HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home विशेष लेख नेपालको प्रजातान्त्रिक आन्दोलनमा लखन थापा (द्वितीय)को योगदान एवं प्रथम सहिदको स्थान

नेपालको प्रजातान्त्रिक आन्दोलनमा लखन थापा (द्वितीय)को योगदान एवं प्रथम सहिदको स्थान

E-mail Print PDF
AddThis Social Bookmark Button

लेखक त्रिलोकसिंह थापामगर

प्रारम्भ :

लखन थापा द्वितीयको जन्म वि.सं.१८९१ (ई.सं.१८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुलेभङ्गारमा भएको थियो । साधारण मगर परिवारमा जुम्ल्याहा दाजुभाईको रुपमा उनको जन्म भएको थियो । बाल्यकालमा उनको नाम लक्ष्मणसिं थापा थियो । पछि गएर उनी लखन थापाका नामले प्रसिद्ध भए । ठोस प्रमाणको अभावमा उनको बाल्यकाल यसरी नै बित्यो भनेर भन्न सकिंदैन ।

 

मार्च ४, १८१६ का दिन सुगौली सन्धिमा हस्ताक्षर भइसकेको थियो । नेपाल–अंग्रेज युद्धमा गोर्खालीले देखाएको बहादुरी तथा युद्ध कौशलबाट अंगे्रज कमाण्डरहरु धेरै प्रभावित भएका थिए । फलस्वरुप इष्ट इन्डिया कम्पनीमा गोर्खाली सैनिकहरुको भर्ना शुरु भइसकेको थियो । उनका पुर्खाहरु भारतस्थित अल्मोडामा खडा भएको तेस्रो गोर्खा राइफल्समा सामेल थिए । केही नेपाल फर्केर पृथ्वीनारायण शाहले खडा गरेको पुरानो गोरख गण (पछि मगरहरुको पल्टन बनेको) मा कार्यरत हुन पुगेका थिए । त्यसवेला नेपालमा कुनै औपचारिक विद्यालय थिएन । फलतः लखन थापाले भारतको अल्मोडास्थित तेश्रो गोर्खा राइफल्समा बहालवाला आफन्तको फेमिली क्वार्टरमा बसेर प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।

पल्टनको जीवन :

प्रारम्भिक शिक्षा समाप्त भएपछि लखन थापाले सैनिक सेवामा जाने इच्छा प्रकट गरे । त्यसवेला पुस्ता दर पुस्ता एउटै पल्टनमा भर्ना हुने चलन रहेको थियो । लखन थापाका पुख्र्यौली परिवारमा पनि धेरै जसो सदस्यहरु तेश्रो गोर्खा राइफल्समा भर्ना हुने परम्परा बसिसकेको थियो । सो अनुरुप लखन थापालाई पनि सोही पल्टनमा भर्ना हुन उहाँको परिवारको तर्फबाट दवाव आउन थाल्यो । पुख्र्यौली परिवारका सदस्यहरुले फकाउन थाले । भारत अल्मोडा बसेर जागिर खान उत्प्रेरित गर्न थाले ।

लखन थापा बाल्यकालदेखि नै स्वाभिमानी एवं राष्ट्रवादी स्वभावका थिए । विदेशी सेनामा भर्ना भएर ईष्ट इन्डिया कम्पनीको चाकडी गर्न पट्टकै उनले मन पराएनन् । आफ्नो पुख्र्यौली परम्परा तोड्न अलिकति पनि अप्ठ्यारो मान्नु भएन । तुलनात्मक रुपमा अँग्रेजी सेनामा उपलब्ध हुने सुख, सुविधा, सहुलियत तथा मोजमज्जा आदिले लखन थापालाई आकर्षित गर्न सकेन ।

आफ्नो देशको स्वाभिमान, स्वतन्त्रता, राष्ट्र र राष्ट्रियतालाई जोगाउन, सम्वर्धन गर्न गराउन लखन थापाको बाल्यकालदेखि नै उत्कट इच्छा थियो । मातृभूमिप्रति बफादार बन्न र आफ्नो राष्ट्रको लागि मरिमेट्ने ईच्छा र अभिलाषा उहाँको हृदयमा थियो । विद्वान लेखक दीर्घराज प्रसाईले आफ्नो मन्तव्य इमेलमा यसरी लेख्नु हुन्छ – We can honor him as a brave nationalist not as king.”।”

राष्ट्रप्रेमको भावना बोकेर बीस वर्षको उमेर अर्थात् वि।सं। १९११ ९ई।सं। १८१४०मा आफ्नो पुख्र्यौली पुरानो गोरखगणमा उनी भर्ना भए । राष्ट्रप्रति बफादार र अत्यन्त तीक्ष्ण बुद्धिका लखन थापाले सैनिक संगठन, रणकौशल, युद्ध योजना, सामरिक प्रविधि आदिबारे दक्षता र ज्ञान हासिल गरे । पराक्रम, दूरदर्शी र उपयुक्त समयमा उचित निर्णय लिन सक्ने आदि विशिष्टताले गर्दा चौध वर्षको सैनिक जीवनमा वि।सं। १९२५ मा कप्तान पदमा पुगे । सैनिकको जे जस्तो योग्यता भएपनि जङ्गबहादुरको शासन कालमा सर्वसाधारणले जर्नेलसम्म हुन पाँउदैन थिए ।

भारतको सिपाही विद्रोह:

ई.सं.१० मई १८५७ को मेरठ (भारत) गोलीकाण्ड पछि भारतमा अंग्रेजी उपनिवेशको विरुद्धमा सिपाही विद्रोह शुरु भयो । सिपाही विद्रोहले छोटो अवधिमा उग्ररुप लिन थाल्यो । उक्त विद्रोह भारतको आजादीका लागि पहिलो स्वतन्त्रता संग्राम हो भनेर भन्ने गरिएको छ । त्यसवेला भारतमा अंग्रेजी सेनाको स्थिति ज्यादै कमजोर भइसकेको थियो । भारतीय स्वतन्त्रता सेनानीहरुले ठाउँठाउँमा कब्जा गर्न शुरु गरिसकेका थिए । फलस्वरुप तत्कालीन गर्भनर जनरल लर्ड केनिङको अनुरोधमा १५४ वर्षअघि भारतको सिपाही विद्रोह दबाउन “छ वटा रेजिमेन्ट” गोर्खाली सैनिक २ जुलाई १८५७ ई.सं. मा लखनऊ पुगेका थिए । ई.सं. १० डिसेम्बर १८५७ मा गोरखपुर हुँदै लखनाऊ पुगेका थप तीन पल्टन गोर्खाली पल्टनको नेतृत्व तत्कालीन श्री ३ तथा कमाण्डर ईन चीफ जङ्गबहादुर राणाले आफैं गरेका थिए । ती पल्टनहरुमा पुरानो गोरख गण ९मगरहरुको पल्टन० पनि सामेल थियो । जम्मा २५ वटा पल्टन भारतको सिपाही आन्दोलनलाई दबाउन गएको थियो । कप्तान लखन थापा पनि कमाण्डर ईन चिफ जंगबहादुर राणा संगसंगै लखनऊ पुगेका थिए । जंगबहादुरले भारतको स्वराज्य आन्दोलनको श्रीगणेश गरेका भारतीय विद्रोहीहरुलाई तीन महिनामा तह लगाएर लखनऊ शहर अंग्रेजहरुलाई सुम्पेका थिए ।

भारतीय स्वतन्त्र सेनानीहरुसँग सम्पर्क:

अंग्रेज सरकारलाई सघाउन र मद्दत गर्न गएका जंगबहादुर राणासँग गोरखपुरमा भारतीय स्वतन्त्र सेनानीहरुसँंग सम्पर्क पनि भएको थियो । सो सम्वन्धमा तत्कालीन व्रिटिश रेजिमेन्टको मन्तव्य यस प्रकार छ There leaders are even said to have offered Jang Bahadur the Kingship of Lucknow if he would join their side.” (Harasat B.J. 1971, History of Nepal, 36 )

त्यसैबेला भारतीय विद्रोहीहरुसंग लखन थापाको पनि सम्र्पक भएको थियो । सम्भवतः उहाँकै माध्यमबाट भारतीय विद्रोहीहरुले जंगबहादुरलाई भेटेको पनि हुन सक्दछ । फ्रांसिली विद्वान मेरी टिलैइनका अनुसार भारतीय विद्रोेहीहरुसंग सम्पर्क भएपछि लखन थापाले आफ्नो राजनैतिक सोचाई र कार्यक्रम पनि सोही अनुसार बनाएको हुनुपर्छ भनेर आफ्नो कार्यपत्र लेख्नु भएको छ — “Lakhan Thapa was among those Nepalese troops who were in contact with these rebels and perhaps found in them a model for his own political programme.”

