HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home विशेष लेख बेलायतमा बुद्ध धर्ममा आस्था राख्ने मगरहरु धेरै

बेलायतमा बुद्ध धर्ममा आस्था राख्ने मगरहरु धेरै

E-mail Print PDF
AddThis Social Bookmark Button

बेलायतमा बौद्ध धर्म मान्ने मगरहरुको उपस्थिती बाक्लो :

गत साल बैशाख पुर्णिमामा ,२५५९ बुद्ध जयन्तिको पावन अबसरमा नेपालबाट बेलायत पाल्नु भएकी बुद्ध धर्मगुरुआमा क्ष्यान्तीवतिले बेलायतमा रहेका मगर र उनिहरुले अपनाएका धर्म संस्कार सम्बन्धी संक्षिप्त सर्बेक्षेण गरेकी थिईन बिभिन्न उमेर समुह ,पेशा,व्यवसाय ,शैक्षिक योग्यता आदीलाई आधारमानी गरिएको उक्त सर्बेक्षण अनुसार सबै भन्दा बढी  बुद्ध धर्मालम्वी  जनसंख्या ५७.६५५ % थियो भने सबै भन्दा कम इसाई(क्रिस्तियन) धर्माओलम्बीको सन्ख्या ०.५१५ %रहेको थियो ,हिन्दू धर्म मान्ने ३०.१०५ % रहेका थिए भने धर्म उल्लेख नगर्ने ७.१४५% थिए ,प्रक्रिती पूजक २.५५५% ,मुस्लिम १.०२५ र अन्य १.५०२% रहेको थियो । कर्म कान्डिय सँस्कार जोवाइ चेला(भान्जा) बाट गराउने गरेको अधिकान्सको जवाफ रहेको थियो । प्रस्तुत छ उक्त सर्बेक्षण


बेलायतबासी मगरहरुको धर्म र संस्कार बारे संक्षिप्त सर्वेक्षण

- गुरुमां क्षान्तिवती (देवु कुमारी पुन मगर)

धर्मकीर्ति विहार, काठमाडौं नेपाल

नेपालका आदिवासी मगरहरु आफ्नो धर्म र संस्कारलाई आफू जहाँ गए पनि राम्रोसंग पालन गरिआएको देखिन्छ । भगवान बुद्धको समयदेखि बुद्धधर्म मान्दै आएका मगरहरुले विभिन्न खालको सामाजिक, राजनैतिक र आर्थिक कारणले गर्दा बीचमा केही शताब्दिसम्म आफ्नो धर्म बिर्सेर बसेका रहेछन् । अहिले उनीहरुमा “हामी” अथवा “हाम्रो” धर्म र संस्कार भनेको बौद्धधर्म हो भन्ने जनचेतना आएको करिव १५/२० वर्ष हुन लाग्यो । यो १५/२० वर्षको अन्तरालमा उनीहरुमा धेरै नै परिवर्तन र सुधार आएको कुरा उल्लेख गर्नेहरु धेरै छन् । बुद्धले सिकाउनु भएको उपदेशलाई आफ्नो जीवनमा उतार्ने कोशिस गरेको पनि देखिन्छ । यिनीहरु धार्मिक जीवन बिताउनका लागि अथवा आफ्नो पहिचानका लागि पनि बुद्धधर्मलाई अंगाल्न थालेको देखिन्छ ।

अहिले मगरहरुले नेपालदेखि विदेशसम्म पनि आफ्नो धर्म र संस्कारलाई अबलम्बन गरेको देखिन्छ । यही क्रममा नेपालबाट धेरै टाढा बेलायतमा बस्ने मगरहरु एक–आपसमा मिलेर सन् २००२ मा लण्डनमा “मगर संघ यू. के. ” स्थापना गरेको कुरा उल्लेख्य रहन गएको छ । यसको संस्थापक अध्यक्ष श्री थर्क राना मगर हुनुहुन्छ । स्थापना कालदेखि अहिलेसम्म विभिन्न प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको देखिन्छ । यस कार्यलाई वर्तमान अध्यक्ष दुत ब. पुन मगरज्यूको नेतृत्वमा सम्म पनि यथावत नै जारी राखेको पाइयो ।

मगर संघ यू.के.को भ्रातृ संगठनको रुपमा मगर बौद्ध समाज यू.के.को स्थापना २०१५ सालमा श्री कृष्ण दर्लामी मगरको अध्यक्षतामा भएको रहेछ । बेलायतमा लुम्बिनी बुद्धविहार बनाउने अभियानलाई यही मगर बौद्ध समाज यू.के.ले सम्पूर्ण रेखदेख गर्ने र भाबी योजना तय गर्दै गरेको कुरा स्मरणीय छ ।

