आनन्द श्रेष्ठ
“राष्ट जागरणको लागी कुम्भमेला” नाराको साथ प्रारम्भ भएको एक महिने पिण्डेश्वर पूर्णमहाकुम्भ मेला बैशाख १९ गते अपार सफलताको साथ सम्पन्न भएको छ । नेपालको ईतिहासमा नै पहिलो पटक यति लामो समयसम्म देशभित्र बाहिरबाट आएका झण्डै २५ लाख तीर्थयात्री मेलामा सहभागी भएर रेकर्ड कायम राखेको छ । पहिलो पटक सरकार आफै अग्रसर भएर आयोजना गरिएको यो धार्मिक मेलामा पहिलो हप्तासम्म खासै मानिसहरुको उपस्थिती देखिएको थिएन । तर एक हप्ता पछि देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत पूर्व राजा, मन्त्रीहरुको आगमन हुन थाल्यो । त्यहाँ देखि तीर्थयाात्रीको लस्कर बढेर एकदिनमा एक लाखसम्म मानिसहरु कुम्भ स्नान गर्न आएका थिए ।
कुम्भमेला एउटा धार्मिक अनुष्ठानको लागि भए पनि यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठुलो भूमीका निभाएको पाईयो । पूर्वदेखि पश्चिम महाकाली सम्मका नेपालीहरु गाडी रिजर्भ गरेर कुम्भ स्नानमा आए । उनीहरु चतराधामको कुम्भ स्नान पछि सिधै धरान आएर भेडेटार, धनकुटा, ईलाम सम्म पुगेको पाईयो । सामुदायिक बन, धार्मिक संघ संस्थाका मानिसहरु आएको कुरा गाडीमा टाङ्गिएको व्यानर हेरेर थाहा हुन्थ्यो । भारतको दार्जिलिङ्ग, सिक्किम, आसाम, विहार, हरिद्धारबाट पनि पर्यटकहरु आएका थिए । मेलामा त्यत्रा मानिसको चहलपहल भए पनि कुनै दुर्घटना भएर तीर्थयात्रीहरु घाइते भएको, मरेको अप्रिय समाचार सुन्न परेन । यो पनि एउटा रामे संयोग, चमत्कार नै मान्नु पर्छ । पुरै राष्ट्र लागेर सम्पन्न गरेको कुम्भमेला सम्पन्न भएपनि यसको बारेमा समिक्षा गोष्ठि भएको समाचार भने कतैबाट सुन्नमा आएको छैन । निकैे ढिलो गरी यो लेख तयार गर्दा सम्म पनि कुम्भमेला वाट प्राप्त आर्थिक, सामाजिक, धार्मिक राजनीतिक लाभ हानीको वारेमा कतेैवाट आधिकारीक लेखाजोखा , टिक्काटिप्पणी समिक्षा भएको पाईएन । आगामी दिन अझ सफल तुल्याउन के गर्नुपर्छ ? कमी कमजोरीहरु कहाँ के रहृयो ? भन्ने कुराको गोष्ठी नै आयोजना गर्नु पर्नेमा यो पतिmकारको सुझाव रहेको छ ।
कुम्भका कमी कमजोरीहरु
सधैँ जस्तो जिल्ला विकास समिति सुनसरीको तत्परतामा संचालन हुने कुम्भमेला यो पटक स्वयम नेपाल सरकारले नेतृत्व लियो । यो सकारात्मक पक्ष थियो । तर सरकारले कुम्भको लागी छुट्याएको १ करोड बजेट भने ज्यादै न्यून रकम मान्न सकिन्छ । पर्यटन प्रवद्र्धन गर्ने भनेर नेपाल पर्यटन वोर्ड मार्पmत अरबौं रुपैया छुट्याएर करौडौंको भ्रष्टाचार गर्न वोर्ड अध्यक्षलाई छुट दिने सरकारले लाखौं पर्यटन आकर्षित हुने कुम्भमेलालाई भने किस्ता किस्तामा गरी १ करोड बजेट दिनुले सरकार स्वयमले उचित कार्यक्रममा खर्च गर्न सक्दैन भन्ने कुराको पुष्टि पनि गरीदिएको छ ।
