Home विशेष लेख मगर आफै पछि परेको होइन पारिएका हुन्, अब के गर्ने मगरहरुले ?

मगर आफै पछि परेको होइन पारिएका हुन्, अब के गर्ने मगरहरुले ?

E-mail Print PDF
AddThis Social Bookmark Button

हुम सुनारी मगर

सबै भन्दा पहिला म आफु मगर भएकोमा अति नै गर्व गर्दछु । मुलुकको कुल जनसंख्याको ७% भन्दा बढी मगरहरुको जनसंख्या रहेको, कुल जनसंख्याको आधारमा नेपालको तेश्रो ठुलो र आदिवासी जनजातिमा सबै भन्दा ठुलो जनसंख्या भएको जाति "मगर" हौ भनि चिनाउन पाउँदा आफु मगर हुनुमा अति नै गर्ब लाग्छ । तर, दुर्भाग्य राज्यको शासन व्यवस्था र निजामती कर्मचारी  लगायत मुलुकको सरकारी तथा गैरसरकारी निकायहरुमा मगरहरुको उपस्थिति र  सहभागिता अति नै न्युन रहेको कुरालाई कसैले नकार्न सकिदैन । यसको कारणहरु धेरै हुन सक्छ । तर, मैले देखेको प्रमुख कारणहरु म यहाँ राख्न चाहन्छु । 

१) भाषा, धर्म र संस्कृतिको कारणले:  २४५ बर्ष अगाडी पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरे पछि मुलुकलाई एकात्मकवादको नीति, सिद्धान्त र प्रणाली बाट अगाडी बढायो । मगरले बोल्ने भाषा र अबलम्बन गर्ने धर्म र संस्कृतिलाई दमन गरियो र  ओझेलमा पारियो । नेपालको प्रशासनिक निकाय र सबै बिद्यालयहरुमा एउटा मात्रै हिन्दी-संस्कृत भाषा लागु गरियो, जुन मगर जातिले जन्मे देखि सिक्दै बोल्दै आएको आफ्नो भाषा भन्दा पूर्ण रुपले फरक छ ।  वास्तब मै यो नेपाली भनेर लेखिने देवनागिरी अक्षर भारतमा प्रयोग गरिने हिन्दी लिपि नै भएको र कथित नेपाली भाषा भनेर बोलिने ९५ प्रतिशत भन्दा बढी हिन्दीसंग मिल्ने भएको हुँदा पृथ्वी नारायण शाह (ठकुरी), बाहुन, क्षेत्री र दस्नामी आदिले बोल्ने भाषा कथित नेपाली अथवा हिन्दी-संस्कृत भाषा नै हो र  तिनीहरुले जन्मदा देखि नै बोल्ने भाषा भएकोले तिनीहरुले मुलुकको हरेक सरकारी तथा गैरसरकारी निकायहरु लगायत राजनीतिक क्षेत्रमा  एक छत्र एकाधिकार जमाउन सफल भए कै हो । पृथ्वी नारायण शाहले नेपालको एकीकरण पछि एक समुहलाई मात्र फाइदा हुने र पोस्ने किसिमको नीति, सिद्धान्त र प्रणाली नेपालमा लागु गरियो र नेपालको बहुसंख्यक आदिवासी जनजातिहरुले बोल्ने भाषा र अंगिकार गर्ने धर्म र संस्कृतिलाई दमन गरिएको कारणले हामी मगरहरु राज्यको हरेक क्षेत्रमा पछि पर्नु परेको कुरा कसैले नकार्न सकिदैन ।

