HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home विशेष लेख पत्रकार महाधिवेशनमा मेरो दूई वटा प्रस्ताव

पत्रकार महाधिवेशनमा मेरो दूई वटा प्रस्ताव

E-mail Print PDF
AddThis Social Bookmark Button

आनन्द श्रेष्ठ

चतरा धाममा पिण्डेश्वर पूर्ण कुम्भ मेला सकिनै लागेकोबेला देशको चौथो अंग पत्राकारहरुको महाकुम्भ यही बैशाख देखि काठमाण्डौमा हुदैछ । अर्थात नेपाली संचारकर्मीहरुको छाता संगठन नेपालपत्रकार महासंघको केन्द्रिय महाधिवेशन शुरु हुन अव केही दिनमात्र बाूकी छ ।

देशमा लोकतन्त्र आएपछि सबैभन्दा बढी फस्टाएको संचारक्षेत्रमा संचारकर्मीहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । अहिले ७४ जिल्लामा बिस्तार भएको नेपाल पत्रकार महासंघमा  झन्डै ८ हजार पत्रकारहरु आवद्ध छन्।  ति मध्ये १५ सय पत्रकारहरु केन्द्रिय पार्षदको रुपमा महाधिबेशनमा भाग लिदै छन् ।

महाधिवेशनले नेतृत्व छनौट त गर्छ नै पत्रकारहरुको हक हितको लागि नया निति नियम वारे पनि छलफल हुने पर्ने हो ।  तर दुर्भाग्य राजनैतिक पार्टीको पुरै छाया परेको पत्रकार महासंघको अधिवेशनमा निति नियम भन्दा नेतृत्व चयनमै हानाथाप गरी समय बिताउने गरिएको छ। नितिलाई भन्दा नेता छान्ने काममा बढी समय खर्च गर्ने भएकोले गम्भीर बिषयहरु सधै ओझेलमा पर्दै आएका छन् । तर नेतृत्वमा प्रगतीशिल पक्ष आए पनि वा प्रजातान्त्रिक पक्ष आए पनि अतः त संगठन  एक समुहले समूहको लागि चलाउनु पर्ने भएकोले यो पटक अलि फरक ढंगले पूर्वाञ्चलका पत्राकार साथीहरु महाधिवेशनमा सकृय रहनु पर्ने मेरो आग्रह रहेको छ । सहभागी हुन जाने पूवाञ्चलका सम्पूर्ण पत्रकार साथीहरुलाई बन्द शत्रमा मेरो दूई बटा प्रस्ताव प्रति छलफल चलाई दिन हुन अनुरोध गर्दछु ।

प्रस्ताव नं. १ ( एकताका  हाम्रो देश पूर्वमा टिष्टादेखि पश्चिममा कांगाडा सम्म फैलिएको थियो तर रराजनैतिक कारणले हाम्रो भूगोल खुम्चिएर पश्चिममा महेन्द्र नगर र पूर्वमा काकडभित्ता सम्म सिमित हुन पुगेको छ । तर जालझेलबाट सिमाना खुम्चिएर पनि सिमाना बाहिर पारिएका लाखौ नेपाली भाषी दाजुभाई तथा दिदिबहिनीहरु अझै नेपाली रगत बोकेर बाचिरहेका छन् । उनीहरु नेपाली बोल्छन् ,नेपाली पढ्छन् , नेपाली संस्कारमा रमाउछन् । उनीहरु अहिलेपनी नेपाली भाषाको अखवार पढ्न चाहान्छन् तर छिमेकी मुलुक भारतले नेपालका अखवारहरुलाई सिमा भित्र छिर्न दिएका छैन । नेपाली अखवारलाई बन्देज लगाएको छ । जव कि भारतको अखवारहरु भने निविर्वाद बिहानै नेपाल प्रवेश गरी घरघरै बिक्रि गरिन्छ । पश्चिम बंगालस्थित दार्जिलिङ्ग, सिक्कीम, सिलगुडी, आसाममा गरी झन्डै १५ लाख नेपालीहरु बसोबास गर्छन । नेपालका अखवारहरु त्यता लैजान सके नेपाली अखवारको बजार बिस्तारमा बिकास हुने निश्चित छ । जसबाट बिदेशमा वस्ने  नेपाली भाषीहरुलाई भाषा शुद्धिको ज्ञान पनि बढ्ने थियो  र आफनो मातृभूमीको समाचारवाट पनि अज्ञात रहनु पर्ने थिएन ।  यदी भारत सरकारले नेपालमा आफ्नो अखवार पठाउन मिल्छ भने नेपालले भारतको नेपाली बहुल क्षेत्रमा पठाउन किन नमिल्ने ? संचार  क्षेत्रमा समेत भारत वाट गरीएको यो विभेदपुर्ण नीतिको वारेमा  पत्रकार महासंघले सम्बन्धित सरकार प्रमुखहरु सूग किन कुरा नचलाउने ?

