Home विशेष लेख ठोक्न मादल ठोक

ठोक्न मादल ठोक

E-mail Print PDF
AddThis Social Bookmark Button

 

कोरङ्गगी प्रेम

संखुवासभा

२४ फेब्रुवरी, २०१३

“भमरा फूल्को थुङ्गामा,भेट हुन आउनु है निरमाया पोखरा चिप्लेढुङ्गामा” एकताका सबैको जिब्रोमा झुण्डिएको यो गीतको गोडोमा लेग्रो तानेर मादल् चट्काउ“दै चिप्लेढुङ्गा पोखरा मै पुगेको अनुभुति गर्दै थिए मामा रुद्र छन्त्याल् । हङ्गकङ्गमा बिस्तारै उमेर ओरालो लागेकाहरुलाई पुरुष भए मामा र स्त्री भए छ्यामा भन्ने चलन छ । त्यसैले म उहा“लाई सधैँ आदर पूर्वक सम्मानले मामा भनि बोलाउँछु बद्लामा उहाँ पनि मलाई स्नेहले अनि माया र सद्भावले भान्जा भनि बोलाउनु हुन्छ । यसरी हामी बिचको आत्मियता अरुको लागि ईष्र्या लाग्दो बनेको छ। सन् २००४ ताका आफु र आफ्नो सन्तानको उज्जवल भविष्यको निम्ति हङ्गकङ्ग छिरेका यी मामा आफ्नो भविष्य निश्चित भैसकेता पनि देशकाल् र परिस्थिीले स्वदेश फर्कन सकेका छैनन् । बरु उल्टै दैनिक भारी संख्यामा छन्त्याल मामा जस्ता मामा र छ्यामाहरु अनि म जस्ता भान्जा भान्जीहरु विदेशीने प्रवृती मुलुकको सबै भन्दा फस्टाएको खेती बनेको छ जुन नेपाल र नेपालीको निम्ति दुर्भाग्य हो ।

 