उहाँ अगाडि लेख्नु हुन्छ – Lakhan Thapa did not merely provoke an unorganized and spontaneous revolt. He seems, on the contrary to have worked methodically, following a well-establish programme to build an alternative government as his fort, his army and his accumulated wealth attest." (Marie Lecomte Tilouine, “The History of The Messeanic Rebel King Lakhan Thapa Magar” 2000, pp150-168

भारतीय सिपाही आन्दोलनलाई दमन र निर्मुल पार्न अंग्रेजहरुले भारतीय विद्रोहीहरु माथि गरेका अमानवीय व्यवहारलाई लखन थापाले आफ्नै आँखाले देखेका थिए । अंग्रेजी उपनिवेशबादको कट्टर समर्थक बनेर अँग्रेजहरुलाई खुशी पार्न जंगबहादुरले गरेका निर्मम हत्या, लुटपाट, दमन, अत्याचारबाट लखन थापा मर्माहत, असन्तुष्ट र विचलित थिए । भारतीय विद्रोही सैनिक माथि जंगबहादुरले गरेको  अत्याचारबारे इतिहासमा “लखनऊ लूट” को नामले चर्चित छ । लखन थापा सैनिक अनुशासन पालन गर्नु पर्ने व्यक्ति भएकोले उनी त्यसवेला मूकदर्शकको रुपमा चुपचाप रहन बाध्य थिए । ई।सं। १८५७ को सिपाही विद्रोहपछि भारतीय जनताले शुरु गरेको स्वतन्त्रता र स्वाधिनताको आन्दोलन नजीकबाट नियालेर हेरिराखेका थिए ।

जंगबहादुरको उदयः

राणा परिवारले नेपालमा १०४ वर्षसम्म पारीवारिक, हुकुमी र तानाशाही शासन गरे । यस वंशको शासन व्यवस्थाका संस्थापक जङ्गबहादुर कुँवर थिए । जङ्गबहादुरका बाबुबाजेहरु पहिले देखिनै नेपाली सेनामा कार्यरत थिए । जङ्गबहादुर पनि नेपाली सेनामा भर्ती भए । जंगबहादुरको मामा माथवरसिंह थापा नेपालका प्रधानमन्त्री भएपछि उनको पनि राजकाजमा सक्रियता बढ्न थाल्यो । उनी सधै मौकाको ताकमा लागि रहन्थे । रानीको प्रिय पात्र बन्नका लागि उनले आफ्नै मामा माथवरसिंह थापाको समेत हत्या गरेका थिए ।

राजा श्री ५ राजेन्द्रको कायरता र शासन संचालनमा अक्षमताको कारणले गर्दा सुनियोजित ढंगबाट कोतपर्वमा नरसंहार गर्न उनी सफल भए । जंगबहादुर र उनका भाईहरुले आफ्ना विरोधीहरुलाई सखाप पारे । अन्य विरोधी र भारदारहरुलाई देश निकाला गरे । जंगबहादुरका आफन्तहरुलाई राज्यका प्रमुख पदहरुमा प्रतिस्थापित गरे ।

कोतपर्व पछि जंगबहादुर कमाण्डर ईन चिफ र प्राइम मिनिष्टर भए । श्री ५ राजेन्द्र पनि निर्वासित जीवन विताउन काशीतिर लागे । श्री ५ राजेन्द्रबाट हुन सक्ने संभावित खतरालाई दृष्टिगत गर्दै वि.सं. १९०४ ९ई।सं। १२ मई १८४७० मा श्री ५ राजेन्द्रलाई वर्खास्त गरी सुरेन्द्र शाहलाई गद्दीमा आरोहण गराइयो । श्री ५ राजेन्द्रले यो कार्यको विरोध जनाउँदै अँग्रेज सरकारबाट सहयोग मागे । अंग्रेजले उल्टो भारतीय भूमिबाट नेपालमा सैनिक कार्यवाही गर्न राजेन्द्र माथि रोक लगायो ।

शक्तिशाली जंगबहादुर:

राजनैतिक शक्ति प्राप्त गरेपछि आफ्नो सामाजिकस्तर माथि उठाउन ५ मई १८४९ ई।सं। मा राजालाई लालमोहर जारी गर्न लगाएर जंगबहादुरले “राणाजी” को पदवी प्राप्त गरे  ई.सं. २८ जुन १८५७ मा सर्वाधिकार सम्पन्न श्री ३ महाराजाधिराज प्राइममिनिष्टरमा लालमोहरबाट नियुक्त हुन सफल भए । सम्पूर्ण न्यायपालिका, कार्यपालिका, कानून तर्जुमा गर्ने, लागु गर्ने, संशोधन गर्ने, दण्ड सजाय दिने, न्याय गर्ने आदि सम्पूर्ण अधिकार प्राप्त गरे ।

जंगबहादुरले असन्तुष्ट व्राम्हण समाजबाट आफ्नो पक्षमा समर्थन जुटाउन वि।सं १९१० मा मुलुकी ऐन लागु गरेर सम्पूर्ण नेपाली समाजलाई तागाधारी, मतवाली, पानी चल्ने, पानी नचल्ने विभिन्न जातजातिहरुमा विभाजन गरे । सामाजिकस्तरमा व्राम्हण समाजलाई सबैभन्दा माथिल्लो स्थान दिए । सोही मुलुकी ऐनको कारण विद्रोही कानु लम्साल र ज्ञान दिलदास ब्राम्हण जाति भएकाले मृत्युदण्डको सजायबाट मुक्त हुन पाए ।

अंग्रेज उपनिवेशको समर्थन किन ?

भारतीय सिपाही विद्रोहलाई दवाउन र अंग्रेज उपनिवेशलाई सघाउन जंगबहादुर किन सक्रिय भए रु मौखिक सहयोग वा तटस्थ भएर पनि जंगबहादुर बस्न सक्थ्ये रु यो प्रश्न उठ्नु स्वभाविक हो । वास्तवमा जंगबहादुर आफन्तहरुको सहयोग, सहायता र षड्यन्त्रबाट सत्तामा पुगेका थिए । आफ्नो सत्तालाई टिकाउन तत्कालीन अंग्रेज सरकारको समर्थन तथा सहयोगको आवश्यकता उनले महसुस गरिसकेका थिए । भारतीय विद्रोेह सफल भएमा उनको निरंकुश र तानाशाही शासनविरुद्ध नेपाली जनतामा विद्रोहको आगो सल्किन सक्छ भन्ने अनुमान पनि गरिसकेका थिए । यीनै कारणहरुवश अंग्रेज साम्राज्यवादको खुलेर समर्थन गरे । अंग्रेजसरकारको कट्टर हिमायती भएर ई.सं. १८५७ मा सीपाही विद्रोहको दमन गर्न तीन महिनासम्म आफंै लखनऊमा बसेका थिए । यसरी उनले अंग्रेज उपनिवेशवादप्रति समर्पण गरेर आफ्नो सत्ता बचाउन भरमग्दुर प्रयास गरे ।

जंगबहादुर विरुद्ध लखन थापाको विद्रोह :

जंगबहादुरको जहानियाँ, तानाशाही र निरंकुश शासनबाट नेपालीहरु ज्यादै पीडित, शोषित र दुखित थिए । तैपनि प्रथम विश्वयुद्ध भन्दा पहिले जंगबहादुरको अत्याचारी शासनको विरोधमा सशक्त विरोध हुन सकेन । त्यस्तो नहुनुमा नेपाली समाजको दयनीय आर्थिक अवस्था, अज्ञानता र अशिक्षाको अवस्था थियो । साथै भारतभूमिबाट निरंकुश शासनको विरुद्ध कुनै कारवाही हुन नदिने अंग्रेज सरकारको नीति थियो । प्रथम विश्वयुद्धपछि तत्कालीन परिस्थितिमा परिवर्तन आउँदै गयो ।

त्यसै समयमा लखन थापा र उनका सहयोद्धा जयसिंह चुमीमगर दुवै जना तीन महिनाको घर विदामा गोरखा तर्फ लागे । तीन महिनासम्म तत्कालीन राजनैतिक, सामाजिक, धार्मिक परिस्थितिको अध्ययन र मनन गरे । तत्पश्चात् फर्केर आफ्नो सेनामा नजाने फैसला गरे । जयसिंह चुमी पनि उनको विचारमा सहमत भए र आफ्नो सेनामा नजाने फैसला गरे ।

लखन थापाले जयसिंह चुमीमगर, शुकदेव गुरुङ्ग, सुपति गुरुङ्ग, ज्ञान दिलदास व्राम्हण र कानु लम्साल आदिका सहयोगबाट स्थानीय युवाहरुको विद्रोही फौज संगठित गरे । ढुङ्गाले घेरी बलियो किल्ला निर्माण गरे । किल्ला परिसरभित्र मनकामना देवीको प्रतिमूर्ति स्थापना गरे । फौजलाई कवाज खेल्न, तारो हान्न, तालिम संचालन गर्न तथा खानेबस्ने बन्दोवस्त किल्लाभित्र जुटाए । ढुङ्गेधारा र पोखरीसमेत किल्लाभित्र बनाइएको थियो । सेनालाई आवश्यक पर्ने हातहतियारहरु ६० नाल बन्दुक, ठूलो संख्यामा तरवार, खुकुरी, भाला, डण्डी, धनुकाँड, खुँडा र कटारीहरु समेतको बन्दोवस्त गरे । सेनालाई आवश्यक पर्ने रसदपानी आदिको व्यवस्था मिलाई जंगबहादुरको विरुद्ध जनविद्रोह गर्न पूरा तयारी गरिसकेका थिए । जनविद्रोहको तयारी गर्न छ महिना भन्दा बढि समय लागेको थियो ।

