
पवित्रा राई
च्यान्डाँडा ८
हाल-रिपल्स बे ५६ रोड हङकङ
आँसुका थोपाहरु
एक्लो बनी हिडी रहेछु यि संगै हिड्ने गोरेटाहरु
फेरी पनि याद आयोसंगै ति बिताएका सांझहरु
नयान भरी झल्को आयो ति रमाईला क्ष्याणहरु
हृदयका बाँद भत्कीएर बर्सियो आँसुका थोपाहरु
सम्झनाका सागर बनि दियो आज ति अतितहरु
अतित बनिएर छाडी गयो ति हिजोका दिनहरु
सकिन भुल्न संगै हिडेका ति रमाईला बाटोहरु
सकिन हाँस्न सम्झिएरसंगै बसेका ति झल्कोहरु
फर्किएर हेरे हामी सधै भेट्ने ति चौतारीहरु
जिस्काई रहेका थिए मलाई ति खाली पाखाहरु
बिरानो लाग्यो हिजोसंगै बसेका ति चौतारीहरु
सम्झना आयो दोबाटो मै रसाएका यि परेलीहरु














Nice poem, keep it touch.
and Never be bunged.