प्रसंग २३ फेब्रुअरी शनिवारको हो । दिनभरी मेलोमा टाउको जोतेर करिव सांझ ८:३० बजे तिर हाम्रो २१ जनाको सानो टुकुडी रिपल्स वे को डिप वाटर वे तिर हुर्इंकियो जहा“ समुद्र किनारमा रमाईलो बिबिक्यू स्पट छ । केहि दिन देखि त्यस ठाउ“मा बिबिक्यू खान जाने हल्लाले हाम्रो साईटलाई राम्ररी तताएको कुरा अरुले आकेलेको सुनिन्थ्यो । आज सम्म हाम्रो त्यो टुकुडीको सबै सदस्यहरुको भा““डोमा एउटै कम्पनीले चामल हाली दिने गरेको छ र त्यै चामलको भात खाएर आफ्नो बालबच्चा र गर्जो टार्ने काम भैराखेको छ । त्यसैले होला हामी सबैको मन् मिलेको छ अहिले सम्म । हाम्रो टुकुडीमा ३ जना ङोल्स्योहरु (सोल्टीनीहरु गुरुङ भाषामा) ,२ जना लेङ्चाईहरु –(चाईनीजहरु) १ क्वाईलो –(कुईरे, गोरो छाला ) र १५ जना नौ जवानहरु थिए । ङोल्स्योहरुको डट्फट्को तारिफ नगरे उहा“हरु प्रति अन्याय हुन जान्छ त्यसैले म उहा“हरुको खुलेरै प्रशंसा गर्न चाहन्छु । सबैजनालाई खान्पीन बा“डने काममा सोल्टीनीहरु खुबै खट्नु भयो विशेष गरी रिना ङोल्स्योले सबैलाई खुवाउनु भयो रमाइलो गर्नु भयो । २ लेङचाई र १ क्वाईलोले चाहिं कस्तो अनुभव गरे तिनै दैब जानुन् तर हामीले चाहिं मुलुक भन्दा बाहिर रहेता पनि आफ्नै गाउ“ ठाउ“ पुगेको, आफ्नै नेपालीपनको परिकार खाएको अनि तिनै रोधी सोरठी र हाक्पारेहरुमा नाचेको गाएको अनुभुति ग–यौं जस्को साक्षीको रुपमा त्यस टुकुडीका एउटा जिउ“दा बाघ सह बीर थापामगरको गितको बोल“उकालीमा पनि हजुर मोटर गुड्दो रैछ”लाई लिन सकिन्छ भने उनलाई जोस्याउने आर्का बुढा बाघ थिए मादलका पारंगत हेम थापामगर दाई । अझ रमाईलो पक्ष त के थियो भने हल्का तीनपानेमा लीएका सह बिर जतिबेला पनि त्यै गीत “उकालीमा पनि हजुर” मात्र गाउ“थे भने बेला बेला मादलका पंडति हेम थापालाई मैले हजुर जस्तो मादल बजाउने मान्छे देखे कै थिईन आज बल्ल भेटें भन्दै दुबै हात जोडी प्रणाम गर्थे त कहिले तिनैलाई बजाउन नजानेको भन्दै गाली गर्दा कस्का दा“त कस्ता छन् प्रष्टै देख्न सकिन्थ्यो । त्यसो त अर्का फेचाई (मोटो मान्छे चाईनिज भाषामा) (मार्छन बुढाले) उर्फ आदरणिय हस्त दाइ (नराम्रोमा पर्छ उहा“को थेगो) कम्मरबाट ओरालो लागेको पाईन्टलाई न्वारान देखिको बल निकालेर पहिलेकै पोजिसनमा ल्याउ“दै केटौले पारामा अरुहरुलाई रौस्याएको देख्दा“उमेर पचपन्की बानी चाहिं बचपन्की”जस्तो लाग्थ्यो भने ह“समुखे पूर्ण भाइलाई लेङलोईहरुले साथ नदिंदा कलब्रेक खेलमा तुरुपको पत्ताले काम नगरेको पो हो की जस्तो लाग्थ्यो । धनीराम सोल्टी, कुमार दाई, प्रकाश सोल्टी र (बाजे) उर्फ मार्छन बुढाले श्रेष्ठ दाइ पनि के कम् सोल्टीनीहरु यसो छेउमा आउ“दा फुर्तिफार्ती अर्कै हुन्थ्यो बुढाहरुको तर जव सोल्टीनीहरु चुम्वकले तानिए झैं गरी ठिटोहरुको ग्रुपमा पुग्दथे बुढाहरुको अनुहार हेर्न लायक हुन्थ्यो फ्यूज गएको लाईट झैं । यसो सम्झन्थें के हुन् यी