जंगबहादुरको तानाशाही शासनलाई ध्वस्त पार्नका लागि केवल सैनिक विद्रोह मात्र पर्याप्त थिएन । एउटा सशक्त राजनैतिक संगठनको पनि आवश्यकता छ भन्ने कुरा दृष्टिगत गर्दै त्यसवेलाको प्रचलित जोसमनी धर्मको आडमा उनले जनतामा राजनीतिक जागरुकता ल्याउने प्रयास गरे । जोसमनी धार्मिक संस्थालाई नै त्यसबेला राजनैतिक संस्थाको रुपमा सक्रिय गर्न थाले ।

आर्थिक, भौतिक श्रोत, साधनहरुको अभाव हुदाँहुदै पनि छरछिमेकबाट ठूलो संख्यामा मानिसहरु जम्मा पारी अप्रिल १८७६ ई।सं।मा लखन थापाले जंगबहादुरको निरकुंश तानाशाही र पारीवारिक एकाधिकारवादी शासन विरुद्ध विद्रोहको शंखनाद गरे ।

“जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राही त्राही पारिरहेछ । जातिपाति, छुवाछुत झन चर्काएको छ । जंगेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ । नेपालमा सत्ययुग फिराऊँ भन्ने मनकामना माईले मलाई वरदान दिएकी छन् । लौ भाई हो तयार होऊँ ।” यस प्रकारको घोषणा गर्दै जनसमक्ष तल लेखिएका बुँदाहरू प्रस्तुत गर्न थाले —

(क)षड्यन्त्र र जालझेलबाट सत्ता प्राप्त गरेका जंगबहादुर विदेशीशक्ति समक्ष नतमस्तक थिए । सो कुरा नेपाली जनता समक्ष लखन थापाले प्रष्ट राख्न थाले ।

(ख) जंगबहादुरले जनतालाई त्राही त्राही पा¥यो अर्थात् तानाशाही, क्रुर एवं हुकुमी शासन स्थापित ग¥यो भन्ने कुरा जनतालाई बुझाउन थाले ।

(ग) नेपालमा सत्ययुग फिराउनु पर्छ अर्थात् प्रजातान्त्रिक व्यवस्था ल्याउनु पर्छ भनेर जनतालाई आव्हान गरे ।

(घ) त्यसवेला स्थानीय जनतामा मनकामना देवीप्रति गहिरो आस्था थियो । मनकामना देवीले मलाई वरदान दिएकी छन् । जंगेलाई हटाउन सबै तयार हुनु प(यो भनेर सबैलाई अपिल गर्न थाले ।

(ङ) सन् १८५४ को मुलुकी ऐनबाट आदिवासी जनजातिको सामाजिकस्तर अझ तल झर्न पुगेको थियो । जनजातिहरु जंगबहादुरको हुकुमी शासनबाट अत्यन्त रुष्ट थिए । यसै समयमा लखन थापाले घोषणा गरे, “म लखन थापा ९प्रथम०को अवतार हूँ र मलाई भगवती मनकामना माईले जंगबहादुरलाई मार्नु र नेपालको शासन सत्ता आफ्नो हातमा लिनु भनी आर्शिवाद दिएकी छन् ।”

यस्तो उद्घोष र आव्हानको व्यापक प्रभाव स्थानीय जनतामा पर्न गयो । त्यसैले जनताको स्वतःस्फुर्त सहभागिता तथा संलग्नतामा हुँदै गयो र जंगबहादुर विरुद्ध पहिलो पटक संगठित रुपमा लखन थापाको नेतृत्वमा जनआन्दोलन वा जनविद्रोहको प्रारम्भ भयो । वि।सं। १९२८ सालमा स्थानीय जनताले लखन थापालाई आफ्नो राजासरह मान्न थाले ।

सिउँडीपानीका क्षेत्रीहरुको षड्यन्त्र:

काहुलेभङ्गारको नजिकै सिउँडीपानी गाउँका क्षेत्रीहरुको पारीवारिक सम्बन्ध जंगबहादुरसंग थियो । हली, गोठालो भएर बसेका मगरहरु मध्ये एकजना मगरलाई स्थानीय जनताले राजा वा मुख्तियारको रुपमा सम्मान गर्दा क्षेत्रीहरुलाई डाह हुनु स्वभाविकै थियो । त्यसैवेला जंगबहादुर विरुद्ध लेखिएका विभिन्न कागजातहरु विद्रोही किल्लाबाट चोरी भयो । ती कागजपत्रहरु क्षेत्रीहरुले जंगबहादुर समक्ष पेश गरे ।

आफ्नै देशभित्र नयाँ राज्यको स्थापना भएको थाहा पाउँदा जंगबहादुरले आश्चर्य माने । आफ्नो शासनविरुद्ध जनविद्रोह हुन लागेको थाहा पाएर ज्यादै क्रोधित पनि भए । लखन थापा र उनका सहयोगीहरुले गरेको विद्रोहलाई तुरुन्तै दवाउन आदेश दिए । फलस्वरुप जंगबहादुरको आदेशमा देवीदत्त गण गोरखाको बुङ्कोटमा आइपुग्यो । उक्त विद्रोहलाई दवाउन धीर शमशेरलाई पनि हम्मेहम्मे प¥यो । बुङ्कोट किल्लालाई देवीदत्त पल्टनले चारैतिरबाट घेरेका थिए । गोली, खाद्यसामग्री र अन्य आवश्यक बस्तुहरु सिद्धिएपछि लखन थापा र उनका सहयोद्घाहरु भागेर तिव्वत पस्न सक्दथे । त्यसवेला नेपाल सरकार र तिव्वत सरकार बिचको सम्बन्ध त्यति राम्रो थिएन । त्यसैले विद्रोही लखन थापाले सजिलै तिव्वतमा राजनीतिक शरण पनि पाउन सक्दथे ।

तर स्वाभिमानी, राष्ट्रभक्त लखन थापा विदेशीको शरणमा जान चाहेनन् , सबैले आत्मसमर्पण गरे । विद्रोहीहरुलाई कैद गरी बाँसका पिंजडामा राखेर काठमाडौं चलान गरियो । थापाथली दरवारमा उनीहरु विरुद्ध मुद्दा चलाइयो । माफी पत्रमा हस्ताक्षर गर्न दवाव दिइयो । निर्दयतापूर्वक कोर्रा हानियो । पशुसरह कायलनामा गराई कागजमा हस्ताक्षर गर्न बाध्य पारियो तर वीर पुरुष लखन थापा माथि कुनै असर परेन । यसभन्दा पहिले पनि जोसमनी धर्म प्रचार गरेको भनेर उनलाई कैद गरिएको थियो । यसपटक उनी माथि धेरै अत्याचार भयो, तापनि जंगबहादुरका अगाडि झुकेनन् र आफ्नो शिर ठाडो राखे । अन्तमा बुङ्कोट किल्लास्थित मनकामना मन्दिर अगाडि झुन्डाएर मार्नु भन्ने जंगबहादुरले आदेश दिए । त्यसपछि हाल नमार्नु भनेर अर्को आदेश पनि जारी गरे । तर सिउँडेपानी गाउँका क्षेत्रीहरुले सो आदेशपत्र षड्यन्त्रपूर्वक बुङ्गकोट पुग्न ढिलाई गरी  दिए ।

लखन थापाको अन्तिम क्षणः

पक्राउ परेका शुकदेव गुरुङ्ग लगायत ४ जनालाई गोली हानेर मृत्युदण्ड दिइयो । ज्ञान दिलदास र कानु लम्साललाई व्राम्हणजाति भएकोले क्षमा दान दिइयो । जयसिंह चुमीलाई अम्बाको बोटमा झुण्डाएर मारियो । लखन थापालाई बुङ्कोट किल्ला परिसरभित्रको मनकामना मन्दिर अघाडि रहेको खिर्राको रुखमा झुण्डाएर निर्ममतापूर्वक हत्या गरिएको थियो ।

हुकुमी शासनको विरोध र प्रजातन्त्रको पक्षमा संघर्ष गर्ने लखन थापा र उनका साथीहरुले एकै दिन, एकै स्थानमा सहादत प्राप्त गरे । अन्तिम पटक जनतालाई सम्बोधन गर्दै उनले भने — “म मर्न गइराखेको छैन । मलाई झुण्डाएको वेला कोही पनि नरुनु, पीर नगर्नु, मलाई झुण्डाएको डोरी सुरक्षित राख्नु ।”

