HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home विशेष लेख रुसमा क्रिमिया प्रायद्वीप पुनर्मिलनको कथा

रुसमा क्रिमिया प्रायद्वीप पुनर्मिलनको कथा

E-mail Print PDF
AddThis Social Bookmark Button

कृष्णप्रकाश श्रेष्ठ

मास्को

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका जनताहरुको अभिमतलाई समेत ध्यानमा राखेर गतः १८ मार्चका दिन मास्को क्रेमलिनको भव्यगिओर्गी सभाकक्षमा देशको व्यवस्थापिकाका प्रतिनिधिहरु समक्ष विशेष सम्बोधनको आयोजना गरी भव्य राजकीय वातावरणमा क्रिमिया गणराज्यका प्रमुख सेर्गेेइ आक्स्योनोभ, सर्वोच्च सोभियतका अध्यक्ष तथा सेभास्तोपोल नगरका मेयर प्रतिनिधिहरुका साथै क्रिमियाप्रायःद्वीपलाई रुसमा सम्मिलितगर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभयो । आजभर्खरै रुसको विधायिकाअंग (राजकीयदुमा र संघीथ परिषद्) मा सर्वसम्मतिबाट सन्धिपत्रको अनुमोदन तथा तत्सम्बन्धी विधेयक पारित गरिएपछि भव्य समारोहमा दुवै दस्तावेजमा राष्टपतिको हस्ताक्षर भई क्रिमियापायःद्वीपपुनः रुसको अभिन्न अंगबन्नपुगेको छ ।

यस घटनाको २ दिनअघि  १६ मार्चका दिन कृष्णसागर तटवर्ती क्रिमियाप्रायःद्वीपमा सम्पन्न भएको आमजनमत संग्रहको क्रममा ९७ प्रतिशतमतदाताहरुले रूस महासंघको संघटक अंगको हैसियतले संलग्नहुने निर्णय लिएपछि सम्पूर्ण रुसका पनि अत्यधिक (९० प्रतिशतभन्दा बढी) वासिन्दाहरुको अभिमतको आधारमा क्रिमिया गणतन्त्र र सेभास्तोपोल नगरलाई रुस महासंघका दुई संघटक   अंगको रुपमा रुसमा सम्मिलित गर्ने सम्झौतालाई देशको संसद राजकीयदुमाले २० मार्चका दिन अनुमोदन गरेको छ र यो आलेख लेखिरहँदा देशको विधायिकाको उपल्लो सदन संघीय परिषदमा अनुमोदनको प्रक्रिया चलिरहेको छ । रुसका सत्तारुढ एदिनाया रसिया र विपक्षमा रहेका रुस कम्युनिष्ट पार्टी, लिबरल डेमोक्रेटिक पार्टी तथा स्प्राबेद्लिभाया रसिया सहितचारैवटा  संसदीय राजनैतिकदलहरुले क्रिमियालाई रुसमा सम्मिलितगर्ने प्रश्नमाअभूतपूर्व रुपमा पूर्ण एकमत व्यक्त गरेका छन् ।

लामो इतिहास भएको क्रिमियाप्रायःद्वीप २२१ वर्ष पहिले सन् १७८३ माअन्तिम रूपमा रुस साम्राज्यमा गाभिएको थियो । अध्यापि सेभास्तोापोल नगरमा रुसको कृष्णसागरीय जहाजी बेडाको शिविर रहिआएको छ । सोभियत नेतानिकिता ख्रुश्चेभको सदीक्षा अनुसार सन् १९५४ मा संघबाट प्रशासित सेभास्तोपोल नगर बाहेक क्रिमियाप्रायःद्वीपउक्राइनामा सम्मिलितगरिएको भएतापनि २३ वर्षअघि सोभियत संघको विघटनपश्चात् मात्र वास्तविक रुपमा त्यो मनोरम प्रायःद्वीप रुसबाट अलग्गिएर युक्रेन गणतन्त्रको भूभागबन्नगएको थियो र सेभास्तोपोलमा रूसको जहाजीबेडा रहने सम्झौताअनुरुप रुसले वर्षेनीप्रत्यावत्र्य मुद्रामा भाडा समेत तिर्नुपरिरहेको थियो ।

