HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home विशेष लेख ओशो दश औं शताब्दीका बुद्ध

ओशो दश औं शताब्दीका बुद्ध

E-mail Print PDF
AddThis Social Bookmark Button

आनद श्रेष्ठ

२१औं शताब्दीका बुद्ध पुरुष रजनीश ओशोको ८२ औं जन्मोत्सव आज संसारभरका ओशो सन्यासीहरुबीच धुमधामले मनाइँदैछ । ओशो एक छुट्टै विशेषता बोकेका बुद्ध पुरुष हुन् । ओशोको आगमनसँगै आध्यात्मिक समय दुई भागमा विभाजित भएको छ । ओशोको जन्मभन्दा अघि र पछि । जसरी ईशा वा गौतम बुद्ध पूर्व र पछि भन्ने गरिन्छ ।

 

भारतको मध्य प्रदेशमा पर्ने कुचवाडा गाउँमा ११ डिसेम्बर १९३१ मा ओशोको जन्म भएको थियो । उनको नाम रजनीश चन्द्रमोहन थियो । १९८९ देखि ओशो कम्युन ईन्टरनेशनलको बुद्ध सभाहलमा भेला भएका १० हजार सन्यासीहरुको भेलाले रजनीशलाई ओशोको नामले पुकार्न थालेका थिए । ओशोको अर्थ हुन्छ ‘महासागर’ । साँच्ची नै ज्ञानको महासागर मानिने ओशोले विभिन्न विषयमा दिएका प्रवचनहरु लिपिबद्ध गरी ६ सय भन्दा बढी पुस्तक उनको नाममा प्रकाशित भइसकेका छन् । जुन पुस्तकहरु विश्वका ३१ भन्दा बढी भाषामा छापिएका छन् । यिनै पुस्तकमार्फत् धेरैले उनलाई चिनेका छन् ।

सानैदेखि स्वतन्त्र, निर्भिक, निडर स्वभावका ओशो वर्षाको भेल उर्लिरहेको खोलामा सय फिटभन्दा माथिबाट हामफालेर पौडी खेल्नु सामान्य मान्थे । युवा अवस्थामा आइपुग्दा उनको अलौकिक बुद्धिले गर्दा गाउँ, शहरका पण्डित, पुरोहित, मुल्ला, पादरी, सन्त, महात्मासँग वादविवाद गर्दा उनीहरुको अन्न्धविश्वासको भण्डाफोर गर्दथे ।

२१ मार्च १९५३ मा २१ वर्ष पुग्दा उनले सम्बोधी ज्ञान हासिल गरेका थिए । जुन बेला उनी जवलपुरको एक क्याम्पसमा दर्शन शास्त्रका विद्यार्थी थिए । सम्बोधी प्राप्त भएर पनि पढाइलाई भने चालु राखेका थिए । सन् १९५७ तिर सागर विश्वविद्यालयमा दर्शन शास्त्र विषयमा प्रथम श्रेणीमा प्रथम भएर एमएमा गोल्डमेडल प्राप्त गरेका थिए । त्यसपछि उनले सोही विश्वविद्यालयका विद्यार्थीहरुमाझ प्यारो बन्न पुगेका ओशोलाई त्यहाँका विद्यार्थीहरुले ‘आचार्य रजनीश’ भनेर बोलाउँथे । ९ वर्षसम्म प्राध्यापक काम गरिरहेकै बेला उनले भारतका विभिन्न शहर घुमेर प्रवचन दिन थालिसकेका थिए । नयाँ विचारको साथ धारा प्रवाह रुपमा बोल्न सक्ने ओशोको सभामा ५०÷६० हजार मानिसहरुको भीड जम्मा हुन थालेको थियो । उनले त्यतिबेला भारतभर आध्यात्मिक जागरणको लहर फैलाइरहेका थिए । उनको व्यक्तित्व र वाणीमा त्यस्तो जादु थियो । जो कसैलाई त्यसको सुगन्धले लठ्ठ पाथ्र्यो मानौँ त्यो अलौकिक संसारबाट आएको हो ।

