HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home विशेष लेख तमु (गुरुङ) समुदायको महान चाड तमु ल्होसार

तमु (गुरुङ) समुदायको महान चाड तमु ल्होसार

E-mail Print PDF
AddThis Social Bookmark Button

राजु प्रकृति

नेपालका सुचिकृत आदिबासी जनजातिहरुमध्ये गुरुङ्ग जाति पनि एक हो ।आफ्नै  भाषा, संस्कृति, सभ्यता र इतिहास भएका गुरुङहरुको थातथलो बर्तमान नेपालको कालिगण्डकीदेखि बुढीगण्डकीसम्मका भू—भागहरु हुन् ।गोरखा , लम्जुङ्ग, तनहु लगाएत नेपाल अधिरज्यभर गुरुङ समुदायको बसोबासका साथै हाल आएर  त्यस भू-भागबाट बसाईसराईको क्रममा यतिखेर गुरुङहरु नेपाल लगायत छिमेकी मुलुकहरु भुटान, भारतको सिक्किम, दार्जिलिङ्ग, कालिङ्गपोङ्ग देखि देहरादुनसम्म छरिएर स्थायी रुपमा समेत बसोबास गरिरहेका छन् । पछिल्लो समयमा यू.के., हङकङ लगायत अन्य देशहरुमा  समेत स्थायी तथा अस्थायी रुपमा बसोबास गरि रहेका छन् ,  त्यस बाहेक अमेरिका, क्यानाडा, जर्मन, अष्टेलिया, बेल्जियम, स्वीजरल्याण्ड, फ्रान्स, जापान, कोरिया, रुस, चाइना, मलेशिया, कतार, दुबई, साउदी अरेयिबा, मकाउ, बहराइृन आदि देशहरुमा समेत बसोबास रहेको छ । अन्नपूर्ण हिमालको सेरोफेरोमा आदिमकालदेखि आफ्नो  जातिय सभ्यता र संस्कृतिको बिकाश  गराउँदै इतिहासको विभिन्न कालखण्डमा संसारभर फैलिएका गुरुङहरुको आफ्नै  मौलिक भाषा,कला, संस्कृति  परम्परा रहेका छन् । त्यही ऐतिहासिक सभ्यता र भाषिक तथा साँस्कृतिक पहिचानको संरक्षण र सम्बर्धन गर्दै सबै खाले जातिय विभेद र असमानताको अन्त्य सहित राज्यको हरेक अंग र तह-तप्कामा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापित गर्ने उद्देश्यले  गुरुङहरुले थुप्रै गतिविधीहरु गर्दै आईरहेका छन् ।

गुरुङहरु संस्कृतिले मात्र नभई भाषिक रुपमा पनि धनी रहेका छन् । गुरुङहरु आफ्नो भाषामा तमू भन्दछन् ,  त्यसकारण तमू भनेको गुरुङ्ग हो । आदिम काल देखि बोलिचालीमा प्रयोग हुने शब्द भनेको तमू नै हो ,  तर तमू समुदायमा खसकरणको प्रभावले गर्दा तमूको अर्थ जान्नेहरुको संख्यामा ह्रास हुदै गएको छ , जसको लागि पनि तमू समाजले भाषिक, धार्मिक तथा साँस्कृतिक अभियानहरु सञ्चालन गर्न जरुरी रहेको छ,  त्यस्तै गरी हाम्रा धर्म गुरुहरुको साथै जातिय भेषभुषा, खानपिन तथा परम्परागत मूल्य र मान्यताहरुको संरक्षण तथा सम्बर्धन, प्रचार(प्रसार  पनि गर्नुपर्ने कर्तव्य नयाँ पुस्ताको काँधमा आएको छ ।

 

