Home विशेष लेख स्वरमा जादु श्रेयसी चेम्जोङ

स्वरमा जादु श्रेयसी चेम्जोङ

E-mail Print PDF
AddThis Social Bookmark Button

राई चन्द्र दुमी

समिक्षा -

राम्रो, सुरीलो र स्पष्ट बुझिने स्वर लिएर सार्वजानिक हुने कतिपय गायक गायिकाहरुलाई धेरैले स्वरमा जादु, गड गिफ्ट, वंशाणुगत आदि भन्ने गरेका छन । यी मध्य गड गिफ्ट, स्वरमा जादु दुई भनाईहरु १४ बर्षीया सानी गायिका श्रेयसी लिम्बु चेम्जोङमा लागु भएको पाईएको छ । अन्य उन्का परिवारमा त्यस्तो थिए होला तर उन्कोजस्तो समय र मौका नभईदिएकोपनि हुनसक्छ । यस्मा गड गिफ्ट भन्नाले प्राकृतिक जन्मदै राम्रो स्वर लिएर आउँनु स्वभाविक हो र त्यस्लाई स्वयंले साधना गरेर माझेर अरु राम्रो बनाउँनु कलाकारमा भरपर्ने कुरा हो । लता, आशा , किशोेर कुमार, रफी नेपालकै हक्मा नारायण गोपालदेखि राजेश पायल, दिपक लिम्बु सम्मका गायकहरु प्राकृतिक स्वरका धनीहरु हुन र उनिहरुले त्यस्लाई साधना गरेर खारेपछि त्यस्मा जादु देखियो । हाम्रो पुर्वतिर राईलिम्बुनीको नाकमा सिंगानसंग बर्षौँ झुण्डिएर रहेको अकवरे सुनको मुन्द्रीलाई उभौली उधौली पर्वमा खोलेर माझ्दा जस्तो देखिन्छ । यहि हिसावले हेर्ने हो भने कति त्यस्ता स्वरका धनी प्रतिभाहरु हाम्रो घरगाउँमा खेर गईरहेकोहोलान ? सरकारले त्यस्कोलागि साँस्कृतिक संस्थान स्थापना गरेको २०१२ साल तिरै हो तर त्यहाबाट कति कलाकारहरु जन्मे होलान त ? 

हामी अहिले सरकारको कलाकारप्रतिको उपेक्षा, लापर्वाही भन्दापनि सानी नानी गायिका श्रेयसी चेम्जोङको अदभुत स्वर र उन्कोबारे कुरा गरौँ । धनकुटा जिल्लाको वसन्तटार ४ मा आमा माङरुती चेम्जोङ र वावा तसार सीं चेम्जोङको कोखमा .........सन्तानको रुपमा उन्को जन्म भएको हो । अदभुत स्वर यसकारणलेकी १४ पुरा भएर १५ बर्ष लागेकै उमेरमा उन्ले सयभन्दा बढी गीत रेकर्डिङ गरेकीछिन भने त्यस्मा अर्को अदभुत पक्ष भनेको लोक पप लगायतका संगीतका सवै विद्याहरु र भाषाको हिसावलेपनि लिम्बु र नेपालीमात्र होईन नेवारी, मैथीली, हिन्दी र बिभिन्न जातजातिभाषी गीतहरु गाएकीछिन । यता छायांकणतर्फ मेरो राजेश दाई, तिमीले दिएको माया, मेरो श्रीमान, आई एम सरी, तिम्रो कसम, श्रीमान लगायतका दर्जनौँ फिल्ममा समेत व्दैध तथा एकल स्वर दिईसकेको चेम्जोङको सफलताको पहिलो जस संगीतको सरगम बुझेका, उन्को फुपुको छोरा उन्को दाई पुर्णचन्द्रलाई जान्छ । गाउँमा प्रभाग युवा क्लव चलाएर गीत संगीतमा नानीहरु र युवाहरुलाई आधारभूत सांगीतिक ज्ञानसम्म बाँडन सफल उन्को त्यो सुरुवातमा माथि भनेजस्तो यौटा मोति निस्किईन श्रेयसी ।

 