स्त्रीहरु ? पुरुषका खलौना ? या भगवानको सुन्दर सृजना ? तर म त भन्छु पुरुष जस्तै मानव हुन् । उनीहरुले पनि पुरुषले जस्तै साहसिक काम गर्न सक्छन् सकेका छन् । तर यहा“ त उनीहरुलाई विभिन्न एडभर्टाईजमा हदै सम्म नङग्याएर खेलाईएका हुन्छन् पुरुषहरुले हतियार बनाएर । हामी देख्छौं रक्सीका चुरोट अनि गरगहनाका बिज्ञापनहरुमा उनीहरुलाई कति धेरै नङग्याईएका हुन्छन् त्यसमा उनीहरुलाई कुनै ग्लानी छैन, पश्चाताप् छैन । बरु उनीहरुमा उल्टै घमण्ड छ, धाक छ रवाफ छ आफू बेस्सरी नाङ्गिन पाएकोमा । अरुले आफूलाई खेलौना सरह खेलाएकोमा । यो दुनिया“ नै यस्तै रहेछ । उता सुन्दर, रविन टलिरुम, हेम दाई,कुमार घले लगायत केहि दाजुभाइहरुलाई चाहिं रमाइलो भन्दा पनि वाईन र अलि विकासे खालको सोमरस्ले मोहनी लगाएकोले होला प्रायजसो उनीहरु तिनै वोटलको वरीपरी सिनोमा गिद्द घुमे झंै घुमिरहेको मेरो यो गुच्चा जस्तो आखा“ले देख्दथें । आफू सोमरस्को फ्यान नभएता पनि कता कता त्यो नक्कली परेछ कि जस्तो लाग्थ्यो तर म जस्तो बबुराले के भेउ पाउनु ? त्यो त तिनै भुतmभोगीहरुलाई मात्र थाह हु“दो रैछ जस्लाई सबैको आ“खा सामुन्ने प्रमाणित गरेरै देखाई दिए हाम्रा आश लाग्दा २ युवाहरु सह बिर र भाइ रबिनले । हाम्रो टुकुडीले त्यती धेरै आश गरेको थिएन तैपनि उहा“हरुले देखाएरै छाड्नु भो त्यो बहादुरीताको कदर गर्नै पर्दछ । बल्ल थाह पाएं त्यो सोमरस्को करामत् । धेरै दम् रैछ त्यसमा । त्यो खा“ट्टीको रैछ । सा“च्चै नै सक्कली रैछ । नम्वरवान रैछ अनि त्यस्तो नम्वर वान् खाईयो भने मात्र नम्वर वान् हुन सकिंदो रैछ त्यो पनि थाह पाएं । आफु त सधैं लास्ट । धन्य छ प्रभु त्यस्तो नम्वर वानको चिज बनाएर अरुलाई पनि नम्वर वान बनाउनेलाई । म चाहिं मेरा हितैसी मित्रहरु दल सेरबुजा, किन्दर राई ,गलामी सर,सन्तोषम् परम् सुखम् उर्फ सन्तोक लगायत अन्य मित्रहरुको अनुपस्थितीमा रानो खोज्दै हिंडेको मौरी जस्तै घरी यो चुलो घरी उ चुलो गर्दे है मा है मिलाएर मित्रहरुको चर्तिकला हेर्दै घुमिरहें । कार्यक्रमको अन्त्यतिर गिटारको पनि दर्शन पाईयो तर एउटा तार गोलखा“डी गएकोले जनयुद्द कालमा माओवादी जस्तै उत्तिखेरै भूमिगत् । जसो तसो त्यो सांगितीक माहौललाई धानेको थियो एउटा मादल्ले जस्लाईलाई माइतीराजाहरु बेपत्ता ताल्ले ठोक्दथे सार्कीले मुढा बनाउ“दा गोरुको छाला कसरी चुट्तछ त्यसै गरी । त्यसो त यो ठागु (जेठोःगुरुङ भाषामा) पनि के कम्,चट्कायो मरुन्जेल तातो न भुत्लो गीत एकातिर मादलको ताल अर्कैतिर । जब मादलका पारंगत हेम थापा र मामा रुद्र छन्त्याल् मादल ठोक्न थाले “भमरा फूलको थुङ्गामा” भन्दै एकै छिन् भए पनि हामी सबै पोखरा पुग्यौं नेपाल पुग्यौं सगैंका साहिली माहिलीहरुलाई मन भरी मुटुभरी पायौं संगै नाचेको अनुभुति ग–यौं रम्यौं रमायौं । चुलाभरी कुखुराका पखेटा सांप्रा पोर्कको मासु रातो भएर