२) भारतीय र बेलायती सेनामा भर्तीको कारणले: प्रथम विश्व युद्धको शुरुवात देखि नै तत्कालिन इस्ट इंडिया कम्पनीले नेपालमा बसोबास गर्ने, हेर्दा सोझो जस्तो देखिने, इमान्दार र अनुशासित जाति मगरहरुलाई उनीहरुको स्वार्थको लागि (नेपाल राष्ट्रको लागि नभई) उनीहरुको सेनामा भर्ति गरियो । पछि सन् २०४७ मा ब्रिटिशले भारत छाडे पछि पनि ब्रिटिश सरकार र भारतीय सरकारले मगर जातिका युवाहरुलाई उनीहरुको सेनामा भर्ति गर्ने कार्यलाई निरन्तरता दियो । त्यसले मगर समुदायमा दुइ किसिमको ठुलो प्रभाव पारेको देखिन्छ ।  एउटा: मुलुकको सम्भावित एक जिम्मेवार व्यक्ति अल्प शिक्षा हाँसिल गरे लगत्तै (जो भर्ति भएर गएको छ) बिदेशीको गुलामी बन्न पुगेको हुन्छ ।  अर्को: भारतीय अथवा बेलायती सेनामा भर्ति हुने अपेक्षामा पढाईलाई निरन्तरता दिन नसक्ने बेला बेलामा पढाईमा बेचैनी हुने  भर्ति हुन नसक्नेहरुको उच्च शिक्षा हाँसिल गर्ने इच्छा शक्ति तुहेर जाने भएको हुदा मगर युवा शक्तिहरु  उच्च शिक्षा हाँसिल गर्नबाट बंचित हुनु परेको र उच्च शिक्षा हाँसिल गर्न नसक्नु र नपाउनुको कारणले मगरहरु राज्यको हरेक क्षेत्रमा पछि पर्नु परेको कुरा पनि कसैले नकार्न सकिदैन ।

अब के गर्ने मगरहरुले ?

२४५ बर्ष देखिको एकात्मकवाद राज्य व्यवस्थालाई बिस्थापित गर्नु पर्ने । सिंह दरबारमा सिमित केन्द्रिकृत शासन व्यवस्थालाई बिस्थापित गरि एकाधिकारवाद व्यवस्थालाई बिस्थापित गरि विकेन्द्रीकृत शासन व्यवस्था लागु गर्नु पर्ने ।  त्यसको लागि जुन क्षेत्रमा मगरहरु नेपालको एकीकरण हुनु भन्दा अगाडी देखि बसोबास गर्दै आइरहेका छन्, उक्त भू-भाग मगरहरुको पुर्ख्यौली थातथलो भएको हुनाले त्यस भू-भागलाई एकल मगर जातिय पहिचान सहितको मगरात संघिय राज्य व्यवस्था कायम गराई उक्त मगरात राज्य भित्र मगर जातिले बोल्ने भाषालाई मगरात राज्यको प्रमुख भाषा बनाइनु पर्ने साथै मगरात राज्य भित्र जति पनि दैनिक प्रशासनिक कार्यहरु मगर भाषा द्वारा कायम गरिनु पर्ने । मगरात राज्य भित्र बसोबास गर्ने सबै जात जातिहरुको जनसंख्याको आधारमा राज्यको हरेक अंग र निकायहरुमा समानुपातिक र समाबेशीताको आधारमा अधिकार र प्रतिनिधित्व सुनिश्चित गराइनु पर्ने । मगरात राज्य भित्र बसोबास गर्ने सबै जात जातिहरुलाई तिनीहरुले बोल्ने भाषा र अंगिकार गर्ने धर्म र संस्कृतिमा कुनै पनि हस्तक्षप नगर्ने नगराउने आदि ।

सबै मगरहरुले आ-आफ्ना बाल बच्चाहरुलाई अनिबार्य उच्च शिक्षा (कम्तिमा स्नाकोत्तर - एम ए सम्म)  सम्म अध्यापन गराउने अभियान नै शुरु गर्नु पर्ने । उच्च शिक्षा सम्म पढाउन आर्थिक अवस्था कम्जोर भएका अथवा असक्षम अबिभाबकहरुलाई नेपाल मगर संघले एक बृहत आर्थिक राहत कोष खडा गरि उक्त राहत कोष द्वारा आर्थिक अवस्था कम्जोर र जेहन्दार छात्र तथा छात्राहरुलाई उच्च शिक्षा सम्मको लागि आर्थिक सहयोग व्यवस्था गर्नु पर्ने ।  अबको दश बर्ष भित्रमा सबै मगरहरुको निरक्षरतालाई सुन्य प्रतिशतमा पूर्ण रुपले झार्नु पर्ने ।  भारतीय र बेलायती सेना (त्यसै पनि अहिलेको अबस्थामा तिनीहरुले नेपाली युवाहरुलाई भर्ति गर्ने प्रक्रियामा भारी कटौती गरेको छ) मा भर्ति गराउन पूर्ण रुपले बन्द गराउनु पर्ने । मगरहरुले पुर्खौ देखि प्रयोगमा ल्याउदै गरेको र सेवन गर्दै आएको जाँड रक्सि  जस्ता मादक पदार्थहरु बिस्तारै बन्द गर्नु पर्ने । सबै मगरहरुलाई प्रत्यक दिन कम्तिमा आठ घण्टा सम्म आफ्नै लागि कुनै व्यक्तिगत व्यवसायको लागि काम गर्न र गराउने वातावरणको सृजना गराउनु पर्ने । बैदेशिक रोजगारीलाई निरुत्साहित गरि स्वदेश मै सानो तिनो ब्यबसाय गर्नलाई सबै मगरहरुले अभियान चाल्नु पर्ने । मगर पुरुष र महिला बीचमा भएको र देखिएको विभेदीकरणको अन्त्य गर्नु पर्ने  आदि । यसको लागि स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण मगर बुद्धिजीवी, राजनीतिकर्मी, पत्रकार, युवा, महिला तथा सर्ब-साधारणहरु नया नीति, सिद्धान्त र प्रणालीको विकास गर्न  आजै देखि लाग्नु पर्ने,  त्यसको लागि सम्पूर्ण मगरहरु आजै देखि एकजुट हुनु पर्ने प्रमुख आवश्यकता देखिन्छ ।