भ्रष्टाचारीको अभियोग लागेर जेल पसेको गोविन्द राज जोशी जस्ता कांगे्रसका नेताहरु कुम्भ कै समय विरामी पर्दा विदेशमा उपचार गर्न लाखौं रुपैयाँ सहयोृग गर्ने सरकारले कुम्भमेलामा पनि २ करोड खर्च गरेर सडक कालोपत्रे गर्न सकेन । जस्को कारण धुवाँ, धुलो, गर्मीले हजारौं तीर्थयात्रीहरु विरामी भएका थिए । दुषित पानी वितरण गरेको कारण धेरेै लाई जण्डिसले समाएको थियो । भनिन्छ कुम्भमा जंण्डिस लागेको मानिसहरु नै विराटनगरमा जंण्डिस आतंका पात्र वनेका थिए । देशका कुना कुनाबाट आउने पर्यटकहरुको एउटै गुनासो थियो – “ठाउँ र मेला त राम्रो हो तर कच्ची बाटो र धुलोले चै हैरान बनायो ।”
धरानेहरु को त मुखमा थेगो नै हुन्छ् –“चतरा, बाटो नै खतरा”
प्रचार प्रसारको कमी
आयोजकहरुले यो कुम्भमेलालाई भारतमा लाग्ने कुम्भमेलासँग दाँजेर लगाएका थिए । तर भारतको कुम्भमेलामा सरकार र स्थानिय जनताले एक वर्ष अगाडि देखि नै तयारी गरी प्रचार प्रसार गर्ने गरेका छन् । तर यहाँ प्रचार प्रसारको नाममा पिण्डेश्वरमन्दिरबाट अमृतघडाको यात्रा गरीयो , दुईजना जोगीहरुको आश्रमवाट आफ्नै प्रकारको पर्चा पम्पलेट प्रकाशित भएको थियो त्यति हो । कुम्भमेलाको बारेमा स्थानिय अखबार, रेडियो, टेलिभिजन मार्पmत विज्ञापनको रुपमा प्रसार्रसार गर्ने काम प्राय शुन्य थियो । कुम्भमेला भनेको जति धेरै मानिस निम्त्याउन सकियो त्यति सफल मान्न सकिन्छ । जसको लागि रामे प्रचार प्रसार हुनुपर्ने थियो । कुम्भमेलामा भारतका पर्यटनलाई आकर्षित गर्न भारतका चर्चित आस्था च्यानललाई ल्याउन श्री कृष्णदासजी महाराजले भरमग्दुर प्रयास पनि नगेरेका होइनन् तर सरकारबाट प्राप्त रकम जगतगुरु बालकृष्ण महाराजको कब्जामा भएकोले च्यानललाई दिने खर्च उपलब्ध नगराउँदा भारतमा प्रचार नै हुन सकेन भन्दा पनि हुन्छ । दैनिक २५ करोड दर्शकले हेर्ने आस्था च्यानल मार्पmत मात्र प्रचार प्रसार गर्न सकेको भए भारतिय तीर्थयात्रीको घुँइचो लाग्ने थियो भनि स्वयम भारतबाट आएका पाईलट बाबाले आयोजकलाई बताएका थिए ।
धराने जनताको उदासिनता
