HongKongNepali.com, The Next Media

Saturday
Jun 24th
Home विशेष लेख बहाकोट भञ्याङको लडाईं (इतिहास)

बहाकोट भञ्याङको लडाईं (इतिहास)

E-mail Print PDF
AddThis Social Bookmark Button

लेखक:रत्न काफ्ले

रामबाच्छा ८ स्याङजा

 

होबीर आलेको नेतृत्वले बाहाकोट भञ्याङको लडाईंमा केहि पछि हट्नु परेतापनि ३ दिन सम्म चलेको यस युद्दमा स्याङजाली बिरंगना नारीहरुले देखाएको अदम्य साहस र लफ्टन्नी खड्गकुमारीले आईमाईपट्टी समालेको कमान्डरीको बिंडो, झाँसीकी रानी लक्ष्मी बाईको युद्द कौशललाई बिर्साउने खालको थियो । स्याङजाबासीहरु पनि राणासाशनको लामो दमन, हुकुमी शासन र नुवाकोटे बडाहाकिमको मनपरि तन्त्रबाट वाक्क दिक्क भैसकेका थिए तैपनि त्यसको बिरोध गर्ने आँट कसैमा थिएन ।

 

 

बिश्वयुद्दको समाप्ति पश्चात नेपाल फर्केका गोर्खाली सैनिकहरु गाउँघरमा कता कति भित्रिई सकेका थिए र यिनीहरुलाई बेलायती सरकारले राम्रै शिक्षा पनि दिएर पठाएको थियो । आधुनिक युद्दकौशलताले निपूर्ण भू।पू। सैनिकहरुमा अर्काको देशकालागि ज्यानको समेत पर्बाह नगरि युद्द मैदानमा डटेर लडेको लामो अनुभब थियो । मुखिया र जिम्मुवालहरुले गाउँघरमा चलाएको सामन्ती शासन र गाउँघरमा गरेको थिचोमिचो उनिहरुले राम्ररी बुझेका थिए । बर्मा र मलायामा ब्रिटिस सेनाका तर्फबाट लड्दा नाङगो खुकुरी चम्काउँदै बैरीको हुलमा जाईलाग्दाका बहादुरीपूर्ण कथाहरु होबीर आलेका पिता लप्टन सुरबीर आलेले गाउँका ठीटाहरुलाई सुनाउने गर्थे । यस्ता बहादुरीपूर्ण किस्साहरु सुन्दा छोरा होबीरको रगत तातेर आउँथ्थो र लप्टन्नी पनि जोस्सिने गर्थिन । होबीरका बाबु शुरबीर अब बुढा भैसकेका थिए । ब्रिटिस सरकारको सेबाबाट अबकास लिई सकेका लप्टन शुरबीर आले कि धर्मपत्नी खड्गकुमारीको उमेर भने भर्खरमात्र ४५ को आसपास मै थियो । पैंचालिस बर्षको उमेर भनेको अधबैंशे उमेर नै भएकाले उनी जबानै देखिन्थिन् । आफ्नो श्रीमानबाट सुनेका साहसपूर्ण युद्दका कथाहरुले उनको सरिरमा त्यसैपनि उमङग ल्याईदिन्थ्थो । दोस्रोपल्ट पल्टनबाट छुट्टीमा आउँदा शुरबीरको बिबाह भएको थियो र त्यतिबेला शुरबीरको उमेर भर्खर मात्र ३० बर्षको थियो । बिबाहको पहिलो बर्षमा नै छोरा होबीरको जन्म भएको थियो । बाबुको बिंडो थाम्दै होबीर पनि बेलायती सरकारको सेवामा जागिरे बने र यसपाली बिदा मनाउन गाउँमा आउँदा बिबाह समेत गरेका थिए । आफु बेलायती सरकारको सैनिक सेवामा भएतापनि उनले लडाईंको अनुभब गर्न पाएका थिएनन् र निजामती सेवा अन्तर्गत सैनिक क्याम्प भित्रै उनी कार्यरत थिए । यसैले आफ्ना बाबुले बिश्वयुद्दमा देखाएको बहादुरीपूर्ण लडाँईंलाई बडो सम्मान र गर्बका साथ लिने गर्थ्थे र बाबुले सुनाएका युद्दका कथाहरुमा घोरिने गर्थे ।

 

