HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home विशेष लेख दार्जीलिङको भावनात्मक सम्बन्धसित भावेश

दार्जीलिङको भावनात्मक सम्बन्धसित भावेश

E-mail Print PDF
AddThis Social Bookmark Button

सविता थापा ‘सङ्कल्प’

आफू नेपालको काठमाडौँमा भए तापनि दार्जीलिङ पहाडलाई हृदयले माया गर्ने र यस पहाडका सर्जकहरूसँग राम्रो सम्बन्ध गाँस्ने कवि तथा गीतकार हुन् भावेश भुमरी । हाल उनी सपरिवार दार्जीलिङस्थित आफ्ना ससुरालीमा विजया दशमी अनि दीपावली पर्व मनाउन आइपुगेका छन् ।

भावेश भुमरीको स्थायी घर मरन्ठाना— ८ प्यूठानमा रहेको उनी स्वयम् बताउँछन् तापनि धेरै समयदेखि उनले काठमाडौँलाई कर्मथलो बनाउँदै आएका छन् र सपरिवार काठमाडौँमै बसोबास गर्दै छन् । शैक्षिक यात्रामा पनि अब्बल रही सफलता हासिल गरेका भावेशले बी।एड्।, एम्।ए ९नेपाली, प्रथम श्रेणी, त्रि।वि।० गरेकेका छन् । साहित्य अनि कलाकारीय क्षेत्रमा भावेश भुमरी नामले अधिक चर्चामा आएका प्रतिभासम्पन्न भुमरीको वास्तविक नाम जुद्धबहादुर पुनमगर हो । स्वभावले इमान्दार, भद्र र हँसिलो देखिने भुमरी सिर्जनशील क्षेत्रमा अधिक तीव्र देखिन्छन् । यसरी तीव्र भएरै पनि उनी अझसम्म सिर्जनाको कुनै क्षेत्रमा आफूलाई परिपक्व ठान्दैनन् । उनका कविता र गीत लेखन अनि वाचनसहित विभिन्न सङ्गीतकारका सङ्गीत र गायकगायिकाहरूका स्वरहरूमा रेकर्ड गीतहरूलाई हेरेर, सुनेर भन्ने हो भने भावेश एक सफल कवि, गीतकार अनि साहित्यिक गतिविधिमा सक्रिय परिपक्व व्यक्तित्व हुन् ।

आफ्ना परिवारसहित दार्जीलिङ आइपुगेपछि उनलाई निमन्त्रणा गरिएका कार्यक्रमहरूमा उनका रचना र मन्तव्यहरूलाई प्रत्यक्ष श्रवण गर्न पाउँदा उनको निपूर्णताको प्रशस्तै उदाहरण पाउन सकेका छन् दार्जीलिङका सर्जकहरूले । त्यस्तै कार्यक्रमको मन्तव्यमा उनले बताएअनुरूप वरिष्ठ साहित्यकार र कलाकारहरू माधव घिमिरे, ईश्वर वल्लभ, कुमार सुब्बा, दिव्य खालिङलगायतका अन्य पुराना कलाकारहरूद्वारा प्रेरणा पाएर नै उनी सिर्जनशील क्षेत्रमा निरन्तर रूपले अघि बढेका हुन् ।

हुन त भावेश यो दार्जीलिङको भीडभित्रका साहित्यकार होइनन्, हाम्रा पाठकलगायत थुप्रै सङ्गीतप्रेमीका साथै साहित्यप्रेमी कलाकार अनि सर्जकहरू उनका श्रेष्ठ सिर्जनासित सुपरिचित छैनन् । यसैले मैले यहाँ उनलाई प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

आफ्नी श्रीमतीकै कारण भावेशको दार्जीलिङसित वैयक्तिक नाता जोडिएको छ र सिर्जनशील रूपले भावानात्मक सम्बन्ध पनि कसिँदै आएको छ । आफ्नो सिर्जनाको यात्रामा कुमार सुब्बा, दिव्य खालिङ, प्रदीप क्षेत्रीलगायतका कलाकारहरूसित गीतहरू तयार पार्ने क्रममा उनी दार्जीलिङका अन्य सर्जकहरूसित पनि नजिकिँदै आए । उनको दार्जीलिङ मोह झन्झन् झाँगिँदै आयो । यसरी झाँगिँदै आएको मोहले थुप्रै सिर्जनामा ऊर्जा थपेको कुरा उनी स्वयम् बताउँछन् ।