उन्ले सिनियर कलाकारहरुसंगपनि व्दैध गीतहरु रेकर्डिंग गरेकी छिन । आफुभन्दा कताकता सिनियर दाजुहरु राजेशपायल, दिपक लिम्बुहरुसंग व्दैध गायन गर्दा अप्ठेरो फिल भएन ? भन्ने सोधाईमा उन्ले हाँसेर भनिन ,,अप्ठेरो होईन सजिलो लाग्यो अनि धेरै रमाईलो लाग्यो अंकलहरुसंग फेरीपनि गाउँन पाएहुन्थ्योजस्तो लाग्यो,, । गायन क्षेत्रमा यात्रा गरिएको छ त्यस्तो संयोग फेरी आउलाजस्तो लाग्दैन र ? भन्ने प्रश्नमा श्रेयाले त्यहि मुस्कान लिएर भनिन ,,मलाई यस्तो अवसर थुप्रै आउला भन्ने आशा छ,, । कुशल थलङ, उत्तम जंग लगायतका उन्को संगीतको अविभावक गुरु कृष्णभक्त राईसंगपनि श्रेयाले गाएकीछिन । सिनियर गायकहरुसंग व्दैध गाउँदा तालसुर छुटेर फलो गनै नसकिने हो की भनेर डरत्रास हुने खतरा होईन आनन्द लाग्नु उनिहरुबाट पाएको मायापनि यौटा कारण हुनसक्छ र डरको सट्टा खुशी लाग्नु यो नै उन्को भावि गायन क्षेत्रको सफलता हो भनेर बुभ्mनुपर्छ ।

 

१४ बर्षको कच्चा उमेरमै यतिका सफलताहरु हात लगाउँन सफल उन्को गायन संघर्ष भने बडो जटिल र घुमाउरोपनि छ । ६ बर्षको उमेरको तोतेबोली स्वरमा गाउँदा गाउँदै धनकुटाको यौटा गाउँमा चर्चा चुलिएपछि यो चर्चा स्थापित गायक कृष्णभक्तसम्म पुग्यो । उन्ले श्रेयसीलाई जव आफैले सुने भविष्यको यौटा राम्रो कलाकारको सम्भावना बुझिहाले । त्यसपछि गाउँको यौटी सानी केटीलाई एकैचोटी काठमाण्डौं उतारेर उन्लेनै सरगममा डोर्याउँन थाले  । २ बर्षसम्म संगीत साधना (गायन साधना र ईन्स्ट्ुमेन्ट दुवै) गराएपछि ८ बर्षको उमेरमा श्रेयाले पहिलो रेकर्ड गरिन । समय दिन बित्दै जाँदा उन्को तोतेबोलीमा परिपक्वता आउँदै गयो र अवत मागपनि बढदै जाँदै थियो र रेकर्ड हुँदैगयो । आज उनि थुप्रै कलेक्शन अलवम हुँदै आउँने फाल्गुन महिनाभित्र ३ अलवमहरु बजारमा ल्याउँदैछिन ।

 

भर्खरै गएको २२ जनवरी मंगलवार साँझ याक एण्ड यतिमा उन्को एकल गायन प्रश्तुति भयो । संक्षेपमा उन्को परिचय दिंदै अविभावक मामा भानेन्द्रजीले बडो भावपरक ढंगले भावविह्वल बनाउँनुभयो, ,,धनकुटाको त्यो बिकट गाउँ वसन्तटारमा ढुंगैढुंगाको बीचमा यौटा पिपल उम्रेको छ,, भविष्यमा वटुवालाई सित्तल हावा दिने त्यो पिपललाई ५ बर्षअघिबाट संरक्षण गर्दै आएको छु, हामी सवैले संरक्षण गरौँ बटुवाहरुलाई सित्तल छहारीमा सुस्ताउँन दिउँ,, ।

 

स्तम्भकारले अघिल्लो दिन यौटा पत्रकारको हैंसियतले प्रत्यक्ष भेटेर कुरा गरें तर बिस्वास लागेन कि यतिराम्रो प्रश्तुति दिन सक्छिन भनेर । आफुलाईपनि संगीतको थोरबहुत ज्ञान भएको हैंसियतले याक एण्ड यतिको श्रेयसी एकल नाईटमा भाग लिन गएँ । पहिलो प्रश्तुति ,,यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर,, गाउँदा नै दंग परें । फेरी म भित्रभित्रै अन्तव्र्दन्द १४ बर्षकी हुन यी ? हिजोमात्र उन्को होटलमै गएर भेटेको उन्को फक्रने सुरमात्रैपनि जवर्जस्तीमात्रै हुँदैगरेजस्तो शारिरिक वनावटहरु सम्झें स्वयंले आम्नेसाम्ने हेरेको, अनि गर्व गरें नेपालले यौटा होनहार कलाकार पाउँदैछ, यौटा होनहार कलाकार पायो । अनि ईण्डियन प्रतिस्पर्धामा उत्रने ट्यालेण्ट भारतीय फुचाफुचीहरु हररर सम्झन पुगें र उता फर्केर भनें ,,अरवौँ संख्याको तुलनामा जति छ तिमीहरुसंग करोडौँकोमात्रै तुलनामा हामीसंगपनि उतिनै छ तिम्रोजस्तो ट्यालेण्टहरु,, ।

