HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home विशेष लेख पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु

पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु

E-mail Print PDF
AddThis Social Bookmark Button

अयोध्या प्रसाद श्रीवास्तव

नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ । कलमको शक्ति भनेको बुद्धि, विवेक र ज्ञानको सतत प्रवाह हो । आजको युगमा यो काम पत्रकारिता जगतबाट सर्वाधिक प्रभावशाली तरीकाले भैरहेको छ । पत्रकारले समाजमा घटित हुने गरेका घटनाहरुलाई प्रकाशित – प्रशारित मात्र गर्दैन,उसले घटनाहरुको पछाडी लुकेका रहस्यहरुको प्रकटीकरण र समाजलाई दिशाधारा दिने सोचको विकास र देशभक्तिलाई प्रोत्साहित समेत गर्दछ र राष्ट्र्लाई सबल बनाउने काम गर्दछ ।

 

तर यस्तो गहन र र गुरुतर भार बोकने  पत्रकार जगतमाथि आज प्रशस्त टीका टिप्पणी हुने गरेको पाइन्छ । लम्पट, धूर्त र पुरुषार्थहीनहरु कि त राजीतिक आवरणमा लुक्न पुग्छन कि त पत्रकारिताको खोल ओढेर समाजमा स्थान बनाउन पुग्छन् भनेर निकै उपहास हुने गरेकोले यस तर्फ छलफल गर्न खोजिएको हो ।


सर्वप्रथम पत्रकारिताको गुण हेरौं –


१, सत्य तथ्यको प्रकाशन – मानव समाज अथवा प्रकृति र जीव जगतमा जुन सुकै स्थान र अवस्थामा घटित हुने घटना ,मानवीय व्यवहार र मानव समाजबाट हुने गरेका उपक्रम र व्यवस्थाहरुको समबन्धमा आम जनतामा सत्य तथ्य उजागर गर्नू  पत्रकार जगतको पहिलो काम हो । जब संचार तन्त्रले यो काम कुरा यस्तो हो भनेर प्रकाशन गर्दछ तब जन समुदायले त्यस कुरा माथि सहजै विश्वास गरिरहेको हुन्छ ।

 

२, प्रभाव पार्ने क्षमता – संचारतन्त्रमा प्रकाशित र प्रशारित हुने सामग्रीहरु सही छन् भन्ने् कुरामा जनमानस विश्वस्त हुन्छ र अन्यथा ठहर्दैन भने अदालतले पनि  त्यसलाई प्रमाण मान्ने गर्दछ । समय समयमा घटित भएका हत्या र बलात्कार जस्ता जघन्य अपराधमा संचार जगतको खोजमूलक निरंतर प्रशारण र प्रकाशनले न्यायालय लाई पनि मार्गदर्शन र समाजको धारणा बुझन मद्दत हुने गरेको देखिन्छ ।

 

३, सिकावटको सशक्त माध्यम – संचार माध्यमहरुबाट प्रवाहित ज्ञान विज्ञानका विविध सामग्रीका साथै साहित्य, भाषा, कला र संस्कृतिको बारेमा सिकावट को काम पनि हुन्छ । समाजीकरणको यौटा ठूलो काम हुन्छ । रेडियो टेलीवीजनमा हुने प्रशारण बोलिने भाषा र तरीका लाई लाखौं दर्शक र  श्रोताले अनुशरण गरीरहेका हुन्छन् ।  शिक्षकले कक्षा कोठामा ४०जनालाई पढाएको हुन्छ भने इनले एकसाथ लाखौं जनालाई शिक्षित गरीरहेका हुन्छन्, नयाँ शव्द, उच्चारण र ज्ञान सिकाई रहेका हुन्छन् ।

 

४, कुरीति र कुप्रथा निवारण –  इनले समाजमा विद्यमान कट्टरपंथिता र रुढिवादिताको बारेमा जनचेतना जगाउँदै समाजलाई कुरीति निवारणमा सहयोग गर्दछन् । युगानुकुल नयाँ सोंच र परिपाटीमा ल्याउन प्रेरणा दिन्छन् ।