भावेशको दार्जीलिङसितको सम्बन्धयात्रा यसरी अघि बढेको थियो, जुन बेला पत्रमित्र बनाएर पत्रचार गर्ने गरिन्थ्यो । पत्रमित्रताकै क्रममा उनको भेट खर्साङमा बसेर स्नातक पढ्दै गरेकी प्रणिता चामलिङसित भयो । दुवै सिर्जना क्षेत्रमा लाग्दै गरेकाले उनीहरूको सम्बन्धले घनिष्ठताको उचाइ लिँदै आयो । त्यो घनिष्ठताले प्रेमको रूप लिन थाल्यो र प्रेमकै अन्तिम सत्य भनौँ हृदय मिलेपछि दुवै विवाह बन्धनमा बाँधिए सधैँका निम्ति । उनकी श्रीमती प्रणिता चामलिङ दार्जीलिङ, मिरिकको केही तल फुवागडीनजिक खरबनीकी हुन् । विवाह बन्धनमा बाँधिएपछि पनि दुवै सिर्जना यात्रामा सँगसँगै अघि बढे र प्रणिताले ‘तिमीजस्तै म पनि’ गीतसङ्ग्रह प्रकाशित गरिन् । प्रणिताका एक दर्जनजति गीत विभिन्न कलाककारहरूको स्वरमा रेकर्ड भएको कुरा भावेश बताउँछन् ।

भावेश गीत लेखन र एल्बम तयार गर्दा दार्जीलिङका कलाकारहरूसँग आफ्नो सम्बन्ध अधिक नजिक भएको कुरा गर्छन् । यही कारण पनि उनले दार्जीलिङका धेरै कलाकरहरूसित काम गरेका छन् । यसै क्रममा उनले कुमार सुब्बा, दिव्यरत्न तुलाधर, शिलाबहादुर मोक्तान, सचिन सिंह, प्रदीप क्षेत्री, सुरज मोक्तान, उत्तममणि बमजनलगायतका सङ्गीतकारहरूका सङ्गीतमा आफ्ना गीतहरूलाई सजाउने अवसर पनि पाएका छन् । उनी आफ्ना सिर्जनाका कारण दार्जीलिङसित थप सामीप्यमा आएको बताउँदै कार्यक्रमकै मञ्चबाट आफ्ना मन्तव्यमा भन्छन्, “मेरा प्राय गीतहरूमा सङ्गीत भरिदिने सङ्गीतकार हुनुहुन्छ प्रदीप छेत्री ।’’ यसका साथै साङ्गीतिक क्षेत्रकै सिलसिलामा सङ्गीतकार, गीतकार अनि चित्रकार सुरज मोक्तानलाई पनि कहिल्यै भुल्न नसक्ने कुरा बताउँछन् ।

भावेश दार्जीलिङको साङ्गीतिक गतिविधि उच्च भएको विचार राख्छन् । उनी दार्जीलिङका कलाकारहरूको सङ्गीतका साथै गायकीकला धेरै उच्च रहेको कुरा पनि थप्छन् । साङ्गीतिक कार्यमा दार्जीलिङ र नेपाललका कलाकारहरूमा थुप्रै भिन्नता पाइने कुरासमेत बताउँछन् उनी । दार्जीलिङका कलाकारहरूले गीतसङ्गीतलाई समयानुकूल व्यावसायिक बनाइसके तापनि नेपालकाले अझ धेरै मेहनत गर्न बाँकी रहेको अनुभव बताउँछन् । यसले गर्दा नेपालका कलाकारहरूले दार्जीलिङका कलाकारहरूलाई हेर्ने दृष्टिकोण फरक भएको कुरा पनि राख्छन् । नेपाली गीतसङ्गीतलाई थोरै भए पनि स्तरीय र व्यावसायिक बनाउने उद्देश्य लिएर उनले ‘सुरप्रभा गीत सङ्गीत प्रा।लि। काठमाडौँ’ म्युजिक कम्पनी स्थापना गरेका छन् र गीत रेकर्डका लागि हालै ‘ह्वाइट साउन्ड स्टुडियो’समेत खोलेका छन् ।