 

मेरो जात भाषण गर्नेपनि हो, मैले आधाघण्टा खुल्लम खुल्ला भाषण गर्दा १ बोतल पानी पिउँनुपर्छ, श्रेयाले ताल र सुरमा अनुवन्धित भएर बडोहोसीयारी अपनाएर जोगिएर त्रासभरी भनेजस्तो दर्शौँ गीत गाईदिई सरासर तर एक घुटकोसम्म पानी चाहिएन उस्लाई । भान्जी निशामको नृत्यहरुले कभर गर्ने र उस्लाई ब्रेक मिलाउँने दाजुवहिनीको सल्लाह (सरिता र मेरो) थियो । यता साउण्ड सिस्टमले हो की त्यस्को अपरेटरले हो धोका दिएर युएसबी बाट निशाम नाच्ने गितनै बजेन । अव मलाई अति भयो आफै स्टेजमा गएर सोधेको थिएँ श्रेयसीलाई ,,लगातार गाउँन सक्छौ नानु...... ? निर्धक्क जवाफ दिई सक्छु अंकल,, । मनमनै भनें ,,पाएरै जन्मेको रहिछस,, ।

 

छुट्टीको दिन नपरेपनि उपस्थिति राम्रै थियो दर्शकहरुको । आधासरोले धक फुकाएर नाचेर साथ दिए श्रेयालाई, यहाको स्थानीय गायिका बिमलाले सुरु गरेकी थिईन नृत्य । उनि ननाच्ने मान्छे बिशेष साउण्ड सिस्टमको धर्मरे प्रयोजनले श्रेया नर्मस नहोस भन्ने धारणा बिमला कुलुङ (हाल दुमी) को । यौटी गायिकालाई स्टेज कभर गराईको कठिनाई कस्तो हुन्छ थाहा हुन्छ । वास्तवमै त्यसपछि श्रेयालाई निकै राहत मिलेकोपनि हो, धन्य बिमला । हङकङको नेपाली संगथीत धरोहर दिनेशजीलाई यति अड फिल भयो र त्यो नानीको यति माया लाग्योहोला भनिसाध्य छैन । कतिले भन्दै थिए भोलिपल्ट ,,म भए स्टेज छाडेर हिडिदिन्थें, धन्य श्रेया उपस्थित दर्शकहरुको निम्ती धेरैनै कस्ट उठाई,, । भानेन्द्रजीले त्यो साउण्ड सिस्टमहरु के सुम्सुम्याईराख्नुभएको ? बनाउँन की बिगार्न ? मन्चमैमात्र देखिनुहुन्थ्यो । अविभावक भानेन्द्रजी नेपालबाट आउँनुभएको हो भनेपनि साउण्ड सिस्टमहरु हंगकंगको हो तर त्यस्मा हो की त्यस्को चाकरहरुको कमजोडी हो धेरै धोका दियो गायक गायिकाहरुलाई । याक एण्ड यति रेस्टुरेण्टलाई निकै झोंक चलेको हुनुपर्छ, स्तम्भकार फेरी अर्कोचोटी त्यहा पुग्दा यामान नयाँ सेटहरु देख्न बेर छैन ।

 

अनि यो समिक्षकलेपनि विष्णु चेम्जोंग आउँदा उन्को ड्रेसअपहरु सरसुविधाहरु हेरेको थियो बिचरी श्रेया सारै सिम्पल भेषभुषा भनौँकि नेपालबाट जस्तो आएकी थिईन त्यस्तै मन्चमा प्रश्तुत भईरहिन । तर गज्जव के भने  राम्रो मेक अप र ड्रेसअपले गीत गाउँने होईन रहेछ, गीत त श्रेयाले गाउँने रहिछन, कलाकारले गाउँने रहेछन । यसैले स्वरमा जादु ।

 

आयोजक चेम्जोङ परिवार हो, तर जतापनि भुपेन्द्रजीमात्रै देख्थें । कार्यक्रम त चलाए,नै कसो स्वागत भाषणपनि आफैले दिएनन..........। तै तै दिनेशजीलाई अविभावक भनेर प्रमुख आतिथ्य ग्रहण गराईएको थियो र.........। भुपेनजीको नाताबाट म निकै चिन्दछु चेम्जोंगहरु भन्ने सम्झेको चिनेकै छैन रहेछु खई कस्तो छ त्यो समिति । टिकट काटीदिएर आर्थिक सहयोगचाही निकै गरेको छन जस्तो लागेको छ । तर के निश्चित हो भने चेम्जोंगहरुको काखमा यौटा प्रतिभा फस्टाउँदै छ त्यो सम्पुर्ण जातजाति र मुलुककै अविचल सम्पत्ति हो । उनिहरुको खलकमा यौटा गतिलो ईतिहाँस लेखिदैछ गायन क्षेत्रमा । जस्लाई उछिन्न अर्को जन्मनु निकै गाहारो हुनेछ । प्रश्तुत हिन्दी गीतहरुमा सु।हश्र छुटेजस्तो आभास भएको छ त्यसतोहरुलाई सम्हालेर लान थुप्रो समय छ श्रेयालाई अनिपछिको कुरा हो ईतिहाँस लेखन ।

