HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home विशेष लेख तामाङ समुदायको मृत्यु संस्कार : एक झलक

तामाङ समुदायको मृत्यु संस्कार : एक झलक

E-mail Print PDF
AddThis Social Bookmark Button

छिरिङ लामा (तामाङ)

आज हामीहरु चौरासी लाख प्राणीहरु मध्यए अठार लक्षणलेयुक्त सर्वश्रेष्ठ मानव जीवन प्राप्त भएको हाम्रो शास्त्रले प्रास्ट्याएको छ । यो अमुल्य जिवन पाएर आज कुशल मार्गको चिन्तन मनन् र त्रीरत्न प्रती शरण गमन गर्न सकिएन भने पछि बिउ बिनाको फलको आश कसरी गर्ने रु आज दुस्ख लाग्दो कुरा के देखा परेको छ भने लामा (छेढोग) र जजमान (जिन्धाग) हरुमा धर्मको बिषयलाई लिएर साधारण  ज्ञानको बोध हुन सकेको छैन ।

 

खासगरी हाम्रो पुर्खाहरुले आफ्नो धर्म भित्रको सार अर्थ नबुझेर अन्य धर्मको देखासेखी गरेर मृतक कार्यहरुमा पनि लासलाई सिन्दुरले  पहिरिने र लासको अघि(अघि, खुकुरी देखाउँदै लाने, मृतकको नाम गरेर  नुन तेल बार्ने, केश खौरने, छोपो ओढ्ने, माना चामल तर्पिने, घेवा नसकुन्जेल कुखुराको मासु, माछा, आमाको मृत्युमा दुध, बुवाको मृत्युमा मृगाको मासु आदी बार्ने, काँशको थाल(बटुकामा नखाने, छालाको जुत्त(चप्पल नलगाउने, खाट(राडी(आसनिमा नबस्ने, गहना फुकाली त्याग्नु पर्ने, चुल्ठो नबाट्ने, लुगा उल्टा लगाउने, गुन्द्री समेत उल्टा ओछ्याउने, खतुकी ९ शोकमा परेको ब्यक्ति० ले अरूसंग नबोल्ने, खतुकिलाई अरूले छुन नहुने, दोमासे बार्ने, दागबत्ती दिने, आफन्तले आगो दिने, श्रवाणमा धर्म नगर्ने, मृतकको नाममा जिव हत्या गर्ने, यस्ता चलनहरु हाम्रो महायान बुद्धिष्ट भित्र नपर्ने हुनाले यस्ता चलनहरु देखी अलग रहनु अति आवश्यक छ ।

यस्ता चलनहरु नछोडेसम्म  हामी र हाम्रो बुद्धमार्गी बुद्धिष्ट सन्तानहरू धर्मबाट अत्यन्तै टाढा हुने छौँ । जबसम्म यस्ता चलनहरू छोड्न सक्दैन तब सम्मा  हामिलाई हाम्र गुरूजनहरुले अगाल्ने छैनन् र हामिले जतिनै धर्म प्रचार गरेता पनि पानीले भिजेको सलेदोमा आगो सल्काए जस्तो हुनेछ । खोलाको बगरमा स्याउ रोपे जस्तो हुनेछ । हिउँको थुप्रोमा धान रोपे जस्तो हुनेछ । यस किसिमको अहितका चलनहरूबाट अलग्ग भई सुद्ध रहनु पर्नेछ ।

हामिहरूमा बारमबार भोगिरहेको भन्दा हर्षको सिमा रहदैन र हाम्रो हृदयमा अहंकार उत्पन्न हुन्छ । त्यस अहंकारले सताइए पछि शोक सुर्तासँग अलग गराउँछ र मृतक आत्मालाई दुस्ख देखी छुटाउने  पुण्य संचय गर्ने काम देखी छुटाउँछ । त्यस्ता चिजहरूलाई तीन बर्ष नभए पनि बर्ष  दिन सम्म त्याग्नु पर्छ ।