वास्तवमा प्रजातन्त्रको पक्षमा जनविद्रोह गर्ने लखन थापा नेपालका प्रथम सहिद हुन् । उनले अमरत्व प्राप्त गर्नु भएको छ । गोरखा जिल्लाको वुङकोट–४ को काहुलेभङ्गारका स्थानीयवासीहरुले भुँयरी देवता पुज्दा विगत १३० वर्ष भन्दा अघिदेखि हरेक वर्ष लखन थापालाई सम्झने चलन अद्यापि छँदैछ । प्रत्येक वर्ष पौष पञ्चमीको दिन बोका, भेडा, परेवा, कुखुरा आदिको वलि दिएर उनलाई सम्झने चलन छँदैछ । लखन थापाप्रति अभैmसम्म स्थानीयवासीहरुमा उत्तिकै श्रद्धा, भक्तिभाव, सम्मान, माया र ममता छ । यसको मुख्य कारण हो, जनताका छोराले जनताको हित र आजादीका लागि आफ्नो प्राणको आहुति दिएका थिए । त्यसैले आजसम्म पनि त्यहाँका स्थानीय जनताहरुले नेपालका प्रथम सहिद लखन थापा लाई बिर्सन सकेका छैनन् । भविष्यमा पनि बिर्सन सक्दैनन् ।

लखन थापाको निर्ममतापूर्वक हत्या गरेपछि गोरखावासीहरूलाई हातमा लिन वा शान्त पार्न केही रकम स्थानीय जनतालाई जङ्गबहादुरले पठाए । डरत्रासको कारणले गर्दा स्थानीय जनताले बकस त लिए  तर सो रकमबाट ठूलो घण्टा बनाएर लखन थापाको स्मृतिमा गोरखा दरबारस्थित कालीका मन्दिरमा चढ़ाए । “लखन थापाप्रति तत्कालीन जनतामा रहेको निस्वार्थ श्रद्धा यस घटनाबाट प्रष्ट हुन आउँछ । ९डा। तुलसीराम वैद्य, वीर लखन थापा, स्मारिका २०६७, पृ।२७०

जङ्गबहादुर विरुद्ध अन्य विद्रोह:

राणा विरोधी आन्दोलनका शुरुवात त्यसको स्थापनाकाल देखि नै शुरु भयो । लखन थापाले नेतृत्व गरेको जनविद्रोह भन्दा पहिले र त्यसपछि पनि उनलाई मार्ने प्रयास भएको पाइन्छ । विशेषतः सत्ताबाट च्यूत भएका चौतरिया, काजी, भाईभारदारहरूले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, व्यक्तिगत रिसइवी, पारिवारिक आकांक्षा र आवेशका कारणहरूबाट जङ्गबहादुरको हत्या गर्ने गराउने अनेकौं असफल प्रयासहरु भएका थिए । राजा सुरेन्द्रको हत्या गरेर जङ्गबहादुरलाई फसाउने षड्यन्त्र वि।सं। १९०२ मा वीरध्वज वस्नेतले गरेका थिए । त्यस्तै जङ्गबहादुरका आफ्नै भाई बद्रीनरसिंह कुँवर, काकाको छोरा जयबहादुर कुँवर साथै करवीर खत्री तथा भोेटुसिंह बस्नेत आदिले पनि सत्ता प्राप्तिका लागि वि।सं। १९०७ मा उनको हत्या गर्ने असफल योजना र षडयन्त्रहरु गरेका थिए ।

सुदूर पश्चिमाञ्चल अछाममा जाने राणाकालीन कर्मचारीहरूले विशेषगरि ठकुरीहरू माथि गरेको अत्याचारलाई साहेबज्यू बलदेव शाह उर्फ बाँकावीरलाई खपी नसक्नु भयो । त्यसमाथि श्री ३ जङ्गबहादुरले श्री ५ राजेन्द्रलाई बन्दीगृहमा राखी अड्कलेका माना खानुपर्ने व्यवस्था गरे वापत राजपरिवार र ठकुरीहरू राणासँग आगो भएका थिए । यसै सन्दर्भमा वलदेव शाह उर्फ बाँकावीरले राणाहरूको सैनिक माथि लुकीछिपी वार गरिरहेका बाँकावीरलाई रुद्रसिंह स्वाँरले उनको टाउको काटी हत्या गरेको कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् । बलदेव शाह उर्फ बाँकावीर सुदूर पश्चिम क्षेत्रका सहादत प्राप्त व्यक्ति त हुन् तर उनले आफ्नो पक्षमा जनमत तयार पारेको कुरा कतै उल्लेख गरिएको पाइदैन ।

सन् १८५१ को मुलुकी ऐन लागु भएपछि जनजातिहरूको सामाजिकस्तर अत्यन्त तल झरेको थियो । जनजातिहरू जङ्गबहादुरको पारिवारीक र तानाशाही व्यवस्थाबाट रुष्ट एवं असन्तुष्ट थिए । यसै क्रममा आदिवासी जनजातिका केही असन्तुष्ट युवाहरूबाट जङ्गबहादुर विरुद्ध सैनिकहरूलाई विद्रोह गर्न उत्तेजित पार्ने, जङ्गबहादुरको हत्या गर्ने र सत्ता पल्टाउने असफल प्रयासहरु भएका थिए । यी प्रयासमा संलग्न वि।सं। १९३३ मा सुकदेव गुरुङ्ग र श्रीपद गुरुङ्गको हत्या जङ्गबहादुरको निर्देशनमा गरिएको थियो । राणा शासनको विरोध गर्ने सुपति गुरुङ्ग भने पक्राउ पर्न सकेनन् । जङ्गबहादुर विरुद्ध गरिएको यस्तो विरोधको कुनै स्पष्ट लक्ष्य वा उद्देश्य देखिदैन । यो केवल सत्ता प्राप्त गर्न वा आवेशमा भएको विद्रोह जस्तो देखिन्छ । यस प्रकारको विरोध वा विद्रोहमा जनसहभागिता, जनसहयोग र जनसक्रियताको पूर्णतः अभाव रहेको पाइन्छ । साथै यो विद्रोह प्रजातन्त्रप्रति उन्मुख रहेको पनि पाइदैन ।

विद्रोहका लक्ष्य र रणनीतिहरू:

जङ्गबहादुरको एकतन्त्रीय, निरकुंश र पारिवारिक शासन प्रणाली विरुद्ध वि।सं। १९२७ मा विद्रोह गर्ने लखन थापाले आफूले नेतृत्व गरेको विद्रोहको लक्ष्य र उद्देश्यहरू जनसमक्ष यस प्रकार राख्ने गरेका थिए – “जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेछ । जङ्गेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्दछ । नेपालमा सत्ययुग फिराऊँ, जगदम्बा कालीमाताले मलाई बरदान दिएकी छन्, लौ भाई हो तयार होऔं” ९भीम भक्तमान सिंह० जङ्गबहादुरको तानाशाही शासनविरुद्ध गरिएको सशस्त्र विद्रोहका उद्देश्यहरू पूर्णरुपले राजनैतिक परिप्रेक्षमा रहेको देखिन्छ, जस्तै–

(क) लखन थापाले त्यसैबेलादेखि विदेशी अर्थात् अंग्रेजी हस्तक्षेपको खुलेर विरोध गरेका थिए ।

(ख) जङ्गबहादुरको हुकुमी तथा पारिवारिक शासन व्यवस्थाबाट जनता त्राहीत्राही भइसकेको हुँदा सो प्रणालीमा आमूल परिवर्तन ल्याई “सत्ययुग” अर्थात् प्रजातान्त्रिक व्यवस्थाको सिर्जना गर्ने गराउने उनको विद्रोहको मुख्य लक्ष्य रहेको थियो । त्यसपछि “सत्ययुग” अर्थात् जनताको सहभागिताबाट संचालन हुने व्यवस्था भित्राउने उनको अभिप्राय रहेको देखिन्छ ।

आफ्नो लक्ष्य प्राप्तिका लागि उनले मुख्यतः तीनवटा रणनीतिहरू प्रयोग गरेका थिए –

(क) धर्म, पुनर्जन्म, अन्धविश्वास तथा मनोकामना देवी माथि अटूट आस्था र प्रगाढ निष्ठा राख्ने तत्कालीन जनता एवं समाजलाई आफ्नो आन्दोलनको पक्षमा परिचालन गर्न गराउन देवीमाताको वरदान प्राप्त भएको भनेर प्रचार गर्ने गरेका थिए । फलस्वरुप जनताको स्वतः स्र्फूत सक्रिय सहयोग र संलग्नता प्राप्त गर्न उनी सफल भए ।

(ख) जनताको सक्रिय सहयोग र सहायताको आधारमा व्राहम्ण, क्षेत्री, गुरुङ्ग, मगर लगायत अन्य जातजातिको दुई हजार युवाहरूको समावेशी जनमिलिशिया, आफ्नै किल्ला, शस्त्रअस्त्र, खाद्यान्न र युद्धकलाको प्रशिक्षण समेतको व्यवस्था छोटो अवधिमा गर्न, गराउन सफल भए ।

(ग) हुकुमी एवं तानाशाही शासनलाई ध्वस्त पार्न राजनीतिक संगठनको पनि आवश्यकता पर्दछ भनेर जोसमनी सम्प्रदायलाई राजनैतिक संगठन वा दलको रुपमा परिचालन गरेका थिए ।

प्रथम सहिदका हकदार लखन थापा मगर (द्वितीय) कसरी ?

