Home विशेष लेख धरानमा प्रसस्त पानी, अव कहिले खाने ? वा धरानमा पानीको समस्या,श्रोतको होईन व्यवस्थापनको कमजोरी

धरानमा प्रसस्त पानी, अव कहिले खाने ? वा धरानमा पानीको समस्या,श्रोतको होईन व्यवस्थापनको कमजोरी

E-mail Print PDF
AddThis Social Bookmark Button

आनन्द श्रेष्ठ

सदा झै यो वर्ष पनि धरानबासीलाई खानेपानीको समस्याले ज्यादै पिरल्यो  । धेरै जनाको घरमा हप्तौ पानी नआउदा खानेपानी संस्थाको हाकिमको टेबुल ठोक्न जानुप¥यो  । अहिले एक दिन बिराएर पानी वितरण भइरहेको छ । त्यसबाहेक दुईवटा  ट्याङ्करले टोलटोलमा  अतिरीतm पानी वितरण गरिरहेको छ । घर निर्माण , विहे वर्तबन्ध गर्दा, कलकारखाना  चलाउन र होटल व्यवसायीहरुले ट्याङ्करको महंगो पानी किन्नु परिरहेको छ । अहिले प्रतिदिन ८ वटा प्राइवेट ट्यांकरले  प्रतिदिन झण्डै २० लाख लिटर पानी तराईबाट ल्याएर विक्रि गरिरहेको छ । वरिपरि जंगल खोलाखोल्सी, नदीनाला हरियाली भएको सहरमा कसरी यत्रो पानीको संकट भयो ? यो सबैको लागि चासो र चिन्ताको  विषय हो । 

धरानमा मज्जैले पानीको संकट उत्पन्न भएको झण्डै १० वर्ष भयो । र अझै १ वर्ष यसरी नै संकट झेल्नुपर्ने निश्चित देखिन्छ  ।  संकट आयो कसरी भन्नेकुराको खुलासा गर्नु नै यो लेखको मुख्य उद्देश्य  पनि हो ।लेखक सम्बद्ध संस्था  वातावरण तथा पर्यटन विकाश केन्द्र (सेड नेपाल)ले  धरानको खानेपानीको समस्यावारे  विगत १० वर्ष देखि गरेको खोज , अध्ययन ,अनुसन्धानबाट के निष्कर्ष फेला पारेको छ भने धरानमा पानीको संकट उत्पन्न हुनु पानीका स्रोतहरुको कमीले होइन व्यवस्थापनको कमजोरीले गर्दा भएको हो । सम्बन्धित निकायले इमान्दारिताका साथ पानीको स्रोतहरुको संरक्षण र व्यवस्थित वितरण प्रणाली लागु गर्नेहो भने धरानलाई पानीको कहल्यिै अभाव हुने  थिएन । किनभने सर्दु, खर्दु, सेउती, कालिखोला, पकुवा खोला जङ्गलको भूमिगत पानीले घेरिएको धरानमा काकाकुलको अवस्था आउनु भनेको नितान्त मानवीय तथा व्यवस्थापकीय कमजोरी हो ।

यहा सर्दु, खर्दु, सेउती जलाधार क्षेत्रको संरक्षण गर्ने हो भने अझै ५० वर्ष धरानलाई थेग्ने पानीका श्रोत  पाइन्छ । चारकोशे जङ्गल भित्र अथाह पानीको भण्डार छ । जुन भण्डारबाट अहिले पनि प्रतिदिन ५०, ६० लाख लिटर पानी ल्याएर खाइरहेका छौ । े एशियाली विकास वैंकको आर्थिक सहयोगमा बन्ने परियोजनाले पनि त्यहीको भूमिगत पानी तानेर खुवाउने योजना गर्दैछ । त्यतिले पनि पुगेन भने नजिकैको सप्तकोशी, तमोर भुल्के, नमस्ते, झरना जस्ता स्थायी स्रोतहरु त छँदैछन् । तर समस्याचाही सही योजना सही व्यवस्थापनको कमीबाट भइरहेको देखिन्छ ।

पानीको समस्या कहा छ ?

धरानमा झण्डै ३० हजार (सुकुमवासी सहित )घरपरिवार बसोबास गर्ने गर्दछन् । यसमध्ये १४ हजार घरपरिवारले खानेपानी  संस्थानको ग्राहक वनेर पानी  खाईरहेका छन् । बाँकी नगरबासी आपैmले पानीको  श्रोत पता लगाई नीजी खर्चृमा पानी ल्याएर   खाइरहेका छन्  । आफैले जोहो गरेर पानी खाइरहेका वि.पि. प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी, भारतीय पेन्सन वितरण कार्यालय, वाड् नंं , ११, १३,१५,१७ का सुकुम्बासी बस्तीहरुमा पानीको खासै समस्या छैन । तर खानेपानी संस्थानले वितरण गरेका्र  ग्राहकहरुमा भने पानीको सधै हाहाकार हुने गरेको छ ।आखिर किन ? किनभने धरानलाई पानी खुवाउने ठेक्का लिएको खानेपानी संस्थानमा हुने गरेको चरम लापरबाही गैर जिम्मेवारीपन र राजनीतिक दलहरुको निष्क्रियता प्रमुख कारण मान्न सकिन्छ ।

कसरी गर्छ  खानेपानी संस्थानले  लापरवाही ?