बास्तवमा मृत्यु संस्कारमा पालन गर्नु पर्ने कुराहरू तल दिएको

(१)नयाँ लुगा नफेर्ने, (२) धार्मिक पर्व बाहेक जातिय पर्व नमनाउने, (३)पाटी नखाने, (४) गीत नगाउने, (५) ननाच्ने, (६) पहिले लगएको भन्दा थपेर गहना नलगाउने र धुम्रपान, मद-मदिराबाट अलग्ग रहेर मृतकको नाममा धार्मिक कार्यमा होसियार साथ लागिरहनु पर्ने । यतिमात्र गर्न सके दुस्खको समयमा अचानक उत्पन्न हुने अहंकारको निर्मुल हुनेछ अनि बिनम्र भई धार्मिक कार्य गर्न सजिलो हुनेछ । बुद्ध धर्म भनेको अहिंसा परम धर्म हो । बुद्ध धर्मले सबै धर्मसँग धार्मिक सहिष्णुता राख्दछ ।

मृतकको नाममा गर्नु पर्ने कामहरू:-

 

१ - मर्ने समयमा बर्दो पाठ गराउनु पर्ने छ( कारण मरणको दुस्खदेखि, मुक्त गराउनलाई ।

२ -  होम यज्ञ वा लाश जलाउने ठाउँ खाल्डो भन्दा चौका उठाई जलाईए उचित हुनेछ । अस्तु छुट्याएर अरू खरानी र हड्डी चोखो ठाउँमा सेलाउनु पर्नेछ । यदी सिद्धि पुरूषको हड्डी खरानी हो भने पानीको मुल्कोमा बगाउँदा उचित हुन्छ । अरूको यस्तो गर्न मिल्दैन ।

३ -  आफन्तले आगो दिनु हुँदैन । कारण दुस्ख माथि दुस्ख थपेर बिराठ बन्नेछ । मृतकको आत्माले दुस्ख देखी छुट्कारा पाउन असमर्थ हुनेछ ।

४ - बिरन्तरी मानिस वा लामाद्वारा आगो दिनु पर्नेछ । लामाद्वारा आगो दिए पहिले भएको दुस्ख देखि मुक्त हुने आशिर्बाद पाउनेछ ।

५ -  लाश जलाईएको कोइला खरानी माथि पुजास्थान ९माने छ्योर्तेन० बनाउन मनाही छ । किनकी खरानी हड्डी माथि पुजास्थान बनाई पुजा परिक्रमादी गरे मृतक आत्मालाई दुस्खको बोझ बढेर बिराठ बन्नेछ र मुक्त हुने मौका पाउँदैन भन्ने बिश्वास छ । माने छ्योर्तेन बनाउँदा चोखो ठाउँमा बनाई मन्त्र ९सुङ्० मात्र लगाई बनाउने र हड्डी खरानी  अस्तु नलगाउने । त्यसो गरे सबै प्राणीले पुण्य सन्चाय गर्ने धर्मस्थल बन्नेछ । त्यस्को पुण्यले मृतकको आत्माले सुखवती छेत्रमा बास लिन सक्नेछ भन्ने बिश्वास रहिआएको छ ।

यसरि संसारिक चलन र धार्मिक चलनमा आकाश र पातालको फरक पर्नेछ । त्यसकारण लोक किर्तिमा फसेर यो अमुल्य जीवन तथा समय बिताउनु त बहुमुल्य रत्न मणी हिलोमा मिल्काए सम्मानको  नोक्सान हुने कुरालाई बुझि दिए आजको युगमा धर्मको सामु मानव जीवन प्राप्त गरेको ठुलो महत्व रहने थियो । सधैनै परोपकारीको भावनाद्वारा परामीतालाई अपनाई दुस्खी प्रणीको हित गरे अमुल्य पुण्य संचाय गर्ने खानी फेला पर्ने थियो ।

अन्त्यमा सबै सज्जन महानुभावहरूमा प्राणीको हित गरी धर्मको सेवा गर्ने दृढ संकल्प गरौं भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु ।

लेखिका एमएड शोधवर्ष त्रीवि कीर्तिपुरका हुन ।

 

ईमेल  : tshringlama1@gmail.com
 

Add your comment

Your name:
Subject:
Comment:

Latest News