चाहिन्न मलाई झुटा सम्बन्ध त्यी नानाभाती
मन परे बोले हुन्छ नत्र नबोलेकै जाती
अच्चमै छ यो दुनिया माथी चढे खुट्टा तान्ने
छुट्टाउनु है बेलैमा को चाही शत्रु को साथी
मुखमा चै रामराम बगलीमा छुरा बोकी
जस्लाई आफ्नो ठानिन्छ उही भइदिन्छ घाती
चिन्न सके त ठिकै छ नत्र परौला फन्दामा
कालो मेघले ढाकेझै दिउसै हुनेछ राती
सबै कुरा बिर्सेपनी नभुल्नु एउटा सत्य
जन्मदाता आमाबुवा भगवान भन्दा माथीमिलन अर्याल (जापान)