 

५, अपराधिक प्रवृत्तिलाई दुरुत्साहित गर्नु – इनले समाजलाई अपराधिक क्रियाकलाप गर्दा यो यो सजाय र यस्तो किसिमको हानि हुन्छ भन्ने प्रकाशन र प्रशारण गरेर समाजलाई  भरसक अपराध नगर्न सचेत गराई रहन्छन् ।

 

६, मानवाधिकार र प्रजातन्त्रको रक्षक – वाक स्वतन्त्रता अर्थात आफनो अंतरआत्मामा उठेका विचार र उद्गारलाई अभिव्यक्त गर्न पाउने अधिकारको उपभोग गर्न पाउनु पर्दछ भन्ने कुरा मानव मात्रको हृदयको आवाज हो । कम्युनिष्ट, फासिस्ट,सैनिक अथवा अन्य कुनै स्वरुप भएको एकतन्त्रीय, निरंकुश अधिनायकवादी शासन व्यवस्थामा जहाँ व्यक्तिको स्वतन्त्रता को कुनै अर्थ हुँदेन त्यहाँ पत्रकारिता पनि नियंत्रित हुन्छ र एक प्रकारले सरकारको सहयोगी अथवा यस मैन ९ थभक mबल ० मात्र हुन्छ । तर संयुक्त राष्ट्र् संघको जन्म पछि जब  मानवाधिकारको घोषणा भयो र व्यक्ति स्वतन्त्रताको वकालत हुन थाल्यो त्यहां देखि पत्रकारिता मानिसको आवाज र प्रजातन्त्र ९ मझयअचबअथ ० को प्राणको रुपमा विकसित भएको छ । त्यसैले प्रजातन्त्रमा पत्रकारितालाई सरकारको चौथो अंग भनिन्छ र राज्यमा स्वतन्त्र र निर्भीक पत्रकारिता छ भने प्रजातन्त्र छ अन्यथा छैन भनेर मूल्यांकन गरिन्छ ।

 

७, राज्यलाई सहयोग –  पत्रकार जगतले भ्रष्टाचार, कालाबजार, तस्करी, हत्या बलात्कार आदि सामाजिक र सावर्जनिक अपराधको भतर्स्ना गर्दछ, हानि लाभको विवेचना गर्दछ र राज्यलाई नयाँ कानून बनाउनु पर्ने आवश्यकता को बोध गराउंछ तथा  राज्यले बनाएका कानूनलाई लागु गर्न प्रचार प्रसार र प्रोत्साहित गर्दछन् ।

 

८, असल संगत र नैतिक शिक्षाको संवाहक – पत्रकार जगतले नैतिक शिक्षा र सामाजिकताको प्रकाशन प्रशारण द्धारा समाजमा शान्ति सुरक्षा कायम गर्ने काममा सरकारलाई अप्रत्यक्ष रुपमा सघाईरहेको हुन्छ ।

९, धर्म र संस्कृतिको संरक्षण – संचार माध्यमहरुले धर्म र संस्कृतिको बारेमा विविध लेख,  रचना, अंतरवार्ता, छलफल र समाचारहरु को प्रकाशन र प्रशारण गरीरहेका हुन्छन् । यसबाट धर्म र संस्कृृति लाई परिस्कृत गर्ने, सुधार वा पुनरपरिभाषित गर्ने र संरक्षण गर्ने जस्ता कुराहरुको प्रष्टीकरण गर्दछन् र समाज तथा सरोकारवालाहरुको पथ प्रदर्शन हुन्छ ।

 

१०, विकासको उत्प्रेरक – समाचार माध्यमहरुको विकास कार्यमा ठूलो भूमिका हुन्छ । इनले संकलन गर्ने विभिन्न विषयका तथ्यांक र विकासका पूर्वाधार – आधारहरुको समीक्षा, मूल्यांकन र टीका टिप्पणी बाट योजनाकारहरुको विचार गर्ने मार्ग प्रशस्त हुन्छ । देश विकासमा र विकासका प्रतेक क्षेत्रमा इनले घचघचाउने गर्दछन् यसबाट  महत्वपूर्ण योगदान हुन्छ ।