लखन थापाले नेतृत्व गरेको जनयुद्ध वा जनविद्रोहको लक्ष्य र रणनीतिहरू केवल जङ्गबहादुरको हत्या गर्ने कुरामा मात्र सीमित थिएन । राणाहरुको एकतन्त्रीय शासन ढालेर ठूलो राजनैतिक परिवर्तन ल्याउने अभिप्रायबाट जनविद्रोहको शुभारम्भ भएको थियो । जनयुद्धको तयारी अत्यन्त बृहत् र योजनावद्ध थियो । त्यसैले जनताले लखन थापालाई एक शक्तिशाली व्यक्ति, अत्यन्त पराक्रमी अर्थात् राजा वा सो सरह मानेका थिए । नेपालको इतिहासमा पहिलो पटक तत्कालीन नेपालको सम्पूर्ण जनसंख्याको तुलनामा दुई हजार युवाहरूको जनमिलिशिया तयार गर्नु सामान्य कुरा थिएन । तथापि उनको विद्रोही योजनाले पूर्ण सफलता प्राप्त गर्न नसके तापनि उनलाई प्रथम सहिदको सम्मान दिन सकिने प्रशस्त आधारहरु छन् ः–

१- उनले व्यक्तिगत रुपमा विरोध वा विद्रोह गर्नु भन्दा पनि स्पष्ट लक्ष राखेर स्थानीय जनतालाई उत्साहित पारी संगठनको निर्माण गर्न र योजनाबद्धरुपले सत्ययुग फर्काउन सशस्त्र युद्धको लागि तयार रहँदा आठ–आठ जना विद्रोहीले प्राण गुमाउन पुगेको त्यस्ता ऐतिहासिक घटनाका नायक लखन थापा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने पहिला व्यक्ति हुन् ।

२- जङ्गबहादुरको निरंकुश, हुकुमी एवं तानाशाही शासनको विरोध गर्ने करा त्यसबेला कसैले सपनामा पनि चिताउँदैन थिए । त्यस्तो स्थितिमा जनसहभागिता र जनसक्रियतामा देशको राजनैतिक, सामाजिक परिवर्तनका लागि वि।सं।१९२७ सालमा लखन थापाको नेतृत्वमा उठेको यो जनविद्रोह पहिलो नै थियो ।

३- नेपालको इतिहासमा राणाहरूको अत्याचारी शासनको विरोधमा संगठित, योजनावद्ध साथै स्पष्ट लक्ष्यका साथ लखन थापाको नेतृत्वमा सुनौलो नेपालको प्राप्तीका लागि संचालन भएको यो जनयुद्ध पहिलो थियो ।

४- जङ्गबहादुरको सैनिक शासन विरुद्ध लखन थापाको सक्रियतामा विद्रोही सेना खडा हुनु, बुङ्गकोट काउलेभङ्गारमा विशाल किल्लाको निर्माण हुनु , लामो समयसम्म छापामार सैनिक तालिम संचालन हुनु नेपालको सैनिक इतिहासमा यो पनि पहिलो ऐतिहासिक घटना हो । यसबारे जङ्गबहादुरले खटाई पठाएको आठ पहरियाले पेश गरेको रिपोर्टमा सो विवरण यसरी उल्लेख भएको पाइन्छ, “पुग न पुग २००० जति युवा, अधवैंशे व्यक्तिहरूको चहल पहल, योजनावद्ध ढङ्गबाट जम्मा भइरहेको देखें ।” ९प्रमोद शमशेर राणा, च्बलब ल्भउब९िब्ल क्ष्लकष्मभच’क ख्ष्भध ज्ञढठड, द्धठ९टघ०

५- वि.सं. १९२७ सालमा जङ्गबहादुरको तानाशाही शासन विरुद्ध समानान्तर सरकारको गठन स्वयं लखन थापाको सकृयतामा भएको थियो । विद्रोही सरकारको मन्त्रीपरिषदमा ब्राम्हण, क्षत्री, गुरुङ्ग, मगर आदि जातजातिका मन्त्रीहरू संलग्न रहेका थिए । सरकारको उद्देश्य सत्ययुग अर्थात् प्रजातन्त्रको बहालीप्रति लक्षित थियो । नेपालको इतिहासमा पहिलो पटक समावेशी समानान्तर सरकार लखन थापाको नेतृत्वमा खड़ा भएको थियो ।

६- राणाहरूको देवीदत्त पल्टन र लखन थापाले नेतृत्व गरेको जनसेना वीच नेपालको सैनिक इतिहासमा पहिलो पटक भीषण युद्ध भएको थियो । जङ्गबहादुरका भाई सेनापति धीर शमशेरलाई युद्ध जित्न हम्मेहम्मे परेको थियो । बुङ्गकोट किल्ला चारै तिरबाट घेरेपछि संघर्ष चर्किएको थियो । सेनाको सीमित गोलीगठ्ठा, रसदपानी सिद्धिएपछि थप सहायता र आपूर्तिको बाटो बन्द भएपछि विद्रोहीहरुले आत्मसमर्पण गर्न बाध्य हुनु प¥यो । उक्त विद्रोहलाई दमन गर्न जङ्गबहादुरको सेनालाई धेरै गाह्रो परेको थियो । नेपालको सैनिक इतिहासमा प्रथम पटक आन्तरिक विद्रोहलाई दमन गर्न सेनापति नै खटिनु सैनिक इतिहासमा पहिलो घटना हो ।

- बुङ्गकोट किल्लाको परिसरमा दिनहुँ जसो स्थानीय एवं छरछिमेकी जिल्लाहरूबाट लखन थापाको सन्देश सुन्न मानिसहरू ओइरिन्थे । जङ्गबहादुरको अत्याचार, दमन, अन्याय र शोषणप्रति जनतामा जागृति ल्याउने नेपालको इतिहासमा पहिलो राजनैतिक प्रशिक्षण, अनुशिक्षणको शुरुवात लखन थापाको नेतृत्वमा भएको थियो ।

- जङ्गबहादुरले नेपाल म्लेच्छ ९अंग्रेज०लाई बेच्यो भनेर विदेशी हस्तक्षेप विरुद्ध पहिलो पटक आवाज उठाउने लखन थापा नै हुन् ।

- नेपालको इतिहासमा पहिलो पल्ट प्रजातन्त्रको विज रोप्ने क्रममा बुङ्गकोटस्थित आफ्नै विद्रोही किल्लाको परिसरमा निर्ममतापूर्वक यातना दिई खिर्राको रुखमा झुन्डाएर लखन थापाको हत्या गरिएको थियो । त्यसैले नेपालको इतिहासमा प्रजातन्त्रप्रतिको वलिदानी संघर्षमा सहादत प्राप्त गर्ने पहिला व्यक्ति लखन थापानै हुन् भनेर सवैजसो इतिहासकारहरुले आफ्नो कृतिमा स्पष्ट उल्लेख गरेको पाइन्छ ।

प्रख्यात इतिहासकारहरूको मन्तव्यः

जङ्गबहादुरको अत्याचारी शासनबाट नेपाली जनतालाई मुक्ति दिलाउनेबारे सोच्नेसम्म कसैको साहस थिएन । राणाहरूको जल्दोबल्दो शासनकालमा उनीहरुको शोषण, दमनविरुद्ध खुलेर लखन थापाले विरोधको प्रारम्भ गरेका हुन् भनेर इतिहासकार प्रमोद शमशेर राणाले आफ्नो पुस्तकमा यसप्रकार उल्लेख गरेका छन् —The Gorkha uprising was a very significant event because this was the first revolt against the dictatorial rule of the Ranas. It was a revolt of the people. Until then nobody had raised a finger against the Rana rule. (Pramod Shamsher Rana, 1955 “Rana Intrigues” p.50

साथै विदेशी इतिहासकार जोन वेल्पटनको भनाई पनि यस्तो देखिन्छ —“सिद्ध लखन थापाको अवतार हुँ” भनी ई।सं। १८७६ मा लखन थापा मगर ९द्वितीय० ले राजद्रोह गरेका थिए ।John Whelpton, 1991, “Soldiers and Priests, Nepalese Politics and the rise of Jung Bahadur Rana” p.241

इतिहासकार पदम जङ्ग राणाले लखन थापाले सुनौलो नेपालको स्थापना गर्ने परिकल्पना गरेका थिए भनेर आफ्नो पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ —

“His graceful manner and persuasive one soon procured him an armed following of 1500 men, at the head of whom he threatened to march to the capital and after assassinating Jung Bahadur to seize the reins of government and inaugurate the golden age of Nepalese history.”Padam Jung Bahadur Rana, 1974 “Life of Maharaja Sir Jung Bahadur of Nepal” p. 302 (Reprinted)"