सन् १९६५ मा ओशोले विश्व विद्यालयको काम छोडेर आपूmले हासिल गरेको ज्ञानको भण्डारलाई अरुलाई पनि बाँडनुपर्छ भन्ने उद्देश्यका साथ उनले नयाँ मान्छेलाई जन्म दिने प्रक्रियामा लाग्न थाले । ओशोका नयाँ मान्छे लाई ‘जोरवा द बुद्ध’ भनिन्छ । जो यस्तो मान्छे हो जोरवाजस्तो भौतिक जीवनमा मात्र आनन्द मानेर बाँचिरहेका हुन्छन् । अनि त्यही मान्छे गौतम बुद्धजस्तो चुपचाप ध्यानमा बस्न पनि सफल होस् । अर्थात् एउटा यस्तो मान्छे जो यो संसारको चरम भौतिक सुखसयल पनि हासिल गर्दै आध्यात्मिक संसारको पनि मजा लिन सक्षम होस् । अहिलेको संसारमा यस्ता खाले नयाँ विचार भएका मान्छे बिना यो संसारको कुनै भविष्य छैन । पूर्वी र पश्चिमी दर्शनको सङ्गम आध्यामिक र भौतिक विज्ञानको त्रिवेणीमा हिँड्न सक्ने मान्छे बनाउन चाहन्थे ओशो ।

भौतिक सुख सुविधा र छाडावादी संस्कृतिबाट वाक्क दिक्क भएर  विरक्तिएका पश्चिमाहरु जो सही जीवनको रहस्य थाहा पाउन चाहन्थे । उनीहरु बिस्तारै ओशोको नजिक झुम्मिन थालेका थिए । ध्यानले नै मान्छेको जीवनमा सार्थक बाटो पाउँछ भन्ने ओशोले भारतको मनाली भन्ने स्थानमा एउटा भव्य शिविरको आयोजना गरी शिष्यहरुलाई दीक्षा दिएर ‘नवसन्यास’ बनाउन ारम्भ गरेका थिए । त्यसयता लाखौँ शिष्यहरु नयाँ सन्यास बन्ने क्रममा छन् । नव सन्यासको लागि ओशोले कुनै विशेष नियम बनाएका छैनन् । नियम बनायो भने मान्छे बन्धक हुन्छ । मान्छेलाई बन्धक बनाउनु हँुदैन । अन्य धर्म विचार, दर्शनमा जस्तो सन्यासी भएपछि यो खानु हुन्छ त्यो खानु हँुदैन, त्यो गर्नु हुन्छ, त्यो गर्नु हँुदैन । यो लाउनु हुन्छ, त्यो लाउनु हुन्न भन्ने केही छैन ओशोको नव सन्यासीमा । बरु, उनले ओशो सन्यासी बन्नेसँग एक मात्र शर्त राखे त्यो शर्त थियो जसले दिनमा कम्तीमा एक घन्टा ध्यान र सत्संग गर्नु पर्ने  हुन्छ । जसले ध्यान, सत्संग गर्छ उसलाई लवाई, खुवाई, बोलचालको बारेमा नियम बनाइरहनै पर्दैन । ऊ आपूmले आफैँलाई नियममा बाँध्न थाल्दछ त्यो नै सफल जीवन, समाज र संसारको लागि ठूलो उपलब्धी पनि हो भन्ने ओशोको मान्यता छ । सन् १९७४ म ओशो आÏना हजाराँै सन्यासीहरुको साथ पुनामा आएर श्री रजनीशम् आश्रमको स्थापना गरे । पुना आउँदा ओशोको प्रभाव र क्षेत्र बढेर विश्वव्यापी भइसकेको थियो ।