मगरहरुले मनाउने चाड पर्बमा एकरुपता देखिएको छैन ।  केहि मगरहरुले दशैँ पूर्ण रुपले बहिस्कार गरेको अवस्था छ भने केहि मगरहरुले धुमधामका साथ दशैँ मनाएको देखिन्छ । सबै भन्दा पहिला मगरहरुले अंगिकार गर्नु पर्ने धर्ममा एकरुपता हुनु आवश्यक छ ।  मगरहरुको पुर्खाको बिषयमा स्पस्ट भैसके पछि हामी मगरहरुले दशैँ तिहार जस्ता हिन्दु समुदायहरुले मनाउने चाड पर्बहरुलाई मानिरहनुको कुनै औचित्य छैन । खैर, नेपालमा बसोबास गर्ने सबै जात जातिहरुले मनाउने चाड पर्वलाई सम्मान गर्नु पर्ने हुन्छ ।  त्यसैले, मगरहरुले हिन्दुहरुले मनाउने चाड पर्ब दशैँ तिहार लगायत सबै चाड पर्ब र पछिल्लो समयमा मगरहरुले आफ्नो  खास चाड पर्बहरु जस्तै:  माघे सक्रान्ति, पन्ध फाल्गुन र चण्डी पुर्णिमा  पनि मनाउने गर्दा हामी मगरहरुले अनाहक मै बर्ष भरिमा धेरै दिनहरु आफ्नो र अरुको चाड पर्ब मनाउदै समय खेर फालिरहेका छौ ।  हामी मगरहरुले बर्षमा कम्तिमा दुइ दिन मात्र हाम्रो चाड मनाउनु पर्ने सुझाव दिन चाहन्छु । माघे सक्रान्ति र पन्ध्र फाल्गुन डेढ महिनाको अन्तरालमा मनाइने भएको हुदा यति छोटो समय मै हामी मगरहरुले पटक पटक मगर पर्ब र दिवसको रुपमा समारोह र कार्यक्रमहरुको आयोजना गरि समय र पैसा बर्बाद गरिरहेका छौ ।  मगरहरुको प्रमुख चाडको रुपमा माघे सक्रान्ति मनाइन्छ भने त्यसको ठिक डेढ महिना पछि मनाउदै गरेको मगर दिवस  पन्ध्र फाल्गुनलाई पनि गाभेर एकै पटक "माघे सक्रान्ति साथै मगर दिवस" भनि मनाउने गरियो भने हामी मगरहरुले धेरै समय र पैसा बचाउन सक्ने थियौं ।  त्यसको तिन महिना पछि अर्थात् बैशाख महिनामा चण्डी पुर्णिमा मनाउने गरिन्छ ।

यी यावत बिषयहरुलाई ख्याल गरि हाम्रा पुर्खाले सिकाएको र अबलम्बन गरेको राम्रा पक्षहरुलाई जति निरन्तरता दिने र केहि बिषयहरुलाई पुनर्विचार र सुधार गर्दै जाने र  नया प्रबिधि र प्रणाली अनुसार हामी सम्पूर्ण अठार लाख मगरहरु अगाडी बढ्ने हो भने केहि वर्ष भित्रमा नै हामी मगरहरुले तुलनात्मक रुपमा धेरै विकास गर्न सकिने कुरामा दुइ मत नहोला ।

इमेल: humbsmgr@gmail.com

website: www.humsunarimagar.com

रियाद, साउदी अरबिया