सदाझैँ  यस वर्ष तमु (गुरुङ) समुदायले ल्हुल्हो (भेडा वर्ग) को विदाई  गर्दै प्र (बाँदर) वर्गको स्वागत गर्दै मनाउने भएका छन् ।   ल्होसार तमू (गुरुङ) जातिको सामाजिक पर्व हो । ल्होसारको अर्थ नयाँ वर्ष पुष १५ (पन्ध्र) का दिन देश विदेशमा रहनु भएका सम्पूर्ण तमू जातिले उत्साहपूर्वक ल्होसार पर्व मनाउने गर्दछन् । ल्होसार पर्व प्राकृतिक विधि–विधान र सौर्य मण्डलको गतिसँग सम्बन्धित रहेको छ । तमू चि (ज्योतिषशास्त्र) अनुसार १२ वटा पशुपंक्षिको नाममा बाह्र वर्षको एउटा ल्हो कोर (वर्गचक्र) हुन्छ । यहि ल्हो को अनुसार प्रत्येक वर्ष पौष १५ (पन्ध्र) का दिनमा ल्हो (वर्ग) फेरिन्छ । यस वर्ग चक्र अनुसार वर्ग फेरिने दिनलाई ल्होसार नयाँ वर्ग अथवा नयाँ वर्ष भन्ने  गरिन्छ । ल्होसार अर्थात वर्गचक्रमा समावेश रहेको पशुपंक्षिहरु क्रमैसँग तः (घोडा), ल्हु (भेडा), प्रः (वादर),  च्ह्या (चरा), खिः (कुकुर), फो (मृग), च्यु (मुसा), ल्वों (गाई), तो (वाघ), ह्वीं (विरालो), सप्ह्रि (सर्प–नाग), मुप्ह्रि (गरुड–ड्रागन), छन् । तमू चि (ज्योतिशास्त्र) अनुसार शुभ–अशुभ गणना गर्दा ल्हो (वर्ग) मेवा कु (नौ ज्योतिष अंक) र पार्ग (आठदिशा चक्र) को आधारमा गणना गर्दछन् । प्रत्येक ल्हो (वर्ग) मेवा (अकं) र पार्ग (दिशा)को आ–आफ्नो तत्व रहेको हुन्छ । ती तत्वको आधारमा मानिसका लक्षण थाहा पाउन सकिन्छ ।

 

तमू ल्हो कोर को आधारमा कुन वर्ग ल्हो (वर्ग) मेवा (संख्या) सगँ कुन मित्रता र कुन शत्रुता हुन्छ भन्ने कुरा हर्नको लागी पार्ग (कुण्डली) मा ८ वटा दिशा चक्र हुन्छन् । यस ८ वटा दिशा चक्रको पनि आ–आफ्नो तत्व हुन्छन्, जसतैः मि (आगो), छयू (पानी), च्यो (फलाम), सिँ (काठ), ह्यू (आकाश), खै (हावा) स ९माटो र त्हो (पर्वत) हुन् । ल्हो (वर्ग) अनुसार मानिसको उमेर गनेर त्यसलाई वर्ग चक्रमा भिडाएर राम्रो नराम्रो जर्ने नजुर्ने, शुभ–अशुभ केलाएर सामाजिक कार्य तथा मृत्यु संस्कारहरु गर्ने गर्दछन् ।

 

ल्होसार भनेको तमू भाषमा ल्हो ९वर्ग० सार फेरिने रहेको हुनाले ल्होसारको सामान्य अर्थ वर्ग फेरिने (ल्होतोव) दिने हो । ल्होसारलाई नयाँ वर्षको रुपमा लिन गरिन्छ । हिमाली क्षेत्रका जनजाती लगायत तामाङ, शेर्पा र तमूहरुले वर्षलाई वर्गमा नामाकरण गरेको हुनाले नयाँ वर्ष फेरिने दिनहरुलाई ल्होसार भनिन्छ । तिब्बती संस्कृति अनुसार तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार रहेका  छन् । तमूहरुले प्रत्येक वर्षको पौष १५ को दिन तमू ल्होसार  (चाड) मनाउने  गर्दछन । तमूहरुमा ल्होसार लेख्ने भन्ने बारे केहि मतान्तर गर्न खोजिएको देखिन्छ । यो उचित लाग्दैन विद्धानहरुले ल्होसार भनेको तिब्बती भाषको तत्सम हो । छोर भनेको तमूभाषमा तदभव हुन् भनेका छन् । तत्सम र तदभव को लवज मात्र फरक हो, अर्थ एउटै हुन्छ भनेका छन् ्र बुझ्नुपर्ने विषय के हो भने कुनैपनि भाषाको एउटा शब्दलाई सापेक्षितरुपमा विभिन्न भाव ,  अर्थमा र दृष्टिकोणमा प्रयोग गर्न सकिन्छ ,  त्यो  नै महत्वपूर्ण हुने गर्दछ  । तमूहरुको वर्ग फेरीने दिनलाई ल्होतोव, ल्होसार र ल्होछार जे लवाजमा भनिएता पनि यसको भाव अर्थ एक समय सिमाबाट अर्को समय सिमामा  जाने प्रकृया हो । कुनैपनि प्रकृयामा आफ्नो विश्वासको परम्परा, भाषा ,  संस्कार, संस्कृती पहिल्याउने साधन र श्रोतमा  निहित रहेको  हुन्छ । यसमा जातिय इतिहास समावेश हुन्छ । तमू गुरुङको भाषा, धर्म, संस्कार, संस्कृति एउटै हो भने बुझाई पनि एउटै रहेको छ  ।

 

