Home साहित्य काठमाडौमा ट्राउट माछा

काठमाडौमा ट्राउट माछा

E-mail Print PDF
काठमाडौं, ३ जेठ (दैनिकी)

काठमाडौंमा नै चिसो बगेको पानीमा उत्पादित स्वादिलो ट्राउट माछा पाइने भएको छ। राजधानीका तीन विभिन्न स्थानमा अब ट्राउट माछा किन्न सकिने भएको छ। नेपाल ट्राउट फिस हाउसले शुक्रबारदेखि जावलाखेल, महाराजगन्ज र बालाजुमा माछा बिक्री केन्द्र खोलेको हो। मानसरोबर हिमालयन रेन्वो ट्राउट र हिमालयन रेन्वो टाउट सुनखानी प्रालिले जावालाखेल,  महाराजगन्ज र बालाजुमा बिक्री कक्षा साचालनमा ल्याएको छ। उपभोक्ताले यी बिक्री कक्षबाट सिन्धुपाल्चोकको तातोपानी र नुवाकोटले सुनखानीमा उत्पादन गरेका माछा खरिद गर्नसक्ने छन्।

एक किलो ट्राउट माछा ७ सय ५० रुपैयाँमा बिक्री हुन्छ। तराई र भारतबाट अयात गरिने माछाभन्दा महँगो भए पनि यसको माग बढिरहेको छ। ट्राउट माछाको माग बढ्दै गएपछि उत्पादन र त्यसमा संलग्न किसानको संख्या पनि बढेको छ। २०६४ सालमा १५ किसान रहेकामा यो दुई वर्षमा यो संख्या ४५ पुगेको छ। त्यसैअनुसार उत्पादन पनि बढिरहेको छ।

नेपालमा खान हुने माछा भने वाषिर्क ६० मेटि्रक टन उत्पादन हुन्छ। साचेभन्दा बढी व्यक्तिले यो व्यवसायमा चासो देखाएपछि मागअनुसार भुरा माछा आपूर्ति भने हुनसकेको छैन। नेपालमा वाषिर्क ४ लाखभन्दा बढी ट्राउट माछाको भुरा माग हुने गरेको मत्स्य अनुसन्धान विभाग गोदावरीका प्रमुख अनुसन्धानकर्ता टेकबहादुर गुरुङले बताएका छन। 

यो व्यवसायमा संलग्नमध्ये लगानी र माछाको संख्याका हिसाबले मानसरोवर हिमालयन रेन्बो ट्राउट नेपालको सबैभन्दा ठूलो र्फम हो। माछा पालनको सामान्य ज्ञानसमेत नभएका व्यक्ति पनि यो पेसातर्फ आकषिर्त भइरहेका छन्।
 
श्रोत :  दैनिकी
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)