नेपाल खानेपानी संस्थानले  २०३७ साल मंसीर १७ गते वाट धरानमा पानी वितरण गर्ने ठेक्का लिएको हो । त्यस भन्दा अधि तत्कालिन धरान नगर पञ्चायतले नै पानी वितरण गर्दै आएको थियो ।   व्यवस्थितरुपमा पानीको संरक्षण र   वितरण गर्ने उद्देश्य लिएर  खानेपानी संस्थान धरान आउदा १४ सय ग्राहक  मात्र थियो । तर अहिले धरान खानेपानी संग १४ हजार ग्राहक छन् भने वर्षमा झण्डै ३ करोड वरावरको पानी बेचेर आम्दानी  गर्ने गर्दछ । सो आम्दानी मध्ये आधाभन्दा बढी कर्मचारीको तलब, भत्ता, र प्रशासनिक कार्यमा  सकिन्छ भने विजुली शुल्क र सामान्य मर्मत सम्हारमा ३० प्रतिशत खर्च गरी  वांकी रहेको  खुद नाफा बार्षिक ५० लाख जत्ति केन्द्रीय कार्यालय काठमाण्डौ  पठाउने गर्दछ । यसरी सरसर्ती हेर्दा पनि धरानको संस्थालाई घाटा छैन । बरु नाफा नै छ । वर्षको ६ महिना सर्दुको निःशुल्क पानी संकलन गरेर बेच्ने हुदा स्वभाविक रुपमा नाफा भएको हो । तर त्यो नाफाको पैसाले निशुल्क पानी प्रदान गर्ने शर्दु जलाधार जस्तो कामधेनु गाईलाई संरक्षण गर्ने काममा भने संस्थाले ५ पैसा लगानी गरेको छैन । बरु खोलामा भएको पानीलाई पनि व्यवस्थित ढङ्गले संकलन गरी वितरण गर्न नसक्नु धरानको दुर्भाग्य नै हो ।   २०१० सालतिर व्रिटिश सरकारले फुस्रे चोकको छेउमा बनाइदिएको साढे १३ लाख लिटरको पानी ट्याङ्की जीर्ण अवस्थामा पुगी त्यसबाट ४० प्रतिशत पानी चुहिएर जाने गरेको प्रत्यक्ष देख्न सकिन्छ । बजारमा पानीको  हाहाकार भएर मान्छेले दुःख पाइरहेको बेला सामान्य ट्याङ्कीको मर्मत  समेत गर्ने संस्थाको हुत्ती छैन । २०४० साल देखि शर्दुको पानीले मात्र नधान्ने देखेर संस्थानले ४ कोशे झाडीमा दुइवटा पम्प गाढेर ४० लाख लिटर भूमिगत पानी संकलन गर्दै आएको छ । बिजलीबाट पम चलाएर पानी निकाल्नु पर्ने भएकोले लोडसेडिङको कारण पम्प बाट पनि सुख्खा मौसममा  भने जस्तो पानी निकाल्न सकिएको छैन । त्यसमाथि पनि २०, २५ वर्ष अघि गाडिएको पम्पका भल्वहरु थोत्रिएर ५० प्रतिशत मात्र पानी तान्ने गरेको कुरा संस्थानकै प्राविधिकहरु गुनासो पोखाउछन् । तर १०,२० लाख खर्च गरेर मर्मत गरिदिन धरान शाखाले केन्द्रमा पटक पटक अनुरोध गर्दा पनि केन्द्रले बजेट नपठाइदिँदा समस्या जटिल बन्दै गएको बताउछन् । कुनै पनि दिन पम्प बिग्रिएमा धरानले पानी नै खान नपाउने दिन आएमा आश्चर्य मान्नुपर्दैन । यता ४०,५० वर्ष अघि बिछ्याइएका पुरानो पाइपहरुबाट जताततै पानी चुहिएको देख्न सकिन्छ । तर पाइप फेर्ने संस्थासंग पैसा छैन । धरानमा मात्र २०८ वटा सार्वजानिक धाराहरु छन् ।जुन धाराहरुमा टुटी छैन, सुरक्षा छैन जसले जति पनि बेला तोडफोड गर्ने पानी खेर जाने गरेको देख्न सकिन्छ । अर्कोतिर सहरका मुख्य बजारका व्यापारीहरुले आफ्नो घरमा सिधै मिटर जोडेर पानी तान्ने, संस्थानको नियम बिपरित पहुँचवाला टोलका मानिसहरुले उपभोक्ता समिति बनाई मुख्य पाइपबाट पानी लाने जस्ता अनगिन्ति चुहावट भइरहेको छ । चुहावट मात्र रोक्न सक्ने होभने प्रतिदिन ३०, ४० लाख लिटर पानी बचत हुने देखिन्छ ।