 

११, देशभक्तिको आधार खडा गर्दछन् – “जहाँ न पहुंचे रवि, वहाँ पहुँचे कवि” भने जस्तै सरकारको जहाँ पहुँच पुग्ंदैन त्यहाँ पनि पत्रकार जगतले जनमानसलाई देश प्रति को कर्तव्य र वफादारीको बोध गराउने, जनतालाई  जागरुक गराउने र विभिन्न किसिमको सूचना र जानकारी प्रवाहित गर्ने काम गर्दछन् । यसले त नागरिकता को शिक्षण दिने कामका साथै नागरिक सेवा पनि उपलव्ध हुने गर्दछ ।

 

१२, त्रिशक्तीय समीकर – पत्रकारिताले सरकारको तीनवटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लाई जीवन्तता दिने काममा सहयोग गरेको हुन्छ । यसैले त यसलाई सरकारको चौथो अंग भनिन्छ । यर कारण पत्रकारिता पूर्णरुपले व्यवसायिक, मर्यादित र सुव्यवस्थित तथा विश्वसनीय हुनु पर्दछ ।

 

पत्रकारमा देखिएकाअवगुण र कमी कमजोरी –पत्रकारिता समाजको बौद्धिक शक्ति हो यस कारण यसबाट निम्नलिखित हानि हुने सम्भावना रहन्छ ।

 

१, भ्रष्ट क्रियाकलाप – भ्रष्टाचार, कालाबजार तस्कर र अपराधी जगतका कुख्यातहरु संग उपहार लिनु र तिनको गतिविधिलाई ढाकछोप गर्नु , प्रकाशित गर्नु ।

 

२, अहंकार जन्य भ्रष्टाचार – हुनेखाने र यशस्वी व्यक्तिहरुलाई तर्साउनु, धमकाउनु र ब्लेकमेलिंग गर्नु ।

 

३, पंडा प्रवृत्तिः– शिक्षा स्वास्थ्य र अन्य लाभदायक क्षेत्र, जहाँ आफनो काम पर्ने सम्भावना हुन्छ , तिनीहरु संग  अनावश्यक र उट्पट्यांग प्रश्न गरेर खिन्न पारेर, भयभीत पारेर अंतमा  आफनो अभीष्ट सजिलो तरीकाले पूरा गर्नु ।

 

४, प्रशारणमा गलत नीति – राम्रो काम गर्ने समाजनिष्ठ ईमानदार, सकारात्मक सोंच र राष्ट्र् प्रति वफादार व्यक्ति तथा संस्थाहरुको उपेक्षा गर्नु, प्रोत्साहित नगर्नु र इनलाई समाचार नबनाउनु । समाचार बनाउनै परेमा लाभ खोजनु या उपकार गरे झैं मान खोज्नु । आमन्त्रण नपाएको कार्यक्रमको समाचार प्रशारित नगर्नु ।

 

५, नकारात्मक प्रकाशनमा केन्द्रित हुनु – राजनीतिक क्षेत्रको समाचार र आलोचना गर्नु पत्रकारिताको धर्म हो भनेर यसैमा बढी केन्द्रित हुनु । अर्थिक,नैतिक, सांस्कृतिक, अध्यात्मिक र विकासका सामग्रीहरु मा चासो नलिनु । राजनीतिक र आर्थिक शक्तिको चापलूसी गर्नु ।

 

६, तोड मरोड गरेर समाचार प्रवाह गर्नु –पत्रकारले कुनै विषयमा आफनो ज्ञान, कल्पना, रुचि र लाभको संयोजन गरि समाचार प्रकाशित गर्नु ।

 

७, झुक्याउने र ढाँटने शीर्षक – कतिपय पत्रिकामा आकर्षक शीर्षकमा समाचार पढदा पेटबोलीमा शीर्षकको कुरा कि त परेकै हुदैन कि त तोडमरोड गरेर यस्तो हुने सम्भावना छ भनेर लेखेको हुन्छ । यो नितान्त गलत कुरा हो ।

