
पवित्रा राई
च्यानडाँडा ८ खोटाङ्ग
हाल – रिपल्स बे
दैव सयौंग भेट किन भइदियो
उस्तै उस्ता मन किन मिल्दियो ।।
मिलन बिछोड दैवले नियामै लेखि दियो
सम्झना चाहि आँखैमा आइरहने बनायो ।।
हर्दा हर्र्दै नौ डाँडा काटेर गई गयो
ब्यथा बोकी अर्कौ कथा लेख्दिने बनायो ।।
छोड्नेले त सजिलै छोडेर गइ गयो
सम्झनाले सताउदा रोहिरन्ने बनायो ।।
निस्टुरीको यादले सताउ नै सतायो
सम्झनाले तड्पाउदा विरही नै बनायो ।।
भेटाई दियो दैवले बिछोड फेरी गरायो
बिछोडको पिडाले मरण सरी बनायो ।।
कुन ठाउँ पुगी उस्को यात्रा छुङगायो
उसैको यादले निन्द्रा नै हरण बनायो ।।