तमू/गुरुङ जातिको महान चाड  ल्होसार पर्व प्राकृतिक विधि विधान अन्तर्गत  विशेष गरी सौर्य मण्डलको गतिसँग सम्बन्धित रहेको  छ । तमू / गुरुङबिच (ज्योतिष शास्त्र) अनुसार १२  (बाह्र ) वटा विभिन्न पशुपंक्षीहरुको नाममा एउटा वर्ग चक्र (ल्होसार) हुन्छ । प्रत्येक  वर्ष एउटा पशु वा पंक्षिले त्यस वर्षको पहिचान निर्धारण गर्ने गर्दछ । त्यस वर्षको ३६५ दिन भित्र जन्मिएका वालबालिकाको वर्ग एउटै हुन्छ । प्रत्येक १२ वर्षपछि वर्गक्रम दोहोरिन्छ । तमू ल्होसार धर्म गुरु र प्रख्यात व्यक्तित्वको नाम नभई प्राकृतिक सौर्य मण्डलको गतिको आधारमा परिवर्तन हुने गर्दछ । संसारको चराचर जगत सूर्य र प्रकृतिको आधारमा रहेको छ ।

 

ल्होसार पर्व प्राकृतिक गतिसँग सम्बन्धित रहेको हुनाले र अनादिकालदेखि रहेको हुनाले यो कहिलेलेखि शुरु भयो भन्ने तिथिमिति निक्योल भएको छैन । वर्ग परिक्रमा पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा दाँयादेखि बाँया घुमेजस्तै ल्होकोर (वर्ग चक्र) परिवर्तनको क्रम पनि दाँयादेखि वाँया घुम्ने गर्दछ । लहरा पनि थाक्रोमा माथि चढ्दा दाँया देखि बाँया घुमेर माथि चढ्छ । ल्हो परिवर्तन पुष १४ गतेको  मध्यरातीबाट गुरु पुरोहितहरुले स्वस्ती–शान्ति पूजा गरी शुरु गरिन्छ । पूर्वीय मान्यता अनुसार सूर्य उदायसँगै दिन प्रारम्भ मानिएको हुनाले ल्होसार पनि सूर्य उदायसँगै सुरु हुन्छ भन्ने मान्यता रहेको छ । ल्होसार प्रकृतिसँग सम्बन्धित भएको हुनाले यसमा मानव जीवन असल हुनाको लागि प्राकृतिक जगत (पर्यावरण) असल हुनुपर्छ भन्ने सन्देश छ ।

 

ल्होसारको अवसरमा राती १२ बजे पच्यूले छयोबा त्हें, क्ल्हेबृले थासों र लामाले छयू त्ह्ें गरेर स्वीती–शान्ति, सह ९साधन र आयु साधन गर्छन । श्रद्धालुहरुलाई गुरुपुरोहितहरुले पुरुषलाई नौसरो ९ गाँठो (ख्येकु) को नाममा र महिलालाई सात सरो ७ गाँठो (माङि) को नाममा प्हंठैरु–रुपा–रीपा (बेसार र खरानीमा रंगाएको धागो) गलामा बाधी “सुख–शान्त, धन, मान र स्वास्थ् लाभ होस्” भनि आसिमाला  (शुभकामना) दिन्छन् । अन्य जनसमुदायले एक  आपसमा आसिमाला  भन्दै शुभकामना आदन प्रदान गर्दछ । यो धर्मिक विश्वासको विशेषता हो ।

 

 

ल्होसारको महत्वपूर्ण विशेषता सामुदायिक भावनामा आधारित भएकोले त्यस दिन स्यौकैं (सह–भोजन) आयोजना गर्छन । उहिले गाँउ ठाउँका युवा(युवतीहरुले विभिन्न चाडवाड, उत्सव र अवसरमा मिलेर जम्मा गरेको पेशा  तथा एक आपसको सहभागितामा उठाइएका खाध  सामाग्रीहरु जम्मा गरी गाँउका सबै मानिसहरु एक ठाउँमा जम्मा भई एकै ताउलोमा पकाएको सह(भोजन गर्ने सामुदायिक भावनामा आधारित सामाजिक विशेषता हो । सह-भोजनमा सये क्ल्ये (भुमिको मालिक), त्होये क्ल्हे (मौलाको मुखिया), म्हिग्रेचोक (भद्र–भलादमी), इङिमाये क्ल्हे (ज्योतिष), ह्योंदोये क्ल्ये (गुरुपुरोहित), उमिङह्ठीमा (आमा समूह), रिंमैं फ्रेमै (युवा–युवती), हजें म्हिजें (ईष्टमित्र) आगुमै–थुमै (साथीभाई) प्हे्रंमै (पाहुना) हरु सहभागी हुन्छन् । यस चाडले सामाजिक सौहाद्रता, सामुदायिक भावना र सहयोगको भावना बढाउछ । तमू ल्होसारमा मिलिजुली हाँसी खुशी सुखस्दुख एक आपसमा  बाँड्छन् , सगै खान्छन् ,  पिँउछन् र नाच-गान,  खेलकुद गरी भरपूर मनोरञ्जन लिने गर्दछन  । तमूहरु मिलनसार र रमाइलो हुन्छन् “एकता नै बल हो ” तमू लहोसारको मूल सन्देश । ल्होसारमा भाई–चाराको लागि एक आपसमा आसिमाला (शुभकामना) आदान–प्रदान गर्ने गर्दछन  ।

