नेपाली प्राविधिकहरुले आफ्नै प्रविधिमा नयाँ झोलुङगे पुल बनाएर प्रविधिको क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेका छन्। यसअघि नेपालका केही सडकहरुमा मोटर आवत-जावत गर्न भारतीय र चिनीयाँ प्रविधिका झोलुङ्गे पुल बनेका थिए।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्राविधिकहरुले लामो मिहिनेत र अनुसन्धानपछि मोटर आवत-जावत गर्न सक्ने नयाँ खालको झोलुङ्गे पुल निर्माण बनाएका हुन्।
विभागका उपमहानिर्देशक भीम उपाध्यायले दिएको जानकारी अनुसार कुस्मा दोभिल्ला फलेवास सडक अन्तर्गत दोभिल्लामा नयाँ प्रविधिको मोटर आवत-जावत गर्न सक्ने झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो।
करिब ७५ मिटर लामो सो पुलको निर्माण अन्तिम अवस्था पुगेको र केही समयपश्चात् उदघाटन हुने जानकारी विभागले दिएको छ।
विभागका वरिष्ठ इञ्जिनीयर ठाकुर पन्तका अनुसार कर्णाली र मुगलिङकोभन्दा भिन्न ढङ्गबाट पुललाई डिजाइन गरी पुलका लठ्ठा अड्याउने व्यवस्था बनाइएको छ।
यसमा मोटर गुड्दा लचकता नआउने, नथर्किने र नहल्लिने खालको हुन्छ।
श्रोत : माई संसार डट कम














