आमाको आँखाको नीनी
बाबाको सानी छोरी
भाईको प्यारो दिदी
तिमी कहिलै नफर्कने गरी
सयौं आमाहरुको आँखाको परेला भिजाई
आफन्तलाई भावबिव्हल बनाई
श्रद्धाञ्जली दिन आउने सबै सबैलाई रुवाइ
गयौ इक्सामा तिमी कहिलै नफर्कने गरी ।
तिम्रो के दोश थियो र !
तिमी त अबोध थियौ
तिमी निर्दोष थियौ
तिमी खेल्ने, घुम्ने, रमाउने बेलैमा
कहिले आमाको काखमा
कहिले बाबाको काखमा लडीबुडी खेल्ने बेलैमा
भरखरै ए फर एप्पल बि फर बल भनेर सिक्ने बेलैमा
नयाँ नयाँ साथी चिन्ने बेलैमा
मिसले दिएको होमवर्क गर्ने बेलैमा
सबै सबै छोडेर गयौ इक्सामा कहिलै नफर्कने गरी ।
दोष त त्यो पापी दैबको थियो
काल बनेर त्यो सेतो कार
तिम्रो पदचाप मेटाउन आयो
त्यसले देखेन सानो नानी
त्यसले बुझेन तिम्रो चित्कार
उस्ले सोच्दै सोचेन तिमीले आमाको काखमा धेरै खेल्नु छ
उस्ले बुझ्दै बुझेन बाबाको काखमा धेरै रम्नु छ
उस्ले सुन्दै सुनेन भाइले दिदी भनेर तिमीलाई खोज्ने छ
उस्ले तिमीलाई लानु नै थियो
लग्यो टप्प टिपेर
निर्दयी त्यो काल सेतो कार बनेर ।
त्यो पापी दैबले बृद्ध, रोगी, आशक्त लेगेको भए पनि
ठिकै थियो जाने लेखेकै रहेछ भन्नू हुन्थ्यो
तिमी त सानी थियौ
तिमी त प्यारी थियौ
बाबा आमाको आँखाको नानी थियौ
भाईको मायालु दिदी थियौ
त्यसैको आरिस लागेर
त्यो पापी दैब आयो
उस्ले तिमीलाई लानु नै थियो
लग्यो टप्प टिपेर
निर्दयी त्यो काल सेतो कार बनेर ।
सयौले पुष्पगुच्छा चढाए
चिरशान्तीको लागि सबैले कामना गरे
तर दैबले अन्याय गरेरै छोडे
तिम्रो बिदाइमा सबैले आँसु बगाए
मैले पनि पुष्पगुच्छा चढाए
चिरशान्तीको कामना गरे
शोक सन्तप्त परिवार प्रती समबेदना प्रकट गरे
मन मनै हे दैब ! तैले अन्याय गरीस् भने
तेरो खुबी छ भने सैतानी दिमाग भएकाहरुलाई लैजा भने
हत्याराहरुलाई लैजा भने
भ्रष्टाचारी, ब्याबिचारीहरुलाई लैजा भने
आमाको काखमा खेल्दै गरेकोलाई लगेर
हे दैब ! तैले लगेर ठिक गरेनस् भने
आज तिनै सानो नानी इक्सामा तिमीलाई
कविता बाटै श्रद्धाञ्जली चढाए ।
सडक दुर्घटनामा ज्यान गुमाउन पुगेकी सानो नानी इक्सामा सेनेहाङ लिम्बुको अन्तिम श्रद्दान्जली कार्यक्रममा मलामी गए पस्चात लेखिएको श्रद्धाञ्जली कविता