Home साहित्य आमाको प्रेम (कविताः रुपा चोचागी पुन)

आमाको प्रेम (कविताः रुपा चोचागी पुन)

E-mail Print PDF
रुपा चोचागी पुन
बेग म्याग्दी
 
चोखो दुध पिलाई जीवन दिए उनले

शान्ति दिए दुनियाको डरमा छोडेनन कैले

सिकाए हामीलाई उड्न आफै

हामीलाई चोट दिएनन कतै

दिए महान शिक्षा गरे महान काम

गरे महान प्रेम पारे आनन्दित हाम्रो मुहार

प्रकाशको ज्योति जस्तै प्रेम र बिश्वास गर्न सिकाए उनले

हाम्रो प्रेमलाई बिश्वासमा उतार्न सिकाए उनले

हुदैन अन्त प्रेमको लिप्त दयालु आमाको

झपक्क बलेको बत्ति झै बल्ने हृदय छ उनको

आमाको प्रेम छ कति महान बर्णन गर्न नसकिने

हृदयको कालो दागलाई मेटाइ हिउंको पानी जस्तै कन्चन बनाइदिने

हाम्रो निम्ति सित्यैमा प्रेमको धारा झारी दिने

कोमल कृपा रात दिन मुटु भरि चढाईदिने

सित्तैमा अनन्त जीवन दिने

हृदयको ज्योति खोलेर बत्ति बाली दिने

बिश्वास र अबिश्वासको अन्तरलाई प्रेमको

बाटोमा डोर्याउन भो हामीलाई

अनमोल सेवाढोग चढाउछौ उनलाई
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)