Home विशेष लेख राष्ट्रियता बिरोधी केही दिग्भ्रमित दिग्भ्रमहरु

राष्ट्रियता बिरोधी केही दिग्भ्रमित दिग्भ्रमहरु

E-mail Print PDF
AddThis Social Bookmark Button

रामकुमार श्रेष्ठ

त्यसैले लुम्बिनीमा अब छिट्टै केही भएरै छाडछ – खुट्टा कमाउने कमाइ रहुन, भंडुवाहरु भाँडिरहुन, पलायन हुने भैरहुन । हामी आ(आफ्नो स्तर र क्षमताले भ्याएसम्म बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई नागरिकीय दायित्व ठानेर आ(आफ्नो ठाउँबाट जारी राखौं । आस्चर्यजनक सन्नाटाका बीच पनि सबैतिरबाट बातावरण हाम्रै पक्षमा तयार हुँदैछ । शान्तिका प्रतिमूर्ति बुद्धका कारण लुम्बिनी र यस्को वरिपरिको एकीकृत बिकास गर्न बिभिन्न देशका प्रतिष्ठित ब्यक्ति र संस्थाहरुदेखि राष्ट्र संघसम्म अनबरत लागिरहँदा हाम्रोतर्फबाट भने आफूले केही गर्न नसके पनि उनीहरुको चाहना पुरा गर्नमा समेत खासै कार्यतत्परता नदर्शाइनु अत्यन्तै लज्जाजनक हो । संकुचित घेराभन्दा माथि उठन सक्नु आजको आवश्यकता हो । बिस्वले नै महत्व दिइरहेको लुम्बिनी बिकासमा बर्तमानका सकारात्मक पक्षलाई अब पनि सदुपयोग गर्नुको अलावा यो वा त्यो बहानामा ब्यबधान खडा गर्नु भनेको बिस्वकै सामू आफूलाई हास्य पात्रको रुपमा देखाउनुभन्दा बढी केही हुनेछैन । केही गर्न खोज्नेको लागि बिभिन्न स्तरबाट बिभिन्न रुपमा ब्यबधान सिर्जना जतिसुकै गरे पनि लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । त्यसैले निम्नतम नागरिकीय दायित्व पुरा गर्नुको अलावा गर्न खोज्नेको बाटो ढुक्दै ढुंगाप्रहार गरेर अरुले खुलेयाम र आँफैले आँफैलाई आजीवन मनमनै अपराधी भन्ने बातावरण किन बनाउनेरुनेतादेखि जंक जनतासम्म भारतको स्वार्थको लागि काम गरिदिने भएकोले नेपालको राष्ट्रियता जति कम्जोर छ भनेर भनिने गरिए तापनि यो सोंचेभन्दा धेरै मजबूत छ । उठान गरिएका संबेदनशील मुद्धाहरुमा मौन बसिदिने अकबर बीरबलको कथाका जस्ता बग्रेल्ती अन्धाहरु मात्रै नभएर नेपालका हितमा हुन लागेका र गरिन लागेका कुनै पनि गतिबिधिमा दिल्लीमा बस्नेहरुलाई हाँच्छ्यू नआउँदै नेपालभित्रै अनेक बहानामा एण्टिबायोटिक नै खानु पर्ने दिग्गज जंक जनताहरु जति देखा परे पनि यस्ले बिशेष अवस्थामा संभाबित खतराबाट जोगिन धेरै हदसम्म सहयोगीको भूमिका निर्बाह गर्नेछ ।

सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियता भनेको देशको अस्तित्वमाथि देखा पर्ने वा देखा परेका समस्याका कारणसिर्जित चिन्ता, चिन्तन र समस्या समाधानका लागि गरिने बिभिन्न गतिबिधि हुन । यो निस्शर्त, निस्स्वार्थ र स्वतस् स्फूर्त रुपमा देखा पर्नु पर्ने हो तापनि आजको स्वार्थपूर्ण समयमा बिभिन्न स्वार्थका कारण त्यसरी देखा नपर्ने मात्रै होइन कि यदाकदा बिभिन्न रुपमा बिभिन्न स्तरबाट राष्ट्रियताको बिषयमा कृयाशिलहरुकाखिलाफमा बिभिन्न किसिमले ब्यबधान र भ्रम सिर्जना गर्ने, निरुत्साहित गर्ने, सहभागीहरुलाई निस्कृय रहतोत्सहित पार्ने जस्ता कामहरु समेत हुने गर्छन् । उठान गरिने बिषयबस्तु र यस्मा संलग्न ब्यक्ति र समूहअनुसार बिषयबस्तुले स्थानीय, राष्ट्रिय मात्रै नभएर क्षेत्रीय र बिस्वब्यापी रुप समेत लिन सक्छ र सामनागरिनु पर्ने समस्याले पनि ।