यसै सन्दर्भमा इतिहासकार डा।राजाराम सुवेदीले आफ्नो कार्यपत्रमा उल्लेख गर्नु भएको छ,“शहीद लखन थापाले राणाशासनको विरुद्ध बेलैमा एक शक्तिशाली संगठन चाहिन्छ भन्ने कुरा गरेर नदेखाइदिएको भए २००७ सालको क्रान्ति सफल हुन्थ्यो भन्ने चेतना नेपालीमा आउन गाह्रो कुरा थियो । त्यसकारण नेपालका इतिहासकारहरूले एकै लहरमा लखन थापालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका पहिला शहीद मान्न तत्पर रहेको देखिन्छ ।

 

(प्रथम शहीद लखन थापा विचार गोष्ठी, २०६५ पौष ) गते प्रस्तुत कार्यपत्र

लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा।तुलसीराम वैद्यको मन्तव्य यसप्रकार छ “ इतिहासको एक विद्यार्थीको हैसियतले म लखन थापामगर द्वितीयलाई नेपालको पहिलो शहीद ठान्दछु । नेपाल सरकारमा सम्बन्धित पदाधिकारीहरुलाई पनि प्रथम शहीद घोषणा गर्नुहुन अनुरोध गर्दछु । ९प्रथम शहीद स्मारिका, २०६७ फागुन, पृ।२८०

अधिकांश स्वदेशी विदेशी इतिहासकारहरूले नेपालको प्रजातान्त्रिक राजनैतिक जागरणका अग्रणी नायकको रुपमा तथा एकलौटी पारिवारिक शासन प्रणालीको विरुद्ध संगठित एंव योजनावद्धरुपमा विरोध गर्न पहिलो पटक लखन थापा द्वित्तीय नै उभिएका थिए । साथै पहिलो पटक सहादात प्राप्त गरेका थिए । केही इतिहासकारहरूले आफ्नो पूर्वाग्रहको कारणले गर्दा लखन थापाको विद्रोहको सम्बन्धमा हल्का तथा तर्कहीन टिप्पणी पनि गरेका छन् । जस्तै “सन् १८७६ ई।सं।को अप्रिल तिर जङ्गबहादुर विरुद्ध लखन थापा द्वितीयको नेतृत्वमा गोरखामा एक नयाँ र हास्यापद किसिमको विद्रोह उठ्यो” (वालचन्द्र शर्मा, २०३३, नेपालको ऐतिहासिक रुपरेखा, पृ.३४७) त्यस्तै प्राचीन नेपाल, २०३१ वैशाख, अंक २७ “नेपाल देशको इतिहास”मा प्रकाशित गरिएको विवरण यस प्रकार छ— “वि.सं. १९३३ सालमा गोरखा इलाकामा लखन थापाको अवतार हुँ भनी एउटा लुच्चो मगरले श्री ३ महाराज ९जङ्गबहादुर०का गाथमा दगा गर्न आफ्ना तहमा चल्ने मानिसहरू संग मतजत गरी हातहतियार, बन्दुक, घनाहरु जम्मा गर्न लागेको रहेछ ।” ९प्रथम शहीद स्मारिका, २०६७ फागुन पृ।३५०

जे होस् राणा शासनको विरुद्ध नेपालको इतिहासमा लखन थापाले संगठित रुपमा पहिलो विद्रोह गरेका थिए तथा उनलाई रुखमा झुण्डाएर निमर्मतापूर्वक प्राणदण्डको सजाय दिइएको तथ्य स्वदेशी विदेशी, उनका पक्ष–विपक्षमा टिप्पणी गर्ने सबै इतिहासकारहरुले स्विकार गरेको पाइन्छ ।

राज्यको विभेदपूर्ण नीति:

वि.सं. २०६६ सालमा लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको तर्फबाट प्रधानमन्त्री कार्यालय एवं सँस्कृति मन्त्रालयमा ज्ञापन–पत्र र स्मरण–पत्र पेश गरिएको थियो । यसैगरि नेपाल मगर संघ, केन्द्रिय समिति, काठमाडौंले केही वर्ष अघि चढाएको ज्ञापन–पत्रका सन्दर्भमा सँस्कृति मन्त्रालयले दिएको जवाफको व्यहोरा यसप्रकार रहेको छ –“ श्री ५ को सरकारबाट शहीद घोषणा गरि सकिएको र प्रथम शहीद घोषणा गर्न ऐतिहासिक, प्रमाणिक तथ्य एवं अन्य विवरणहरू आवश्यक पर्ने र निज अघि नेपाल अधिराज्यमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनैतिक स्वतन्त्रता, प्रजातन्त्र लगायत राष्ट्रिय जीवनका अन्य विषय क्षेत्रहरूमा योगदान दिदै प्राण आहुती गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिले नै शहीद घोषणा गरि सकिएको लखन थापालाई प्रथम शहीद घोषणा गर्ने तथ्यगत एवं व्यवहारिक हिसाबले कठिनाई पर्ने।।।”

(सँस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च.नं. ५८२ मिति २०६२-११-८ को पत्र )

 

वास्तवमा प्रख्यात स्वदेशी विदेशी इतिहासकार, लेखक, बुद्धिजीवीहरूको मन्तव्य, टिप्पणी, लेख, विश्लेषण, ऐतिहासिक प्रमाण, जनश्रुति र स्थानीय बुढापाखाहरूको कथनहरूबाट यथेष्ट पुष्ट्याई आई सकेको छ । साथै विभिन्न शैक्षिक प्राज्ञिक क्षेत्रबाट लखन थापालाई प्रथम शहीदको दर्जामा राख्न यथेष्ट प्रमाणहरू पनि उपलब्ध छन् । शहीद स्मारक समिति, ललितपुरबाट प्रकाशित हुने शहीद पत्रिकामा ९२०४६-४५० भनिएको छ स्

अभिलेखबाट देखिएको वीर अमर शहीदहरू मध्ये वि.सं.१९३३ ९१८७६ ई.सं. मा जंगबहादुर राणाको अन्त गर्न गरिएको आन्दोलन काण्डमा झुण्ड्याइएका लखन थापा मगरले नेपालको अमर शहीदहरूको सूचीमा अग्रणी स्थान ओगटेका छन् । ९डा। हर्ष बहादुर बुडामगर “राष्ट्रका गौरव तथा प्रथम शहीद लखन थापा मगर” २०५४, पृ।८५०

प्रख्यात इतिहासकारहरूको धारणाः

केही स्वदेशी, विदेशी इतिहासकार एवं विद्वान लेखकहरूले जङ्गबहादुरको एकतन्त्रीय र दमनकारी शासन प्रणालीलाई ध्वस्त पार्न सशस्त्र जनयुद्धको नेतृत्व तथा सहादत प्राप्त गर्ने लखन थापाको सम्वन्धमा आ–आफ्ना पुस्तकहरूमा प्रत्यक्ष वा परोक्षरुपमा तथ्यपूर्ण विवरण उल्लेख गरेका छन् । उदाहरणका लागि प्रख्यात इतिहासकार प्रमोद शमशेर राणा ९ई।सं। १९७८० जङ्गबहादुरका साँहिला छोरा पदमजङ्ग राणा (ई.सं.१९०९) पुरुषोत्तम शमशेर राणा (वि.सं.२०४७) ढुण्डिराज भण्डारी (वि.सं. २०५५०), जोन वेल्पटन (ई.सं. १९८८) जनकलाल शर्मा (वि.सं.२०५५) विक्रमजीत हसरत (वि.सं.२०२७)महेशचन्द्र रेग्मी (ई.सं. १९८०) तथा अन्य विद्वान लेखकहरूको नाम उल्लेखनीय छ । प्राय सवै इतिहासकारहरूले नेपालको इतिहासमा जङ्गबहादुर राणाको शासन विरुद्ध पहिलो पटक लखन थापाले विद्रोह गरेकोे र निमर्मतापूर्वक उनको हत्या गरिएको वास्तविकतालाई स्वीकार गरेका छन् ।

वर्तमान समयमा लुम्बनी विश्वविद्यालयका कुलपति प्रा।डा। त्रिरत्न मानन्धर, (वि.सं.२०४८) सोही विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तुलसीराम वैद्य (वि.सं.२०६७), नेपाल सरकारका पूर्वमन्त्री चिरञ्जीवी वाग्ले (वि.सं.२०६६), मुक्ता श्रेष्ठ (वि.सं.२०५३), सजीवन महर्जन (वि.सं.२०५३), नगेन्द्र शर्मा (ई.सं.१९९१), शिव अप्रिय (वि.सं.२०६६), शिवकुमार श्रेष्ठ (वि.सं.२०५३), दिपक जोशी (ई.सं.२०११) इतिहासकार डा.राजाराम सुवेदी (वि.सं.२०६५), भीम भक्तमान सिंह (वि.सं.२००५), डा. जगमान गुरुङ्ग (वि.सं.२०६७), उ.प्रा. बाबुराम थापाक्षेत्री, पूर्वराजदूत प्रा.डा.मोहनप्रसाद लोहनी (वि.सं.२०६७)तथा अन्य गैरमगर विद्वानवर्गले आ–आफ्ना पुस्तक, लेख र अन्तरवार्तामा नेपालको सामाजिक राजनैतिक परिवर्तनमा अग्रणी भूमिका खेल्ने लखन थापालाई पहिलो सहिदको रुपमा स्विकार गरेको पाइन्छ । साथै विभिन्न दृष्टिकोणबाट यसबारे थप गहिरो अध्ययन, अनुसन्धानको लागि उहाँहरुले दर्शाउनु भएको आवश्यक्ताप्रति ध्यानाकर्षण गराउनु सान्दर्भिक ठान्दछु ।