भावेशले आफ्ना दर्जनौ गीतहरू रेकर्ड गराएका छन् र चारवटा एल्बम पनि बजारमा पु¥याएका छन् । उनले आफ्ना गीतहरूमा प्रायजसो दार्जीलिङका कलाकारहरूसँग काम गरेका छन् । यसैले पनि उनी दार्जीलिङको सङ्गीत मोहतर्फ अधिक ढल्किएका छन् भन्ने कुरा प्रष्ट हुन्छ । साहित्य लेखन र सङ्गीत सिर्जनाकै क्रममा धेरै पहिलेदेखि आफ्नो सम्बन्ध दार्जीलिङका धेरै साहित्यकार, गीतकार र गायकगायिकाहरूसँग गाँसिँदै आएको कुरा बताउँदै उनले शान्ति ठटाल, डा।जस योन्जन ’प्यासी’, जीवन वान्तवा आदिसँगको विगतको सम्बन्धलाई स्मरण गर्दै आफ्ना पुराना यादका पानाहरू पल्टाउँछन् ।

भावेश नेपाल अनि दार्जीलिङलाई समान माया गर्छन् । उनको विचारमा दार्जीलिङले काठमाडौँलाई हेर्ने दृष्टिकोण अत्यन्त निकट रहेको छ । उनी भन्छन्, “दार्जीलिङले जहिले पनि नेपालको साहित्य, कला, राजनीति र सामाजिक उन्नतिको सपना देख्ने गरेको छ । सिङ्गो दार्जीलिङ नेपाली जनताको सुखमा रम्न चाहेको छ ।” उनी काठमाडौँले दार्जीलिङको यस्तो भावना बुझ्न जरुरी भएको कुरा पनि राख्छन् । उनले गीतसङ्गीतका कार्यक्षेत्रमा दार्जीलिङका कलाकारहरूसँग अधिक सङ्गत गरेकाले उनका साथीहरूले घरीघरी भन्ने गर्छन्, “तपाईंका गीतसङ्गीत प्राय दार्जीलिङसँग जोडिएका छन् ।’’ उनी पनि यसरी जवाफ दिन्छन्, “दार्जीलिङका कलाकारहरूले जुन सिर्जना गर्दै आएका छन्, ती स्तरीय छन् । नेपालका कलाकारहरूले त्यस्ता स्तरीय सिर्जनाबाट उपयुक्त कुरा सिकेर इमान्दारीपूर्वक काम गर्नुपर्छ ।’’ कतिपय सन्दर्भमा केही साथीहरूले भावेशलाई आधा भाग दार्जीलिङ भएको कुरा पनि गरेका छन् । भावेश निर्धक्क भन्छन्, “हुन पनि मेरी श्रीमती दार्जीलिङकै चेली हुन् । त्यसैले सायद म आधा भाग दार्जीलिङ भएँ कि १” उनी स्पष्ट रूपले खुलेर आफ्ना वास्तविक भोगाइका तितामीठा कुराहरू पोख्ने गर्छन् ।

भावेश दार्जीलिङ आइपुगेको खबर सुन्दा ‘मगर सङ्घ भारत, केन्द्रीय समिति’ले एउटा सम्मान कार्यक्रम राखी उनलाई निम्त्याएर सम्मान दियो । सम्मान कार्यक्रममा मगर सङ्घ भारतले उनीसित अन्तक्र्रिया राखेर धेरै विषयमा भलाकुसारी समेत ग¥यो र धेरै कुरा साट्ने अवसर मिलायो । अर्को दिन उनको सम्मानकै लागि ‘सप्तरङ्गी सिर्जनशील समूह दार्जीलिङ’का सक्रिय कलाकारहरूले एउटा कार्यक्रमको व्यवस्था मिलाएर उनको एकल कविता अनि गीत वाचनको कार्यक्रम राखेका थिए । जुन कार्यक्रममा उनले गीत खण्डमा राष्ट्रिय, जीवनवादी, वर्गीय, विकृति विसङ्गति, परदेश, संयोगान्त, वियोगान्त, निराशा, प्रयोग, प्यूठान र दार्जीलिङ विषयलाई प्रस्तुत गरे । जसमा करिब ५० वटा गीतहरू पस्के र उपस्थित दर्शकहरूलाई प्रशस्त आनन्द दिलाए । कविता खण्डमा उनले आधा दर्जन कविता पस्केर सबैको मन जिते । चियाबारी अनि दार्जीलिङका कतिपय अप्ठ्यारा जीवनका बारेमा उनले सिर्जेका सिर्जनाहरूमार्फत् सबै दर्शकलाई मन्त्रमुग्ध तुल्याए । यसरी दार्जीलिङका कलाकारहरूले माया गरेर सम्मान दिएवापत उनले भन्न भ्याए, “दार्जीलिङ पहाडका मानिसहरू साह्रै मिलनसार छन्, आफ्ना कला, संस्कृति र साहित्यप्रति अगाध माया गर्छन् र हामीलाई पनि त्यसरी नै माया दिन अघि सर्छन् । यस कुरालाई हामी काठमाडौँकाले सिक्नुपर्छ । मलाई सिर्जनाको यो तहमा पु¥याउन दार्जीलिङले जुन गुन लगाएको छ, म कहिले भुल्न सक्तिनँ । दार्जीलिङका जुन मञ्चहरूले मलाई सम्मान गरेका छन्, सबैप्रति कृतज्ञ रहेको छु र अब मैले दार्जीलिङलाई दिनुपर्ने कुरालाई मेरै कर्तव्य र जिम्मेवारी सम्झने छु ।”