प्रश्ताव नं.२

नेपाली पत्रकारिताले केही फडको मारे पनि पत्रकारहरुको आर्थिक अवस्थामा भने खासै सुधार आउन सकेको छैन । रातदिन खटे अनुसारको तलव, भत्ता, पेन्सनको ब्यवस्था नभई दिदा परिवारको खर्च धान्नै मुश्किल पर्छ । यस्तो अवस्थामा घरमा दुख, बिराम परेमा त झनै ठूलै आपत आइपर्ने तितो अनुभव पत्रकारहरुले भोग्दै आएका छन् तसर्थ महासंघले अधिवेशन सेमिनर, गोष्ठि मा ठूलो रकम खर्च गर्नु भन्दा सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य बिमा गराई दिए ठूलो राहत हुने कुरामा दूईमत छैन तसर्थ यि २ प्रस्तावलाई राखिदिन पूर्वका साथीहरुलाई अनुरोध गर्दछु ।

 

जिल्ला अधिवेशनको लेखाजोखा

 

जिल्ला जिल्लाको अधिवेशन सम्पन्न भइसेको छ । सदा झै यस पटक पनि संस्थाले नयाू सदस्यता बितरणमा पक्षपात भयो भनी केही जिल्लामा हो(हल्ला भयो तर अधिकांश क्षेत्रमा शान्तीपूर्वक नयाू नेतृत्व छनौट भएको छ  । हाम्रो जिल्ला सुनसरीमा पनि दूई महिना अघि अधिवेशन भएको थियो । झन्डै २५० जना सदस्य भएको सुनसरीका पत्रकारवीच पनि सहमतीमा नेतृत्व चयन हुन सकेन फलस्वरुप चुनाव नै भयो । चुनाव हुदा गत कार्य कालकै सभापती केशव घिमिरेको नेतृत्वमा नयाू कार्य समिती बनेको छ । हुनत अढाई सय  सदस्य भएको जिल्लामा अरु मान्छे नै नभए जस्तो एकै ब्यक्ति पटक पटक छानिनुलाई राम्रो संकेत मान्न सकिन्न । तर यसले अर्को सन्देश चाहि के पनि दिएको छ भने केशव घिमिरे पछाडीका छिमल पत्राकारहरु अझै नेतृत्वको लागि परिपक्क भइसकेका छैनन् । सभापती बन्न चाहाने हरुले अझै आफूलाई परिमार्जन गर्नु पर्ने धेरै कुरा रहेछ भन्ने बुझ्न जरुरी छ । २०५५ सालमा यो पंक्तिका नेपाल पत्रकार महासंघ सुनसरीको सभापती पदमा निर्वाचित हुदासम्म पजातान्त्रिक र प्रगतिशिल पत्राकारहरु बीच सहमती र सहकार्य भएर नै नेतृत्व चयन हुने गथ्र्यो । केन्द्रिय पार्षदको पदहरुमा त सिनियर पत्राकारहरुलाई स्वतह चयन गरि सम्मान गरिन्थ्यो । तर अहिले त्यो सम्मान र सहकार्यको भावना हराएर गएको पाइयो । जिल्ला अधिवेशनको बेला केन्द्रिय पार्षदहरुको मतगणना पत्रमा ८÷१० जना साथीहरुले आफूलाई मात्र एक छापे भोट लागेको फेला परेको थियो । यो ज्यादै चिन्ताको बिषय थियो । यो आत्मापरक मानसिकता अन्तत पत्रकारीताकै लागी कै लागि घातक सिद्ध हुने देखिन्छ । पत्रकारिता वास्तवमा सामूिहक कार्यमा आधारित पेशा हो । एक जनाले जति नै राम्रो समाचार लेखेपनि त्यो समचारलाई टाइप हान्ने, छाप्नेले समयमा काम गरि दिएन भने त्यो समचारको कुनै अर्थ रहदैन । । एउटा पत्रकारले मात्र संगठन पनि चल्दैन । बरु अहिलेको संक्रमणकालिन अवस्थामा हामी जति संगठित बन्न सक्यौ त्यती नै हाम्रो पेशा सुरक्षित रहन सक्छ तर आफुलाई मात्र भोट हाल्ने आत्माकेन्द्रित साथीहरुले स्वार्थी र संकुचित भावनाबाट माथि उठ्न जरुरी छ । अरु प्रति निषेधको  भवनाले अन्तत आफु र आफ्नै संगठनलाई खती हुन्छ भन्ने कुरा खै बुझेको ?