बिदेशी भूमिबाट राष्ट्रियता गतिबिधि देशको माया गर्न भूगोलले छेक्दैन र यो आलेख पछिल्लो चार बर्षमा बिदेशमा बस्ने नेपालीहरुद्धारा गरिएकागतिबिधिहरुमा केन्द्रित हुनेछ । बिदेशमा बस्ने नेपालीहरुका बीच बिशेष गरी करीब चार बर्षदेखि राष्ट्रियताको बिषयमा धेरै गतिबिधि भएका देखिन्छन । भारतद्धारा नेपाली भू(भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्नकिसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध जून १५, २००९ मा बिभिन्न देशमा कार्यक्रम आयोजना गरिए भने फेसबुक मार्फत बिशेष तयारीका साथ सोही दिन चौबिसै घण्टा बिस्वभर छरिएर रहेका नेपालीहरुले बिरोध कार्यमा सहभागी भए ।

त्यस्को लागि माइ संसार, अनलाइन खबर, नागरिक न्यूज, डिसी नेपाल, नेपाल अरब, नेपाल डायरी, नेपाल समाचार आदिले सहयोग पुर्याए । माइ संसारको ऐक्यबद्धता उल्लेखनीय थियो जस्को सकृयतामा सो दिनको लागि उपयुक्त थुप्रै सामग्री तयार भएका थिए । त्यस्को लगत्तै सार्क क्षेत्रमा देखा परेको शक्ति असन्तुलनका कारण सिर्जित समस्या समाधानलाई सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जाल तयार गरेर शक्ति सन्तुलनमा केही योगदान दिन सकिन्छ कि भनेर बिभिन्न देशमा छरिएर रहेका बिभिन्न देशका प्रतिनिधिहरु खोज्ने काम शुरु भएको र त्यही सन्दर्भलाई आधार बनाएर माइ संसार लगायत अन्य केही पत्रिकाहरुमा “सार्क बिस्तार प्रसंग र नेपाली परिबेश” लेख समेत प्रकाशित गरिएको थियो । सोही बेला २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबरमा प्रकाशित “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” मार्फत अत्यन्तै संबेदनशील समाचारमा भारतमा नक्कली लुम्बिनी र कपिलवस्तु निर्माण कार्य झन्डै असी प्रतिशत संपन्न भैसकेको र २०१२ सम्ममा संपन्न गर्ने किसिमले जोडतोडका साथ काम भैरहेको खबर प्रकाशमा आउँदासम्म पनि त्यससम्बन्धमा नेपालका कुनै पनि निकायबाट कुनै पनि किसिमका आवाज उठाएको नपाईएकोले सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जालतयारको तुलनामा यस्लाई प्राथमिकतामा पार्नु पर्ने ठहर गरी बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले कपिलवस्तु दिवस अभियान ९हाल लुम्बिनी(कपिलवस्तु दिवस अभियान० शुरु गर्न पुगे । आफ्नो बिस्वब्यापी सन्जाल बिस्तार गर्दै छोटो समयमा यस्ले गरेका धेरै प्रयासहरुका बीच केही उल्लेख्य उपलब्धीहरु पनि हासिल गरेको छ ।

बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मिएको स्थान अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भएकै कारण युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश गरेको हो । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छरन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको बिस्वब्यापी महत्व र प्रसिद्धीका कारण त्यसबाट लालायित भएर सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यले नेपालको राष्ट्रियतालाई चुनौती दिने मात्रै नभएर दिग्भ्रमका कारण झुक्किएर र गलत नियतका कारण झुक्याएर बुद्ध जन्मस्थल जान चाहनेहरु गलत ठाउँ पुग्ने र पुर्याइने कामका कारण बर्षेनी हजारौंको मानब अधिकार हनन जस्ता जघन्य आपराधिक काम भएकोले यस्तो संबेदनशील काममा मौन बसिनु हुन्न मानबाधिकार प्रतिरक्षाको लागि पनि ।

ब्यापक जन दबाबका कारण जानकारी सच्याए पनि गुगल र वर्षेनी विश्वभरका करिव ६० लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लन्डनस्थित ब्रिटिश संग्रहालयले पनि वुद्धलाई भारतीय परिचय दिएको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछेद्धारा समेत विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धबारे भ्रामक जानकारी सहित लेखहरु प्रकाशित गरिएको, मासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा उहाँलाई भारती परिचय दिएको, थुप्रै देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको, न्यूजवीकका पूर्व संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती भनिएको जस्ता यथार्तताले बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम विस्वब्यापी समस्या बनिसकेको प्रमाणित हुन्छ । तर अफसोच राज्यका महत्वपूर्ण अंगहरुबाट समेत यस्तो संबेदनशील बिषय प्राथमिकतामा नपर्नाले कैयौं नेपाली युनेस्कोले समेत लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन ।

बिदेशमा बस्ने नेपालीहरुकै सकृयता किन ?