पट्पटी पाकेको देख्दा को चुप लागेर बस्न सक्छ ? १२ वर्ष देखि भोकै छु भन्ने ताल्ले सबैजना चपाउनमै ब्यस्त थिए । चुलाको वरीपरी क्यानका डब्बाहरु ठडीएका थिए । यस्तो लाग्थ्यो त्यो कुनै बियर कोक को क्यान नभएर पिलरहरु हुन जहा“ मिलियन्ज, बिलियन्ज डलरको ठूलो बिल्डीङ्ग ठड्यार्इंदै छ । त्यस्तो रमाईलो वातावरणमा माथिका २ बुढाहरुले मादल ठोके पनि गितांगेहरुले गीतको गेडो सुरु गरे पनि अरुले साथ नदिंदा त्यहा“ सांगितीक माहोल जम्न नसकेकोले रौसेहरु अलि खल्लो मानीरहेका थिए । खैर जे होस, सबै जनाले एक आपसमा भावनाहरु साटासाट् गरे दुखःसुखःका अनुभुतिहरु बांडे रमें रमाए । आज हामी विदेशमा छौं यहा“ को गुरुङ,को मगर, को राई, को लिम्बु को पूर्व, को पश्चिम हामी सबै नेपाली अनि हाम्रो देश नेपाल त्यो भावनाले अघि बढ्नु पर्दछ र मात्र हाम्रो एकता नेपालीको पहिचानलाई बचाएर राख्न सकिन्छ । त्यो मानेमा यो भेटघाट् एउटा एउटा महत्वपूर्ण घडीको रुपमा स्थापित भएको छ जुन वातावरण श्रृजना गर्ने सवालमा अहं भूमिका खेल्नु हुने यस टुकुडीका लेस नायक उर्फ नाईके “मार्टीन सर”उ“हा प्रति हामीले हार्दिक आभार प्रकट गर्नै पर्दछ । त्यो भेटघाट त्यो वातावरणले हाम्रो सम्बन्ध अझ प्रगाढ बनेको छ । अरु बढी आत्मियता बढेको छ । हामी बिचको त्यो वातावरण अझ सहज र सरल बनेको छ । तसर्थ यस्ता जम्घटहरु बेलाबेलामा हुनु जरुरी छ । हामी कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्छौं । यो क्षेत्रलाई प्राय मानिसहरु अलि अर्कै दृश्टिकोणले हेर्दछन् तर यो क्षेत्रलाई आकर्षक, मर्यादित प्रतिष्ठित र ईज्जतदार बनाउने दायित्व तपाई हाम्रो हो । प्राय जसो हामीहरु फुर्सदको समयमा त्यस्तै उरन्ठेउला गफ्गाफहरुमा भुल्छौं । हाम्रा मुखबाट त्यस्तै उरण्ठेउला शब्दहरु निस्कन्छन् तर यो दुनिया“मा अरु पनि त्यस्ता धेरै विषय बस्तुहरु छन् जस्तै राजनिती, साहित्य ,संगीत ,ब्यपार पर्यटन कृषि आदि जस्को बारेमा चर्चा परिचर्चा गरे अरु ज्ञान बढ्छ  धेरै जानकारी मिल्छ । त्यो सोच्न जरुरी छ । किनकी हामी संगै हाम्रा चेलीबेटीहरु पनि काम गर्छन, हाम्रा काका मामा बाबु बाजे भाइ बहिनीहरु सबै काम गर्छन । तिनको नजरमा हामीले खराब शब्दहरु बोल्यौं भने खराब काम ग–यौं भने हामीबाट तिनले के सिक्ने ? हामीबाट हाम्रो समाजले के आशा गर्ने ? किनकी हामी भनेका युवाहरु हौं । हामी युवाहरुको कर्तब्य हुन्छ समाज भित्रका बिकृति बिसंगतीका बिरुद्दमा लड्ने र समाज परिवर्तन गर्ने । समाजलाई रुपान्तरित गर्ने । त्यो हामी युवाहरुको दायित्व हो, कर्तब्य हो । यस्मा कसैले यसो गरौं उसो गरौ भनेर सघाउन प–यो भन्ने कुरो होईन । यो तपाई हाम्रो कर्तब्य हो । अतः हामीले यो सोच्न जरुरी छ “हामीले नगरे कस्ले गर्छ ? मैले नगरे कस्ले गर्छ ?” आजैबाट यो प्रणका साथ अगाडि बढौं । आफु बनौं आफ्नो समाज देशलाई बनाऔं ।