त्यहाँका मगरहरुले बुद्धशिक्षालाई राम्रोसँग बुझ्न र यसलाई व्यवहारमा उतार्नकालागि यसको मार्गदर्शक अथवा भिक्षु, अनागारिकाहरुलाई लण्डनमा बोलाएर बुद्धशिक्षालाई जान्ने र बुझ्ने मनसाय राखेका रहेछन् । यसै क्रममा २०७२ सालको बैशाख पूर्णिमा अथवा २५५९ औं बुद्धजयन्तीमा लण्डनमा मलाई निम्त्याईयो र भव्यताका साथ बुद्धजयन्ती मनाईयो । यो पावन दिन मनाउन मगरहरु मात्र होइनन्, त्यहाँ बस्ने नेपालका विभिन्न जातजातीहरुको पनि सहभागिता रह्यो । त्यति ठूलो समूहमा मैले पहिलो पल्ट प्रवचन दिएको थिएँ । पश्चिमी मुलुकमा मैले पहिलो खुट्टा टेकेको लण्डन नै हो । तसर्थ यु.के. मगर संघले मेरो जीवनको बाटो नै खोलीदिएको अनुभव भइरहेको छ ।

मलाई लाग्छ मगरहरुलाई बुद्धधर्मावलम्बी भन्न अथवा उनीहरुलाई बुद्धधर्मको बारेमा थाहा नपाइकन यत्तिकै बुद्धधर्म मान्न लगाउन अथवा यसलाई अवलम्वन गर भन्दा अन्धो भक्ति हुने बेर लाग्दैन । त्यसैले शिक्षित रुपमा बुद्धशिक्षालाई उनीहरुको समुदायमा लैजानु आवश्यक रहेको देखिन्छ ।

बुद्धको शिक्षा भनेको पाठ, पूजा गरेर मात्र पुण्य प्राप्तहुने होइन । यसलाई व्यवहारमा उतार्नु अति आवश्यक छ । जसको माध्यमबाट हामी सही मार्गमा हिंड्न सक्ने हुन्छौं । होइन भने बुद्धधर्म मान्ने हो भन्दै अन्धो भक्त भएर बस्न पनि सक्छ । करिब ४ महिनाको लण्डन बसाईको क्रममा मैले त्यहाँ रहेका मगरहरुको धर्म र संस्कारबारे केही जानकारी पाउने इच्छाले एक सर्वेक्षण गरेकी थिएँ । त्यसका लागि मैले २० वटा प्रश्नहरु राखेर प्रश्नावली पनि तयार पारें । त्यहाँ रहेका मगरहरुको सौहार्दपूर्ण सहयोग र मित्रतापूर्ण व्यवहारबाट मैले त्यो काम सम्पन्न गर्न सकें । यसका लागि उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

प्रश्नावली भरेर फिर्ता प्राप्त भएको १९६ वटा फारामको आधारमा निम्न प्रकारका तथ्यांकहरु पाईयो :

 

१. उमेर समूह

बर्ष ९ देखि १८ सम्मका (१.०२५%)

बर्ष १९ देखि ३० सम्मका (४०८५%)

बर्ष ३१ देखि ६० सम्मका (६८.८८५%)

बर्ष ६१ देखि माथिका (१४.२९५%) र

उमेर नखुलेका (११.७३५%)

 

२. प्राप्त फारमहरु मध्ये महिला सहभागिता (४७.९६५%) थिए भने

पुरुष (४०.८२५%) रहे,

त्यस्तै लिंग उल्लेख नभएका फारम (११.२२५%) थिए ।

 

३. शैक्षिक योग्यता

स्कूल शिक्षामात्र प्राप्त (४०.८२५%)

कलेज शिक्षा सम्म प्राप्त (३२.६७५%)

उच्च शिक्षा प्राप्त (८.६७५%)

शैक्षिक अवस्था नखुलेका (१६.८४५%)

 

४. बेलायत बसोवासको क्रममा पेशागत रुपमा भन्नुपर्दा

अध्ययनका लागि बसेका (२ं.५५५%)

रोजगारका लागि बसेका (५९.१८५%)

व्यापार व्यवसायका लागि बसेका (३ं.५७५%)

अन्य कारणले बसेका (२१.९४५%)

कारण नखुलेका (१२.७६५%)

 