मगर लेखकहरुको धारणा:

नेपाल मगर संघको चौथो राष्ट्रिय महाधिवेशन (२०४८)को निर्णय पछि सम्भवतः मगर वुद्विजीवी एवं विद्वान लेखकहरुले लखन थापाका सम्वन्धमा आ–आफ्नो कलम चलाएको पाइन्छ । प्रथमतः  एम. एस. थापामगर (वि.सं.२०४८), शिवलाल थापा गुरुछानमगर (वि.सं.२०५२), धर्मप्रसाद श्रीसमगर (वि.सं.२०५०), मगर जुङ (दार्जिलिङ), डा. हर्षबहादुर वुडामगर (वि.सं.२०५४), वि.के.रानामगर (वि.सं.२०५४) सागर थापा (वि.सं.२०५७), जयबहादुर हितान (वि.सं.२०५९), वालकृष्ण काउछामगर (वि.सं. २०६०), उमेश रानामगर (वि.सं.२०६३), जीवन आलेमगर (वि.सं.२०६४), झकेन्द्र घर्तीमगर (वि.सं.२०५७) लोकनेश ढेंगामगर (वि.सं.२०५७) मेकबहादुर रानामगर (वि.सं.२०६६) मीन श्रीसमगर, खिम बहादुर थापामगर, संतोष वुडामगर, संजोग लाफामगर, नरेश खपाङ्गीमगर (गोरखापत्र) सुश्री बमकुमारी बुढामगर, झकबहादुर रोकामगर (ई.सं.१९९९)लगायत लखन थापाबारे विभिन्न मगर विद्वानहरुको रचनात्मक लेखहरु प्रकाशित भइसकेका छन् । तर सम्पूर्ण लेखकहरूको एउटै गुनासो छ – नेपाल सरकारले सहिद लखन थापालाई प्रथम सहिदको रुपमा अझै किन स्विकार्दैन ?

ऐतिहासिक दस्तावेज एवं प्रमाणहरु

नेपालका सहिदहरूमध्ये प्रथम सहिद लखन थापाको सम्बन्धमा स्वदेशीविदेशी इतिहासकार, लेखक एवं बुद्धिजीवीहरूले हालसम्म सबैभन्दा बढि लेखरचना, टिप्पणी एवं ऐतिहासिक तथ्यहरू प्रकाशित गराएको देखिन्छ । प्रचलित जनश्रुति र स्थानीय बुढापाकाहरूको कथनका आधारमा विभिन्न कृतिहरू प्रकाशित भएको देखिन्छ । यी तथ्यपूर्ण प्रमाणहरूको आधारमा लखन थापा द्वितीयलाई प्रथम सहिदको स्थान दिलाउन पर्याप्त रहेको कुरा सर्वत्र अनुभव गरिएको छ ।

लखन थापाको निर्मम हत्या र हिंसापछि तत्कालीन राणा सरकारले उनका शाखासन्तानहरुलाई सताउने, मार्ने र अत्याचारसमेत गर्ने गरेका थिए । फलस्वरुप राणाहरूको घोर दमन र आतंकले गर्दा उनका खलकहरू मध्ये कोही पूर्वको तेह्रथुम त कोही भारततर्फ पलायन भएका थिए । उनीहरुले आफ्नो साथमा सम्बन्धित दस्तावेज एवं ऐतिहासिक महत्वका सामग्रीहरू लिएर गएको अनुमान गर्न सकिन्छ ।

यसैक्रममा तत्कालीन राणा सरकारले घटनासंग सम्बन्धित प्रमाणहरु, मूल्यवान दस्तावेजहरु, ताम्रपत्र लगायत अन्य ऐतिहासिक महत्वका सामग्रीहरू नष्ट गरेको कुरा स्थानीयस्तरमा थाहा हुन आएको छ । लखन थापाको वुङ्गकोट–४ स्थित विद्रोही किल्लासमेत भत्किएर हाल भग्नावशेषको अवस्थामा पुगेकोछ ।

यस्तो विघ्न सबुतप्रमाणहरु हुँदाहुँदैको अवस्थामा पनि संस्कृति मन्त्रालयले अन्य थप के कस्ता प्रमाण एवं दस्तावेजहरू खोजेको हो रु लखन थापा द्वितीयलाई सहादत प्राप्त प्रथम सहिद घोषणा गर्न के, कस्तो व्यवहारिक अपठ्याराहरू वा कठिनाई परेको छ कुन्नी रु राज्यले एकपटक सहिदको स्थान दिइसकिएको व्यक्तिलाई माथि उल्लेखित प्रमाणहरुको आधारमा लखन थापालाई प्रथम सहिदको दर्जा दिन कुनै समस्या देखिंदैन । उनलाई यो दर्र्जा उपलब्ध गराउन अझै कुनै सबुतप्रमाण वा सम्बन्धित दस्तावेजहरु एवं ऐतिहासिक सामग्रीहरूको आवश्यकता पर्दछ भने पनि त्यसको खोज अनुसन्धान गर्नु, गराउनु नेपाल सरकारको गृह वा संस्कृति मन्त्रालयको कार्यक्षेत्र, कार्य तालिका वा कार्य विभाजन भित्र पर्दछ । त्यसको लागि राज्यले आवश्यक सकृयता र तत्परता देखाउन नितान्त आवश्यक छ ।

गोरखाको बुङ्गकोट क्षेत्रमा अभैm पनि त्यसवेलाको शिलालेख लगायत अन्य ऐतिहासिक सामग्रीहरु यथावत रहेका छन् । नेपाल सरकारको पुरातत्व विभाग वा अन्य सम्बन्धित निकायहरु मार्फत् सो शिलालेखमा लेखिएका कुराहरुको अविलम्ब विश्लेषण गर्न लगाउनु पर्ने देखिन्छ ।

त्यस्तै, गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरूमा अझै पनि उक्त घटनासंग सम्बन्धित महत्वपूर्ण कागजात, दस्तावेज, ऐतिहासिक सामग्रीहरू फेला पार्न सकिन्छ कि रु स्थानीयवासीहरूसँग ताम्रपत्र वा ऐतिहासिक सामग्रीहरू पनि फेला पार्न सकिन्छ कि रु त्यसको खोजी र अध्ययन,व्याख्या गर्न, गराउन आवश्यक छ । अतः यी कार्यहरुको कार्यान्वयनमा सम्बन्धित निकायले प्राथमिकता तोकी यथाशिघ्र सो कार्यक्रम सञ्चालन गर्न, गराउन सम्बन्धित निकायले अग्रसर हुनुपर्ने देखिन्छ । वास्तवमा लखन थापा द्वितीयलाई प्रथम सहिदको दर्जामा स्थापित गराउन हालसम्मका उपलब्ध आधार प्रमाणहरू तथा इतिहासकारहरूले पेश गरेका ऐतिहासिक दलिलहरू, जनश्रुतिहरू पर्याप्त देखिन्छन् । थप प्रमाण भनेको के–के हुन् कुन्नी रु यदि पूर्वाग्रह नराख्ने हो भनें यसको लागि थप प्रमाणको कुनै खाँचो देखिदैन ।

निष्कर्षः

सहिदको सम्मान गर्दा राष्ट्रकै गौरव बढ्छ र राष्ट्रियताको संरक्षण पनि हुन्छ । लखन थापा, जसले नेपालमा प्रजातन्त्रको लागि पहिलो विउ रोपेका थिए, उनी कुनै एक जाति, वर्ग, समुदाय वा कुनै क्षेत्रको मात्र प्रतिनिधित्व गर्दैनन् । उनी सम्पूर्ण नेपालीको गौरव, सिंगो राष्ट्रको सम्मानित पात्र र कुशल नायक हुन् । तर कस्तो विडम्बना रु सात सालमा प्रजातन्त्रको प्रार्दुभाव भए पश्चात् पनि विगत ४९ वर्ष भन्दा बढि समय बित्दासम्म राज्यले उनलाई प्रजातन्त्रको निम्ति वीरतापूर्वक सहादत प्राप्त सहिद नमानेर उपेक्षा गरेको थियो ।

