Home साहित्य बु्द्ध हराएको देश (कविताः दाजु गुरुङ)

बु्द्ध हराएको देश (कविताः दाजु गुरुङ)

E-mail Print PDF
दाजु गुरुङ

उसले आकशवाणी सुनेको रे
बुद्ध अफ्गानमा घाइते पछि मध्य एशियामा छैनन् रे
कसैले सानो दृश्य पर्दामा हेरेको रे
बुद्ध दिल्ली हुँदै गया तिर बिहार गर्दै थिए रे
उसले अखबरमा पढेको रे
बुद्ध लाह्सा हूँदै ठूलो पर्खालतिर शयर गर्दै थिए रे
अनि अन्तर-संजालको लहरहरुमा हेर्नेले भनेको रे
बुद्ध पश्चिमी गोलाद्र्धको भ्रमणमा निस्केका छन् रे
कसै कसैले यस्तो हल्ला पनि गरिरहेका थिए
बुद्धको भिसा मिल्यो रे उतै बस्ने रे
कसैले अमिलो मन बनाएर भन्दै थिए -
घर मसान बनेपछि बुद्ध हराउने नै भए
त्यसैले त यहाँ भन्दै छन्
घोषणा हुन मात्र बाँकी छ
यो बुद्ध हराएको देश । 

भन्दै थिए-
हिजोसम्म हातमा हात काँधमा काँध मिलाएर
पौरखीहरु संगै खोला नाला तर्थे रे
बाटाको रोडा र संकटका पहाडहरु
एकताको मुठ्ठीले फोर्थे रे
असारे हिलो र मंसिरको दाईमा
सँग सँगै मालश्री गाउँथे रे
एउटै पँधेरोको पानी भर्थे रे
 
तर आज सुनिन्छ -
पल्ला घरे अन्तरे वल्ला घरे जन्तरे बिच पानी बारबार छ अरे
तल्ला घरे कलुवा दादाले
मुसा पनि छिर्न दिन्न भनेर लाठो लिएर बसेका छन् रे
माथ्ला घरे ठबुले जन्ती मलामी नजाने
कसम खाएका छन् रे

सुनिन्छ-
तल्लाघरे माथ्लाघरे
वल्लाघरे पल्लाघरेहरु
वारुद भरि नाल तेरस्र्याएर बसेका छन रे
आँगन भरि वारुद सुकाउँछन रे
लाग्छ एक झिल्को फिलुङ्गोको खाँचो छ ।
 
कुन्नि किन
दलालहरुको भावी "प्लटीङ सिस्टम" देखि त्रसित
पालाम सोरठी र रोधीं 
राहदानी र भिसाको लाईनमा उभिएका छन् रे
डम्फू ढोलक टुङ्गना र मादलहरु
सुरक्षित संग्राहलयको खोजीमा निस्केका छन् रे
त्यसैले यहाँ भन्दै छन्
घोषणा हुन मात्र बाँकी छ
यो बुद्ध हराएको देश । 

आजकल गाम् घरतिर
गोधुली साँझ हराई सक्यो रे
चरन बाट गाई बस्तु गोठघरमा फर्कन छाडी सके रे
दिनदहाडै आँगन बाट खोरहरु बाट
सिँगारीहरु हराउन थाल्यो रे

भन्छन्-
चरनका झाडी बुट्टाहरुमा फाँटहरुमा
हिँश्रक चितुवा र ब्वाँसाहरुले डेरा जमाई सकेका छन रे
पर पर क्षितिज भिर
शिकारीबाजहरु दाउ हेरि रहेका छन रे
कुन बेला कस्को बाच्छो हराउने चल्लो हराउने
पत्तो हुंदैन रे

सुनिन्छ -
परेवाहरु हावामा स्वछन्द कावा खेल्न छाडी सके रे
गाई बस्तुहरु गोठघर बाट हर्किसकॆ रे
हिंश्रक ब्वाँसाहरुको बहुलट्ठीपनले दुर्गन्धित आकाश माथि
गिद्धहरु घुम्न थालि सके रे
त्यसैले यहाँ भन्दै छन्
घोषणा हुन मात्र बाँकी छ
यो बुद्ध हराएको देश ।
 
कस्तो बिडम्वना-
भस्मासुर मैखासुर बृषासुर जस्ता जल्लाद् अगस्तीहरु
मायावी खेलले देवदूत बनेर
दिनुहँ बुद्ध फर्काउने
बुद्ध खोज्ने
मायावी नाटक मंचन गर्छन्
सल्लाह गर्छन्
अनि लुछाचुडी गर्छन्-
-एउटा बुद्धलाई हिमालपारी खोज्ने
-अर्को बुद्धलाई गंगा स्नान बाट फर्काउने
-त्यस्तै अर्को पताललोकमा जाने
जलाद्हरुको यस्तै यस्तै विमतिहरु
अनि बिषवमन र स्वखलन पछि रोद्न चिच्याउँछन्
-बुद्ध हामी ल्याउछौ ।
-बुद्ध हामी ल्याउछौ ॥
-बुद्ध हामी ल्याउछौ …

मायावी खेल र रोद्न देखि चकित
देउताहरु आपसमा कुरा गर्छन-
बुद्ध त यहि छन् किन जल्लाद्हरुको आँखामा परेननू
त्यसैले त भन्न थाली सके
घोषणा हुन मात्र बाँकी छ
यो बुद्ध हराएको देश ।
 
Comments (2)
Great
1 Wednesday, 10 February 2010 08:14
Thule Rai
Dai great.................................. aba kehi dinmaa kehi hunchha ki ta? Haamro pyaaro desh Nepal le pani kachuli pherne ho ki, sankai po chha.
thank you
2 Sunday, 14 February 2010 07:12
amrit ghale . wales
नमस्कार दाजू सात समुन्द्र पारी बाट . तपाई को यो मिठो कबिता लाइ मुरी मुरी धन्यबात फेरी अर्को कबिता हेर्नु पाउछु होला अबस्से . ....

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

लोग्ने स्वास्नीको झगडा परालको आगो

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)