वास्तवमा कुम्भमेलाको मुख्य केन्द्रबिन्दु भनेको धरान १५ स्थित पिण्डेश्वर बाबाधाम क्षेत्र हो । शास्त्रका अनुसार देउता र दानव बीच समुन्द्र मन्थन गरी उत्पन्न भएको अमृतको घडाबाट चुहिएको अमृत जम्मा गरी पिण्ड बनाएर राखेको ठाउँ नै पिण्डेश्वर भनिएको हो । यसैको नाममा ‘पिण्डेश्वर पूर्ण महाकुम्भ’ भनेर नाम राखिएको थियो । मेला पिण्डेश्वरमा लाग्नुपर्ने हो तर सप्तकोशीमा स्नान गरी पिण्डेश्वरमा आएर जल अर्पण गरेपछि मात्र कुम्भमेला आउनुको औचित्य सिद्ध हुने शास्त्रमा उल्लेख छ । यो मेलाको शुरुको दिन पिण्डेश्वर मन्दिरबाट ७ वटा अमृतका घडा निकालिएको थियो तर यहाँ कुनै मेला लागेन । यसो हुनुमा आयोजक, जोगी सन्तहरुको कुनै दोष देखिन्दैन । बरु धरान नगरवासीले नै आफ्नो ठाउँको महत्व बुझ्न नसक्दा पर्यटक भित्र्याइ आर्थिक लाभ दिने ठुलठुला अवसर गुमाउदै गएको देखिन्छ । कुम्भमेलाको वेला पिण्डेश्वर मन्दिरमा पनि ठुलो मेलाको आयोजना गरिएको भए त्यहाँ आएका लाखौं तीर्थयात्रीहरु एक महिनासम्म धरान पनि आउने थिए । तर यो कुम्भमेलामा यहाँका जनताले आफै सहरको एउटा मन्दिरको नाममा लागेको त्यत्रो मेलामा आउने अनगिन्ती पर्यटकहरुको स्वागत सत्कारको लागि एउटै स्वागतद्वार समेत बनाएको पाईएन । कुम्भमेलाको लागि यहाँको आर्थिक, बौद्धिक, सामाजिक संघसंस्था, उद्योग बाणिज्य संघ, धरान नगरपालिकाले देखिने खालको कतै कुनै भूमिका खेलेको नदेखिनु ज्यादै दुःखको कुरा थियो । कुम्भमेलामा काठमाण्डौ, धादिङ्ग लगायत देशभरीका तीर्थालुहरु आएर स्वयमसेवक भई खटिएको देखिन्थ्यो । विराटनगरका मारवाडी समुदायले १ महिना भरी कुम्भमेलामा आउने लाखौं मानिसलाई रातदिन निशुल्क भोजन बनाएर सच्चा सेवा भावले महान उदाहरण प्रस्तुत गरेका थिए । साच्चै भनौ भने सरकारले पनि गर्न नसक्ने काम उनीहरुले गरेर देखाएका थिए । तर
धरान, इटहरी, इनरुवा, झुम्काका जनताले चतराधाम पुगेका तीर्थयात्रीहरुलाई शुद्ध पानी पनि खुवाउने मनग्य व्यवस्था गरेको पाईएन । त्यो भन्दा लज्जासपद अरु के हुन सक्छ र ?वरु उल्टो ईटहरी,विराटनगर झापाका मिनिरल वाटर उद्योगहरुले खाली बोटल छैन भनेर कृत्तिम अभाव खडा गरी २० रुपैयाँको पानीलाई ५० रुपैयाँसम्ममा बेच्न भ्याएका थिए । धरानमा पर्यटकहरु आएर होटल धर्मशालामा खचाखच वसेको वेला खानेपानी संस्थानले पानी त दिएन दिएन तरहरावासीले समेत टयाडकरलाई पानी दिन रोक लगाएर ठुलो आपत श्रृजना गरी दिएको थियो ।खान र बस्नको अभावमा, दुषित पानी खाएर घर फर्किएका विराटनगरका तीर्थालुहरुमा जण्डिस देखा परेकोले हाल विराटनगरमा पैmलिएको जण्डिसको महामारी कुम्भ मेलाको उपहार हो भन्ने पनि गरीन्छ ।
कुम्भको अमृत क–कस्ले पिउन पाए ?