 

ल्होसारका दिन पच्य क्ल्हेबृ लामाहरुबाट स्वस्ती–शान्तिको पूजा गरी कुशल मंगल प्राप्तिको लागि क्रमि (घ्यूदीप) बालेर कुलपितृलाई क्यूफुई (चोखो पानी), च्यू (अक्षेता), भेटि–घाटी पैसा, कैं फुई (चोखो भात) ट्हाफुई (चोखो तिउन), प्हाफुई (चोखो जाडँ) र फलफुल चढाई स्युउरी धुप–साल–धुप बालेर सिल्दोनाल्दो ९सिमेभूमें० देवी–देवताको पूजा गर्छन ।नया ,  राम्रो लुगा लगाई मीठो खाने कुरा बनाएर आफु घर-परिवार र आफन्तहरुलाई खुवाउँने गर्दछन  । आज–भोली तमू ल्होसार शहर–बजारमा भब्य समारोहका साथ सम्पन्न गर्ने गरि  राजनीतिक नेता, बुद्धिजीवी समाजसेवीहरु समेतलाई निमन्त्रणा गरी राजनीतिक र सामाजिक चेतना जगाउने काम समेत भएको देखिन्छ । ल्होसार पर्वले तमूहरुलाई वर्षभरिमा एक ठाउँमा भावनात्मक रुपमा उभिन समय प्रदान गरेको छ ।

 

तमू ल्होसारमा नयाँ वर्गले सूर्यको गतिलाई पछयाउँछ । सूर्य पृथ्वीको दक्षिणी गोलार्धको मकर रेखा पुगेर उत्तरी गोलार्धको कर्कट रेखा तिर फर्किने दिन गुरुङ तमू  भाषमा ङि खोर अथवा ङिहमादँवामा ल्होसार पर्व मानिएको छ । जव सूर्य उत्तारायण हुन्छ त्यस दिनदेखि पृथ्वीको उत्तरी  गोलार्धका सूर्यको किरण सोझिन थाल्छ  अथवा रात छोटो दिन लामो हुदै जाने गर्दछ  । आषढ १५ गते रात छोटोर  दिन लामो हुने दिन हो भने पुस १५ रात लामो र दिन छोटो हुने दिन हो ,  तमू ल्होसार पूर्वीय वेदाङ्ग वैदिक संवत् र पश्चिमेली खगोल शास्त्री एवम् भूगोलविद्हरुले भने अनुसार ३० डिसेम्बरका दिन छोटो रात लामो हुन्छ भन्ने मान्यताको नजिक पर्दछ  प्रत्येक धर्म समुदायको नयाँ वर्ष फेरिने तिथिमितिका दिनहरु आ–आफ्नै छन् । त्यस्तै जनावरी पहिलो तारिख इसाई धर्म अनुसार नयाँ वर्ष मान्दछन् । वि।स। अनुसार बैशाख १ गते, चिनीयाँ संवत अनुसार फेबुरअरीमा नयाँ वर्ष मनाउँछन्  भने आश्विन महिनामा नेवार जातिको भिन्तुना मनाउँछन् । नेपालका विभिन्न जात जातिहरुका आ–आफ्नै उत्सव र पर्वहरु रहेका  छन् । तिब्बती समुदायको तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार छन् । तम् जातिले मान्ने पर्व पुष १५ लाई  तमू ल्होसार पर्ब  भनिन्छ । यस दिनलाई तमू संस्कृती अनुसार जीवन साथी रोज्ने प्रेम दिवसको रुपमा हर्ने गरिएको पनि छ । गुरुङहरुमा ल्होसार लेख्ने कि ल्होछार लेख्ने  सवाल रहेकोले तिब्बती भाषको ल्होसार शब्द गुरुङ भाषामा तद्धव भएको ल्होसार शब्द नै उचित हुन्छ भन्ने प्रा.डा. जगमान गुरुङको भनाई रहेको छ । तमू ल्होसारको सास्कृतिक, सामाजिक, प्राकृतिक र आर्थिक विशेषताहरु छन् ।

 

कार्यक्रम “हाम्रो सम्पदा ” मा प्रसारित समाग्री

लेखक : रेडियो पर्यावरण १०४.२ मेगाहर्जमा कार्यरत हुनुहुन्छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News