गणेश पुर्बछाने मगर
वानचाई हँगकँग
उठ जाग सबै मगर जाती दीदी बहिनी दाजू भाई
यो सन्देश हामी मगर जाती सबैलाई
आखिर किन हामी बस्छौ सबै डराई?
आयो पालो हाम्रो देखाऊ पौरख सबैलाई
अब कतिन्जेल बस्ने एस्तो डरपोक काएर भएर ?
आछ दिन हाम्रो बढौ हामी सबै हातेमालो गरेर
बिहानी को सूर्य किरण संगै तातो राप सापट मागेर
बनाऊ हाम्रो देश हामी आफै मगर- मगर जाती मिलेर
यदि तिमी हामी आफु आफै बसे डराई
जान्छ हाम्रो सस्कृति आफै बिलीन भई हराई
अनी गार्हो पर्छ फेरी हाम्रो सस्कृति फरकाई ल्याऊनलाइ
आयो पालो हाम्रो अब कोही नबसौ है कोही संग डराई
जस्को हातमा कलम कापी छ ज्ञान को ज्योति लिई आऊ
जस्को मस्तिस्क मा बुद्धि छ राम्रो बिचार लाइ लिई आऊ
जस्को सरीरमा बल छ घमन्ड लाइ परइ त्यागी मिल्काई आऊ
आखिर जति मनमा पीर ब्यथा भए पनी हासी हासी सान्तिको बिगुल फुकी आऊ ...................














