस्बिर मेरो लात्ती हानी ढलाई दिनु

उज्ज्वल उजागर गौतम