HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home विशेष लेख अशोक राईजी, बाहुनलाई गाली गर्ने राजनीति समाजवादी होइन

अशोक राईजी, बाहुनलाई गाली गर्ने राजनीति समाजवादी होइन

E-mail Print PDF
AddThis Social Bookmark Button

अशोक जी, अभिवादन

१७ अगष्त २०१५, अहिले जनजातिहरू आन्दोलनमा छन्। दुनियाँमा आन्दोलन बिनाको राजनीतिक पार्टी हुँदैनन् पनि, त्यसैले तपाईँ राजनीति गर्नुहुन्छ र आन्दोलित हुनुहुन्छ।

 

कुनैपनि आन्दोलन वा युद्वका प्रमुख दुश्मन र सहायक दुस्मन हुन्छन्। तर, यी दुवै दुस्मनी कुनै पनि लिंग, जात, धर्म वा वर्ण नजिक हुँदैनन्। यदि कसैले हुन्छ भन्यो भने त्यो मार्क्सवाद विरोधी कुरा हुन्छ र अराजनीतिक ठहरिन्छ। समाजवादको बाटोमा हरेक समुदायका मानिस मुस्कुराउन सकेनन् भने उन्नत पूजिँवादको लक्ष्य एक मृगतृष्णा जस्तै बन्छ, त्यो कथाकि पात्र जस्तो बन्छ। त्यसैले १२ वर्षको सशस्त्र जनयुद्व र १९ दिने सशक्त जनआन्दोलनमा नेपाली जनताले राजसंस्थालाई प्रमुख दुश्मन र यसका सहयोगीलाई सहायक दुश्मनको रूपमा लिएका थिए वा दुश्मन किटान गरेका थिए भन्दा उपयुक्त होला।

पहिचान भईसकेको दुश्मनका हाँगा काटिन समय लागेन र जरैदेखि उखेलियो। त्यो युद्व अनि आन्दोलन कुनै एक जात विशेषको थिएन, नेपाली जनताको थियो। अहिले जनजाति आन्दोलनका प्रमुख दुश्मन र सहायक दुश्मन दुवै सक्रिय छन् वा जिवित छन् जस्तो मलाई पटक्कै लाग्दैन।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईजीले भनेजस्तै तिनीहरू भूत भइसके यद्धपी तपाईहरुको लडाई अमुर्त बाहुनवादी शक्तिको रूपलाई जन्म दिएर कुनै निर्जिव वस्तु वा मूर्तीसँग मात्र परेको जस्तो देखिन्छ।

मूर्तीसँग लडेर फाईदा छैन। निर्वाचन प्रणाली र बहुलवादलाई स्वीकारेर कुनैपनि राजनीतिशास्त्रमा विश्वास गर्ने व्याक्तिलाई जनताले राजनेता बन्न सक्ने अवसर प्रदान गर्न सक्छन्।

नेपाली जनतालाई फुटाउने होईन, जुटाउनेको खाँचो छ। भत्काउनेभन्दा पनि निर्माण गर्नेको खोजी छ। तर, दुःखको कुरा हिजो आज देशको राजनीतिक गतिरोध नियाल्दा समुदायमा साम्प्रदायिकता फैलाउने तत्वको हावी हुँदै गएको महसुस हुन्छ। जनजाति आन्दोलन वा संघर्ष थात्थलोको सन्दर्भमा जोडिएको देखिन्छ। यो सुन्दा अत्यन्तै प्रिय जस्तो लाग्छ तर भोग्दा निकै अप्रिय हुन सक्छ। किनभने राजनीति गर्ने मानिस जोखिम मोल्न तयार हुन्छन् तर जोखिमको भागिदार जनता हुनुपर्छ।

साम्प्रदियकताबारे सानो उदाहरण पेश गर्ने अनुमति चाहन्छु। कुनै समय काश्मिर एक स्वतन्त्र देश थियो, जसरि कुनैबेला नेपालमा लिम्बुवान लगायत अनेकौं राज्य स्वतन्त्र थिए। अंग्रेजले हिन्दुस्तान छाड्नु अगाडि पाकिस्तान र हिन्दुस्तान भाग लगाँउदासमेत जम्मु काश्मिरका भूभाग स्वतन्त्र राज्य थिए। तर, अहिले भारत र पाकिस्तानको रणभूमिको रुपमा जम्मु काश्मिर किन परिचित छ भनेर जान्नु आवश्यक छ।

