HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home विशेष लेख जीवन, जीवशास्त्रीय शैक्षिक भ्रमण र केही अनुभूति(यात्रा संस्मरण)

जीवन, जीवशास्त्रीय शैक्षिक भ्रमण र केही अनुभूति(यात्रा संस्मरण)

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्रबहादुर श्रीसमगर

समय गतिशील रहेछ, अनायासै बग्दो रहेछ, शालीन नदीजस्तै, सागरजस्तै । समयलाई कसैले रोकेर रोक्न र छेकेर छेक्न सक्तैन । वास्तवमा यस सृष्टिमा समय नै सबैभन्दा बलवान् रहेछ । हो, यस्तै क्रममा समयले यहाँ कोल्टो फेरेको छ ।

 

गाउँबाट पढ्न भनेर बाबु आमाले दुःखसुख गरेर सहर यानेकि सुन्दर पर्यटकीय नगरी पोखरामा पठाउनुभयो, मलाई ।  यो २०६२ सालको कुरा हो । पोखरामा आएर पृथ्वीनारायण बहुमुखी क्याम्पसमा विज्ञान सड्ढाय अन्तर्गत प्रवीणता प्रमाणपत्र तहमा प्रवेश परीक्षा उत्तीर्ण गरी भर्ना भएँ र पढ्न थालेँ । यस क्रममा पहिलो वर्षको अध्ययनका क्रममा थुप्रै नयाँनयाँ साथीहरूसँग मेरो चिनाजानी भयो । कति साथीहरूसँग हाँसोठट्टा र रमाइलो गरियो । जेहोस् दुःखसुख अनेकन बाधा व्यवधानका बावजुद पनि प्रवीणता प्रमाणपत्र तह (आई.एस्सी)को प्रथम वर्षको पढाइ पूरा भयो । त्यसपछि फेरि, द्वितीय वर्षका लागि भर्ना भइयो । पढाइ पनि शुरू भो, द्वितीय वर्षको  धेरै साथीहरूसँग धेरै प्रकारका कुराकानी भई नै रहे । कहिले पढाइको, कहिले राजनीतिको त कहिले सांगितिक , यस्तैयस्तै कुराहरूमा सवालजवाफ हुन्थे । छलफल र बहस चल्थ्यो साथीसाथीबीचमा । यसै क्रममा हामीले सबै साथीहरू मिलेर छलफल गर्यौ  र योजना बनायौं शैक्षिक भ्रमणका लागि भनेर । शैक्षिक भ्रमणका लागि थुप्रै गृहकार्यमा जुट्यौं हामी सबैजना । गृहकार्य गर्दागर्दै नेपालीहरूको ‘महान् पर्व’ बडा दशैं पर्व पनि आइहाल्यो । क्याम्पसमा बडा दशैं र तिहार पर्वको बिदा भएकाले सबैजना आ–आफ्नो घर गयौं, आ–आफ्नै रितीरिवाज र परम्परा अनुसार दुवै चाड मनाइओरी पुनः पोखरामा फर्कियौं ।

 

क्याम्पसमा भ्रमणका लागि भनेर रकम सड्ढलन तथा अन्य तयारीका काममा लाग्यौं सबैजना । हामीले सबै साथीहरूसँग सल्लाह गरी शैक्षिक भ्रमणको मिति निश्चित गर्यौ भने कहाँ जाने भन्ने दुविधा पनि हटायौं । हाम्रो शैक्षिक भ्रमणको गन्तव्यस्थल थियो, तत्कालिन विशाल नेपाल अन्तर्गत पर्ने हालको भारतीय भूमि बनेको सुन्दर पहाडी सहर दार्जीलिङ । इष्ट इण्डिया कम्पनीले भारतमा उपनिवेशको शासन चलाइरहेका बेला नेपाली भूमि थियो, दार्जीलिङ  तर, सुगौली सन्धिपछि भारतमा गाभियो, दार्जीलिङ, कुमाउँ, गढवाल, गोरखपुरलगायतका भू–भाग । भ्रमणको मिति २०६३ साल कात्तिक १५ गते थियो । कात्तिक १५ गतेका दिन हाम्रो भ्रमण शुरू गर्यौ । त्यसबखत हामी बिहान ठिक ७ बजे क्याम्पसको मूलद्वारमा जम्मा भएका थियौं । हामीले रिजर्भ गरेको बस पनि आइपुग्यो । भिडियोकोच बस भएकाले हामी निकै खुशी थियौं उतिबेला  र हामीले स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पस प्रशासनबाट भ्रमणको स्वीकृति लिएर भ्रमणलाई अघि बढायौं । सबैजना प्रफुल्ल थियौं । जीवशास्त्रीय शैक्षिक भ्रमण (बायोलोजिकल टुर)का लागि हामी १९ जना मात्र विद्यार्थी थियौं । हामीसँगै भ्रमण निर्देशक (टुर गाइड) गुरु हुनुहुन्थ्यो, भावा अमात्य  जो वनस्पतिशास्त्रका प्राध्यापक हुनुहुन्थ्यो । बस चालक एक जना स्याङ्तान थरका तामाङ दाइ हुनुहुन्थ्यो । त्यस्तै, एक जना विज्ञान प्रयोगशालाका कर्मचारी, बसका मालिक समेत हामीसँगै भ्रमण टोलीमा सहभागी हुनुहुन्थ्यो । हामीले भ्रमण शुरू गर्नुअघि आवश्यक पर्ने सबै कुराहरू प्याकिङ गरिसकेका थियौं । बगरको भीमकालीपाटनबाट नदीपुर, भीमसेनचोक (महेन्द्रपुल), लखनचोक (पृथ्वीचोक), चाइनापुल, पोखरा रङ्गसाला, इन्द्रचोक, बुद्धचोक हुँदै रामबजारस्थित भारतीय दूतावासमा पुग्यौं । हाम्रो भारत भ्रमण सहज होस् भन्नका लागि केही कागजपत्रहरू बनाउनका लागि हामी त्यहाँ गएका थियौं । त्यहाँबाट हामी भ्रमण स्वीकृति लिइसकेपछि रामबजारबाट हामी हिँड्यौं । रामबजारबाट हामी अमरसिंहचोक, पोखरा औद्योगिक क्षेत्र, चाउथे, विजयपुर, लेखनाथ नगरपालिका, कोत्रे हुँदै हामी तनहुँ जिल्ला प्रवेश गर्यौ। तनहुँ जिल्लाको दुलेगौंडा, खैरेनीटार, थर्पु बजार, ड्याम्बुले (दमौली), डुम्रे बजार, मस्र्याङ्दी जलविद्युत केन्द्र, आँबुखैरेनी हुँदै त्रिशूली पुल तरेर हामी चितवन जिल्ला प्रवेश  गर्यौ । चितवनको मुग्लिङ बजारबाट त्रिशूली नदीको किनारै किनारको यात्रामा त्रिशूली नदीको वेगले पनि हामीलाई पछ्याइरहेको भान हुन्थ्यो । हामी नारायणगढ, भरतपुर हुँदै मकवानपुर जिल्ला प्रवेश गर्यौ ।

 

मकवानपुरको हेटौंडामा हाम्रो भ्रमणको पहिलो बसाइँ भयो त्यतिबेला । हेटौंडाको सुविधा भोजनालय एण्ड गेष्ट हाउसमा हाम्रो बास रह्यो । भोलीपल्ट बिहानै ५ बजे उठेर फेरि हाम्रो यात्रा पुनः चालु भयो । छोटो दिन र लामो रात भएकाले होला, अझै उज्यालो भने भइसकेको थिएन, त्यतिबेला । एकाबिहानै यसरी उठेर हिँड्दा हामीलाई निद्राले सताइरहेको थियो । भोकले पनि हैरान भएका थियौं हामी । तैपनि, बसभित्र हामी गाउँदै, नाच्दै रमाइलो गर्दै यात्रारत थियौं । यतिकैमा हामीले मकवानपुर जिल्ला पनि पार गरिसकेछौं । त्यसपछि हामी रौतहट जिल्लामा प्रवेश गर्यौ। रौतहटको चन्द्रनिगाहपुरमा पुगेर हामीले चियानास्ता  गर्यौ । उतिञ्जेलसम्म हामी सबैजना ठिक थियौं । चियानास्ता भइसकेपछि हामीले पुनः यात्रा थाल्यौं । हामी यात्रारत बसका चालक गुरुजी निकै मिलनसार र मिजासिलो हुनुहुन्थ्यो र बसका मालिक पनि उस्तै रमाइलो । यसरी यात्रा गर्दागर्दै रौतहट जिल्ला पार गरेको पनि पत्तै भएन हामीलाई । हामी सर्लाही जिल्ला प्रवेश  गर्यौ। विभिन्न कुराहरू र प्रसङ्गहरू निकाल्दै गुरुजीले बेला–बेलामा हँसाइरहनुहुन्थ्यो भने हामी पनि हाँसिरहन्थ्यौं । सर्लाही जिल्ला कटेपछि हामी महोत्तरी जिल्ला प्रवेश गर्यौ। ठाउँ–ठाउँमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा भएको दशवर्षे जनयुद्धका योद्धाहरू अर्थात् जनमुक्ति सेना, नेपालका चेकपोष्टहरू प्रायः भेटिन्थे । त्यस्तै, केही नेपाली सेना र सशस्त्र प्रहरी बलका पनि चेकपोष्टहरू थिए । कुनै ठाउँमा जनमुक्ति सेना, नेपालको सहयोगार्थ भनेर शुल्क पनि उठाइरहेका थिए । यसरी महोत्तरी जिल्लाका विभिन्न समथर फाँटहरू छिचोल्दै हामी धनुषा जिल्लामा प्रवेश गर्यौ । यस्तै रमाइलो गर्दै हामी बसमा यात्रारत थियौं । यात्राकै क्रममा हामी सिराहा जिल्लामा प्रवेश गर्यौ र सिराहाको लहान हुँदै सप्तरी जिल्लामा प्रवेश भयो । सप्तरी जिल्लाका विभिन्न ठाउँहरू पार गर्दै हामी सुनसरी जिल्लामा प्रवेश गर्यौ । हामी सुनसरीको सुन्दर नगरी इटहरी पुग्यौं र इटहरी हुँदै मोरङ जिल्लामा प्रवेश गर्यौ । बसभित्र हामी रमाइलो गर्दै यात्रारत थियौं । हामी बीचबीचमा यसरी गाउँथ्यौं–

जताततै घाम लाग्यो घमाइलो

भ्रमणमा गर्दैछौं रमाइलो

जुन उदाए तारा मधुरो

दुई किनारा भइदियो पिरती जिन्दगी नै भयो अधुरो

यसरी गाउँदै, नाच्दै रमाइलो कुराकानी गर्दै हामीले मोरङ जिल्ला काटेको पनि पत्तो पाएनौं । र, हामी त अब झापा जिल्लामा प्रवेश गरिएछ । झापाको दमकमा पुग्यौं हामी । दमक बजारको बसभित्रबाटै अवलोकन गरिरहेका थियौं हामीले । दमक बजार साँच्चिकै सुन्दर थियो । त्यहाँबाट साँच्चिकै क्षितिज देखिन्थ्यो, जताततै समथर भूभाग, जता  हेर्यो  सम्मै सम्म परेको ठाउँ । यसरी अवलोकन गर्दै चारकोसे जङ्गल छिचोल्दै हामी इलाम जिल्लामा प्रवेश गरिसकेछौं र इलामको पहाडी भूभाग अति सुन्दर एवम् मनोरम, लोभलाग्दा प्राकृतिक दृश्यहरू देखिरहेका थियौं, तराईबाट पहाडको उकालो लाग्दै गर्दा । साथमा, रमाइलो गर्दै यस्ता गीतहरू पनि गाइरहेका हुन्थ्यौं–

भेट भो माया पूर्व र पश्चिमको

आजको दिन रै’छ नि लछिनको

पानको पात

माया तिम्लाई सम्झन्छु, दिनको रात

मस्र्याङ्दी सलल...

त, कहिले

आँधीखोला उर्लेर आयो

आउने थिइनँ मायाले बोलायो

मेरो जीवनमा त्यत्तिका रमाइलो क्षण कहिल्यै सायदै आएको छ । यसरी साथीहरूसँग हाँसखेल गर्दै यात्रा गर्न पाउँदा म आफूलाई बडो भाग्यमानी ठानिरहेको थिएँ वा अझ भनौं म आफैंमा भित्रभित्रै खुशीले गद्गद् भएको थिएँ । यात्रा गर्दागर्दै हामी इलामको प्रसिद्ध कन्याम चियाबगानमा पुग्यौं । ओहो, कति सुन्दर, भौगोलिक बनावट । कति मनमोहक दृश्य । मनमा लाग्थ्यो, हिमालपारिको स्वर्ग यही नै हो कि जस्तो । मैले त कल्पनासम्म पनि गरेको थिइनँ । हाम्रो नेपालमा पनि यतिसम्मको लोभलाग्दो प्राकृतिक सौन्दर्य छ भनेर । तर, वास्तविक नेपाल त मैले चिनेकै रहेनछु । त्यही भएर नै रहेछ, इलामलाई नेपालको दार्जिलिङ भन्ने गरेको । त्यहाँका मान्छेहरू त्यस्तै सुन्दर, जवान मन भएर होला, त्यहाँका ठिटीहरू देख्ने बित्तिकै मन लोभिन्थ्यो । तर, खास कुरो त प्राकृतिक सौन्दर्यता नै थियो । साथीहरू पनि भनिरहन्थे ल है यतैतिर ससुराली बनाउनुपर्छ भनेर । सुन्दर युवतीहरू देख्दा बेलाबेलामा यस्ता गीतहरू पनि गाइरहन्थ्यौं हामी–

हाम्रो माया होइन है लिलामको

चोखो माया भेटियो इलामको

तिम्लाई टाढा मलाई नि टाढा

इलाम बजार डाँडैमा घर सार

यस्तै रमाइलो गर्दै हामी इलाम बजार पुग्यौं र, त्यही रात कटाउने निधो ग¥यौं । हामी यात्रारत बसबाट ओर्लेर त्यहीँ बसबिसौनीको एउटा होटलमा बास बस्ने कुरा ग¥यौं । बसबाट ओर्लिएर होटलमा सामान राखिसकेपछि  भावा सर, ऋषि बराल, मीना छन्त्याल, दुर्गा थापामगर, प्रेम, सुमन र म त्यहाँको माईस्थान मन्दिरको दर्शनका लागि गयौं । मन्दिरको दर्शनपछि विभिन्न शैलीमा तस्वीर खिच्यौं । तत्पश्चात् फेरि राजा वीरेन्द्रको शालिक भएतिर गयौं । त्यहाँस्थित चियाबगान अवलोकन गरिसकेपछि त्यहाँको चिया पनि चाख्यौं । इलामको चिया साँच्चिकै मिठो लाग्यो । त्यो रात हामी रमाइलो गर्दै बसबिसौनी नजिकैको होटलमा बितायौं । भोलीपल्ट बिहानै उठेर हामी दार्जिलिङका लागि प्रस्थान ग¥यौं । रमाइला प्राकृतिक दृश्यहरू अवलोकन गर्दै इलामको फिक्कल बजार हुँदै हामी नेपाल र भारतको सीमानाको बजार पशुपतिनगर पुग्यौं । र, हाम्रो पोखराबाट भ्रमणका लागि भनेर रिजर्भमा लगिएको बस त्यहीँ राख्ने निधो गरीयो किनभने, दार्जिलिङ जानका लागि त्यो बसका लागि सडक साँघुरो भएकाले सडक अनुमति पाउन सकेनौं । त्यसपछि त्यहाँको निर्भाना ट्राभल एजेन्सीमार्फत् दुई वटा टाटा गाडी रिजर्भ गरी दार्जिलिङको यात्रामा निस्कने तय गरीयो  । केहीबेर पशुपतिनगरमा बसुञ्जेल मनोरञ्जनात्मक खेलहरू खेल्यौं ।

यसरी रमाइलो गर्दै हामी दार्जिलिङको यात्रामा निस्कियौं । हामीले पोखराबाट रिजर्भ गरी लगेको बसका चालक गुरु र उक्त टाटा सुमो गाडीका गुरु दुवैजना रमाइलो नै परेछन् । रमाइला कुराकानी र चुट्किलासहित हाम्रो यात्रा रोमाञ्चक बनेको थियो । बेलाबेलामा हामी गीत पनि गाउँथ्यौं । यात्रारत रहँदै हामी मेची नदीपारि डाँडामा पुग्यौं । त्यहाँ मान्छेका चिहानहरू रहेछन्, बौद्धमार्गीहरूका । उक्त डाँडामा दृश्यावलोकनका लागि राम्रो एउटा ‘प्वाइन्ट’ रहेछ र त्यहाँ व्यापारीहरू पनि भेटायौं ।मंगोल अनुहारका राम्रा राम्रा युवतीहरू व्यापारका लागि बसेका थिए र हामीलाई सामान किन्नका लागि अनुरोध पनि गरिरहेका थिए । यस्तै हामीले पनि एकछिन गाडी रोकेर सामान्य दृश्यावलोकन र ती युवती व्यापारीहरूसँग बसेर केही साथीले तस्वीर पनि खिचे । तस्वीर खिचेपछि हाँसीमजाक गर्दै फेरि आफ्नो यात्रा शुरू गर्यौ । केहीसमयपछि सीमानामा पुग्यौं  र गाडी पनि रोक्यौं, किनभने हामीले सीमानामा रहेको जोरपोखरीको दृश्यावलोकन गर्ने भनेका थियौं । त्यहाँ हेर्दा नेपालको भू–भागहरू अर्थात् इलाम जिल्लाका भागहरू सहजै देख्न सकिन्थ्यो । जोरपोखरी अवलोकनका लागि टिकटको व्यवस्था रहेछ । हामीले टिकट लियौं, भित्र गएर तस्वीर पनि खिच्यौं । त्यसभित्र निकै राम्रा राम्रा उद्यानहरू बनाइएका थिए । उद्यानहरूमा राम्रा–राम्रा फूलहरू फुलिरहेका थिए । जोरपोखरीको बीचमा नागको मूर्ति रहेछ । वरिपरि भने धूपीको जङ्गलले पूरै घेरेको थियो । त्यहाँको अवलोकनपछि हामी पुनः गाडीमा चढेर दार्जिलिङतर्फ लाग्यौं ।

हामी यात्रा थालेको तेस्रो दिन कात्तिक १७ गते बेलुकी उत्तर–पश्चिमी भारतीय राज्य पश्चिम बङ्गालको  पर्यटकीय दृष्टिले अति महत्व पूर्ण दार्जिलिङ सहरमा पुग्यौं । हामी त्यहाँको ग्रभहिल होटलमा बस्यौं । र त्यहाँ सामानहरू राखिसकेपछि हामी घुम्न भनेर त्यहाँको ‘इण्टरनेशनल जु पार्क’मा गयौं र त्यहाँको ‘म्यूजियम’लगायत विभिन्न ऐतिहासिक वृत्तान्तहरू साथै, वन्यजन्तुहरूको अवलोकन गर्यो । हामी यसभन्दा अघि अर्थात् दार्जिलिङ आइपुग्नुभन्दा पहिल्यै ‘रक गार्डेन’ अवलोकन गरिसकेका थियौं । ‘रक गार्डेन’मा गएर त्यहाँ भएका झरनाहरू बगैंचाहरूको साथै, त्यहाँ एउटा नागको थान पनि रहेछ । त्यहाँ एकजना दर्लामी थरका मगर पुजारी रहेछन् । उनले हाम्रो बारेमा पनि सोधेका थिए । उनको हातबाट टीका ग्रहण गरेर हामी त्यहाँ बनाइएको सिंढीबाट माथि उक्लिएका थियौं । त्यहाँ बुढी आइमाईले जाँतो पिस्दै गरेको दृश्य अर्थात् मूर्ति देख्यौं र तस्वीर पनि खिचिहाल्यौं । झरनाहरूलगायत कमल फूलको स्वरुप बनाइएको मूर्तिलगायत हेर्नलायक चीजहरू त्यहाँ थिए । ‘रक गार्डेन’को अवलोकनपछि हामी बसेको होटलमा पुग्यौं र रातको समय थियो । त्यहाँ बेलुकी भएपछि राति गाडी चल्न बन्द हुने रहेछ । हामी बजारमा सपिङका  लागि निस्कियौं । त्यहाँको ‘नाइटिङेल पार्क' को अवलोकन ग¥यौं । त्यहाँको प्रसिद्ध चिया र सल भएकाले दार्जिलिङे चिया र पञ्जाबी सल किन्यौं हामी सबैले । ‘शपि·’ सकिएपछि हामी बजारबाट होटलमा फर्कियौं । खाना खाइओरी सुत्यौं । हामी भोलीपल्ट सबेरै उठेर सूर्योदय हेर्नका लागि ‘टाइगर हिल’ गयौं । र त्यहाँबाट फर्केपछि खाना खाएर हामी रमाइलो गर्दै दार्जिलिङबाट पुनः नेपालतर्फको यात्रा थाल्यौं ।

गीत गाउँदै यात्रारत रहँदै हामी नेपाल प्रवेश ग¥यौं । पशुपतिनगरमा आइसकेपछि एकछिन गाडी रोकेर छुर्पी किन्यौं । र, केही छिन आराम गरेपछि हामी आफ्नै रिजर्भ बसमा चढेर पोखरा फर्कने यात्रा शुरू ग¥यौं । बसमा रमाइलो गर्दै रमाइला प्राकृतिक दृश्यहरू अवलोकन गर्दै यात्रारत रह्यौं । फिक्कल बजार, इलाम आएपछि अरू साथीहरूले छुर्पी किन्ने भनेपछि बसबाट ओर्लियौं । हामी हाम्रो भावा सरसँगै केही साथीहरू बसभित्रै बस्यौं । र, साथीहरू आएपछि फेरि यात्रा थाल्यौं । इलाम साँच्चिकै प्राकृतिक छटाले भरिपूर्ण एक स्वर्ग नै रहेछ । रमाइला र हरिया प्राकृतिक दृश्यहरू दृश्यावलोकन गर्दैै यात्रा गरीयो  । बसभित्र रमाइलो गर्दै गीत गाउँदै नाच्दै आयौं र इलामको कन्याम चियाबगान दृश्यावलोकन ग¥यौं । यस्तै, यात्रारत रहँदै हामी झापातिर झ¥यौं । इलामबाट झापा झरेपछि झापाका चियाबगानहरू अवलोकन ग¥यौं । झापाको दमक हुँदै बिर्तामोड पुग्यौं । र, बिर्तामोडबाट सुनसरीको धरानतर्फ लाग्यौं । धरानमा पुगेपछि हामी धर्मशालामा बस्ने निधो ग¥यौं । र, होटलमा खाना अर्डर ग¥यौं । केही छिन हामी घुम्न भनेर निस्कियौं । हामीले त्यहाँको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र गएर अवलोकन ग¥यौं । तस्वीर खिच्यौं । साथै, घण्टाघर हे¥यौं । धरानको भानुचोकमा रहेको खस नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको शालिक पनि हे¥यौं । र, फर्केपछि खाना खान गयौं, होटलमा । होटलमा खाना खान दिनेहरू सुन्दर राई (खम्बू) युवतीहरू थिए । खम्बूनी युवतीहरूसँग रमाइला कुरा गर्दै हामीले खाना खायौं । खाना खाइसकेपछि केही समय गफ ग¥यौं । र, सुत्ने ठाउँ अर्थात् धर्मशालामा गयौं । त्यहाँ चितवने र गोरखालीहरूले दोहोरी गाउँदै रहेछन् र एकछिन त्यहाँ गएर हे¥यौं । चितवनका मंगोल अनुहारका युवतीहरू र गोरखाका युवाहरूबीच लोक भाकामा दोहोरी चलिरहेको थियो । केही समयपछि गोरखालीहरू खाना खान गए, होटलतिर । उनीहरूपनि शैक्षिक भ्रमणमा आएका थिए । गोरखालीहरू गएपछि हामीले शुरू ग¥यौं चितवने नानीहरूसँग दोहोरी गाउन । मैले उनीहरूसँग दोहोरी गाएको थिएँ भने मेरा साथीहरूले मलाई स्वरमा साथ दिँदै थिए । चितवनेहरू पनि खाना खान गए । उनीहरू खाना खाएर फर्केपछि पुनः हाम्रो दोहोरी शुरू भयो । एक जना तामाङ युवती थिइन्, चितवने टोलीको तर्फबाट दोहोरी गीत गाउने । उनी केटाको पालो आउँदा नाच्ने पनि गर्थिन् । रातको करिब ११ बजेसम्म हाम्रो दोहोरी जारी रहेको थियो  र तत्पश्चात् हामी सबै जना आ–आफ्नो कोठामा सुत्न गयौं । सुत्नुअघि शैक्षिक भ्रमणमा आएका अन्य टोलीका सरहरूसँग परिचय भयो । तर, दोहोरी गाउने टोलीसँग भने परिचय गर्ने मौका मिलेन । रात निकै छिप्पिसकेको थियो । रातको ११:३० बजिसकेको थियो त्यसबेला । हामी सुत्न भनी कोठातर्फ लाग्यौं । मचाहिँ भावा सर र प्रेमसँग सँगै सुतेको थिएँ ।

भोलीपल्ट बिहानै उठेर मुखसुख धोइओरी हामी धरानको प्रसिद्ध धार्मिक तीर्थस्थल बुढासुब्बा मन्दिरको दर्शन गर्न भनी गयौं । र, सबै साथीहरू मन्दिरमा दर्शन गर्नतर्फ लाग्यौं । तस्वीर पनि लियौं सबै जनाले । त्यहाँ एक खालको मान्यता पनि रहेछ कि बुढासुब्बा मन्दिर अगाडि रहेको बाँसघारी बुढासुब्बाले हानेको  बाँसको तीरबाट बास पालाएको हो भन्ने किम्बदन्ती रहेछ । बुढासुब्बाको दर्शनपश्चात् उक्त बाँसघारीमा आफूलाई मन पर्ने मान्छेको नाममा धजा चढाएपछि पूरा हुन्छ भन्ने विश्वास पनि रहेछ । मन्दिर दर्शन गरिसकेपछि हाम्रो बसका गुरुजी र म मन्दिरपरिसरभन्दा बाहिर आएर बस्यौं । त्यहीबेला अघिल्लो रात दोहोरी गाएका ठिटीहरू भेटिए । उनीहरू पनि बुढासुब्बाको दर्शन गर्न आएका थिए । मलाई देखेपछि उनीहरू फेरि जाम् भन्दै थिए तर मैले नजाने भनेपछि ठिकै छ भनेर हाँस्दै गए । बुढासुब्बा दर्शनकै बेला एक जना साथी भूषण श्रेष्ठ मुर्छा  खाएर बाटोमा लड्यो । उसलाई सामान्य प्राथमिक उपचारपछि सामान्य अवस्थामा फर्काउन सफल भयौं । शारीरिक कमजोरीका कारण मुर्छा  खाएको थियो उसले । त्यसपछि त्यहीँ रहेको एक होटलमा चियानास्ताका लागि पस्यौं हामी । हामी अघिल्लो रात सँगै दोहोरी खेलेका चितवने नानीहरूसँग बिदाइका हात हल्लाउँदै आफ्नो यात्रातर्फ लाग्यौं । हामी चितवन जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल सौराहतर्फ लाग्यौं । हामी सौराहमा साँझमात्र आइपुग्यौं । त्यहाँ चितवन राष्ट्रिय निकुञ्ज रहेको थियो । नजिकै राप्ती नदी बगिरहेको थियो । हामीले त्यहाँ क्याम्पिङ ग¥यौं । राती निकै जाडो भएकाले आगो फुकेर ताप्दै बस्यौं । अनि मासु किनेर आगोमा पोल्दै खाँदै ग¥यौं । त्यस रात हामी बसभित्रै सुत्यौं । कोही भने होटलमा खाना खाए र होटलमै सुत्न गए । त्यो रात हामीले निकै रमाइलो गरी बितायौं । भोलीपल्ट बिहानै उठेर चितवन राष्ट्रिय निकुञ्जभित्र घुम्न भनेर चियानास्ता गरी त्यसतर्फ लाग्यौं । निकुञ्जभित्रको संग्रहालयको अवलोकन ग¥यौं । संग्रहालय अवलोकनपछि हामी कसरातर्फ गयौं । त्यहाँ मान्छे खाएको बाघलाई खोर बनाएर राखिएको रहेछ । गोहीको ‘ब्रिडि· सेन्टर’ पनि अवलोकन ग¥यौं हामीले त्यहाँ । त्यसपछि हामी डु·ामा चढेर राप्ती नदी तरेर हात्तीको ‘ब्रिडिङ  सेन्टर’ अवलोकनका लागि गयौं । हात्तीका छावाहरूलाई हामीले बिस्कुट किनेर खान दियौं । अनि छावासँगै तस्वीर पनि खिच्यौं । त्यहाँका पर्यटकीय महत्व बोक्ने विभिन्न स्थलहरू पनि हामीले अवलोकन ग¥यौं । हाम्रो चितवनको अध्ययनभ्रमणपछि पोखरातर्फको यात्रा पुनः थाल्यौं । हामी पोखरा फर्कँदै थियौं । बसभित्र नै जाँदाजस्तै फर्कँदा पनि गीत गाउँदै र नाच्दै यात्रारत रह्यौ।

 

हाम्रो एक हप्ते रमाइलो र अविष्मरणीय शैक्षिक भ्रमण सकेर फेरि साथीहरूसँग छुट्टिने दिन आइरहेको थियो । पोखरातिरको यात्रा गर्दै गर्दा मलाई कता कता नरमाइलो अनुभूति भइरहेको थियो  त्यसबेला  नारायणगढ, मुग्लीङ, आँबुखैरेनी, ड्याम्बुले (दमौली), खैरेनीटार, दुलेगौंडा, कोत्रे, अर्घौं बजार (लेखनाथ नगरपालिका) हुँदै पोखरा आइपुग्यौं । त्यत्तिका दिन हामी सँगै यात्रामा रमाउँदै गर्यो  तर, छुटिन मन नहुँदा नहुँदै पनि छुट्नुपर्ने बाध्यता थियो हाम्रो । हाम्रो एक हप्ते शैक्षिक भ्रमणका क्रममा हामीले सोंच्दै नसोंचेको र कल्पनासम्म पनि नगरेको ठाउँहरू घुम्न पाउँदा औधी रमाइलो अनि खुशी लागेको थियो । अनि साथीसंगीहरूसँगै हाँसखेल गर्न पाउँदा झन् ममा बेग्लै खालको अनुभूति भइरहेको थियो । मैले त्यसभन्दा अघि सपनामा पनि कतिपय ठाउँहरू घुम्ने गरेको देख्थें । तर, विपनामा पनि घुम्ने रहर पूरा भएको थियो मेरो । हाम्रो उक्त एक हप्ते ‘बायोलोजिकल टुर’ अर्थात् जीवशास्त्रीय शैक्षिक भ्रमण वास्तवमै जिन्दगीकै एक अविष्मरणीय यात्रा बन्न पुग्यो । एउटा ऐतिहासिक यात्रा अवास्तविक भन्दापनि एउटा जीवन्त सत्यता बन्न पुग्यो । समग्रमा भन्दा उक्त भ्रमण साह्रै नै रमाइलो एवम् एकदमै उपलब्धिपूर्ण रूपमा जुझारू एकताका साथ हरेक ठाउँमा, हरेक स्थानमा प्राणीशास्त्रका प्राध्यापक भावा अमात्य सर र ल्याब दाइको सहयोगमा सफल भयौं । १७/१८ वर्षको नौजवान उमेरमा उक्त भ्रमणका क्रममा अनेकन हर्कतहरू मनमा खेलाउँदै एउटा छुट्टै वास्तविकता बन्न विवश भयो । उमेर र वैंश छँदा कस्तो अनुभूति हुन्छ भन्ने दृष्टान्त उक्त शैक्षिक भ्रमण बन्यो । थुप्रै रोमाञ्चकारी अनुभूतिहरू जैविक रूपमा संगाल्ने अवसर प्राप्त भयो । यस्तै अवसर र मौका फेरि पनि संघर्षमय जीवनमा आओस् भन्ने चाहना मेरा लागि सदैव रहि  रहेको छ ।

(प्रस्तुत यात्रा संस्मरण लेखकले २०६३ साल पुस २० गते लेख्नुभएको हो ।)

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News