क्रिमियाप्रायःद्वीप प्रशासकीय दृष्टिले मात्र सम्बद्ध नभई यस क्षेत्रको उत्तरी भेकमायुक्रेनबाट आउने नहरको पानीले सिंचाइगरिन्छ भने बिजुली र पेट्रोल पनियुक्रेनबाटै आपूर्ति गरिन्छ । केर्च अन्तरिपले यस प्रायःद्वीपलाई रुससित जोडेको छ र भविष्यमा यहाँ पुल निर्माण गरी रेल र मोटर यातायात सुचारु गर्नुका साथै रुसबाट सोभै तेल, ग्यास र बिजुली पनि त्यहाँ पु¥याउने योजना बन्दैछ ।

रुसमापुनः सम्मिलित हुन आएपछि क्रिमियाका वासिन्दाहरुको जीवनस्तरमा आमूल वृद्धि हुनेछ भन्ने आमधारणा छ । मुख्यतः रुसी, युक्रेनी र तातार जातिका गरी  २२ लाख जनसंख्या भएको क्रिमियासमक्ष वास्तवमा नै आर्थिक प्रगतिको व्यापक सम्भावना छ । समशीतोष्ण हावापानीभएको यस प्रायःद्वीपमा सागपात, अंगुर र फलपूmलको खेती हुन्छ भने न्यानो र स्वस्थकर समुद्री तटमा सोभियतकालमै निर्मित स्वास्थ्यनिवास, विश्रामगृह, आर्तेक जस्तो विश्वप्रसिद्ध बाल स्वास्थ्यशिविर, प्राचीनकिल्ला, बुर्जा, दरवार आदिदर्शनीय स्थलहरुको आधारमा रुस र अन्य देशकापनि स्वास्थाभिलाषी तथा पर्यटकहरुलाई आकर्षित गरेर पर्यटन उद्योगले आशातीत विकाश गर्न सक्तछ ।

क्रिमियाले स्वाधीनताको घोषणा गरे पश्चात् युक्रेनको स्वामित्वमा रहेका बन्दरगाहहरु, रेलमार्ग, विद्युत् प्रसारण संजाल, जहाज निर्माण कारखाना ‘मोरे’, फेओदोसियामा रहेको खनिजतेल भण्डार, ‘चेर्नोमोरनेप्mतगाज’कम्पनी, दशौं स्वास्थ्यनिवास आदि राष्ट्रियकरण गरिने छ । क्रियायामा खनिजतेल र ग्यासको उत्पादनमा संलग्न ‘चेर्नोमोरनेप्mतगाज’ ले सन् २०१३ मा १ अरब ६५ करोड घनमिटर ग्यास उत्पादन गरेको थियो । त्यसको क्षमता बढाएर आवश्यक ग्यासको उत्पादनमा क्रिमियालाई आत्मनिर्भर तुल्याउन सकिन्छ ।

क्रिमियामा कृषिजन्य वस्तुहरूको प्रशोधनगर्ने ५ सय जति कारखानाका साथै मासान्द्रास्थित मदिरा कारखानामा अंगुर बाट बन्ने  मदिरा प्रख्यात छ । रूसले विश्वव्यापारको लागि याल्टा, सेभास्तोपोल लगायत यहाँका बन्दरगाहहरुको उपयोग गर्न सक्तछ ।

मास्को र रूसका अन्य भागहरूबाट क्रिमिया जान युक्रेनको भूभागको प्रयोग गर्नुपर्ने हुन्छ । तसर्थ यस प्रायःद्वीपलाई रूसको भूभागसित जोड्नकालागि केर्च अन्तरिपनेर आधुनिक पुलका साथै ग्यास र खनिजतेल तथा विद्युत् प्रसारण लाइनको निर्माण गर्ने योजना छ ।

