
रुबेन पुन मगर
पापिनिलाई सम्झी रुनु अझै कति ?
मनको वह आशुले धुनु अझै कति ?
उनि गईन नौ-डाडा काती टाढा टाढा
उनकै यादमा पागल हुनु अझै कति ?
जति सम्झ्यो उती दुख्छ मन झनै
ब्यर्थै उनको तस्बिर छुनु अझै कति ?
बल्झिएर प्रेमको पिडा भित्र भित्रै
विछोडित घाऊ लीई कुहुनु अझै कति ?
नपाउने मायाको तस्विर सजाई मनमा
सपनाको मायाजाल म बुनु अझै कति ?
रुबेन पुन मगर
बिहु-६ दहपानी , बाग्लुङ
हाल ,मलेसिया