रजनीश आश्रम पुनामा हुने हरेक प्रवचनमा ओशोले मानव चेतना र विकासको बारेमा हरेक रहस्यहरुको पर्दा खोलिदिएका थिए । बुद्ध, महावीर, कृष्ण, शिव, काडिल्य, नारद, जिससलगायत भारत वर्षका आध्यात्मिक गुरुहरु शंकराचार्य, गोरख, कवीर, नानक, मलुकदाश, रैदान, दरियादास, मीराको बारेमा उनले हजारौँ प्रवचन दिएका छन् । जीवनको हरेक पाटोको बारेमा ओशोले बोल्न भ्याएका छन् । योग, तन्त्र, ताओ, झेन, हसीद, सुफीजस्ता विभिन्न परम्परागत साधनाहरुको रहस्यबारे उनले सविस्तारमा वैज्ञानिक ढङ्गले प्रकाश पारेका छन् । यसको साथै राजनीति, कला, साहित्य, विज्ञान, मनोविज्ञान, दर्शन, शिक्षा, परिवार, समाज, गरिबी, जनसङ्ख्या विस्फोट, पर्यावरण तथा सम्भावित परमाणु युद्धदेखि लिएर एड्स जस्तो विश्वभर छाएको महामारीको बारेमा पनि आप्mनो क्रान्तिकारी जीवनदृष्टि पुस्तकमा राखेका छन् ।

ओशो भन्ने गर्थे, ‘मेरो सन्देश कुनै दर्शन सिद्धान्त चिन्तन होइन । मेरो सन्देश त मात्र क्रान्तिकारी रुपान्तरणको लागि हो । एक विज्ञानसंगत विषय हो । उनका यिनै क्रान्तिकारी विचारका कारण १९८० को एक साँझ भारतको एक कट्टरपन्थी हिन्दु समुदायको एक सदस्यबाट हत्याको प्रयास पनि भएको थियो ।

ओशोले लेखेका ‘सम्भोग से समाधी तक’ भन्ने पुस्तक सर्वाधिक चर्चित र विवादास्पद पुस्तकको रुपमा लिइन्छ । यही पुस्तकका कारण उनलाई विभिन्न कट्टरपन््थी धर्म सम्प्रदायका कथित धर्मगुरुहरुले सेक्स फ्रि गुरुको रुपमा चित्रण गरी बदनाम गर्ने कोशिश पनि नगरेका होइनन् । तर, उनले त्यस पुस्तकमा सेक्सको बारेमा स्पष्ट भाषामा लामो व्याख्या गरेका छन् कि जीवनको प्रारम्भबिन्दु जीवन सृष्टिको सुन्दर क्रियाकलापलाई हाम्रा कथित धर्मगुरुहरुले अनावश्यक रुपमा लुकाउने, रहस्यमयी बनाउने हुँदा सेक्सले विकृत रुप लिन थालेको हो । यसलाई सहज प्राकृतिक रुपमा लिनुपर्छ भन्ने हुन्छ । अझ जीवनमा कामवासनालाई मात्र साथी बनाउने मान्छेहरुलाई ओशो सेक्सले भन्दा ‘ध्यान र प्रेम’ले धेरै गुणा बढी आनन्द दिने ठोकुवा गर्छन् । अनि सोहीअनुरुप ध्यान र प्रेम गर्न आप्mना सन्यासीहरुलाई जोड दिन्छन् ।

पुनाको बसाइको क्रममा एक दिन अचानक ओशो बिरामी भएपछि सन् १९८१ मा मौनधारण गर्न थाले । चिकित्सकहरुको सल्लाहअनुसार ओशोलाई अमेरिका पु¥याइयो । तर बिरामबाट छुटे पनि हजारौं अमेरिकी शिष्यहरुले उनलाई त्यहाँबाट फर्कन दिएनन् । बरु अमेरिकाको एउटा ओरेगन भन्ने बञ्जर स्थानमा ६४ हजार हेक्टर जमिन किनेर ओरेगन गाउँको निर्माण गरेका थिए । जहाँ ५ हजार ओशो सन्यासीहरु माक्र्स र लेनिनले सोचेको जस्तो कम्युन बनाएर सद्गुरु ओशोको सानिध्यमा आनन्द र उत्सवमय वातावरणमा बसेका थिए । त्यो गाउँ नै पछि ‘रजनीशपुरम’ को नाममा दर्ता भई सानो शहरको रुप लिन थालेको थियो । यसरी कम्युनको एउटा सफल प्रयोग गर्दै पूर्वी आध्यात्मिकवाद र पश्चिमको भौतिकवादलाई सँगै हिँडाउन सफल ओशोको ओरेगन सिटीमा त्यहाँका ईसाइ कट्टरवादीहरुको गिद्दे दृष्टि पर्न थालेको थियो । फलस्वरुप तिनै ईसाई धर्मगुरुहरुको दबाबमा आएर अमेरिकाको सङ्घीय राज्य र स्थानीय सरकारले रजनीशपुरम्लाई हटाउने प्रयास पनि गरेका थिए । तर, १९८५ मा अमेरिका सरकारले नै ओशोमाथि आप्रवासी नियम मिचेको भन्ने जस्ता ३५ वटा मनगढन्ते आरोप लगाएर बिनावारेन्ट गिरप्mतार गरी हिरासतमा राखेको थियो । हातमा हथकडी लगाएर एक जेलबाट अर्काे जेलमा सार्दै शारीरिक र मानसिक यातना दिएका थिए । यतिले मात्र नपुगी अमेरिकी अधिकारीहरुले ओशोलाई जेलभित्रै थेलियम नामक मन्द विष दिएका थिए । जसको प्रभावस्वरुप ओशोको स्वरमा बिस्तारै बिग्रँदै गएर ओशोले १९९० जनवरी १९ मा ध्यानमा बसेर शरीर छोडी महाप्रयाण प्राप्त गरेका थिए ।

