Home विशेष लेख वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

E-mail Print PDF
AddThis Social Bookmark Button

रामकुमार श्रेष्ठ,

लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक

निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा पनि बुद्धको वास्तबिक जन्मस्थल नेपालको तर्फबाट देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई "कपिलवस्तु दिवस विस्व दिवस" को रुपमा मनाए । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । अन्तराष्ट्रिय रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम र बिशेष गरी अन्तराष्ट्रिय सामाजिक सन्जाल मार्फत इण्टरनेटबाट मनाइएको यस दिवसलाई निरन्तरता दिने अभिप्रायले २०१० को मै ११ र सेप्टेम्बर १६ गरी दुई चरणमा २१ सदस्यीय विस्व कार्य समिति गठन गरियो । जस्मा तीन ठूला पार्टीको प्रतिनिधित्व समेत हुने गरी दुई जना बिदेशीलाई समेत समाबेश गराएर आठ सदस्यीय सल्लाहकार मण्डल पनि गठन गरियो । तेश्रो दिवस मनाउनु अघि स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिए ।

 

 

लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम  “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं  वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मार्फत आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन र  इजरायलमा राष्ट्रिय समिति गठन भएपछि राष्ट्रिय समितिको संख्या चौध पुगेको छ । त्यसरी नै नेपालमा पत्रकारहरुको र पर्यटकहरुको समिति गठन गर्ने र स्थानीय स्तरमा समेत समितिहरु गठन गर्ने काम भए ।

 

अभियानकै योगदान नभए तापनि अभियान शुरु भएपस्चात जापान सरकारको लागानी र काठमाण्डौंस्थित यूनेस्कोको संयोजकत्वमा यूनेस्कोको पुरातत्वबिद वेलायतको डुरहाम बिस्वबिद्यालयका प्राध्यापक रविन कनिङ्घामको नेतृत्वमा पाँच बर्षे सर्बेक्षण शुरु, नेपाल-चीन सांस्कृतिक सदभाब सन्धी मस्यौदा बुझाउने क्रममा नेपाल पक्षद्धारा गौतम बुद्धको जन्मस्थलको वरिपरि कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाहरुमा बुद्धिस्ट पर्यटकलाई आकर्षण गर्नको लागि बुद्धिस्ट सर्क्युट तयार गरिदिनको लागि गरिएको आग्रहमा चिनिया पक्ष सकारात्मक, मन्त्री परिषदको निर्णयनुसार पूर्व प्रधानमन्त्री प्रचन्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन र त्यसपस्चात प्रचण्डकै नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलको प्रस्तावमा वृहत लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत जस्ता लुम्बिनी बिकासका सन्दर्भमा सकारात्मक सुखद समाचारहरु देखा परेका छन ।

 

निर्माणाधिन नक्कली लुम्बिनी र कपिलवस्तुका कारण त्यस्को बिरोध गर्ने अभिप्रायले अभियान शुरु भएपछि बिस्तारै बिस्तारै धेरै देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको, धेरै महत्वपूर्ण पुस्तक एबं वेब साइटहरु र बर्षेनी लाखौं पर्यटकहरु जाने ब्रिटिश म्यूजियमहरु जस्तोमा पनि बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको र दैनिक बिस्वभरिबाट लाखौं पाठकद्धारा पढिने हफिङटन पोस्टमा समेत बुद्धिस्ट समुदायमा अत्यन्तै सम्मानित मानिने रिङ्गपोछेले समेत बुद्ध जन्मस्थलबारे गलत जानकारी सहित लेखहरु प्रकाशित गरेको जानकारी प्राप्त हुँदै गयो ।   करीब १.२  मिलियनभन्दा बढी फ्यान भएको PBS, झन्डै आधा मिलियन फ्यान् भएको जाकारीया र दुई लाखभन्दा बढी फ्यान भएको ब्रिटिश म्युजियमको पेजमा र दैनिक लाखौं पाठक भएको हफिङटन पोस्टमा त्यस किसिमका गलत जानकारीको बिरोध गर्ने र त्यस्लाई सच्याउन दबाब दिने काम भए । ब्यापक दबाबकै कारण गुगलले गलत जानकारीलाई सच्याउने काम गर्‍यो  भने ब्रिटिश म्यूजियमले हाम्रो ब्यापक दबाबका कारण सच्याउने निर्णय गरे तापनि संभबत दक्षिण एशियाको जिम्मा पाएको क्युरेटर भारती भएको कारण सच्याउने काममा इमान्दारिता देखाएको नपाईएकोले यस्को  बिरोधमा हस्ताक्षर संकलन कार्य शुरु  गरी ब्रिटिश म्यूजियमलाई अभियानको तर्फबाट पुन: पत्र लेखिएको छ ।

 