देउताहरुले लुकाएर राखेको अमृत पान गर्न कुम्भमेलामा आएका लाखौं तीर्थयात्रीहरुले अमृत पान त के शुद्ध पानी पनि खान पाएनन् । तर कुम्भ मेला भरि सबैभन्दा बढी फाईदा चाहिँ धरान, ईटहरी भेडेटारका यातायात र होटल व्यवसायीहरुले उठाए । सधैँ जसो हाई काढेर बस्ने गाडीवालाहरु बिहानैदेखि पैसा कमाउन व्यस्त हुन्थे। अनि बेलुकी अमृत (वियर) खाएर मस्त हुन्थे । कुम्भमेलालाई कति आर्थिक सहयोग गरे त्यो आयोजकलाई थाहा होला तर उनीहरुले कुम्भमेलाको प्रचार प्रसारको नाममा एउटा व्यानर सम्म पनि राखेको कतै भेटीएन । त्यस बाहेक कुम्भमेला आयोजक कमिटीले पनि राम्रै आम्दानी गरी अमृतपान गर्न सफल भएको देखिन्छ । सरकारले बाटोघाटो, खानेपानी, संचार, सुरक्षाको व्यवस्था गरेको थियो भने खानपानको लागि मारवाडी समूदायले सम्पूर्ण जिम्मेवारी लिएका थिए । मुख्य खर्चहरु अरुले गरिदिएपछि सरकारबाट प्राप्त १ करोड र सर्वसाधारण तीर्थयात्रीबाट प्राप्त चन्दादानहरुको ठूलो रकम कहाँ कसरी खर्च भयो भनी प्रश्न उठीरहेको वेला हालैे पत्रकार सम्मेलन गरेर हिसाव सार्वजनिक गरीए पनि एक महिने मेलामा सवै आम्दानी १ करोड ४४ लाख मात्र भयो भनेर पत्याउने ठाउ अलिक कमै देखिन्छ । यस्ता कुरा सार्वजनिक नगरीदेओस भन्ने आशयले पनि हुन सक्छ मेलामा रातदिन खटने अन्य पेशाका मान्छेहरुलाई छाडेर सम्मेलनका दिन दर्जनौ पत्रकारहरुलाई सम्मान गरेर मुखमा वुच्चो लगाई दिएका थिए । यस हिसावले हेर्दा कुम्भको अमृतपान धेरथोर आयोजकहरुले गरेछन भने पनि हामीले ठुलो आश्चर्य मान्नु हुदेैन ।
कुम्भमेलामा हिन्दु राजनीति
कुम्भमेलाको विशेषता र महत्व आर्थिक, धार्मिक र आध्यात्मिक भए पनि नेपाल भारतका केही नेता र बाबाहरुले भने यसलाई राजनिती रुपमा पनि प्रयोग गरेको पाइयो । खास गरी नेपाललाई हिन्दुराष्ट्र घोषणा गराई छाड्ने राजनिती मुद्दा बोकेर चुनाव लडेका राष्टिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, पूर्व राजा ज्ञानेन्द्र शाह, पाईलट बाबा, विश्व हिन्दु परीषदका सल्लाहकारा अशोक सिंघल जस्ता नेताहरुले यहाँ आएर कुम्भमा स्नान मात्र गरेनन नेपालको सम्बिधानमा हिन्दुराष्ट्र लेखिनुपर्ने जिकिर पनि गरेका थिए । त्यसो त मेला आयोजक कमिटीका दुई खम्बा मानिने जगतगुरुबालसन्त र महायोगी डा. कृष्णदास महाराजश्री स्वयम पनि हिन्दुराष्ट्रको पक्षमा खुलेरै लाग्ने जोगीहरु भएकोले कुम्भमेलामा बोलाइएका अतिथीहरुबाट हिन्दुराष्ट्र बारेमा कुरा हुनु अनौठो कुरा होइन । तर धर्म निरपेक्षको सवालमा राष्ट्र एक भएर अधि बढी सकेको अवस्थामा शान्तिको लागि पूजापाठ, होम, जपतप गर्ने जोगीहरुबाटै देशमा हिन्द राष्टको वखेडा झिकेर अशान्ति फैलाउन खोज्नु लाई कदापी राम्रो मान्न सकिन्न । जगत गुरुको पदवी दिनमा ठुलो हात रहेको विश्व हिन्दु परीषद भारतका सदस्यहरुलाई देउता नै जस्तो मान्ने जगतगुरु वालसन्त र मुल संयोजक शिवहरी वास्कोटाले विश्व हिन्दु परीषद भारतका सल्लाहाकार आशोक सिंघललाई हाम्रो देशको प्रधानमन्त्री शुशिल कोईरालासंगै मेलाको उदधाटन गराएर प्रधानमन्त्रीको ठुलो मानहानी गराएका थिए । हाम प्रधानमन्त्री र विश्वहिन्दु परीषदका सदस्यको मर्यादाक्रम विर्सने हिन्दुअतिवादीहरुको दवदवा मेलामा रहिरहेको थियो । हिन्दुवादी नेता कमल थापा र केही जोगीहरुले उम्साएको भरमा कुम्भमेलाबाट फर्किएर गएका केही मानिसहरुको भीडले काठमाडौंमा गाई काट्न पाइन्दैन, धर्म निरपेक्ष चाहिन्दैन भन्ने जस्ता नारा लगाउँदै जुलुस पनि निकाल्न भ्याए । जुलुस निकाल्नु नारा लगाउनु उनीहरुको अधिकारको कुरा हो । तर शान्ति, भाइचारा र सह अस्तित्व भन्ने कुम्भको सन्देश लिएर घर फर्कनुपर्ने हिन्दुुवादीहरुले देशको महत्वपूर्ण संविधान बनाउने बेलामा लगाएको यो नाराले राम्रो संकेत चाहिँ पक्कै दिएको छैन ।
कुम्भको अर्थ र महत्व कस्ले वुझाउने ?