नेपालका इतिहासकार, लेखक, बुद्धिजीवी, समाजसेवी, नेपाल मगर संघ जस्तो ठूलो संस्था र यसका भातृ संगठनहरूको निरन्तर दवाव पछि वि।सं। २०५६ फाल्गुण ११ गते मात्र लखन थापा ९द्वितीय० लाई सरकारले सहिद घोषणा गरेको थियो । तर प्रथम सहिदको दर्जा अझै दिइएको छैन । राणाकाल देखि नै नेपालका आदिवासी जनजातिहरूप्रति राज्यले विभेदपूर्ण नीति बोकेको छ, जुन अद्यापि कायम रहेको छ । अतः सम्पूर्ण मगर, गैर मगर विद्वान, बुद्धिजीवी, समाजसेवी र लेखकवर्गहरूका साथै नेपाल मगर संघ र यसका भगिनी संगठन, अन्य सामाजिक संघसंस्थाहरू एकजूट भएर लखन थापा द्वितीयलाई नेपालको राष्ट्रिय विभूतिसहित प्रथम सहिदको दर्जासमेत दिलाउन एक ढिक्का भएर अघि बढ्नु पर्ने देखिन्छ । नेपालमा सात सालमा प्रजातन्त्रको प्रादुर्भावभै हाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सक्दा समेत प्रजातन्त्र वा लोकतन्त्रको निम्ति प्रारम्भमै सहादत प्राप्त गर्ने लखन थापा ९द्वितीय० लाई प्रथम सहिदको रुपमा स्थापित गरे मात्र उनको उचित कदर र सम्मान हुन सक्दछ । यसबारे निम्नानुसार सुझावहरू दिनु उचित ठान्दछु स्—

सुझावहरु:

(क) दवावमूलक कार्यक्रम स्  प्रस्तुत विषयका सन्दर्भमा साझा मुद्दा बनाई नेपाल मगर संघ र यसका भातृ संगठनहरू, प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान, मगरका राजनैतिक संगठन, मगर, गैर मगर वुद्धिजीवी, संघसंस्थाहरू एक आपसमा एकत्रितभै आउँदो २०६८ सालकोे लखन थापा स्मृति दिवस मनाउन काठमाडौंमा भव्य भेलासहितको एकता जुलुश प्रदर्शन गरेर दवाव सिर्जना गर्ने र यसका लागि सर्वसम्मतिबाट यो प्रस्ताव सवैले पारित गर्दै कार्यक्रममा ऐक्यबद्धता जनाउने । त्यस भेलामा लखन थापालाई प्रथम सहिदको रुपमा खुल्ला घोषणा गर्दै अपार सम्मान प्रकट गर्ने ।

सोही दिन देशैभरि सम्पूर्ण जिल्लाका मगर, गैरमगर सवै विद्वान, लेखक, बुद्धिजीवी, समाजसेवी लगायत सवै संघसंस्थाहरूले नेपाल मगर संघका जिल्ला समितिहरूको आयोजनामा जुलुस प्रदर्शन सहित आम सभाबाट सोही प्रस्तावको  खुल्ला घोषणा गर्ने, गराउने ।

(ख) विद्युतीय सञ्चार माध्ययमको उपयोगस् संसारभरि फैलिएका मगरहरुको संघसंस्था साथै मगर, गैर मगर विद्वान, लेखक, बुद्धिजीवी, समाजसेवीहरुको तर्फबाट लखन थापाको आउँदो स्मृति दिवस मनाउने दिन सम्माननीय प्रधानमन्त्री, मा।संस्कृति मन्त्रीका साथै नेपाल इतिहास संशोधन मण्डलमा “लखन थापा९द्वितीय०लाई अविलम्ब प्रथम सहिद घोषणा गर” भनेर इमेल, फ्याक्सबाट ज्ञापन–पत्र पठाउने ।

(ग) खोजपूर्ण अध्ययनस्  लखन थापाबारे कतिपय दस्तावेज, कागजपत्र एवं ऐतिहासिक सामग्रीहरू अझै पनि अज्ञात रहेका छन्, त्यसको खोजखबर हुनु अति आवश्यक भएकोले त्यसको लागि यथाशिघ्र “लखन थापा ९द्वितीय० बृहत् अध्ययन टोली” गठन हुनु पर्ने ।

टोलीमा श्रोत विशेषज्ञको रुपमा प्रख्यात इतिहासकार, पुरातत्व विभागका प्रतिनिधिहरूका साथै टोलीका अन्य सदस्यहरूमा मगर, गैरमगर इतिहासकार, लेखक, बुद्धिजीवी, समाजसेवीहरू सम्मिलित हुनु पर्ने । यस अध्ययन टोलीले सम्बन्धित दस्तावेज, प्रमाण, कागजातहरू, ताम्रापत्र, ऐतिहासिक महत्वका अन्य सामग्रीहरूको बृहत् खोजी गर्ने र शिलालेखको अध्ययन गर्ने, गराउने । यसै क्रममा गोरखास्थित सम्बन्धित कार्यालय, पुरातत्व विभाग, सैनिक संग्राहलयका साथै स्यानीय बुढापाकाहरूको मन्तव्य र जनश्रुतिहरूको रेकर्ड तयार पार्नु पर्ने । ९हङकङ्ग मगर संघका अध्यक्ष एम।वी।थापाबाट प्राप्त सुझाव० अनसार सो कार्य योजना वा प्रोजेक्टको आयोजना, समन्वय सम्बन्धित निकायबाट गर्न, गराउन सकिने छ । टोलीको उद्देश्य सहिदको विभिन्न पक्षमा ऐतिहासिक विवरण संकलन गर्ने गराउने मात्र हुनु पर्ने ।

प्रथम सहिद लखन थापा (द्वितीय) बारे शोधकार्य गर्न चाहने शोधार्थीहरुलाई प्रोत्साहन स्वरुप संघसंस्थाका तर्फबाट छात्रवृत्ति उपलब्ध गराउने ।

(घ) विविधस् १० गोरखा नगरपालिकाको नामकरण “प्रथम सहिद लखन थापा ९द्वितीय० नगरपालिका” कायम हुनुपर्ने । २० काठमाडौ उपत्यका भित्र प्रथम सहिद लखन थापाको पूर्ण कदसहितको सालिक निर्माण हुनुपर्ने । ३० गोरखा वुङ्गकोट–४ को काउलेभङ्गारमा अवस्थित किल्लाको भग्नावशेष उत्खनन र जिर्णोद्धार गरेर सहिद लखन थापा संग्राहलय निर्माण गर्नुपर्ने । ४० ऐतिहासिक पर्यटकीय स्थलको रुपमा सो स्थानलाई संरक्षण र विकास गर्न आश्यक पूर्वाधारहरू तयार पार्ने । ५० नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत् नेपाल सरकारको हुलाक विभागबाट स्पष्टसंग “प्रथम सहिद लखन थापा मगर” अंकित भएको टिकट प्रकाशन गर्न लगाउने । ६० प्रथम सहिद लखन थापा९द्वितीय०को विषयमा खोजपूर्ण लेखहरूको संग्रह प्रकाशित गर्ने ।

 

मिति:२०६८-०५-३१ गते शनिवार ।

सन्दर्भ सामाग्रीहरु:

आलेमगर, जीवन - २०६४,     नेपालको प्रथम जन विद्रोही शहीद लखन थापामगर, काठमाडौं,

बुडामगर, हर्ष बहादुर -२०५४, राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर द्वितीय, काठमाडौ

बैद्य, तुलसीराम -२०६७ ,  लखन थापामगर नेपालका प्रथम शहीद, प्रथम शहिद स्मारिका २०६७ पृ।२७

रानामगर, उमेश - २०६३ ,   क्रान्तिकारी लखन थापामगर, काठमाडौ वि।सं

रानामगर, बि. के. -२०५४,  गोरखा मगरहरु विगतदेखि वर्तमानसम्मस्  ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण

राणा, पुरुषोत्तम शम्सेर ज.व.रा - २०५५,    श्री ३ हरूको तथ्य वृतान्त, काठमाडौं,

सुवेदी, राजाराम -२०६५ ,      शहीद कि प्रथम शहिद हुन् लखन थापा, प्रथम शहीद लखन थापा विचार गोष्ठीमा

प्रस्तुत कार्यपत्र , २०६५ पौष १९ गते, काठमाडौं

शर्मा, बालचन्द्र - २०३३, नेपालको ऐतिहासिक रुपरेखा, वाराणसी

Hasrat, Bikram Jit - 1970; History of Nepal A told by its own contemporary chronicles, The UV Research Institute Press, Krishna Nagar, Hoshiyarpur, India

Marie Lecomte-Tilouine - 2000; The History of the Massianic Rebel King Lakhan Thapa Magar, utopia and ideology among the Magars, Paper

Rana, Padm Jung - 1980; Life of Maharaja Sir, Jung Bahadur Rana, Reprinted,

Rana, Promod Shamsher- 1995; Rana Intrigues, Kathmandu

Regmi, Mahesh -1995; King and Political Leaders of The Gorkhali Empire, Orient Longman

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News