५। आफूले मान्दै आएको धर्मको सवालमा प्रश्नावलीमा उत्तर दिनेहरु मध्ये

बुद्धधर्म मान्ने (५७.६५५%)

हिन्दूधर्म मान्ने (३०.१०५%)

इसाईधर्म मान्ने (०.५१५%)

मुस्लिमधर्म मान्ने (१.०२५%)

प्रकृतिपूजक (२.५५५%)

अन्य (१.०२५%)

धर्म उल्लेख नगर्नेहरु (७%१४५%) थिए ।

 

६. उनीहरु बेलायत आउनुको मुख्य उद्देश्यहरु मध्ये

अध्ययनका लागि (३.०६५%)

रोजगारका लागि (३७.७६५%)

व्यापार व्यवसायका लागि (१.५३५%)

बच्चाहरु पढाउनका लागि (४.५९५%)

बसोबास-आवासीय भिसा प्राप्त (३४.६९५%) र

कारण नखुलेका (१८.३७५%) थिए ।

 

७. बिभिन्न उद्देश्यले त्यहाँ बसेकाहरु मध्ये

१ देखि ५ बर्ष सम्म बसीसकेका (१५.८२५%)

६ देखि १० बर्ष सम्म बसीसकेका (३७.७६५%)

११ बर्ष भन्दा बढी बसीसकेका (३५.७१५%) र

अवधि नखुलाईएकाहरु (१०.७१५%) ।

 

८. बेलायत रहँदाको जीवन कस्तो पाउनुभयो भन्ने प्रश्नमा

खुसीपूर्ण रहेको बताउने (४०.८२५%)

सामान्य रहेको बताउने (३९.२९५%)

बेखुसी रहेको बताउने (०.५१५%) र

नखुलाईएका (१९.३९५%) ।

 

कर्मकाण्डिय संस्कार चलाउने बारेमा धेरैले ज्वाई चेलाबाट चलाई आएको बताए । उनीहरुले आफ्नो कर्मकाण्ड आफ्ना ज्वाई चेलाबाट चलाएर आफ्नो संस्कारलाई बुलन्द रुपमा बचाई राखेको पाइयो । उनीहरुले आफ्नो संस्कारलाई आजभोली बौद्ध तरिकाबाट अगाडि बढाउन चाहेको पनि देखियो । त्यसका लागि भिक्षु, अनागारीका अथवा वापा, मापाबाट पनि आफ्नो संस्कार चलाउने गर्न थालेको पाइयो । अहिले लण्डनमा वापाहरु आठ, दशजना रहेका छन् । उनीहरुले आफ्नो समय हेरेर जन्मदेखि मरणसम्मको संस्कार कार्यलाई पूर्ण गर्दै आएका रहेछन् । यसरी पनि भन्न सकिन्छ कि मगरहरु समय र अवस्था अनुरुप आ–आफ्नो संस्कारलाई बचाई आइरहेका रहेछन् ।

उनीहरु मध्ये धेरैले धर्म भनेको प्राकृतिक रुपमा परिवर्तन हुने स्वभावलाई जानेर वा बुझेर आफ्नो असल आचरणमा सुधार ल्याउनु नै धर्म हो भनेर मानेका देखिए । बुद्धले पनि भन्नुभएको छ प्राकृतिक रुपमा परिवर्तन हुने जुन स्वभाव धर्म छ त्यसलाई बुझ्न सक्नुपर्छ ।

सर्वेक्षण अनुसार पुण्यलाभ गरी धार्मिक पहिचान सहित जीवन बिताउन मनपराएका पनि देखिए । आफ्नो जीवनमा कुनै पनि आकस्मिक घटना घट्दा यथार्थ कुरालाई आत्मसात् गरेर बस्ने करामा अडिग रहेका पनि भेट्टाईए ।

शील आचरणमा रही, ध्यान भावना गरेर, पुण्यदान दिएर आफ्नो जीवनलाई धार्मिक बनाउने अभ्यास तर्फ लागेको कुरा पनि प्रकाशमा आए । बुद्धले पञ्चशीलको बारेमा राम्रोसंग बताउनु भएको छ, ती शीललाई राम्रोसंग आफ्नो जीवनमा उतार्ने अथवा पालन गर्नेहरु पनि देखिए ।

बेलायतमा बुद्धधर्मलाई अझ व्यवस्थित र सबै मगरहरु समक्ष पुर्याउन आवश्यक छ भनी बौद्ध विहारको कल्पना अथवा निर्माण गर्ने कार्यमा अटल श्रद्धा रहेको कुरा पनि उल्लेखनीय रह्यो ।