कुम्भमेलाको अर्थ के हो ? भन्ने विषयमा यो पटक धेरैेको लागी चासोको विषय वन्यो । तर यस वारेमा आयोजकहरुले हिन्दु शास्त्रमा उल्ल्ोखित देउता र दानव वीचको अमृत मन्थनको किम्वदन्तीलाई मात्र उजागर गनेृ कोशिस गरेको पाईयो । यसो गर्दा मानिसहरुले कुम्भको अर्थ र महत्वलाई धार्मिक परम्परागत ढगवाट मात्र वुझेको पाईयो । जस वाट खासै आत्मिक, आध्यात्मिक लाभ उठाउन सकेनन । तर कृष्णदास जी महाराजले भने १२ वर्षमा एक महिना भरी केहि निश्चित स्थानमा सवै ग्रह नक्षत्रहरु को उर्जा एकत्रित हुने भएकोले त्यस्तो वेला स्थानको पहिचान गरी स्वच्छ शुद्ध भई जपतप गरी एक महिना अध्यात्मिक चिन्तनमा मनलाई लगायौ भने हाम्रो शरीर र विचारले राम्रो उर्जा, आत्माशान्ती प्राप्त गर्न सक्छ भनेर केहि ज्योतिषिय आधार दिन खोजेका थिए ।
आत्मशान्ति भनेको अमृतपान समान भएकोले यहाँ अमृतको घडाको कुरा उठाईएको हो । देउता र दानवले समुन्द्र मन्थन गरी अमृत उत्पन्न गरेको भन्ने कुरा एउटा प्रतिक मात्र हो । देउता र दानव भनेको हाम्रो मन चेतनामा भरिएको राम्रो र नराम्रो सोच विचार बीचको मन्थन हो । अर्थात “मनको मदानीमा राम्रा नरामा्र विचारहरुको मन्थन गरी निस्किएको सकरात्मक विचारलाई नै अमृत भन्न सक्दछौ ।” यसरी सकारात्मक विचारको मन्थन गर्न निश्चितरुपमा नै शान्त स्वच्छ स्थान,सम्यक आहार विहार हुनु आवश्यक छ । त्यस्तो पवित्र स्वच्छ स्थान भनेको सप्तकोशी जस्तो हिमालवाट वगेर आएको जगल, पहाड वीचको नदिनालाहरु नै हुन सक्दछ । त्यहाको चिसो पवित्र जलमा नित्य स्नान गरी, सादा भोजन गरी सकारात्मक विचार मात्र राखेर ध्यानमा बस्यौं भने निश्चय पनि त्यो मानिसमा जुन किसिमको अहोभाव, आनन्द प्राप्त हुन्छ त्यो नै अमृतको निर्माण हो भन्ने यो पंक्तिकार लाई पनि लाग्दछ ।
त्यो एक क्षण गएर फोहोर पानीले मुख धोएर सिंगडा र वरफ खादै फर्किदा कुम्भको असली लाभ प्राप्त हुदैन । यस्ता कुराहरुलाई कुम्भका जोगीहरुले कहिल्यै प्रस्ट्याउन सकेनन् । किनभने उनीहरु कुम्भमेलाको अर्थ र महत्वलाई आध्यात्मिक र वैज्ञानिक ढंगले पुष्टि गर्न तिर नलागेर हिन्दु ग्रन्थका कथालाई उल्टोपाल्टो व्याख्या गरी किम्बदन्त्तीलाई कथा बनाएर मान्छे भुलाउने परम्परागत. सोचवाट ग्रस्त देखिन्छन । जुन कुरामा अविलम्व सुधार ल्याउृन वान्छनिय देखिन्छ । दन्त्यकथाको वाचन र उखान तुक्काले मात्रले मात्र मान्छेको हर्दयमा भगवान प्रति दिगो आस्था र विश्वास वस्न सक्दैन वरु उल्टै धर्मको राजनीती गर्न, आफ्नो अखडालाई परिचित गराउन अनि आर्थिक संकलन गर्नु मात्र कुम्भको आयोजना गरीएको देखिन सक्छ ।