 

जटिल मोडहरु,

 

भविष्यमा देशकै सम्पत्ति हुने निश्चित लक्षणहरु पाएपछि गायक कृष्णभक्त राईले गाउँबाट श्रेयसीलाई मुक्त गरेर काठमाण्डौँ छिराए । उन्लाई गाउँनुमात्र थिएन पढनुपनि थियो हुर्कदै बढदै जाँदा खर्च बढनु स्वभाविक थियो तर उन्ले जेनतेन खेप्दै थिए, हार खाएको थिएनन, श्रेयालाई संगीतमा पारंगत गराउँन जति दुख खेप्नपनि तयार थिए कृष्णभक्त । तर शारिरिक रुपले असक्त उन्को त्यो समस्यालाई बुझिदिए श्रेयाको मामा भानेन्द्र सम्वाहाम्फेले । अव उनि भानेन्द्रकहाँ आईपुगिन । सुरुमा भानेन्द्रले छोरी बनाउँने निर्णय गरेको हुन । तर उहाँ धनकुटा पुर्याएर श्रेयसीको आमावावुलाई अनुमसत माग्न जाँदा आमा सम्वाहाम्फेको छोरी रहिछन त्यसपछि तुरुन्तै तिमी मावली वपुगेछौ छोरी सम्वाहाम्फेहरु मावलीहरु हुन भनेर मामाभान्जीमा रुपान्तरण भयो साईनु । भएपनि सम्वाहाम्फे आफ्नी कानछी छोरीसमान माया र ब्यवहार गर्छिा श्रेयासीलाई । र आफु आफ्नो गुरु कृष्णभक्तबाट भौतिक रुपमा टाढिएपनि उन्लाई उत्तिकै श्रद्धा गर्छिन, समय समय आशिर्वाद लिन जान्छिन संगीत सम्बन्धि ज्ञान लिन, त गईनै रहन्छिन । अवभने त्यस्तो समय नमिल्नसक्छ किनभने ब्यस्त कलाकारको रुपमा उदाएकी छिन श्रेयसी । नेपालको सर्वोत्कृष्ट संगीतकार महेस खडका श्रेयसीसंगमात्र काम गर्नेवाला छन भविष्यमा । गायिकाहरुमा श्रेयसी उन्को पहिलो रोजाई हो, भानेन्द्र जी स्वरमा स्वर मिलाएर सुनाउँछन । यो हुनसक्छ जो कोही संगीतकारहरु आफ्नो संगीतको सम्पुर्ण मेलोडीको भाव पक्रेर गायक प्रश्तुत हुनसकोस ।

 

भानेन्द्रजीले संगीतलाई केन्द्रमा राखेर त्यहिअनुसारको वातावरण दिंदै पद्यमकन्या मा. बि. मा कक्षना ८ मा अध्ययन गराउँदैछिन श्रेयसीलाई । र हङकङमा रहेको लिम्बुजातिको यौटा थर चेम्जोङहरुले आफ्नो वंशको यौटा प्रतिभाले आकास चुम्न लागिपरेको थाहा पाए । कहाँ भन्दा तेहृथुम समाजको तेह्ृथुम नाईटमा । उन्लाई सहानुभूति र सफलताको आशिर्वाद दिन आज हङकङमा भित्राएको छन । मामा भानेन्द्रलेनै गाईड गरेको छन । उनिसंगको कुराकानीमा भानेन्द्रले बढी स्पष्टिकरणदिनुले बुझिन्थ्योकी सवै तारतम्य उन्लेनै गरिरहेका छन । जे होस यौटा १४ बर्षीय उदियमान गायिका श्रेयसी लिम्बु चेम्जोंगलाई आजको प्रश्तुति हेर्दा यहि गतिमा आफुलाई साधनारत गराई बढिरहिन भने नेपालको नम्बरवान गायिकाको रुपमा उदाउँन सक्ने कलाकारमा कुनै शंका छैन ।

 

 

 

 

 

Latest News