जम्मु काश्मिर क्षेत्रका लाखौं आदिवासी, जनजाती विभिन्न मुलुकमा एक फिरन्ते जीवन बिताइरहेका छन्। बाँकि जो छन्, ती अझैपनि आतंकवादी हमलामा मारिएका छन्,  घर जलाईएका छन् र थात्थलोमा आधारित ऐतिहासिक पहिचान पाकिस्तानी राईफल र हिन्दुस्तानी राईफलबीचमा धुवाँ बनेर उडिरहेको छ। भारतीय गोर्खा सैनिकमा काम गर्ने जनजाति मूलका हजारौं नेपालीहरूले हिन्दुस्तानी राईफलको पूजा गर्छन्। पाकिस्तान र भारत दुवैले जम्मु काश्मिर मेरो ऐतिहासिक पृष्ठभुमीको थात्थलो हो भनेर दाबी गर्न कहिल्यै छाडेनन्।

फलस्वरुप जम्मु काश्मिरमा गोली नचलेको कुनै रात हुँदैन, रगत नबगेको कुनै पहाड छैन। भत्कन बाँकि कुनै घर छैनन्। सुन्दर हिमाली भेग र पर्यटकीयस्थल हुँदाहुँदै पनि जम्मुकाश्मिरका धेरै भुभागमा फौजका ट्याङ्कबाहेक मानिसलाई प्रवेश निषेध छ। तत्कालिन सैन्य जनरल अयुव खानलाई आफ्ना मुस्लिम समुदायलाई साथमा लिएर छुट्टै राष्ट्र अर्थात पाकिस्तानको रास्ट्रपति बन्ने सनकका कारण बिशाल हिन्दुस्तानदेखि पाकिस्तान टुक्रिएर गएको थियो।

टुक्रिएर पाकिस्तान जान नचाहेका मुस्लिमको संख्या नै अहिलेका भारतीय मुस्लिम सङ्ख्या हो र तुलनात्मक रूपमा तिनलाई राष्ट्रिय पहिचान मिलेको छ, ती खुसी देखिन्छन् तर बेखुसी पाकिस्तानी निस्किए। हाल पाकिस्तान भित्रै तिनले बलुचिस्थान भन्ने अर्को देश मागेका छन्।

यो उदाहरणबाट प्रष्ट हुन्छ कि भुगोलको, पहिचानको लडाई अनवरत हुन्छ। बरू पृथ्वी ध्वस्त हुने कुरा साँचो भएर निस्केला तर यस्ता मागले मानव समुदायलाई दिगो शान्ति दिने कुरा असत्य हुन्। प्रसंग जोडिहालौं, लिम्बुवान लगायत कयौं पहिचानसहित राज्यको माग ऐतिहासिक पृष्ठभूमिको आधारमा उठाईएको हो भने पनि यी राज्यभित्र रहेका अन्य जातिलाई स्वायत्तता दिने कुरा जातिय सैनिकहरुको टुकुडि निर्माण गर्नुजस्तै हुनेछ। संघीय राज्य व्यवस्था थालनी नहुँदै मधेशबाट पहाडीया धपाउने कठोर धम्की आईराखेका छन्। सम्प्रदायिकताको मुल चरणबिन्दु यस्तै हुनेगर्छ। अखण्डता माग गर्नेमाथि मध्पश्चिममा गोलि नै चल्यो।

यस्तो संवेदना बुझेर पनि बुझपचाई रहनु भएका जनजाति नेता अशोक राईजीले मधेसी जनअधिकार फोरमसँग पार्टी एकता गर्नुको कारण मधेसबाट पहाडिया लखेट्न त पक्कै पनि होईन। तर पछिल्लो समय मधेसी नेताबाट डर लाग्दा स्वर सुनिन थालेका छन् र राईजी चुपचाप सुनेर बसिरहनु भएको छ, किनरु

साम्प्रदायिकता पछि प्रतिगमनको खतरा। अन्तरिम संविधानमा धर्म निरपेक्ष राष्ट्र नेपाल सबै समुदायलाई स्वीकार्य थियो। तर, हाल आएर यो ठूलो जनमतलाई अमान्य हुन गयो। आखिर किन यस्तो भयो तरु

हो, प्रतिगमनले जुरुक्क शिर ऊठाउने भनेको यसरि नै हो। जस्तो कि अहिले पहिचानवादी शक्तिको मुख्य लँडाई राप्रपा नेपालका कमल थापा र केही धर्मगुरूसँग परेको जस्तो देखिन्छ। कमल थापाहरू कसरि बलिया हुँदै गएरु कहाँका शक्ति हुन् ती धर्मगुरूरु यी तमाम प्रश्नको गम्भीर समिक्षा गर्नु आवश्यक छ। सम्भावित प्रतिगनमन रोक्नको लगि भएपनि सहमति गरेर लेनदेनको दस्तावेजका रूपमा एक थान संविधान जारी गर्न प्रमुख चार दल लालयित छन्। भूँईचालो आउने कुरा मानिसभन्दा पहिले चरालाई थाहा हुन्छ र उड्छन्। संविधान घोषणा हुने बित्तिकै कुनै न कुनै समूह कागजको खोस्टा जलाउँछु भनेर निस्कन्छ, यस्तो किन हुन्छरु