सोभियत संघको सर्वोच्च सोभियतले सन् १९५४ माक्रिमियालाई विशाल देशको १५ गणराज्यमध्येको एक युक्रेन गणराज्यमा सम्मिलितगर्ने निर्णय लिएता पनि वास्तवमा सन् १९९१ को अगस्तमा  सोभियत संघको विघटन पघि मात्र क्रिमिया वास्तवमा स्वाधीन युक्रेनको भूभाग बन्न पुगेको थियो ।

युक्रेनको स्वाधीनता सम्बन्धी घोषणा सन् १९९१ कोे १ जनवरीका दिन सम्पन्न आमजनमत संग्रहबाट अनुमोदन गरिएको २ दिनपछि यसरी स्वाधीनताको घोषणा गर्ने गणराज्यहरुसंग रूसको सीमा सम्बन्धी प्रश्नको अधिकार रूसमा सन्निहित रहेको वक्तव्यदिइएको थियो । तत्पश्चात् मास्कोका तत्कालीन मेयर गाभ्रीलपोपोभले क्रिमिया र ओडेस्सा अञ्चलको सम्बन्धमा युक्रेनको सार्वभौमिकताको सम्बन्धमा सन्देह प्रकट गरेका थिए । यो विवाद सुल्झाउन रूसका राष्ट्रपति बोरिस एल्चिनले उपराष्ट्रपति रुत्स्कोइको नेतृत्वमा शिष्टमण्डल युक्रेनको राजधानी कीभमा पठाएका थिए ।  क्रिमिया अञ्चलका वासिन्दाहरुको आकांक्षालाई ध्यानमा राखेर युक्रेनको सर्वोच्च सोभियतले क्रिमिया स्वायत्त गणराज्यको पुनःस्थापना स्वीकार ग¥यो । त्यतिखेर समाचारपत्र ‘प्राभदा’माप्रकाशित रुत्स्कोइको लेखमाभनिएको थियो : ‘रूसी जनताको ऐतिहासिक चेतनाले नै रूसको इतिहासको गौरवमय पानाहरूलाई बिर्सेर यान्त्रिक तरीकाले सीमारेखा कोर्ने अधिकार कसैलाई पनिदिन सकिंदैन... ’ । सन् १९९२ को मेइ महिनामा रूस गरातन्त्रको सर्वोच्च सोभियतले क्रिमिया अञ्चल युक्रेनलाई हस्तान्तरण गर्ने निर्णयको त्यसै समयदेखि नै कानुनी मान्यता रहेको छैन भन्ने जनाउँदै आधिकारिक विज्ञप्ति प्रकाशित गरेको थियो ।  तर राष्ट्रपति बोरिस एल्चिनले सोभियत संघको विघटनको क्रममाप्रशासकीय सीमालाई नवोदित गणतन्त्रहरुको सीमा स्वकार गर्ने अनुमतिका यम भएको आधारमा सर्वोच्च सोभियतको तर्क अस्वीकार गरे तापनिक्रिमियाको जल्ःदोबल्दो प्रश्नलाई कृष्णसागरीय जहाजीबेडाको प्रश्नसितजोडेर समस्याको समाधान पछि सार्ने नीति अपनाएका थिए । सन १९९२ को सेप्टेम्बरमा रूस र युक्रेनका राष्ट्रपतिद्वय (एल्चिनतथाक्राभ्चुक) बीच ५ वर्षको अवधिकालागि कृष्णसागरीय जजाजी बेडामा रूस र युक्रेनको संयुक्त नियन्त्रणसम्बन्धी सहमतिभयो । सन् १९९३ को जुलाईमा सेभास्तोपेल नगरलाई रूस गणतन्त्रको मातहतमा रहने निर्णय पारित गरियो । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले यस्तो निर्णय अवैधानिकभन्ने स्पष्ट पारेपछि रसियाली राष्ट्रपतिले उक्त निर्णय रद्द गरिदिए ।