नक्कली लुम्बिनी र कपिलवस्तु निर्माण कार्यको बिरोध गरिए तापनि यो कार्य नरोकिने, तर धेरै देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी नै पिबिएस, ब्रिटिश म्यूजियम एबं अन्तरराष्ट्रिय पत्रिकाहरुमा पाइने गल्तीका मूल श्रोत हुने भएकोले अभियानले मूलभूत रुपमा बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी कुटनितिक नियोगहरु मार्फत नेपाल सरकारले सच्याउन बिशेष पहल गर्नु पर्ने अभियानको ठहर अनुरुप १२ अगस्ट २०१० मा तात्कालिन प्रधानमंत्री माधव कुमार नेपाल समक्ष अभियानका केन्दिय सल्लाहकारहरु पूर्व मन्त्री एबं नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री एबं नेका सांसद दीपकुमार उपाध्याय, सांसद डा आरजु देउवा राणा र डा कबिताराम श्रेष्ठ र अभियानका केही बिस्व कार्य समिति सदस्य सहित गएको टोलीले अभियानका बिस्व संयोजकद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझाईएको थियो जस्मा मूलत: बिभिन्न देशको पाठ्य पुस्तकमा भएको बुद्धसम्बन्धी गलत जानकारी सच्याउन बिभिन्न देशमा अबस्थित कुटनितिक नियोगहरु मार्फत कार्य गरिनु पर्ने र नक्कली लुम्बिनी बिषयमा दुई देशको सरकार बीच कुरा गरिनु पर्ने कुरामा जोड दिइएको थियो । गत अक्टोबर २४ को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचार पढेपछि डिसेम्बर १९ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्धसम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेख्नु भएको पत्रलाई आधार मानी सरकारी पाठ्य पुस्तकमा मात्र नभएर विभिन्न गुम्बाका भिक्षुहरुद्धारा लेखिएको पुस्तकहरुमा समेत बुद्धबारे अनेकौ भ्रमहरु रहेको कोरियाले बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै हो भनी सच्याउने निर्णय गर्नुलाई एउटा ऐतिहासिक उपलब्धीको रुपमा लिएको छ अभियानले । यस्लाई बिभिन्न देशमा निरन्तरता दिन सकियो र लुम्बिनीको बिकास गर्न सकियो भने एक्काइसौं शताब्दीको आजको इण्टरनेटको युगमा भारतले नक्कली लुम्बिनी र कपिलवस्तु निर्माण कार्य पुरा गरे तापनि त्यस्ले शक्ति संपन्न राष्ट्रको रुपमा देखाउन अग्रसर भारत आँफैलाई नैतिकताको अफ्टेरो अवस्थामा पुर्याउने भएकोले सो कार्य नेपालभन्दा बढी भारतको समस्या बन्नेछ । यस्को लागि हामी नेपालीमा नागरिकीय र पदीय दायित्वबोधको मात्रै आबस्यकता छ । अभियानले नेपाल सरकार र वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिलाई दिएका थुप्रै सुझाबहरुको कार्यन्वयन पनि यस सन्दर्भमा त्यत्तिकै महत्वपूर्ण हुन सक्छ ।

 

यस अभियानको लागि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसे (वेलायत), महामहिम राजदूत प्रल्हाद प्रसाईं (इजरायल), पूर्व राजदूतहरु डा सूर्य प्रशाद मिश्र (कतार), डा ऋषि अधिकारी (मलेशिया), योगेन्द्र प्रशाद ढकाल (अस्ट्रेलिया) र अस्ट्रेलियाकै न्यू साउथ वेल्सका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक खडकाज्यूबाट प्राप्त निरन्तर सहयोग, प्रेरणा र सुझाबहरुप्रति अभियान अभारी छ र वेलायत दूताबासमा कार्यरत कन्सुलर श्रीमती अम्बिका नेपाल,  नेपाली दुतावास इजरायलका उप प्रमुख रमेशप्रसाद खनाल र चीन दूताबासमा कार्यरत कन्सुलर निर्मल राज काफ्लेको सहयोगप्रति पनि । चीनका लागि राजदूत महामहिम टंक कार्कीले चीनमा बुद्धसम्बन्धी गतिबिधिलाई जे जसरी अगाडि बढाउनु भयो त्यो आँफैमा अत्यन्तै प्रसंशनीय कार्य हो ।

 

बुद्ध जन्मस्थलबारे यस किसिमले देखा परेको विस्वब्यापी दिग्भ्रमका कारण बर्षेनी बुद्धप्रति आस्थाबान हजारौं बिस्व पर्यटकहरु अज्ञानताबस अथवा झुक्याइएर गलत ठाउँमा पुग्ने वा पुर्याइने कामले निरन्तरता पाइरहेको छ । यस्ले उनीहरुको मानब अधिकारको हनन गर्ने र उनीहरुको आस्थाप्रति एक किसिमले कुठाराघात गर्ने काम भएको छ । अत: यो अभियानको उद्धेस्य पुरा गर्ने जिम्मेवारी समूह बिशेषको र नेपालीको मात्रै नभएर यथार्थ बोध हुने संपूर्ण बिस्व नागरिकको पनि हो र आफ्नो क्षमताले भ्याएसम्म कुनै पनि स्तरबाट यो उद्धेस्य पूर्तिका खातिर नागरिकीय र पदीय दायित्व निर्बाह गर्न कार्यतत्परता दर्शाउनु भनेको नेपाली भएर सोच्ने काम मात्रै हुने नभएर विस्व मानबाधिकार संरक्षण र सम्बर्द्धन कार्यमा संलग्न हुने काम समेत हुन जान्छ । उद्धेस्य प्राप्ती कार्यमा बिशेषत: पदीय दायित्व निर्बाह गर्नेहरुलाई समेत सहज होस भन्ने अभिप्रायले अभियानको नारा "Buudha was born in Nepal" लाई "Welcome to Lumbini, Nepal - the birthplace Buddha" मा परिवर्तन गरिएको छ । बुद्धको बिस्वब्यापी महत्वका कारण सीमित स्वार्थका लागि शक्तिका भरमा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गरेर बुद्ध जन्मस्थलबारे बिभिन्न उपायद्धारा देखा पारिएको समस्याले बिस्वब्यापी रुप लिएको सन्दर्भमा कोरियाको पाठ्यक्रममा बुद्ध जन्मस्थलबारेको जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण कार्यलाई अन्य देशमा पनि निरन्तरता दिन सकिएको खण्डमा यो बिस्वब्यापी समस्या समाधान गर्ने महत्वपूर्ण आधार हुने कुरामा सन्देह छैन ।

 

Latest News