नेपाललाई बिस्वमा परिचय दिने दुई आधारहरु सगरमाथा र बुद्ध हुन । स्कूल पढदा सबैले सगरमाथा र बुद्धको देश भनेपछि संसारले चिन्छ भनेर पढे तापनि बिदेश गएपछि कत्तिले त नेपाल नै थाहा नपाउने र थाहा पाउनेहरु अधिकांशको मुखबाट बुद्ध भारतमा जन्मिएको कुरा सुन्न पर्दाको पीडाको परिणाम हो यसरी बिदेशमा बस्नेहरु नै यस किसिमका गतिबिधिहरुमा बढी संलग्न हुनुको कारण । त्यसैले अमेरिका निबासी अभिनेता रमित ढुंगानाको ‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाउने तयारी होस अथवा अमेरिका निवासी प्रेम गुरागाईं पेटिशन मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन र गीतहरु बनाउन, त्यस्तै चीन र हङकङमा तवला सम्राटका रुपमा परिचित हङकङ निवासी हरी श्रेष्ठ हरेक कार्यक्रममा नेपाली, अंग्रेजी र चिनिया भाषामा “बुद्ध वाज बर्न इन नेपाल” लेखिएको ब्यानरलाई गुरु मन्त्रको रुपमा जहाँ पुगे पनि एकछिन पनि साथ नछोडेको होस अथवा जापानको नागोयामा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका बिष्णुप्रसाद घिमिरेले चपस्टिकको खोलमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ लेखिएको चपस्टिक प्रयोग गर्न शुरु गरेको, त्यसरी नै अमेरिका निवासी पत्रकार रबी लामिछाने “बिस्वले चिन्नेछ नेपाल” कार्यक्रम मार्फत गिनिज बुकमा रेकर्ड कायम गर्न लागुन अथवा बिस्व साइकल यात्री सौरभ दाहाल बिभिन्न देशमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन – सबैकोश्रोत हो बिदेशमा नेपाललाई बुद्ध जन्मेको देशमा रुपमा नचिनिनुको पीडा ।

यिनीहरु सबै के कुरामा स्पस्ट छन भने यी कममा लाग्दा आफ्नो समय र पैसा खर्चनु पर्ने मात्रै नभएर अनाबस्यक काम कुरो गर्न जत्ति भए पनि समय हुँदा धेरैलाई यस्तो कुरामा नैतिक समर्थन दिने समेत फुर्सद नहुने, कत्तिले त निरुत्साहित गर्ने र ब्यबधान सिर्जना गर्ने काम समेत गर्ने र सरकारका तर्फबाट समेत बिशेष परिस्थितिमा बाहेक सहयोगको नाममा वाध्यताबस औपचारिकता निभाउने कामभन्दा बढी केही हुनेछैन । आफ्नो स्वाभिमानमा चोट परेका कारण स्वतस् स्फूर्त रुपमा यसरी लाग्नेहरुमा ब्यक्तिगत स्वार्थ केही नहुने भएकोले बिचलित हुने अथवा जस्तोसुकै ब्यबधानका बाबजुद पनि हतोत्साहित हुने भन्ने प्रश्नै रहँदैन केही स्वार्थबश देखा परेर बिभिन्न निहुँ बनाएर हराउनेहरुमा जस्तो । आखिर सबै कुरो मनै त हो – भित्रैदेखि हुनेलाई भन्नै पर्दैन भन्नै पर्नेले गर्छ नै भन्ने छैन ।

लुम्बिनीकै बढी चर्चा किन ?

