तुल्सीराज राना मगर
जोर्डन, हङकङ
नयाँ नेपाल बनाउने नेताहरु
नयाँ नयाँ क्रान्तिको बिस्कुन फिजाई
नयाँ नयाँ शहीदको खेती गर्ने नेताहरु
धिक्कार छ तिम्रो नेतागिरिलाई
तिम्रो लोकचारी भसणलाई
तिम्रो भाषण गर्ने प्रवृत्तिलाई
शहीदको अवमुल्यन गर्ने तिमी नै हौ
जनतालाई सुली चढाउने तिमी नै हौ
शहीदको थोपा थोपा रगतले
लाखौं लाख शहीद जन्मन्छ भन्ने तिमी नै हौ
खोई तिमीमा देशभक्ति ?
खोई तिमीमा नेपाल आमाको माया ?
सामान्य ज्वरो आए पनि
रुघा खोकी लागेपनि
स्वास्थ्य उपचारको लागि दिल्ली धाउंछौ
राजनीतिक उपचार गरेर घर फर्कन्छौ
कुर्लन सम्म कुर्लन्छौ नेपाल आमाको छातीमा टेकेर
दिल्ली दरबारको दरिलो उपचार देखेर
मलाई धेरै गर्व लाग्ने गर्छ
लखन थापा मगरको ईतिहास पढेर
जङ्गे शासनको बिरुढमा
जनतालाई एकजुत पारेर
जनताको मुक्तीको लागि
गए उनी शहीद बनेर
ए शहीदको रगतमा होली खेल्ने नेताहरु हो
थाहा छ प्रथम शहीद को हो भनेर ?
थुइक्क तिमी त सत्ता तिकाउने जाल बुन्दै छौ
शहीदहरुको रगतको मुल्य भुल्दै छौ
पढ अनी सुन ईतिहास साछी छ
प्रथम शहीद लखन थापा हो भनेर
खबरदार नेताहरु ----------!
सत्ता र भत्ताको भागबन्डामा मात्र होईन
शहीदको रगतको कदर गर्न सिक
आफुमा भएको घमन्ड झिक
शहीदको खेती गर्न बन्द गर
शहीदको रगतको सम्मान गर