जा“दाजा“दै एउटा प्रसंग एकताका राजाले सबै जनताहरुलाई बोलाएर आफ्ना सबै जग्गा जमिन देखाउ“दै भने “यी सबै मेरा सम्पतीहरु हुन् क कस्लाई कति कति चाहिन्छ बिहान सुर्योद्दय देखि सा“झ सुर्यास्त अघि सम्म यी जग्गा जमिनहरु ज–जस्ले छोएर आउ“छ म उसलाई सबै उसैको नाममा पास गरी दिन्छु भनि सके पश्चात सबै जनताहरु दौडिए । कोहिले हिमाल छोए कोहिले पहाड छोए कसैले फा“ट छोए त कसैले नदिनाला वनजंगल छोए । जव सुर्यास्त हुने बेला भयो एक जना कुद्दै कुद्दै दरवारमा आई पुग्यो । उस्लाई राजाले सोध्यो तिमीले के के छोयौ ? उसले स्यां स्यां र फ्यां फ्यां गर्दै भन्यो । खेत छोएं, पहाड छोए, हिमाल छोए, यो छोए उ छोए आदि आदि भन्दा भन्दै पुर्लुक्क भुईमा ढल्यो र म–यो । राजाले सेनालाई भन्यो यस्को लम्वाई कति छ ? नाप, जवाफमा सेनाले भन्यो ४ हात । चौडाई कति छ ? २ हात । त्यसो भए ४ हात लम्बाई र २ हात चौडाई भएको खाडल खनेर गाडीदेउ । अन्त्यमा सोहि अनुरुपको खाडल खनेर त्यो लाशलाई गाडिदियो ।” बस् हामीलाई सिर्फ ४ हात लम्वाई र २ हात चौडाईको खाडल खन्न मिल्ने जग्गानै काफी छ । त्यती सानो जग्गाको टुक्रा किन्ने पैसा कमाउन हामीले रात दिन मेशिन जस्तो खटीरहनु पर्दैन । यसरी जहान परिवार ,साथी संगी, आफ्ना ब्यतmीगत ईच्छा आकांक्षहरुलाई मारेर सधैं भरी टाउको जोत्ने मात्रै काम नगरौं समय समयमा भेटघाट् जमघट् र समय निकालेर घरपरिवार समाज र समुदायको निम्ति केहि गरौं । मद्मरातको त्यो सुन्सान् वातावरणमा माथि पट्टिको त्यो रिपल्स वे मस्त निद्रामा पल्टिसकेको थियो अनि तल तिरको समुद्र पनि विश्राम गर्ने तरखरमा थियो । भोलिपल्ट छोरी श्रेया पाचौं वसन्तमा आफ्ना पाईलाहरु टेक्दै थिईन् तिनै जन्म दिवसको तयारीमा मेरी अर्धाङ्गिनी मेरै आगमन्को प्रतिक्षामा बाटोभरी आ“खा बिछ्याएर बसिरहेकी थिईन् । संधै मेरी सानी बचेरी श्रेया मलाई नै गु“ढमा कुरेर बस्ने वानीले मेरो शरीर मात्र त्यहा“ थियो मन् चाहिं अघि नै गु“ढमा पुगेर मेरी सानी बचेरी संग खेल्दै थियो । त्यसैले सबै संग विदाईका हातहरु हल्लाउ“दा साथीहरुको पियाईमा निकै दम् देखिन्थ्यो लाग्थ्यो “जिना हे तो पिना हे” तर वास्तविकताको जिन्दगी चाहिं “जिना हे तो नहिं पिना हे” सबैमा चेतना भया ।

अस्तु