सगरमाथाको बिषयमा पनि यदाकदा अनाबस्यक बिबादास्पद कुराहरु उठान गरिन्छन र यस बिषयमा बिरोध गरिंदा बिरोधको बिरोध खासै हुँदैन । बुद्ध जन्मस्थल बिषयमा भएका नियोजित तवरबाट सिर्जित दिग्भ्रम निस्तेज पार्ने क्रममा लाग्नेहरुले सिद्धार्थ नेपालमा जन्मिएका हुन त बुद्ध भारतमा, बुद्ध जन्मिएका बेला न त भारत थियो न त नेपाल, बुद्धिज्ममा लाग्नेहरुको लागि त बुद्धको जन्मस्थलको कुरो नभएर उन्का शिक्षा महत्वपूर्ण हुनुपर्छ, बुद्ध आधा नेपालको र आधा भारतको हो, बुद्ध लुम्बिनीमा जन्मिएको कुरो प्रमाणित भैसकेको कुरो हो – यो प्रमाणित गरिराख्नु पर्ने कुरो होइन जस्ता या त नबुझेर या त अप्ठ्यारोमा पार्न या त अनाबस्यक किसिमले समय दुरुपायोग गरिदिनका लागि उठाइने हल्का र हास्यास्पद प्रश्नहरु सामाना गर्नु पर्छ । नक्कली लुम्बिनी निर्माण कार्यमा भारतले अरबौं खर्चिसकेको र अन्तिम चरणमा नै पुगिसकेकोले सक्कली लुम्बिनीमा अझसम्म केही हुन नदिन सफल भैरहेकोमा केही हुन लाग्यो कि त भारतलाई ज्वरो आउनु स्वाभाबिकै हो । तर जनस्तरमा नै भए पनि आजको इन्टरनेटको जमानामा सामाजिक सन्जाल एबं बिभिन्न किसिमबाट गरिएका ब्यापक बिरोधका कारण बुद्ध भारतमा जन्मिएको भन्ने दुस्प्रयास धरायासी हुन सक्ने र नैतिकताको प्रश्नको संभावनालाई ध्यानमा राखी बुद्धले ध्यान र ज्ञान प्राप्त गरेको कुरालाई आधार मानी बुद्धिज्म भारतमा जन्मिएको कुरालाई ब्यापक रुपमा अगाडि बढाउन अग्रसर भएको देखिन्छ भारत । भारत यस किसिमबाट अगाडि बढछ भने यस्मा कसैले पनि बिरोध गर्दैन, सत्यका पर्यायबाची बुद्धको बुद्धकै नाममा आसत्यको खेती गरेर बिस्वका जनतालाई संपूर्ण बिस्व मान्यता बिपरित नक्कली लुम्बिनी र कपिलवस्तु नै बनाएर झुक्याउने कामको मात्रै बिरोध गरिएको हो सत्यको प्रतिरक्षा र दिग्भ्रमित बिस्व नागरिकको मानब अधिकार हनन हुनबाट जोगाउनका लागि ।

लुम्बिनी सकारात्मक दिशातिर उन्मुख

अब लुम्बिनीको प्रश्नमा अनपेक्षित तवरबाट भारत निकै पछाडि परिसकेकोछ । लुम्बिनीको बिषयमा केही हुन लाग्दा दिल्लीमा हाच्छ्युँ नआउँदै नेपालमा बसेर एन्टिबायोटिक नै खाँदै बर्बराउनेहरुले यो कुरा राम्ररी बुझ्नु आबस्यक छ । स्तर अनुसार अन्य कुरामा ब्यस्त भएको जस्तो देखाउने वा फेसबुकमा नै न्वारानदेखिकै बल निकालेर दिग्भ्रम निस्तेज पार्न कृयाशिलहरुका बिरुद्ध लाग्नेदेखि राष्ट्रिय अन्तराष्ट्रिय गतिबिधिमा प्रभाब पार्नेसम्मका अनुहारहरुको परिचय अधिकांश नेपालीहरुले पाइसकेका छन । भारतको रवैयाबाट अनभिज्ञ नरहेको बिस्व समुदाय भारतबाट सिर्जना गरिने र गर्न लगाइने समस्या न्यूनिकरणका लागि नै एपेकका कार्यकारी निर्देशक सियाओ युनान नेपालमा लुम्बिनी विकासका लागि समझदारीपत्रमा हस्ताक्षर गरेपछि पहिला पहिलाको एपेक प्रतिनिधिहरुको नेपाल भ्रमणलाई नेपालभित्र मात्रै सीमित राख्ने परंपरा तोडी भारतीय नेताहरुसंग भेटघाट गर्न गए । राष्ट्र संघमा लुम्बिनीका सम्बन्धमा “फाउण्टेन अफ वर्ल्ड पिस”, “वर्ल्ड पिस सिटी” का अबधारणाहरु धेरै अगाडि बढिसकेको छ, जापानको आर्थिक सहयोगमा युनेस्को मार्फत गरिएको अनुसन्धानले धेरै महत्वपूर्ण उपलब्धिहरु हासिले गरेको छ, एपेक र युनिडो लुम्बिनी बिकासका लागि आ(आफ्नै किसिमले ब्यस्त छन भने बिस्व स्तरीय इन्जिनियर प्रो क्वाक लुम्बिनीको वृहत गुरु योजना बनाउने कार्यमा लामो समयदेखि ब्यस्त छन र यो कार्य अब करीब अन्तिम अवस्थामा पुगिसकेको छ ।