साँच्चि नै कुम्भमेला राष्ट्र जागरणको लागि हो भने धर्म सापेक्ष र निरपेक्षको कुरा छाडेर सबै धर्मका गुरुहरुलाइ पनि कुम्भमेलामा निमन्त्रण गरी विश्वशान्ति, मानव..कल्याण र वातावरण विनास जस्ता विषयमा चर्चा, गोष्ठि गराउँदा आयोजक पक्षको महानता अझ बढेर जाने थियो । कुम्भमेलाले धार्मिक सहिष्णुता, भाइचाराको सन्देश देशविदेशमा फैलाउने थियो । कुम्भले सवै धर्म, सम्प्रदायका नेपालीहरुलाई एउदै सुत्रमा वाध्न सक्ने एउटा आध्यात्मिक चिन्तनको साझा थलो वनाउने हाम्रो प्रयास हुन जरुरी छ । तर आयोजना पक्ष यति संकिर्ण भएकी लामो खोज अन्वेषण गरी चतरामा कुम्भमेला लगाउन शुरु गर्ने धरानका पण्डित स्वर्गीय छविलाल पण्डितलाई त कतै सम्झिएको पाईएन नै जिवित रहेका चतरा निवासी कवी मान वज्रचार्य लाई कुनै समारोहमा आसन ग्रहण गराईएको देखिएन ।
ईतिहास छोप्ने प्रयास
यो पटक कुम्भमेलाले अपार सफलता प्राप्त गरे पछि यो मेला कस्ले लगाउन शुरु गरेको हो भनि चासो वढ्ेको पाईयो । तर जगतगुरु वाल सन्त ले भने २०५९ साल देखि आफुले पुर्ण कुम्भ मेला लगाएको व्यापक प्रचार गर्न लगाए पछि केहि जोगि र धरान चतराका धार्मिक अन्वेषक, हरु रुष्ट वनेका छन । उनीहरुको तर्क छ कुम्भ मेलाको प्रारम्भ २०४५ साल माघ २५ गते सप्तकोशीमा सामुहिक स्नान गरी भएको थियो । तर ०४१ साल जेष्ठ १० गते सुनसरी साहित्यिक प्रतिष्ठानकाले देशव्यापी साहित्यिक यात्राको थालनी गरेको थियो । जसको संयोजक चतराका साहित्यकार , धार्मिक अन्वेषक कवी मान वज्रचार्य थिए । सोहि यात्राको सिलसिलामा सुनसरीका र्इृतिहासकार,साहित्यिकारहरुले भारतका गया , कुम्भ मेला भन्दा नेपालका कोशी ,गण्डकी वागमती, नारायणी नदि र मठ मन्दिर कम महत्वको नभएकोले यस्ता मेला , श्राद्धे गर्न नेपाल नै उपयुतm हुने प्रचारमा जुटेको स्वयम कवी मान वज्रचार्य वताउनु हुन्छ । वहाले यो पतिmकारलाई तत्कालिन समयमा कुम्भमेला लगाउन चतरामा वसेकोे भेलाको माईन्युट वुक पनि देखाउनु भएको थियो । जस अनुसार २०४५ माघ २५ गते पण्डित छविलाल पोख्रेलले वैदिक विधि अनुसार मन्त्रोचारण गर्दै चार दिशामा घट(ुकुम्भ) स्थापना गरेका थिए । सो घटको जललाई तत्कालिन विश्व हिन्दु महासंध नेपालका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद रीजाल ले सप्तकोशीमा लगेर विधिवत प्रवाहित गरेर सामुहिक स्नान गरी नेपालमा कुम्भको औपचारिक थालनी गरेको प्रमाणले वताएको छ ।