काम कम, कर्मचारी ज्यादा

खाने पानी संस्थान भनेको प्रशासनिक भन्दा प्राविधिक काम बढी गर्नुपर्ने कार्यालय हो । तर १०० जना कर्मचारी पालेको धरान शाखामा मुस्किलले २० जना कर्मचारी मात्र फिल्डमा खट्छन् भने अन्य सबै शाखाको कार्यालयमा थुप्रिएर झिंगा मारेर बसेको देख्न सकिन्छ । नेता, मन्त्री हाकिमहरुको सोर्सफोर्समा जागिर खाइरहेका कर्मचारीको संख्या धेरेै भएर वडा नंं १६ मा रहेको विलिङ शाखामा एउटा लेजर पोष्टिङ गर्न  ३ जना कर्मचारी भिडेको देख्न सकिन्छ । मन्त्रीको, पार्टीको नाममा जागिर पाएका हरुलाई हाक्किमले काम अहाउन पनि सक्दैनन् ।त्यसैले जनताको गुनासो सुन्ने त्यहँ कुनै शाखा छैनन् । बरु जत्ति पनि गाली रातदिन फिल्डमा खट्ने  पलम्वरर जस्ता प्राविधिकहरुले खानुपर्दछ तर दुर्भाग्य नै भनौ संस्थानमा काम गर्ने अधिकांश प्राविधिकहरु चाहि ज्यालादारी कर्मचारी छन् ।जसले २० औ वर्ष काम गर्दा पनि तलब भत्ता, पेन्सनको सुविधा पाउदैनन् ।यसरी संस्थान भित्र मौलाएको आर्थिक तथा व्यवस्थापकीय अनियमितताको कारण नै धरानमा पानीको समस्या उत्पन्न हुने मूल कारण हो भन्न हिचकिचाउनु पर्दैन ।

अब कहिले होला त पानीको समाधान ?

नेपालभरि नै खानेपानी संस्थान भित्र मौलाएको आर्थिक अनियमितताले गर्दा वदनाम हुदै गएपछि संस्थान सवै शहरहरुवाट विस्थापित हुदै गएको छ । काठमाडौ, पाल्पा, हेटौडा, चितवन, धुलीखेल  जस्ता शहरहरुवाट खानेपानी संस्थानलाई विदाई गरी सकेको छ । त्यसको ठाउमा जनताकै प्रतिनिधि रहेको वोर्डले पानीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ । र सफलतापूर्वक सञ्चालन पनि गरिरहेका छन् । यसैगरी धरानमा पनि संस्थानको गैर जिम्मेवारीपूर्ण क्रियाकलापले उत्पन्न समस्या समाधान गर्न अहिले नगरवासी तातिएका छन् । यसलाई सहयोग गर्न एसियाली विकास बैङ्कले कुनै बिग्नबाधा उत्पन्न भएन भने अबको ५ वर्ष भित्र अर्थात २०१७ सालसम्ममा धरानमा चौबिसँ घण्टा पानी ल्याउने योजना सुरु गरेको छ । एडिबिको सहयोगबाट पानी आउन थाले पछि धरानबाट खानेपानी संस्थाजस्तो हाकिम मन्त्री पोसाउने सेतो हात्तीलाई सदाको लागि बिदा गरिने छ । अनि जनप्रतिनिधि रहेको खानेपानी वोर्ड गठन गरिने छ । जसले जनताको सुविधाको लागि अनेक उपायहरु अपनाउने छ । गुनासोहरु कम गर्नेछन् । जलाधार क्षेत्रको संरक्षण गरी सहरलाई पानीमात्र होइन स्वच्छ वायु र पर्यटन प्रवद्र्धनमा पनि ठूलो टेवा दिने आशा गर्न सकिन्छ । यो वर्ष जसो तसो पानीको संकट टार्दै छौ तर आउदो वर्षपनि संकट नहोला भन्न सकिन्न । यघपी २०१५ सम्ममा भने एडिवीको आर्थिक सहयोगमा धेरै काम अघि बढ्ने भएकोले पानीको संकट नपर्ला भन्न थालेका छन् ठेकदार र प्राविधिज्ञहरुले ।

ananda_stha@yahoo.com