१९८५ मा उनी अमेरिका छाडेर भारत फर्किएका थिए । तर तत्कालीन भारत सरकारले पनि उनलाई साथ नदिएपछि ओशो नेपाल पनि आएका थिए । तर अमेरिकी सरकारको दबाबमा तत्कालीन पञ्चायती सरकारले उनलाई नेपाल छाड्न आग्रह ग¥यो । उनलाई विश्वका २१ वटा रष्ट्रमा प्रतिबन्ध लगाई मानवताको चरम खिल्ली उडाएका थियो तत्कालीन अमेरिकी सरकारले । विश्व भ्रमणमा निस्किएका ओशोलाई जताततै प्रतिबन्ध लगाउन थालेपछि उनी पुनाको आश्रममा बसेर देशी विदेशी कथित धर्मका ठेकदार, पण्डित पादरीहरुको काला कर्तुतको प्रवचनबाटै पर्दाफास गर्न थालेका थिए । यसरी एउटा महान् क्रान्तिकारी रहस्यदर्शी बुद्ध पुरुष ओशोलाई जडसूत्रवादी अन्धविश्वासी, पाखण्डी धर्मयगुरुहरुले ओशोलाई अनेक हतकडा अपनाएर बदनाम गर्न खोजेका थिए । यी कुराहरु बुझेर विश्वका सञ्चार माध्यमले र बुद्धिजीवीले भने ओशोलाई भरपुर साथ दिएका थिए । अहिले ओशोको भौतिक शरीर नरहे पनि उनको क्रान्तिकारी विचारले भरिएका छ सय पुस्तक र नव सन्यासीहरुले ओशोको युग सुहाउँदो विचार र ध्यान विधिलाई दिन दुई गुना रात चौगुनाको हिसाबले प्रचार प्रसारमा ल्याएका छन् ।

ओशोको एउटै प्रयास थियो कि संसारमा दुःख छ, दुःखको कारण छ, त्यसको निवारण छ । त्यसको निवारण हो होशपूर्वक जिउन सिक्नु । त्यसको लागि ध्यान सशक्तद्द माध्यम हो । जसले ध्यानको माध्यमबाट शरीर शुद्धि, भाव शुद्धि, विचार शुद्धि गर्न सक्छ अनि जो व्यक्ति प्राकृतिक तरिकाले प्रकृतिसँग नजिक भएर बाँच्न सक्छ ऊ सधैँ खुसी र खुसी बन्न सक्छ ।

यसरी संसारलाई सुखमय जीवन जिउने सूत्र दिने ओशोको समाधि माथि ओशो सन्यासीहरुले स्वर्ण अक्षरमा यसरी लेखेका छन् ।

‘ओशो कहिल्यै जन्मेका थिएनन् र कहिल्यै मर्दैनन् पनि । बरु सन् १९३१ डिसेम्बर ११ देखि १९९० जनवरी १९ सम्म यो संसारमा भ्रमण मात्र गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News