त्यसैले लुम्बिनीमा अब छिट्टै केही भएरै छाडछ – खुट्टा कमाउने कमाइ रहुन, भंडुवाहरु भाँडिरहुन, पलायन हुने भैरहुन । हामी आ(आफ्नो स्तर र क्षमताले भ्याएसम्म बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई नागरिकीय दायित्व ठानेर आ(आफ्नो ठाउँबाट जारी राखौं । आस्चर्यजनक सन्नाटाका बीच पनि सबैतिरबाट बातावरण हाम्रै पक्षमा तयार हुँदैछ । शान्तिका प्रतिमूर्ति बुद्धका कारण लुम्बिनी र यस्को वरिपरिको एकीकृत बिकास गर्न बिभिन्न देशका प्रतिष्ठित ब्यक्ति र संस्थाहरुदेखि राष्ट्र संघसम्म अनबरत लागिरहँदा हाम्रोतर्फबाट भने आफूले केही गर्न नसके पनि उनीहरुको चाहना पुरा गर्नमा समेत खासै कार्यतत्परता नदर्शाइनु अत्यन्तै लज्जाजनक हो । संकुचित घेराभन्दा माथि उठन सक्नु आजको आवश्यकता हो । बिस्वले नै महत्व दिइरहेको लुम्बिनी बिकासमा बर्तमानका सकारात्मक पक्षलाई अब पनि सदुपयोग गर्नुको अलावा यो वा त्यो बहानामा ब्यबधान खडा गर्नु भनेको बिस्वकै सामू आफूलाई हास्य पात्रको रुपमा देखाउनुभन्दा बढी केही हुनेछैन । केही गर्न खोज्नेको लागि बिभिन्न स्तरबाट बिभिन्न रुपमा ब्यबधान सिर्जना जतिसुकै गरे पनि लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । त्यसैले निम्नतम नागरिकीय दायित्व पुरा गर्नुको अलावा गर्न खोज्नेको बाटो ढुक्दै ढुंगाप्रहार गरेर अरुले खुलेयाम र आँफैले आँफैलाई आजीवन मनमनै अपराधी भन्ने बातावरण किन बनाउनेरुनेतादेखि जंक जनतासम्म भारतको स्वार्थको लागि काम गरिदिने भएकोले नेपालको राष्ट्रियता जति कम्जोर छ भनेर भनिने गरिए तापनि यो सोंचेभन्दा धेरै मजबूत छ । उठान गरिएका संबेदनशील मुद्धाहरुमा मौन बसिदिने अकबर बीरबलको कथाका जस्ता बग्रेल्ती अन्धाहरु मात्रै नभएर नेपालका हितमा हुन लागेका र गरिन लागेका कुनै पनि गतिबिधिमा दिल्लीमा बस्नेहरुलाई हाँच्छ्यू नआउँदै नेपालभित्रै अनेक बहानामा एण्टिबायोटिक नै खानु पर्ने दिग्गज जंक जनताहरु जति देखा परे पनि यस्ले बिशेष अवस्थामा संभाबित खतराबाट जोगिन धेरै हदसम्म सहयोगीको भूमिका निर्बाह गर्नेछ ।

त्यस्तै नेपालको भू(राजनितिक अबस्थाका कारण नेपाल जसरी धेरैको क्रिडास्थल बन्न पुगेको छ यही भू(राजनितिक अबस्थाकै कारण पनि नेपालको राष्ट्रियता त्यत्ति सहजै गुम्न नसक्ने अवस्था पनि छ । प्रकृतिमा बाँच्नकै लागि कसैलाई पनि समस्या छैन र कुकुर, बिरालो, किरा फटेङ्रा पनि बाँचिरहेकै छन र पनि मान्छे भएर पनि अलिकति हरियो घाँसको पछि लाग्नेहरुले आफूलाई केन्द्रमा राखेर आफ्नो पलायन, नाँगो नाचका भरमा नेपालको राष्ट्रियताको अवस्था मसानघाटमा पुग्न लागेको जस्तो छ भनेर सोंच्नु भनेको सुतुरमुर्गले बालुवामा टाउको लुकाएर सुरक्षित भएको ठान्नुजस्तै हो ।