भावेशले मीठा गीत लेखेका छन्, उनले नेपालको मायामा लेखेको एउटा गीत—

नेपालीको शिरमाथि हिमाल देखिने

हिमालमाथि नेपालीकै पाइला भेटिने

सगरमाथा माछापुच्छे« सधैँ हाँसिदिन्छन्

कस्तूरी र डाँफे मजुर यहीँ नाचिदिन्छन्

गुराँस फुल्दा पातपातमा गीत लेखिने

जता हे¥यो त्यतै नेपाल सुन्दर देखिने

झुल्केघामले जीवन देख्छ हिउँको काखभरि

झरनाले खुसी बाँड्छ भाका फेरीफेरी

जता हिँड्यो त्यतै आफ्नो जित देखिने

हिमालमाथि नेपालीकै गौरव भेटिने

उनले दार्जीलिङसँगको सम्बन्धमा एउटा यस्तो गीत सुनाए—

दार्जीलिङ म आएको छु धेरै नयाँ पाएको छु

हाम्रै पन र संस्कृतिमा फुल्ने गीत गाएको छु

दृश्यहरू लहरिन्छन् यी आँखामा छालजस्तै

चालचलन बोली रैछन् सङ्गीतका तालजस्तै

पहाडका तरेलीमा मनको खुसी छाएको छु

हाम्रै पन र संस्कृतिमा फुल्ने गीत गाएको छु

मेरो ठाउँ भुल्न सकूँ अनि यहीँ बसूँ लाग्छ

चेतना र कला खोज्न गाउँबस्ती पसूँ लाग्छ

भेट्नेसित मन खोली प्रिय नाता लाएको छु

हाम्रै पन र संस्कृतिमा फुल्ने गीत गाएको छु

मीठा मीठा शब्दशैलीले भरेका उनका गीतका साथै कविताहरू पनि त्यत्तिकै मीठा र अर्थपूर्ण छन् । उनका रचनाहरू सुन्दा आहा १ नभनी बस्न सक्दैनौँ हामी । यसै प्रसङ्गमा उनको एउटा गीत यसप्रकार छ—

मेरो भूमि बिरामी छ रमिते छन् वरिपरि

सक्नेहरू ढुक्कै लुट्छन् यही देशलाई घरीघरी

दातृ सहयोग जुटेको छ कर पनि उठेको छ

को खोज्छ र देशको भण्डार कहाँ कहाँ फुटेको छ

भन्छन् मान्छे रङ भर्छु यो धर्तीमा अनेकथरी

सक्नेहरू ढुक्कै लुट्छन् यही देशलाई घरीघरी

सुशासनका कुरा हुन्छन् अभावले तारा छुन्छन्

टाठाबाठा हरप्रहर दोष छोप्ने जालो बुन्छन्

भन्छन् मान्छे सुख दिन्छु यो माटामा खुसी भरी

सक्नेहरू ढुक्कै लुट्छन् यही देशलाई घरीघरी

यस्ता गहन अर्थका अब्बल रचना रच्ने कवि, गीतकार भावेश भुमरीले आजसम्म गीतसङ्गीतप्रति समर्पित रहेर ‘भीरफूलको छाया’, ‘भिजेको चिट्ठी’, ‘भित्र छ फूलको साँध’, र ‘भिडभित्र छु बिरानो म’ चारवटा गीतसङ्ग्रह प्रकाशन गरेका छन् भने ‘भोक इल्टा नाघेर सेलाउँछ’ कवितासङ्ग्रहलाई बजारमा ल्याइसकेका छन् । उनले ‘भरोसा’, ‘भावना’, ‘भूमिका’ र ‘भिन्नता’ आधुनिक गीतिएल्बमलाई पनि श्रोतासमक्ष पु¥याएका छन् । यीबाहेक उनका सिर्जनाहरूमा कवितासङ्ग्रह, सामाजिक उपन्यास र संस्मरणात्मक कृति प्रकाशोन्मुख रहेका छन् ।

भावेशका गीतहरूलाई दार्जीलिङ, काठमाडौँ अनि अन्य देशमा रहेका धेरै सङ्गीतकारहरूले सङ्गीत भरिसकेका छन् र ती गीतहरूलाई ख्यातिप्राप्त अनि चर्चित गायकगायिकाहरूले स्वर दिइसकेका छन् । यसरी उनका धेरै गीत रेकर्ड भए तापनि केही ख्यातिप्राप्त अनि चर्चित सङ्गीतकार र गायकगायिकाहरूको नाम लिनुपर्दा सङ्गीतकारहरूमा कुमार सुब्बा, रत्नबहादुर, दिव्य खालिङ, दिनेश सुब्बा, दिव्यरत्न तुलाधर, शिलाबहादुर मोक्तान, सचिव सिंह, प्रदीप छेत्री, उत्तममणि बमजन, सुरज मोक्तान, बीबी अनुरागी, सन्तोष श्रेष्ठ, विष्णु अधिकारी, रोशनराज गुरुङ, पविधन खालिङ आदि हुन् । गायिकाहरूमा लोचर भट्टराई, लासिमीत राई, तारा थापा, सपनाश्री, हीरा रसाइली, पवित्र सुब्बा, रीमा गुरूङ होडा, अन्जु पन्त, बानिका प्रधान आदि रहेका छन् भने गायकहरूमा कुमार सुब्बा, पेमा लामा, ओम गुरूङ, रवीन शर्मा, शम्भु राई, पवन गोले, सुरेशकुमार, रामकृष्ण ढकाल, थुप्देन भुटिया, महेश सेवा, स्वरूपराज आचार्य, कृष्णभक्त राई, कर्मग्याल्छेन बमजन, प्रशान्त तामाङ आदि रहेका छन् । यसबाहेक उनले सिर्जना गरेका धेरै गीतहरू रेकर्ड हुन बाँकी छन् ।

यस्ता एक सफल कवि, गीतकार भावेश भुमरीले आफ्नो सफल सिर्जनाका माध्यमबाट नवकविता प्रतिभा पुरस्कार– २०५० काठमाडौँ, देशव्यापी युवा कविता महोत्सव– २०५३ धरान, राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता– २०५७ ९रचनामा प्रथम० रेडियो नेपाल, रापती म्युजिक अवार्ड– २०६९ काठमाडौँ ९चलचित्र पार्श्व गीतकार०, हिरो अफ भ्वाइस एवम् पत्रकार महासंघ दाङद्वारा अभिनन्दन– २०६९, म्युजिक खबर म्युजिक अवार्ड २०७० काठमाडौँ ९सुगम सङ्गीत गीतकार०, रापती म्युजिक अवार्ड– २०७० काठमाडौँ ९सुगम सङ्गीत गीतकार०, वर्ष गीतकार पुरस्कार– २०७०, गीतकार संघ नेपाल ९रु। १ लाखसहित ताम्रपत्र०, रापती सांस्कृतिक प्रतिभा पुरस्कार– २०७१ रापती समाज काठमाडौँ, नेशनल क्यापिटल अवार्ड– २०७१ काठमाडौँ ९राष्ट्रिय भावको गीतकार०, रापती म्युजिक अवार्ड– २०७१, काठमाडौँ ९सुगम सङ्गीत गीतकार० लगायतका मानसम्मान र पुरस्ककारहरू प्राप्त गरिसकेका छन् ।

भावेश भुमरीको सम्पर्क— फोनः९७७–९८५१०७००३२, फेसबुकः www.facebook.com/bhavesh.bhumari, इमेलःbhavesh.bhumari@gmail.com

 
Comments (1)
writer
1 Monday, 25 January 2016 11:12
sabita sankalpa
bhavesh ji ati nai sojha ani atinai imandar sarjak hun. uni milansar hunako sathai ek sakriya sangeet premi pani hun aaja uhale jun yogdan dirahanu vayeko cha bhawisyama tysko sahi mulankan hunecha vanne kuroma ma satpratisat biswasta chu. thanks

Add your comment

Your name:
Subject:
Comment: