HongKongNepali.com, The Next Media

Sunday
Jun 25th
Home विशेष लेख लाखौं रुपैंयाको ज्ञान

लाखौं रुपैंयाको ज्ञान

E-mail Print PDF
AddThis Social Bookmark Button

बाबुलाल भण्डारी

स्वास्थ्य नै धन हो भन्ने एउटा लोकोक्ति छ । तर धनले स्वास्थ्यलाभ हुन नसक्ने यथार्थ एकातिर र अर्कातिर विश्व स्वास्थ्य संगठनको परिभाषाका विविध आयामका बिच स्वास्थ्यको यो बिम्ब आज अर्धसत्य ठहर्छ ।स्वास्थ्यका यी आयाम भन्दा अझ उचाईबाट हजारौं वर्ष अघिनै हाम्रा शास्त्रहरुले बोलेका छन् , ‘धमार्थ काम मोक्षाणामारोग्यम् मूलमुत्तमम् ‘अर्थात मोक्ष समेत जीवनका सबै पुरुषार्थको जड नै आरोग्य हो ।प्रकृतिसंग हाम्रो संगति टुट्ने कारणबाटै रोगहरु जन्मन्छन् भन्ने आयुर्वेदको मौलिक मान्यताको सेरोफेरोमै अहिले विश्वका सबै जसो उपचार पद्धती आउन थालेका छन् ।हुनपनि अधिकांश रोगहरु यस दिशामा हाम्रो अज्ञानता र भूल कै परिणाम हुन् र क्यान्सरको सन्दर्भमा यो नियम अझ बढ्ता लागु हुन्छ । क्यान्सरको उपचारको पाटो ज्यादा भयाबह र अनिश्चित हुनाले पनि उपचारमा भन्दा रोकथामनै  हामी सबैको प्राथमिकता बन्नु पर्ने र भोलीको उपचारको कष्टसाध्य बाटो भन्दा आजको रोकथाम तर्फको सानो कदम नै बढी सार्थक  हुने कुरामा विवाद हुन सक्तैन । यद्यपी हाम्रो मुलुकमा र सम्भवतः विश्व भरिनै क्यान्सरका बिरुद्ध  सचेतना र रोकथामको दिशामा हुदै आएको एउटै र अन्तिम प्रयत्न  धुम्रपान र सुर्ती सेवन बिरुद्धको जागरणमा सिमित छ । तर धुम्रपान मात्रै क्यान्सरको एक्लो कारण भने होइन र यत्तिमा मात्रै हाम्रो कर्तव्य पुरा हुंदैन । यसभन्दा अझ गम्भिर कैयन् अरु  कारणहरु छन् जसको बारेमा हामीले सायदै सुनेका हौंला ।

 

इटन र उनको टोलिले मुंगफली बदाम , मकै , गहुं र जुनेलो जस्ता खाद्य वस्तुको ढुसीमा बन्ने अफ्लाटोक्सिन भन्ने विषको गहन अध्ययन गरेर सन् १९९७ मा यसलाई डिजेल , पेट्रोल ,कोइला र चुरोटको धुंवा भन्दा १ हजार गुणा ज्यादा शसक्त क्यान्सरकारक भएको निष्कर्ष निकाले ।थप अनुसन्धान पछि यसलाई धर्तीको सबै भन्दा शक्तिशाली क्यान्सर पैदा गर्ने वस्तुको रुपमा किटान भई ड्ब्लु एच् ओ अन्तर्गतको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र(आइ ए आर सी)ले पनि यसलाई पहिलो कोटीको क्यान्सरकारक वस्तुको रुपमा सुचीकृत गरिसकेको छ ।ढुसी र क्यान्सरको सम्बन्धलाई लिएर हाल सम्म प्रशस्त अनुसन्धान भएका छन् र ढुसीले माइकोटक्सिन भन्ने ज्यादै विशालु मेटाबोलाइटहरु बनाउछ भन्ने पुष्टि  भएको छ । इटलीका चर्चीत क्यान्सर विशेषज्ञ टुलिओ सिमोन्सिनी लगायतका धेरै वैज्ञानिक र चिकित्सकहरुको विचारमा क्यान्सर शरीरमा  ढुसीबाट बनेको ऐजेरु बाहेक अरु होइन । त्यसैले ढुसी जमेको परालको कुन्यु ,गहुंको छ्वालीको संसर्गबाट बच्नु ,बासी र थोरै पनि  ढुसी हुन सक्ने सबैखाले खानेकुरा र  अझ सबैभन्दा डरलाग्दो मानिएको अफ्लाटोक्सिन बी बाट बच्न मक्किएको वा रङ्ग फेरीएको बदाम ९मुंगफली ० जस्तो खाने कुरामा विशेष परहेज गर्नु बेहद जरुरी छ ।

अर्को त्यस्तै खतरनाक वस्तु हो - दाँतको उपचारमा अपनाइने सिल्भर अम्यालगम वा रुट क्यानल फिलिङ्ग । सिल्भर भन्ने शब्दले गर्दा दाँतमा चाँदि भरिन्छ भन्ने हाम्रो धारणा बनेको छ । तर यथार्थमा यसमा चाँदी मात्र नभएर चाँदी सङ्गै तामा, टिन र सानो अंशमा अरु धातु पनि भरिन्छन् र सवैलाई जोडेर टिकाउ बनाउन ५०५ सम्म मर्करीको रसान प्रयोग हुन्छ । धेरै अनुसन्धानबाट मर्करी भन्ने यस्तो धातुको सुक्ष्म भन्दा सुक्ष्म मात्राले पनि मुटु, मिर्गौला जस्ता धेरै प्रमुख अङ्गलाई असफल गर्ने र धेरै शारिरिक प्रणालीलाई ध्वस्त गर्ने देखि क्यान्सर पैदा गर्नमा समेत यो अत्यधिक प्रबल कारण भएको कुरा खुल्न आएको छ र यसरी स्वास्थ्यको लागि यो हदैसम्मको खतरनाक वस्तु सिद्ध भएको छ । यसर्थ नर्बे , स्विडेन र डेनमार्क जस्ता देशमा दाँतका क्याभिटिमा मर्करी मिश्रण भर्न सन् २००८ देखि नै प्रतिबन्ध गरिएको छ र धेरै देशमा अचेल यस बारेमा कानुन बन्न थालेका छन् । उता यस्को सट्टा कास्टगोल्ड,पोर्सिलेन र रेजिन जस्ता सुरक्षित बिकल्प रहे पनि यि बिधी ज्यादा खर्चिलो हुने समेतका कारणले बिगत १५० बर्ष देखि यहि नै एकलौटी अभ्यासमा पाइन्छ  । ‘क्योर योर क्यान्सर’ र ‘क्यान्सर फ्रि’ जस्ता बिश्व प्रसिद्ध पुस्तकका लेखक विल हेन्डरसनले दाँतबाट मर्करी नहटाउदासम्म क्यान्सर लगायतका कुनै पनि रोगमा औषधीले काम गर्न नसक्ने र मर्करी निष्कासनसगै धेरै कुरा सजिलै सुधारोन्मुख हुने बताउछन् । बिशेषज्ञहरुले यस्तो जोखिम ल्याउने मर्करी फिलिङ्गबाट हरहालतमा बच्नै पर्ने र भरिसकेको अवस्थामा यसलाई तत्काल बदलेर क्यान्सर र अरु सबै स्वास्थ समस्याबाट जोगिन सल्लाह दिने गर्दछन् ।

अब चर्चा गरौं , रेडिएसन वा बिकीरणको । प्राकृतिक रुपमा बिभिन्न बस्तु र माध्यम द्वारा शरीरमा पर्ने बिकिरण प्रभाबबाट पूर्णरुपले जोगिन संभब नहोला । तर बिकिरण द्वारा हुने क्यान्सर र अरु घातक स्वास्थ समस्या बारे थोरै मात्रै जानकारीले पनि अनावश्यक एक्स रे र जोखिम युक्त सिटि स्क्यानको बदला सम्भब अवस्थामा अलि सुरक्षित बिकल्प  अपनाउने अवस्था बन्दछ । आज सम्मका एपिडेमियोलोजिकल प्रमाणहरुलाई हेर्दा एउटै  सिटि स्क्यान मात्रै पनि क्यान्सर उत्पत्तिको शसक्त कारण बन्ने पाइएको छ ।अल्ट्राभाइओलेट , गामा ,प्रोट्रोन र एक्स रे हरु सबै उच्च आवृत्ति भएका शक्तिशाली आयोनाइजिङ्ग बिकिरणहरु हुन् जस्ले शरीरका स्वस्थ कोषभित्रको इलेक्ट्रोनहरुलाई हटाउने र त्यँहाको डि एन् ए लाई बिकृत गर्न सक्छन् ,जहाँबाट क्यान्सर सुरु हुन्छ । एक्स रे र सिटि स्क्यान दुबैले फोटो इमेज बनाउन एक्स किरणकै प्रयोग गरे पनि सामान्य एक्स रे ले भन्दा सिटि स्क्यानले अबस्था हेरी १०० देखि १००० गूनासम्म बढि बिकिरणको मात्रा दिने हुँदा  यो ज्यादा खतरनाक भएको तथ्य न्यु योर्क टाइम्समा २०१४ फेवु्रअरी मा प्रकासित एउटा बैज्ञानिक प्रतिबेदनमा पनि उल्लेख छ । बरु रेडिएसनको सट्टा चुम्बकिय क्षेत्रलाई उपयोग गर्ने एम आर आई बिधि प्रयोग गर्दा सिटि स्क्यानका दुस्प्रभाबबाट सजिलै बच्न सकिने र यसबाट मस्तिष्क ,अरु नरमतन्तु र ट्युमरको पहिचानमा अझ राम्रो नतिजाको अपेक्षा गर्न सकिन्छ ।

अर्को तर्फ खाना पकाउने माइक्रोओभन रेडियो तरङ्ग,मोबाइल फोन,टिभि,कम्प्युटर स्क्रिन, इन्फ्रारेड लाइट एवं चिमहरु तथा विद्युतीय तार आदि हाम्रा दैनिक प्रयोगका वस्तु र उपकरण बाट पनि केहि न केहि विधुत चुम्बकिय रेडिएसन नहुने होइन तर कम फ्रिक्वेन्सी भएका यस्ता नन् आयोनाइजिङ्ग रेयिएसनबाट शरिरका  कोषभित्रको डि एन ए र इलेक्टोनमा सामान्य ताप र तरङ्ग पुगे पनि  डि एन ए लाईनै उलटफेर गरिहाल्ने क्षमता भने  यिनीहरुमा हुदैन । तर यसो भन्दैमा समयक्रममा यिनिहरुले पनि विकिरण थुपार्ने र क्यान्सर पैदा गर्ने सम्भावना भने नकार्न मिल्दैन । यी प्रत्येक बाट आ–आफ्नै प्रकारले सुरक्षित हुने व्यावहारिक उपाय ढुढ्न मुस्किल छैन । जस्तो मोवाइल(सेल) फोन बाट पनि रेडियो फ्रिक्वेन्सी तरङ्ग पैदा हुन्छन् र यसलाई पनि मस्तिष्क ट्यूमरको एउटा कारणको रुपमा लिइन्छ । अझ न्यून गुणस्तरको सेट, टावरसँगको निकटता, नेटवर्कको व्यस्तता जस्ता कारणले बढि इनर्जी प्रयोग र बढ्ता प्रभाव पर्ने कुरा पनि त्यत्तिकै सत्य हो । तर इयरपिस जोडेर वा स्पिकर फोन चालु गरेर सेटलाई यथासम्भव टाउको बाट एउटा निश्चित दुरीमा राख्न नसकिने होइन । हरेक स्वास्थ्य जोखिममा मुख्यकुरा सतर्कता हो जुन सचेतना विना संभव छैन ।

मानवजाति अनादि कालदेखि नै प्रकृति र यस विशाल धर्ती सँगको प्रत्यक्ष सम्पर्क बाट हुर्किदै आएको हो । तर जब घुमन्ते युगबाट मान्छे कृषिको चरणमा  प्रवेश गर्‍यो  त्यसै बेलादेखि सनैसनै उसको प्रकृति संगको सामञ्जस्यले सङ्घर्षको रुप लियो र तमाम सङ्कटहरुको पनि जन्म हुनथाल्यो । १८ औं शताब्दीको अन्त र १९ औं शताब्दीको पुर्बाद्धको औद्योगिक क्रान्ति यताका १५० वर्षमा प्रकृतिको दोहनले उत्कर्षको मात्र रुप लिएन मान्छेको माटोसंगको जेनेटिक नातालाई पनि करिबकरिब टुटाईदियो । हुंदाहुंदा स्थिती कस्तो बनिदियो भने हामीले धर्ती र माटोलाई छुनै छोड्यौं र गम्भिर स्वास्थ्य परिणामहरु भोग्न थाल्यौं। यसलाई थप स्पस्ट गर्नु पर्दा, सरीरका स्वाभाविक,जैबिक कृया–प्रतिकृया, बायुमण्डलको धुँवा, धुलो, प्रदुषण र बिभिन्न माध्यमबाट प्राप्त हुने बिकिरण जस्ता थुप्रै कारणले हाम्रो  शरीरमा नियमित अक्सिडेशन वा अक्सिडेटिभ स्ट्रेश पैदा हुन्छ र यसबाट फ्रि रेडिकल हरु बन्न जान्छन् । हाम्रा सबैजसो रोगहरुको उत्पत्तिमा यिनै फ्रि रेडिकलहरुको भुमिका हुन्छ । यिनीहरुले हाम्रा स्वस्थ सेलहरुलाई हानी गर्ने, तिनीहरुमा भएका डि एन ए लाई नष्टगर्ने र सेलहरुलाई नै मार्ने सम्मका कार्य गर्दछन् । तर जब हामी जमीन वा माटोको सम्पर्कमा हुन्छौ धरतीका निगेटिभ विधुतिय चार्ज वा फ्रि इलेक्ट्रोनहरुले हाम्रो शरीरका पोजिटिभ फ्रि रेडिकलहरुलाई तत्काल शोसेर लिन्छन् वा न्यूट्रलाइज गरिदिन्छन् । पृथ्वी स्वयंमा एउटा विसाल चुम्वक हो र यस अर्थमा धरतीको सतह हाम्रोलागि फ्रि रेडिकलहरुलाई निस्कृय पार्ने निगेटिभ विद्युतिय चार्ज इलेक्ट्रोन अर्थात एण्टी अक्सिडेन्ट हरुको अनन्त र असिमित मेगा श्रोत पनि हो ।यसको अर्थ माटोको सम्पर्कमा आउँदा बितिकै हामीले धरतीका फ्रि इलेक्त्रोनहरुलाई ग्रहण गर्छौ वा हाम्रो शरीरका तमाम पोजिटिभ चार्ज ,विद्युतिय क्षेत्र तथा बिजातिय तत्वहरु तत्काल माटोमा बिलिन हुन्छन् ।

हामा् पुर्खाहरु खेत बारिमा काम गर्थे ,खाली खुट्टाले हिड्थे वा जुत्ता लगाउनै परे पनि फलाम वा तामाका इन्सेट जडित (कडा ठोकेको ) जुता लगाउथे र हमेसा धर्तीसङ्ग जोडिई रहन्थे जस्लाई ग्राउन्डिङ्ग भनिन्छ । यसले हाम्रो शरीरको जैबिक घडिलाई ठिक ठाक सञ्चालन गर्न आन्तरिक जैबविद्युतिय बाताबरण बनाई राख्छ र बिभिन्न रोगहरुबाट बच्न संभव हुन्छ । तर आजको मान्छेको रबर वा प्लास्टिकको जुता ,सबारी साधनको प्रयोग, भुइंमा बिछ्याएको कार्पेट र काठका मेच र सुत्ने खाट लगायतका प्रबिधिले गर्दा माटोको स्पर्स र यसको विद्युतिय लयबाट पुरै सम्बन्ध बिच्छेद भएको छ बा इन्सुलेटेड छ,। हुँदा हुँदा हामी अब किचनमा काम गर्दा पनि जुत्ता लगाउने भएका छौँ । यसरी इलेक्ट्रिकल ग्राउन्डिङ्ग र जमीनसँग रिकनेक्ट भएबाट कसरी हाम्रो जिटा पोटेन्सल बढ्छ र प्रतिरक्षा प्रणाली सुपर चार्ज वा रिचार्ज हुन्छ भन्ने बारेमा भएका प्रसस्त अध्ययनहरु इन्भाइअर्नमेन्ट एण्ड पव्लिक हेल्थ जोर्नलमा पटक पटक प्रकाशित हुँदै आएका छन् । यसरी जमिनको विद्युत चुम्बकिय लयसङ्ग पुन जोडिन बिहान सबेरै खासगरि शित परेर जमिन ओसिएको ब्रह्म मुहुर्तमा आधा घण्टा खाली खुट्टाको हिडाई सबैको लागि अत्यन्तै हितकारी छ । यसबाट खुट्टाको पइतालामा भएका रिफ्लेक्स प्बइन्टहरु स्टिमुलेट हुने र शरीरका धेरै प्रकारका दुखाई र तनाब ३० देखि ८० मिनेट भित्रै हराएर जाने होलिस्टिक हेल्थका बिश्व प्रसिद्ध हस्ति डा मार्कोला बताउछन् । सुन्दा साधारण जस्तो लाग्ने यो प्रयासले क्यान्सर र अरु कैँयौ रोगहरुको रोकथाममा चमत्कारीक प्रभाब ल्याउने बिज्ञहरु बताउछन् ।

उता क्यान्सर रोकथाममा अर्को महत्वपुर्ण पक्ष व्यायाम हो । यसले रक्त सञ्चालनलाई नियमित गरेर सबै अङ्ग र तन्तुहरुमा रगत, अक्सिजन र पोषक तत्व पु-याउछ । त्यसैगरी यसले शरीरका प्रतिरक्षा सेल लिम्फोसाइटलाई सञ्चालन गरेर शरीर प्रणालिमा बनेका बिकार ,जिबाणुहरु र क्यान्सरका सेलहरुलाई नष्ट गर्दछ । रक्त सञ्चालनलाई मुटुले नियमित गर्छ तर यस्तो महत्वपुर्ण लिम्फलाइ शरीरभरी फिजाउने छुट्टै संयन्त्र नभएकाले व्यायाम र शरीरको कृयाशिलता बाहेक अर्कोबाटो छैन । यसका अतिरिक्त ब्यायामले शरीरमा सञ्चित अनाबश्यक बोंसो र अतिरिक्त क्यालोरी लाई दहन गरेर तौल नियन्त्रित गर्ने देखि रगतमा इन्सुलिनको लेबल घटाई चिनिको मात्रा सन्तुलित राख्ने, राम्रो कोलेष्टेरोल एच डि एल लाई बढाउने र ट्राइग्लिसराइडलाई न्यून गर्ने एंव एस्ट्रोजिनलाई  नियन्त्रित गरेर स्तन क्यान्सरसँगै अरु पनि बिबिध प्रकारका क्यान्सर र बिमारी बाट बचाउने धेरै बैज्ञानिक अनुसन्धानका निष्कर्ष छन् । जसरी जमेको पानी प्रदुषित बन्न जान्छ त्यहि हिसाबले निष्कृय शरीरमा पनि जीबनी –शक्ति (ओजस वा चि)को राम्रो सञ्चालन हुन  सक्दैन र यहि कृयाहिनताले नै आखिर मन्दबिषको काम गरी रोगहरुलाई निम्त्याउछ । नउड्ने चरा र नपौडिने माछाको कल्पना हुन नसके जस्तै मानिसका लागी पनि हिडडुल र शारीरीक कृयाशिलता स्वास्थ्यको लागी परमाबश्यक कुरा हो । यस हिसाबले दैनिक कम्तीमा आधा घण्टा मुटुको चालमा सामान्य वृद्धि ल्याउने सम्मको द्रुत (ब्रिस्क) हिडाई वा जोगिङ्ग आबश्यक छ । हेलचेक्य्राई र झुठा उम्मेद पालेर आफैलाई क्यान्सर जसो भयावह रोगको चपेटामा पार्नुका सट्टा आजै देखि यसको रोकथाम तर्फ लाग्नु नै हाम्रो एउटै विकल्प हो। “शुभस्य सिघ्रम” अर्थात यस्तो शुभकाममा पनि के को ढिलाई ?

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News