युक्रेन र रूस महासंघ बीच मित्रता, सहयोग तथा सहभागिता सम्बन्धी सन्धि पत्र तयार पार्न दुई देशबीच सीमाको प्रश्नमा निकै लामो वादविवाद पछि सन् १९९९ को अप्रिलमा मात्र  सोभियत संघको विघटनको तथ्यलाई मान्यताप्रदानगर्ने यो दस्तावेज क्रियाशीलभएको थियो । यस सन्धिपत्रले रूस र युक्रेनबीचको सम्बन्धनिकै हमसम्म सामान्यीकरण हुनगएको थियो । हुन त वेला वेलामा सन् १९५४ को १९ फेब्रुअरीकादिन रसियाली संघ तथायुक्रेनको सर्वोच्च सोभियतहरूको आकाँक्षाअनुसार सर्वोच्च सोभियतले क्रिमियालाई युक्रेनमागाभ्नेबारे लिएको निर्णय कतिहदसम्मतिनको अधिकारको कुरो थियो भन्ने प्रश्न उठ्ने गरेको थियो ।

सन् १९३७ को सोभियत संविधानमा सर्वोच्च सोभियतलाई सीमारेखामा परिवर्तन ल्याउने अधिकार नरहेको र जनमत संग्रहको प्रावधान रहे तापनि क्रिमिया युक्रेनमा गाभ्नेबारे यसको उपयोग नगरिएको तथ्यको आधारमा भ.फ्योदोरोभ लिखित ‘क्रिमिया र सेभास्तोपोलको वैधानिक स्थिति’ (सन् १९९९) शीर्षकको पुस्तकमा ‘...क्रिमिया अञ्चल हस्तान्तरण गर्ने निर्णय अदूरदर्शी र अनुत्तरदायित्वपूर्ण थियौ’ भन्ने जनाइएको थियो 

सन् १९४४ मा फाशिवादी जर्मनीको आक्रामकफौजको कब्जाबाट सोभियत सेनाले क्रिमिया मुक्त गरेपछि उज्बेकिस्तानमा स्थानान्तरण गरिएकाता तार जातिका मानिसहरुले सन् १९८० पछि आप्mनो थलोमा फर्कने सम्भावना पाएका थिए । उनीहरु क्रिमियामा फर्कन थालेपछि सन् १८८९ र २००१ को जनगणना अनुसार त्यहाँका वासिन्दाहरुको जातीथ अनुपातमा परिवर्तन भएको थियो र रुसीहरुको स्थिति ६५.६ प्रतिशतबाट ५८.३ प्रतिशतमा र युक्रेनीहरुको संख्यापनि २६.७ बाट २४.३ प्रतिशतमा झरेको थियो भने तातार जातिको संख्याचाहिं १.९ प्रतिशतबाट १२ प्रतिशतपुगेको थियो ।

यी तीनै जातिको साझा थलो क्रिमियामा जनमत संग्रहकै क्रममा रूसी, युक्रेनी र तातार तीनै भाषालाई राजकीय मान्यता प्रदान गरिएको थियो ।रुसको राजनैतिक, आर्थिक एवं सामाजिक संरचनासंग एकरूपता कायमगर्न सन् २०१५ को १ जनवरीसम्म कायम रहने संक्रमणकाल घोषित नरिएको छ । क्रिमिया गणराज्य र संघीय महत्वको सेभास्तोपोल नगर रूसमहासंघका वर्तमान ६३ संघटक अङ्गहरुमा थपिई  क्रिमिया गणराज्य र सेभास्तोपोल नगरको रुपमा दुई नयाँ संघटक एकाई बन्ने सन्धिपत्र संघीय परिषद्बाट पनिअनुमोदन गरियो र त्यसमा रुसका राष्टपतिको हस्ताक्षर समेत भई क्रिमिया विधिवत् रूपमा रूसको अभिन्नभाग बनेको छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News