हामीले होईन भनेपनि नेपाली राजनीतिको ‘स्टेक होल्डर’ छिमेकि देश भारत र चीनबाट पनि प्राप्त उपलब्धिलाई जसरी भएपनि रक्षा गर्नको लागि अपिल भएको कुरा लुकेको छैन। अन्तर्राष्ट्रिय दवाव वा शक्ति सन्तुलनलाई महत्वपूर्ण नठानेर खाली घरेलु राजनीतिमा बखेडा झिकिरहनु भनेको कुवामा भ्यागुता ऊफ्रेर संसार घुम्ने लक्ष्य राखे जस्तै हो। प्राप्त सिमित उपलब्धि पनि गुम्ने खतरा कुन धारबाट छ भनेर चर्चा गर्नु अलिक हतारो होला तर प्रतिगमनका आयामहरु असिमित हुन सक्छन्। त्यसैले फरक मत राखेर भएपनि तत्कालको लागि कालो वादल हटाउन नचाहने प्रबृत्ति भनेको प्रतिगमनलाई बाटो खोलिदिने ईन्जिनियरको भूमिकामा उभिनु हो। पहिचानवादी आन्दोलनको नाममा अबरोधको राजनीति गर्दा संघीय लोकतान्त्रिक गण्तन्त्रबाट समेत ‘ब्याक’ हुनुपर्ने स्थिति आउन सक्छ।

बाहुनलाई गाली गर्ने राजनीति सामाजवादि होइन। एकजना सामाजशास्त्रीले लेखेको दुई हजार शब्दको लेखमा कम्तिमा १२९९ जति बाहुन शब्द र बाहुनलाई गाली गरेको मात्र देखियो। यो प्रवृत्ति पहिचानबारे वकालत गरिरहेका कयौं जनजातिमा पनि भेटिन्छ। कुन जातिको उत्पति र बिलय कसरी हुन्छ भन्ने कुरा परमेश्वरले म्यासेज पठाएर जानकारी गराएका हुँदैनन्। यो पृथ्वी करिब सात अर्ब वर्षदेखि अस्तित्वमा छ, त्यसभन्दा अगाडि पृथ्वी सूर्यसँगै थियो। यहाँनेर मैले बाहुन जातिलाई नोबेल पुरस्कार प्रदान गर्नुपर्छ भनेको होईन। तर, हिमायतीहरूले बहस गर्दा अलिकति ठोस र बिवेकपूर्ण गरून भन्ने लाग्छ।

करिब ७ हजार वर्ष यता कृषिमा विकास हुँदै गएपछि समूहगत रूपमा बस्न थालेको फिरन्ते मानिसले यो भूमी तेरो जातिको र यो भूमी मेरो जातिको भनेर तर्क गर्नेले पहिलो मानव पूर्वी अफ्रिकामा फेला परेको थियो भनेर मानव जातिको विकासक्रमबारे अध्ययन गर्नुपर्छ। जहाँसम्म नेपालको सन्दर्भ छ, यो भूमी मानिस जातिको नै थिएन। यो त पुरा जंगल थियो। नेपाल चरा, घोरल, चितुवा, बाघ, भालुहरुको थियो। अझ यसो भनौं कि समग्रमा प्राचिन नेपाल जनावरको थियो।

पूर्वीय सभ्यता घनिभूत विकाससँगै नेपालमा मानवजातिको प्रवेश भएको हो। बाहुन, दमाई, कामि, मगर त अस्ति भर्खरै राजाहरूले काम अनुसार जात दिएका थिए। नेपालका राजा मगरका सन्तान हुन्। काम वर्गिकरण गरेको मगरले हो, मगरले बाहुनलाई पुरोहित बनाए। यिनले मगरले दान, दक्षिणा गरेको खाएर पेट पाले। अझै पनि घरमा बाहुन बोलाएर दिन्छन्, यिनले लान्छन्। मगरले हाम्रा पुरोहितलाई गालि गरे पाप लाग्छ तर बाहुनले राजनीति सिकेर मगरको राज खानदान खोसेका हुन्। सत्य ऐतिहासिक तथ्य यही हो।

सुनको बाला लगाईदिएर सुगुँर सुन्दर हुँदैन। विचारकसँग बिवेकको प्रतिस्पर्धा गर्न सोंच नराख्ने तर हामी दुःखि छौं, हेपिएका छौं भनेर समानुपातिकको भर्‍याङ चढी सुबिधा लिने वा क्षेत्रीय राजनीतिमा हावादारी गफ लगाएर मुलुकको विकास ठप्प बनाउने तरिकाले कुनै पनि समुदायको पहिचान रक्षा गर्दैन, उल्टो बाँकि पहिचान समेत बिनाश गर्छ।