अढाई सय सदस्य भएको सुनसरी पत्राकार महासंघमा महिला पत्राकारको संख्या २० प्रतिशत पनि पूग्दैन । चुनावमा उठेका केही महिला पत्राकाहरु जो पार्षद र कार्य समीतिमा मा चुनिनु पथ्र्यो तर वहांहरुलाई हराइयो । यो पनि एक खडकिन्दो बिषय बनेको छ । महाधिवेशन भनेको भोज खान र रमिता हेर्न जाने राूके मेला होइन ।आफ्नो पेशागत समस्याहरु वारे बहस गर्ने, प्रस्ताव लैजान सक्ने, जिल्लाको समस्या स्पष्ट राखेर बोल्न सक्ने साथीहरु पार्षत बनेर भाग लिने थलो हो । तर हामीबाटै महिला साथीहरुलाई त्यस्ता सुनौलो अवसर बाट बन्चित गराउन खोज्छौ भने महिला हक हितको लागि ओकालत गर्नुको औचित्य के रह्यो ?

 

म पनि हारे ।

 

धेरेलाई थाहा नहुन सक्छ यो पटकको चुनावमा म पनि केन्द्रिय पार्षदको उमेद्वार थिए । मतगणामा मैले ६५ भोट ल्याएछु । एक मत कम आएकोले अधिवेशनमा भाग लिन नपाउने भएको छु । तर पार्षद बन्न नपाएकोमा धेरै साथीहरु ज्यादै दूखि भएको मैले पाए । कति त रुए पनि तर मलाई भने यो हार  जित भन्दा एकरत्ति कम लागेको छैन। म खुसी नै छु । किनभने यो मत मैले भोट नमागी प्राप्त गरेको थिए कमसेकम ६५ जना साथीहरुले मतदाता नामावलीमा मेरो नाम देखेर मत दिएका थिए । यो म प्रति देखाउनु भएको माया र विश्वास सम्झिएको छ ु ।  यो पटक उमेद्वार बन्ने मेरो कुनै योजना थिएन । बिहान अधिवेशन हलमा पुगेपछि साथी बिमल शाक्य र भवानी बराल ज्युले पार्षदमा नामाङ्कन पत्र भरिराख्नृ होस है यो पटक केन्द्रिय पार्षदमा पूर्व सभापती र सिनियर पत्राकारहरुलाई सहमतीमा चयन गर्ने जस्तो कुरा छ भनेर हुटहुटी लगाउनु भएपछि मैले नामाङ्कन पत्र भरेको थिए । तर वेलुकि सम्म पनि  सहमती हुने छाट नदेखिएपछि मैले उमेद्वारी फिर्ता लिने प्रयास पनि गरेका थिए । तर निवाचन आयुक्त टंक न्यौपाने सरले अव फिर्त लिदा उल्टो २ सय जरिवाना पनि लिनुपर्छ, भोट दिने ठाउमा बसेर मलाई मत नहाल्नु होस है भनी भन्नु पर्ने अरे । नाम फिर्ता लिन पनि ठूलो झन्झट देखेर पछि सम्म  म भोट नमागी  चुपचाप बसेको थिए ।  प्राय सवै   साथी हरुको  नाम कसैको  प्रगतीशिल पक्षको सूचीमा कसैको प्रजातान्त्रिक समूहको सूचिमा नाम थियो तर मेरो कुनै पार्टी, समूहको लिस्टमा पनि नाम थिएन । यद्यपी भोट भयो मलाई ६५ जना साथीहरुले मत दिएछन् । उनीहरुको माया तथा सदासयता प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

केही बर्षदेखि म पत्रकारितामा पूर्णकालिन हुन नसके पनि स्वतन्त्र पत्राकार भएर समाचार सम्प्रेशण गरि रहेको छु । यधपी पत्रकारिताको विकासमा ब्लाष्ट टाइम्स, मर्निङ्ग टाइम्स जस्ता आहिले पूर्वाञ्चलमा नै नाम कमाएका अखवारहरु जन्माउन शूरुका दिनमा केही भूमिका निभाएका थिए जस्तो लाग्छ । अहिले राष्टिूय अन्तराष्टिूय स्तरमा रिर्पोटिङ्ग गर्न सफल केही पत्राकार भाइहरुलाई पत्राकारितामा आउन प्रेरणा दिन सके । नेपाल पत्राकार महासंघमा एक कार्य काल सभापती र तिन कार्यकाल सचिव भएर पत्राकार साथीहरुको सेवा गर्ने मैका पाएको थिए । पत्राकारिता पेशाभित्रको चरम सुख दुृखका अनुभव र मैले सिकेको ज्ञान र अनुभवलाई मृत्युपरान्त बाड्न चाहान्छु । किन भने पत्रकारीता मेरो लागी शिल्पकला हो । ananda_stha@yahoo.com

 

 

Add your comment

Your name:
Subject:
Comment: