Home विशेष लेख

Feature Article

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
डा. गोविन्दराज भट्टरार्इ
प्राध्यापक (अङ्ग्रेजी), त्रिभुवन विश्वविद्यालय

घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ। यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ। यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछि मनलाई एउटा विशाल भाषाले उनिएका छौँ भन्ने भावनाले हुन्छ। त्योभन्दा बढी त्यही भाषाको समृद्धि र निरन्तरताको लागि अनेक त्याग र तपस्यामा लाग्नुहुने तपाईंहरूको सामुन्ने उभिन पाएको छु भन्ने सम्झँदा आनन्दले मेरो मन भरिएर आउँछ। किनभने यतिखेर हामी त्यो साझा भूमिमा उभिएर यसरी हृदय पोखिहेका छैनौँ टाढा छौँ, भिन्न जस्तै छौँ, एक नोस्टालिजयाले जोडिएको सम्झँदै यहाँ यो समय भोगिरहेका छौँ। यहाँ भूगोल भिन्न छ, संस्कृति भिन्न छ, भाषा परिवार भिन्न छन्। सबै पृथकताहरूको बीचमा पनि कहिल्यै भिन्न हुन नदिने एक नेपाली चेतना छ। त्यही जातीय चेतनाले हामी जोडिएका छौँ।

Read more...

को हुन् प्रथम सहिद

संजोग लाफा मगर

नेपाली जनतामाझ नेपालका प्रथम सहिद लखन थापा मगर सुपरिचित नाम हो। उनले शहादत गरेको १२५ वर्षपछि २०५६ फाल्गुन ११ गते राज्यले प्रथम सहिद घोषणा नगरी सहिद मात्र घोषणा गर् यो। सहिद मात्र घोषणाले असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा सहिद कप्तान लखन थापा मगर दोस्रो लाई प्रथम सहिद घोषणा गर्नुपर्ने मागलाई सरकारी जवाफमा "प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रमाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कूनै व्यक्तिले राष्ट्र राष्ट्रियता राष्ट्रिय एकता अखण्डता राष्ट्रिय एकिकरण राजनीतिक स्वतन्त्रता प्रजातन्त्र लगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिंदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकोले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यवहारिक हिसाबले पनि कठिनाई पर्ने" व्यहोराको पत्रले राज्य संकुचित एकाङ्कीपना मै रुमल्ली रहेको छ।

Read more...

चाइनिज नयाँ वर्ष छोटकरी परिचय (Chinese New Year)

चाइनिज नयाँ वर्ष छोटकरी परिचय (Chinese New Year)
किन्दर राई

 
 
परिचयः

चिनिया समुदायमा सबैभन्दा ठूलो र धुमधामसाथ मनाईने चाड चिनिया नयाँ वर्ष अर्थात "चाइनिज न्यु यीयर" हो। चिनिया पात्रोको पहिलो चन्द्रमासको पहिलो दिनबाट शुरु हुने यो नयाँ वर्षको दिन फरक फरक वर्षहरुमा प्रायः जनवरी र फेब्रुअरीको फरक फरक दिनहरुमा पर्दछ। २००९ मा जनवरीको २६ तारिकमा चाइनिज नयाँ वर्षपरेको थियो भने २०१० मा फेब्रुअरीको १४ मा परेको छ। त्यसैगरी २०११ सालमा फेब्रुअरीको ३ तारिकका दिन पर्नेछ। चाइनिज नयाँ वर्षलाई चाइनिज(मेण्डरिन)मा "नोङ् ली शिन् निअन् (農 曆 新年) भनिन्छ भने हङ्गकङ्गका चाइनिजहरुले क्याण्टोनिजमा "नुङ्गलिक् सन् निन् (農 曆 曆 新 年)" भन्दछन्। यसलाई लुनार न्यु यीयर (चन्द्रमा सम्बन्धी नयाँ वर्ष Lunar New Year) र स्प्रिङ्ग फेस्टीभल (Spring Festival) पनि भनिन्छ। यो जम्मा १५ दिनसम्म रहन्छ र पहिलो तीन दिनलाई खास चाइनिज नयाँ वर्षको चाडको रुपमा मानिन्छ।

पन्ध्रौं दिनलाई "युअन् शियाओ चिए (元 宵 節)" र क्याण्टोनिजमा "युन् सिउ चित्-元 節 節 भनिन्छ जसको शाब्दिक अर्थ "अँध्यारोको शुरुवात दिन" हुन्छ। यसलाई लालटिन दिवस पनि (Lantern Festival) भनिन्छ। यस दिनबाट औँसीको रातको शुरुवात हुन्छ। विद्यालयका विद्यार्थीहरुले यस दिन विभिन्न किसिमका लालटिनहरु बनाएर लाने गर्दछन। विद्यालयहरुमा लालटिन डिजाइनको प्रतियोगिता नै गराइन्छ। यस अन्तिम दिनको लालटिन दिवसलाई भने छुट्टै चाडको रुपमा पनि सूचिकरण गरिएको छ "स्प्रिङ्ग लालटिन फेस्टिभल (Spring Lantern Festival) भनेर।

Read more...

विदेश नीति सञ्चालन: विगतबाट सिकौँ

दीपक गजुरेल

नेपालले एक चीन नीति अवलम्बन गरेको छ। नेपालको तर्फवाट यो नीतिलाई हरेक उपयुक्त अवसरमा सरकारी स्तरवाट दोहोर्‍याउने गरिन्छ। तर हाम्रो उत्तरी छिमेकी चीनले यस मामलामा हामीलाई विश्वास गर्न सकेको छैन भन्ने सन्देश पुन: आएको छ। 

विश्वासको संकट : 

हाम्रा प्रधानमंत्रीको हालै सम्पन्न चीन भ्रमणको बेला नेपाल सरकार प्रति चीनको अविश्वास एक पटक फेरि प्रकट भयो। प्रधानमंत्रीले चीन भ्रमणको समयमा भेटेका सबै चिनियाँ अधिकारी तथा नेताहरुले 'नेपाली भूमिमा चीन विरुद्ध कुनै प्रकारको गतिविधि हुन नदिनोस्‍' भनेर आग्रह गरेको समाचार सार्वजनिक भयो। 

Read more...

जलवायु परिवर्तनको सन्त्रास र कोपेनहागेन महाभेला

जलवायु परिवर्तनको सन्त्रास र कोपेनहागेन महाभेला
दामोदरप्रसाद आचार्य, लुभेन बेल्जियम
३१ डिसेम्वर २००९
 
विश्वमा विकाश र विस्तार भएको औद्योगिकीकरणबाट उत्पन्न कार्बन उत्सर्जन लगायत खनिजजन्य इन्धनको प्रयोग यातायातको प्रयोग जङ्गल आगलागी तथा बढ्दै गइरहेको वनविनाशका कारण जलवायु परिवर्तनले गर्दा आजको भूगोल गम्भीर अपि्रय असन्तुलनताबाट गुजि्ररहेको छ। प्रकृतिमा नै आएको यस फेरबदलले विश्वका विभिन्न स्थानमा मौसममा परिवर्तन आएको छ भने वायुमण्डलको तापक्रममा भइरहेको वृद्धिले पृथ्वीको दक्षिणी ध्रुवमा रहेको अन्टार्किटका हिमालय तथा गि्रनलैण्डका हिम चट्टानहरु पग्लिने क्रम पनि बढदै गइरहेको छ। विश्वका विभिन्न भागमा कहि अतिवृष्टि त कहि अनावृष्टि भएका छन्। फलस्वरुपः कहि समुद्री किनाराका बस्तीहरु ब्ााढीबाट प्रभावित भएका छन्। कहि बाढी पहिरोबाट हजारौं घरबारविहिन भएका छन्। कहीँ सुक्खा खडेरीबाट कृषकहरु प्रताडित भएका छन्। गत १ नोभेम्वर २००९का दिन चिनको राजधानी बेइजिङ्गमा असामान्य लाग्ने गरि दुइ महिना अगावै अत्यधिक हिमपात भयो। चिनले आधिकारिकरुपमा जलवायु परिवर्तनका कारण हिमपात कृतिमजन्य भएको जनायो। विशेषतः यस आलेखमा विश्वका प्रमुख कार्बन उत्सर्जनकर्ता तथा संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनको विषयमा निभाउदै आएको सकि्रयताको सन्दर्भलाई थोरै उजागर गर्ने जमर्को गरिएको छ। 

Read more...

नेपाली डायस्पोरा जातिविभेद र रंगविभेद

जे.बि.शेर्पा

"एई भोटे....।.... तं बढ्ता बोल्छ्स्? म को हुँ चिनेको छस्? .... साले यहीं बाट तल ख़साली दिउं ...?"

जिवनमा विर्सनै नसक्ने गरि सुन्नु परेको वाक्यको एक लहर हो यो। करीब १९, २० वर्षे उमेरको हुँदा तत्कालीन बग्गिखानाका (पुतलीसड़क) एक पुलिस हाकिम साबले व्यक्त गरेको अत्यन्तै अमानविय कटु शब्दवाण हो जसले मलाई नमरुन्जेल घोची रहनेछ। वास्तवमा म त्यस बखत चिन्जानको एक प्रहरी हवल्दार दाई संग कुरा गरीरहेको थिएँ, बिना अर्थ एक निर्दोस मानिस लाई एक्कासी त्यस्तो भन्नुमा पुलिसिया अहमपन ले भन्दा पनि उ जातिविभेद को संकीर्ण मानसिकता ले पिडित लाग्थ्यो। "के गर्ने कहिले काहिँ पिए पछि हाकिम बौलाउँछ" भन्दै त्यो हवल्दार दाइले मलाई जोगाएर तल बाहिर सम्म ल्याई दिएका थिए।

Read more...
More Articles...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  Next 
  •  End 
  • »
Page 1 of 6
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

इन्द्रको अगाडी स्वर्गको वयान

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)