केहि दिनअघि एक पाकिस्तानी मुस्लिम युवालाई आतंककारी भन्दै भारतीय सुरक्षा बलले समात्यो। अघिल्लो रात जम्मुकाश्मिरमा मुस्लिमले मन्दिरमा बम हाने। हिन्दुहरुको घर छानिछानी भत्काईदिए र यो हामीहरूको भूमी हो, तिमीहरू तत्काल यो ठाँउ खाली गर भनेर तारबार लागाए। अनि पछिल्लो बिहानी भारतीय फौंजले तारबार भत्कायो, आफ्ना नागरिकलाई आफ्नै भूमीमा जाऊ भन्यो। घर पुनस्निर्माण गरिदिन्छौ तर जगा छाडेर एक हात पनि पछि नहट भन्यो, यो श्रृंखला अहिलेसम्म चलिरहेको छ र चलिनै रहन्छ।

ठीक त्यसैगरी हामी नेपालीबीच मानव संवेदना हराउँदै गएको छ। यहाँ भएको के छ भने ल, तिमी यस्तो गरिब भएको त हिन्दु धर्मले हो भनेर उक्साउने गतिबिधि भईरहेको छ। तिमीलाई सुकुम्बासी बनाएको त बाहुन जातिले हो भनेर जातजातीबीच आधुनिक किसिमको घृणित मानसिकता थोपरिदिने र जातीय सामुदायलाई युद्वको मानसिकतामा राखिदिने काम भईरहेको छ।

हामीले हाम्रो समाजलाई युग अनुसार सुधार गर्नुपर्छ, त्यसमा दुई मत छैन तर नेपाली एकमत भएमा मात्र त्यो सम्भव छ। कुनै पनि मुलुकका सम्पूर्ण जातीहरूको उन्नति समान रूपले हुँदैन। सामाजिक थिचोमिचो, अन्याय, कुसंस्कार वा जातीय रुपमा प्रतिबन्ध जस्ता सामाजिक संरचनाका कारण यस्तो समस्या उतपन्न हुने गर्छ तर वर्गीय दृष्टिबाट हेर्दा यस्को ब्याख्या फरक हुन्छ। उदाहरणको लागि नेपालमा दलितहरू उत्पिडनमा परेका छन् त्यो कुनै खास एक जातिको उत्पिडन भयो। तर जनसंख्याको दृष्टीबाट हेर्दा पहाडीया बाहुन निकै नै उत्पिडनमा परेका छन्।

त्यसैले हामीले बर्गीय उत्पिडनको आधारबाट जनतालाई न्याय दियौं भने राजनीतिको संस्कार बस्छ। जनताले राज्यसँग अधिकार माग्छन्, त्यो सामान्य हो। तर जनताले हिन्दु राज्य पनि माग्छन्। अखण्ड भूगोल सहित संघीयता पनि माग्छन्। जनताले लिम्बुवान पनि माग्छन्। जनताले संघीयता नै चाँहिदैन पनि भन्छन्। जनताले राजासंस्था पनि माग्छन्। अनेक कुरा माग्छन्। तर, नेताले सबै माग नेपाली नागरिकको मागका रूपमा बुझेर सकिने कुरालाई बहस र छलफलबाट हल गर्ने, यदि सकिदैन भने तत्काल निर्वाचन गरेर समस्या हरुको समधान गर्नुपर्छ। यो नै हामीले परिकल्पना गरेको लोकतान्त्रिक गणतन्त्रको सुन्दर प्रयास हुनेछ अन्यथा देश जम्मुकाश्मिरको बाटो समात्ने कुरा निश्चित छ।

अन्त्यमा, राष्ट्रिय अखण्डता, स्वाधिनता, एकताभन्दा व्याक्तिगत, समूहगत, पार्टीगत स्वार्थ ठूलो हुनै सक्दैन। युग सुहाउँदो परिवर्तन पुस्ता परिवर्तनसँगै हुन्छ। दुई हजार वर्ष पछिको नेपालबारे चिन्ता गरेर अहिले नै मानसिक सन्तुलन गुमाउनु जरूरी छैन। नेपाली जातिको मिठो मुस्कानलाई जीवन्त राखौं।

हस्, धन्यवाद।

लेखक :दिल निसानि मगर

 
Comments (1)
aa
1 Saturday, 12 September 2015 18:53
acharyad98@yahoo.com
very good news

Add your comment

Your name:
Subject:
Comment:

Latest News