मगर समुदायमा भिक्षु अनागारिकाहरुको संख्या अत्यन्त न्यून रहेको हुनाले त्यसको पनि संख्या बढाउन आवश्यक रहेको पनि बताएका छन् । भिक्षु तथा अनागारिकाहरुको माध्यमबाट मगर समाजमा बुद्धधर्मलाई अघि बढाउन, सिकाउन सकिन्छ भन्ने कुरामा उनीहरुको विश्वास रहेको देखियो ।

 

भिक्षु, अनागारिकाहरु प्रति केही सुझाव छ कि ? भन्ने जिज्ञासामा उहाँहरुको धेरैको भनाई यस्तो रह्यो :

 

१. भिक्षु, अनागारिकाहरु उपस्थित भएमा बुद्धको ज्ञानबारे सर्वसाधारणहरुले प्राप्त गर्न सकिन्छ ।

२. मगरहरुको बस्ती बस्तीमा गएर बुद्धशिक्षा दिनु जरुरी छ ।

३. बुद्धधर्म मगरहरुको बीचमा के सम्बन्ध छ भन्ने बारे बताइदिनु जरुरी छ ।

४. बेलायतमा गत वर्ष पहिलो पटक मगर भिक्षु आउनु भएको थियो । मगरको धर्मबारे उहाँको प्रवचन सुनेर सबै मगरहरु प्रभावित भए । ज्यगलकयिध धभकत ीयलमयल को प्रवचनमा लगभग ५०० जना उपस्थित थिए । सबैको चाहना पञ्चशीलमा आयो । ४०/५० जनाले पञ्चशील उपलब्ध गराउनु पर्यो भने, तुरुन्त कर्मकाण्ड सेक्रेटेरीज्यूलाई सम्पर्क गरेर अनुरोध गरे पनि अहिलेसम्म त्यो पाएका छैनौ भने त्यस पञ्चशील बारे कसरी थाहा हुनु, कसरी पालना गर्नु ?

५. श्रद्धेय भिक्षु, अनागारीकाज्यूहरु कुनै देशमा धम्मदेशना गर्ने हेतुले प्रस्थान गर्नु अघि त्यो देशमा बसोबास गर्ने मगरहरु कुन धर्मबाट प्रभावित छन् भनी राम्ररी बुझेर सो अनुसार तयारी भएर पाल्नु भयो भने अत्युत्तम हुने छ ।

६. भिक्षुहरुको संख्या संगसंगै भिक्षुणीहरुको संख्या पनि बढाउनु जरुरी देखिन्छ ।

 

सोधिएका प्रश्नावली निम्न अनुसारको थियो :

१. नाम

२. उमेर

३. लिंग

४. शैक्षिक योग्यता

५. पेशा

६. धर्म

७. बेलायत आउनुको मुख्य उद्देश्य

८. बेलायत बसाइको समयावधि

९. बेलायत रहँदाको जीवन

१०. कर्मकाण्डिय संस्कार कसरी गर्नुहुन्छ

११. धर्म के हो भन्ने लाग्छ

१२. धर्मलाई कुन रुपमा लिनु हुन्छ

१३. कुनै आकस्मिक घट्ना हुँदा मनलाई कसरी सम्हाल्नु हुन्छ

१४. धार्मिक अभ्यास कसरी गर्नुहुन्छ

१५. पंचशील कत्तिको पालना गर्नु हुन्छ

१६. धर्मलाई संस्थागत गर्न आवश्यक छ वा छैन

१७. मगरहरुलाई धार्मिक चेतना जागृत गराउनका निम्ति मगर समाजमा भिक्षु र अनागारिकाहरुको आवश्यक ठान्नु हुन्छ वा हुदैन

१८. बेलायतमा मगरहरुको आफ्नै विहार होस् भन्ने लाग्छ वा लाग्दैन

१९. अन्तमा मगरहरुको धर्म, संस्कार संरक्षण र संवर्धनका निम्ति बिशेष गरी मगर भिक्षु र अनागारिकाहरुलाई केही थप सुझाब छ कि ?

 
Comments (1)
Hearty congratulations
1 Thursday, 05 November 2015 19:48
madan ratna manandhar
Hearty congratulations to Hon'ble guruma Ksyantiwati,
With the help of this article, the present status of Magars in UK is picturised. Now everyone, who is interested in this subject matter can quote this article for the respective article or research.
Congratulations once again
Madan

Add your comment

Your name:
Subject:
Comment:

Latest News