नेपालको चतरा मा कुम्भ मेला लगाउन उपयुतm हुन्छ भनेर प्रेरणा दिने व्यतिmत्वमा स्वामी प्रपन्नाचार्य पनि एक हुन । यता सुनसरी जिल्लालाई धार्मिक पर्यटन क्षेत्र वनाउन कम्मर कसेर लागेका सुनसरीका राजनीतिज्ञ वंशी मोतmान र मुरारी सुवेदिको पनि कुम्भमेला प्रारम्भ गर्नुमा ठुलो भूमी रहेको ईतिहास पनि विर्सनु हुदैेन । पहिलो कुम्भ मेलाको शुरुवात गर्दा जिल्ला विकाश समिति सुुनसरीमा मोतmान उप सभापति थिए भने मुरारी सदस्य । वहाहरुले कुम्भकोलागी वजेटको व्यवस्था गरी जिविस कै संयोजकत्वका मेला लगाएका थिए । यसरी नेपालमा कुम्भ मेलाको शुरुवात गर्नेहरु जिउदो हुदाहुदै अश्वस्थमा हतोहतः भन्ने शैलीमा कुम्भ त पहिले देखिनै लागेको हो तर पुर्ण कुम्भ चाहि मैले मात्र लगाएको भन्ने खालको प्रचारमा वालसन्त महाराज लागेको हुनाले मान्छेमा भ्रम फैलिएको देखिन्छ । कुम्भको ईतिहासलाई छोप्ने काम कसैवाट नहोस र यसको लागी सरकारले एउटा कुम्भ मेला स्थायी समिति नै वनाएर यस वारे अहिले देखि नै अध्ययन अनुसन्धान गरी अभिलेख राख्ने, प्रचार प्रसार गर्ने काम गरे आगामि कुम्भ मेला लाई अझझ भव्य र व्यवस्थित गर्न मदत नै पुग्ने थियो ।
र अन्त्यमा,,,,,,,,,,,,,,,कुम्भका महारथी दुई योेगीलाई साधुवाद ।
कुम्भ मेलाको अपार सफलताले नेपालीहरु वीच धार्मिक,आध्यात्मिक जागरणमा टेवा त पुर्यायो नै त्यस वाहेक आन्तरीक पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदान उल्लेखनीय मान्न सकिन्छ । आन्तरिक राजनीतिक द्धन्द्ध संक्रमणकालिन अवस्था,आधुनिक रहनसहनवाट वाक्क दिक्क भएका जनतामा धार्मिक र आध्यात्मवाद तर्फ झुकाव वढदै गएको देखिन्छ । नेपाली समाजको यहि मनोदशा वुझेका दुई ठिटा जोगी जगतगुरु वालसन्त महाराज र सिद्ध योगी डा० कृष्णदासजी महाराजले सप्तकोशी स्थित चतराधामको महत्वलाई अन्तराष्टियकरण गरी दिएका छन । हिजो सम्म सुनसरीकै मान्छेहरुले राम्ररी ठम्याउन नसकेको चतराको आर्थिक,धार्मिक,प्राकृतिक र पर्यटकिय महत्वलाई आज देशव्यापी तुल्याई दिएका छन । हिजो सम्म चतरा भनेको मरेको मान्छे सेलाउने ठाउको रुपमा मात्र परीचित थियो । त्यो उजाड वन्जर स्थानमा आज ६० फिटको कुम्भस्तम्भ,६८ फिटको हनुमानको मुर्ति ,ठुलठुला मठ मन्दिर वगैचा को निर्माण भएका छन । निकट भविष्यमा नै नेपालकै एक मात्र आयुर्वेदिक विश्वविधालय संचालन गर्न कृष्णदास जी महाराज कम्मरकसेर लाग्नु भएको छ । यदि त्यस ठाउमा यी दुई जोगीहरु नआउनु हो भने आज त्यो वन्जर भूमीमा सुकुम्वासीको नाममा हुकुमवासीहरुले कव्जा जमाई सकेका हुन्थे । भएका रुखपात हरीयाली कितावको पानामा खोज्नु पर्ने हुन्थ्यो । माल पाएर चाल नपाउने हाम्रो देशमा विदेश वसेर सिकेर आउने जोगी र भोगी सवैले यस्तै रचनात्मक काम गरेर समाजलाई अधि डोर्याउनु पर्ने छ ।
नेपालको कुनाकन्दरामा जन्मिएर भारतमा वैदिक शिक्षाहासिल गरी अन्तत नेपाली समाजलाई धार्मिक र अध्यात्म विज्ञानको उज्यालो छर्न नेपालमा आएर लागी परेका यी दुई जोगीहरुलाई जति नै साधुवाद दिए पनि पुग्दैन । यधपी वहाहरुलाई साधुवाद । साधुवाद ।। साधुवाद ।।
ananda_stha@yahoo.com