देशभर राणाशासन बिरुद्दमा भित्र भित्रै जनताहरु जागरुक हुन थालिसकेका थिए । त्यहीं माथि बृटिस सैनिकबाट सेबानिबृत भएर गाउँमै बस्न थालेका शिक्षित सैनिकहरुको पनि कमि थिएन । होबीरले पनि बिदामा आएको मौका छोपी, नयाँकाम गरेर पल्टनमा फर्कने मनशाय बनाए र गाउँलेहरुलाई हुकुमी शासनबाट मुक्ति दिलाउने अठोट गरे । यो स्थितिमा, गाउँघरमा ‘को आफ्नो, को पराई’ भनेर छुट्याउन सजिलो थिएन । त्यतिबेला राणा शासनको बिरोध गर्नु भनेको देशद्रोह गर्नु जत्तिकै अपराध मानिन्थ्थो । होबीरले गाउँभरि बुझ्दा अस्पष्टरुपमा आफ्ना बिरोधीहरु एक दुई ब्यक्ति भन्दा बढी नभएको तथ्य पत्ता लगाए र पहिले उनीहरुलाई नै आफ्नो पक्षमा ल्याउनु पर्ने ठाने । ति ब्यक्तिहरु आफ्नै गाउँले र नातेदार समेत पर्ने भएकाले उनीहरुलाई आफ्नो पक्षमा ल्याउनका निम्ती आफूसंग भएको केही रकम थमाए र ‘गाउँका कुनैपनि गतिबिधिहरुको बारेमा सरकारीपक्ष समक्ष चुक्ली नलागाउनु’ भन्ने निर्देशन दिए ।

 

बाहाकोट भञ्याङमा कुनै त्यस्तो पूर्ब घोषित युद्द हुनेवाला त थिएन । गाउँमा, फाटफुट बिरोध गर्ने, सरकारी ब्यक्तिहरुलाई निसाना बनाउने , उनीहरुको आदेश नमान्ने ईत्यादी क्रियाकलापहरु पहिले देखि नै हुँदै आएको थियो । तर यतिले मात्र सरकारी निकायमा प्रयाप्त दबाब नपुग्ने हुँदा सबै गाउँलेहरुलाई एकजुट भै बिरोध गर्ने बातावरण बनाउनु जरुरी थियो र होबीरको प्रयास पनि यसैमा केन्द्रित थियो । यस् काममा उनकी आमा लफ्टन्नी खड्गकुमारी आलेले पनि साथ दिने भईन र महिलातर्फको नेतृत्व उनले समाल्ने भईन् । त्यतिबेला कोल्मा बाहाकोटका यिनै होबीर आले र हुकुम सिंह ठकुरीका परिबार खुलेरै राणाशासनको बिरोधमा लागि परेका थिए । यतिमात्र नभै नुवाकोटे बडाहाकिमले होबीरको टाउको ल्याउनेलाई मो।रु।१० हजार ईनाम समेत दिने घोषणा गरेका थिए ।

 

आसपासका सबै गाउँ तथा बस्तीहरुमा केहि दिन अगाडी देखि नै, पूर्बतयारी स्वरुप होबीरले खबर पठाए र गाउँका ठीटा ठीटी र आईमाईहरु बटुली प्रारम्भिक युद्दकला सिकाउँदै गए । बिद्रोहको ज्वाला स्याङजा र पुतलीबजार तिरपनि उत्तिकै दन्कँदै थियो । भित्र भित्रै क्रान्तिकारीहरु संगठीत हुँदै सरकार बिरुद्दमा लड्ने अन्तिम तयारीमा जुटीसकेका थिए । पर्चा र पम्पलेट छर्ने काम पनि जारी नै राखिएको थियो । सरकारी निकाय संगको प्रतिकारका निम्ती बाहाकोट भञ्याङ र यस आसपासका गाउँहरु ठुलाडिही, राङभाङ, डाँडास्वार, घ्याङदी, धोबादी, गैर्हा, कालठाँटी, गैंडाकोट, अरभेन आदि एउटै मोर्चाबाट लड्ने भए । यिनै गाउँहरुबाट युद्दका निम्ती सबैभन्दा बढी आईमाई केटाकेटीहरु संगठीत देखिन्थे ।

 

समुन्द्री सतहबाट झण्डै १४७२ मिटरको उचाईमा रहेको बाहाकोट भञ्याङ तात्कालीन राजनीतिक बिभाजन अनुसार पश्चिम-४ नं क्षेत्रको राजधानी नुवाकोटदेखि त्यति परको दुरीमा थिएन । तैपनि भौगोलिक बिकटताले गर्दा आवत जावतमा पक्कै पनि केहि कठिनाई भने अवस्य नै थियो । भर्खरमात्र जेठको पहिलो हप्ता चल्दै थियो । आसपासका बस्तीहरुमा छिटपुट युद्दको भनक देखिंदै थियो र सबैको मनमा एक किसिमको भय र आशंका ब्यप्त देखिन्थ्थो । कतिबेला के हुने हो कुनै ठेगान थिएन । सरकारी गुप्तचरहरु हतियार र लाठा सहित भञ्याङ आसपासमा कताकति सल्बलाउन थालिसकेका थिए । होबीरले आईमाई र केटाकेटीहरुलाई सतर्क गराउँदै गाउँका बारेमा कुनैपनि कुराहरु नबोल्न भनेका थिए । यो त एउटा क्रान्ति र बिद्रोहको लडाईं थियो । यसमा न त लडाईंको कुनै समयतालिका नै थियो न त कुनै त्यस्तो विशेष पूर्वतयारी १ गाउँको तारो त्यहि ब्यक्ति हुन्थ्थो जस्ले बिद्रोहको लागि गाउँलेहरुलाई संगठित गर्दै हिंड्ने गर्थ्थो र गाउँका ठीटा ठीटीहरुलाई जागरुक गराउने काम गर्थ्थो । सरकारको नजरमा होबीरको परिबार पनि यसै तारोको शिकार बन्दै थियो । तैपनि उनीहरु भित्र जागेको स्वतन्त्रता र उन्मुक्तिको भावनाले सबैलाई अभिप्रेरित गरेकै थियो । जुनसुकैबेला पनि सरकारी सेनाले बहाकोटमा हमला र धरपकड गर्ने स्थिति देखिएकाले, लप्टन्नी खड्ककुमारीले गाउँभरिका आईमाई र केटाकेटीहरुलाई सतर्क गराउँदै घरायसी हतियार सहित तयार रहनका निम्ती घरघरै भन्दै हिंडिन् । यसकार्यमा उनलाई साथ दिनेहरुमा दुईज्यान९दोजिया०भएकी ‘ललितकुमारी’ र भर्खरमात्र ६ दिनकि सुत्केरी ‘ठुली माईली’ थिए ।

 

बि.सं. २००७ साल जेठ ११ गते सरकारी सेनाले बाहाकोटमा शसस्त्र हमला गरे । होबीरको घर पहिले देखिनै तारो भएकाले अचानक सरकारी सेनाद्वारा उनको घर घेरियो । होबीर घरको आँटीमा बसीराखेका थिए । सरकारी सेनाले घर घेरेको थाहा पाई होबीरले पनि बन्दुक सहित आँटीको झ्यालबाट बाहिर निस्केर फाएर गर्ने मनसाय बनाए । केहि क्षेण पश्चात सरकारी सेना उनको घरभित्र पसे र खानतलासी गर्न थाले । यहि मौका छोपी होबीरले आफुसंग भएको बन्दुक सहित आँटीको झ्यालबाट हाम फाले र फाएर गर्दै घरमुनि तिर अरालो लागे । आफ्नो घरबारी, आसपासका गर्हा, गौंडा र गल्छेडाहरुका बारेमा उनलाई जत्तिको बढ्ता अरुलाई जानकारी हुने त कुरै भएन । केहबेरमै उनी अलापिए र सरकारी सेनालाई छेकन काटी फेरीपनि आफ्नै घरको पश्चिमपट्टीको गौंडोमा आएर लुकीछिपी फायरिङ गर्न थाले । गौंडाको महत्व उनले बुझेका थिए, यसैले गौंडाको आड लिई लुकीछिपी फायरिङ गर्नमा उनलाई कुनै कठीनाई भएन र आफूलाई सुरक्षित नै पाईरहे । बहाकोट भञ्याङमा सरकारी सेना प्रबेशगरि होबीरको घर घेरेको र फायरिङ सुरु भैसकेको कुरा आसपासका सबै गाउँ तथा वस्तीहरुमा डढेलो झैं फैलियो । बहाकोट भञ्याङ अब रणभूमि बनी सकेको थियो । आईमाई, केटाकेटी र गाउँका तरुना तन्नेरीहरु आफूसंग भएका हात हतियार सहित भञ्याङ आसपासमा जुट्न थाले । लप्टन्नी खड्ककुमारी र दोजिया ललितकुमारीले भञ्याङको पूर्बी गौंडो समाल्दै हातमा खुकुरी र लाठी लिएर आईमाई केटाकेटी संगै अगाडी बढे । उनीहरुका पछाडी लाग्ने सबैका हातमा हतियारका रुपमा लाठी, ढुङगा भरिएका झोला, गुलेली, गुयेंत्रो, हँसीया, बन्चरा, खन्ती र केहि संग खुकुरी समेत देखिन्थे । यसका साथ साथै स्वतन्त्रताका लागि उनीहरु भित्रको अदम्य साहस र आत्म(बलिदानी भावना नै प्रमूख हतियार थिए ।

 

भर्खरमात्र सुत्केरी बनेकी ‘ठूली माईली’लाई दोश्रो गौंडो समाल्ने जिम्ला लगाईयो र उनीसंगै पल्ला गाउँतिरबाट आएका केही आईमाई केटाकेटी र जबानहरु लड्ने भए । गाउँलेका तर्फबाट बन्दुक हुनेहरुमा होबीर र उनका केही साथीहरुमात्र थिए । सरकारी सेनाहरु भने बन्दुक, भाला र खुकुरीले सु-सज्जीत देखिन्थे । उनीहरुका अगाडी सबै गाउँले केटाकेटीहरु खुलेरै आमने सामने लड्न सक्ने अवस्था थिएन । तापनि यो लडाईं लामो समय सम्म चली नै रह्यो । लुकीछीपीको हानाहानले लडाईं पार लाग्ने नदेखिएपछि आफ्ना तर्फ सबैलाई उक्साउँदै लतितकुमारीले हिम्मत बटुलिन् र ज्यानको समेत प्रबाह नगरी एक हातमा लाठी र दोश्रो हातमा खुकुरी नचाउँदै सरकारी सेनामाथि खुलेआम जाईलाग्न अगाडी बढिन् । उनीसंगै लप्टन्नी खड्गकुमारी पनि पछी लागिन । यसरी यि बिरंगनाहरु अगाडी बढ्ने क्रममा सरकारी सेनाको फायरीङबाट ललितकुमारी ढल्न पुगिन् र खड्गकुमारीलाई पक्राउ गरियो । ललितकुमारी एकाएक ढलेपछि अगाडी बढ्नका लागि तम्तयार गाउँलेहरुको जथ्था केहीबेरका लागि पछाडी हट्न बाध्य भयो । लतितकुमारीको पेटमा गोलीले छेडेकाले उनी बाँच्ने अवस्थामा रहिनन् । केहीबेर पछिको अन्तिम स्वाससंगै उनले खड्ग कुमारीको मुखमा एक टकले हेरिन् र भनिन् “दिदी यि पातकीहरुलाई यसै नछाड्नु ।” मुस्किलले यतिमात्र के भन्न सकेकी थिईन् तत्कालै उनीसंगै उनको गर्भमा हुर्कँदै गरेको शिशुले समेत बीरगति प्राप्त गर्यो । ललितकुमारीको मृत्युले लप्टन्नी खड्ककुमारी, होबीर आले र अन्य गाउँले सबैलाई मर्माहत तुल्यायो । लुकीछीपी आ(आफ्ना तर्फबाट सबैले ढुङगा मुडा गर्दै रहे र सरकारी सेनासंग भिडी नै रहे । अर्कोतर्फ लतितकुमारीको मृत्युको खबरले उग्र बनेकी ठूली माईली समाली नसक्नु देखिईन् र बदलाको भावनाले झनै उन्मात्त बन्दै गईन् । ‘ललितेको मृत्युको बदला नलिई छाडदिन’ भन्दै उनीपनि हातमा बन्चरो र हसिंया नचाउँदै गौंडोबाट बाहिर निस्कीईन् र बैरी माथि एकाएक जाईलागिन् । केहि समय त उनी लडिनै रहिन् तर बलियो सरकारी शैन्यबलका अगाडी उनी एक्लैको केहि शीप लागेन र उनी पनि पक्राउमा परिन् ।

 

यो लडाईं २००७ साल जेठ ११, १२ र १३ गते तीन दिनसम्म चली नै रह्यो । सरकारी सेनाका अगाडी गाउँलेहरुको केहि सिप लागेन । २०-२५ जना जति पक्राउमा परे, जसमध्ये लप्टन्नी र ठूली माईली समेत पक्राउ पर्नेमा थिए । सबैलाई पक्रेर नुवाकोट पुर्याईयो । पछि थुनुवामा परेकाहरुलाई खर्चपानी पुर्याउन गएका हरिमान सिंह ठकुरीलाई पनि बडाहाकीमले नुवाकोट मै पक्रे र गिरफ्तार गर्न लगाए । होबीर आले पक्राउ परेनन् र फेरीपनि उनकै नेतृत्वमा हुकुम सिंह ठकुरी, ठान बहादुर ठकुरी, धन प्रसाद गुरुङ आदि ब्यक्तिहरु मिली संगठन बिस्तार गर्न तर्फ लागे । पछी यिनीहरु सबैको घर घेरियो तर कोही पनि फेला परेनन् । केहि समय पश्चात नुवाकोटे बडाहाकिमले होबीर आले र हुकुम सिंहको जायजेथा सहित सर्वस्व हरण गर्न लगाए । ( स्याङजा जिल्ला  तस्विर : बहाकोट सेवा समाज

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News