 

८, तथ्य र कारण छुटाएर समाचार प्रशारण – कतिपय प्रशारणमा तथ्य र घटनाको कारण नै बताइदैन । जस्तै आई ए पास गरेकी नाबालिकाले विवाह गर्न देखि इनकार, तर कति वर्ष की भनेर नखोलने, अस्पतालमा अनियमितता र लापरवाहीको विरोधमा नारा जुलूस, तर कस्तो अनियमितता र लापरवाही भन्ने कुरा नखोलने गरेको ।

९, आपत्तिजनक सम्बोधन – कारागार बाट फरार कैदी---- पक्राउ पर्नु भयो । वहां संग बरामद हतियारको लाइसेन्स नभएको कुरा स्वीकार्नू भयो,  । गुण्डा नाइके---- को हत्या, वहाँ ---- हुनु हुन्थ्यो, वहाँका। ।श्रीमती, छोरी छोरा हुनुहुन्छ । राजनीतिक नेता , मजदूर नेता आतंकवादी ले “गर्नु भयो र भन्नु भयो”  भनेर लेखने र बोलने पत्रकारले “राष्ट्र्पतिर प्रधानमंत्री र सभामुख र प्रधान न्यायधीश र राजदूतले यो यो “भने”“गरे, “पूर्व----को निधन, इनका एक श्रीमती ,एक छोरी एक छोरा छन् ”र “छैनन् ”। यस्ता शव्दावलीको प्रयोग र कतिपय व्यक्तित्वलाई त अझ होच्याउने शव्दावली कै प्रयोग लाई गम्भीर गल्ती भन्नु पर्दछ ।

 

चुनौतिहरु

 

१, रेडियो वा टी।वी। स्टेशन वा छापाखानाको आवश्यक उपकरण र सामग्री, कर्मचारी ज्याला र प्राशनिक खर्च  को अनुपातमा धेरै जसो संचारमाध्यमहरुको आमदानीको क्षेत्र प्रायः कमजोर नै हुन्छ । सबैले विज्ञापन लगायतका खर्च आमदानीका श्रोतहरु नपाउन सक्दछन् । आमदानी  भन्दा खर्चको मात्रा बढी हुन सक्दछ । यस अवस्थामा कतिपय संचार माध्यमलाई अस्तित्व रक्षा नै कठिन कार्य हुन सक्दछ भने पत्रकारिताका आधुनिक उपकरणको व्यवस्था त कल्पनातीत कुरा हुन पुग्दछ ।

 

२, पत्रकार पनि यसै समाजको जीव हो, देवता होइन । उसका आफना र परिवारका केही दायित्व, आवश्यकता र इच्छाहरु हुन्छन् । भोको पेटमा तटस्थ बस्न गाह्रो हुन्छ । उसको ईमानदारिता, कर्तव्यष्ठिा,र निर्भीकतालाई उसको आर्थिक अवस्था, पारिश्रमिक र अन्य साधन श्रोत र सुविधाहरले प्रभावित गर्ने गर्दछन् । उसको सेवा प्राप्त गर्ने संस्थाले यी कुरामा जति बढी मात्रामा ध्यान दिन सक्दछ त्यो संस्थाले त्यति नै विश्वसनीयता प्राप्त गर्न सक्दछ ।

 

३, अपराधिक क्षेत्रबाट ईमानदार पत्रकार को जिउज्यान मा समेत खतरा हुने सम्भावना रहन्छ । भौतिक क्षति, परिवार का सदस्यको अपहरण र ज्यान मार्ने धमकी जस्ता घटना हुने गर्दछन् ।  घटनामा परिसकेको पीडित पत्रकारको  परिवारको भरण पोषण र भविष्य निर्माणमा सहयोग पुर्याउने काम बिरलै हुन्छ ।

 

४, पत्रकारहरु हुरी, बतास, बाढी, पैरो जंगल, नदी खोला , हिमपात, भूकम्प, आगलागी र युद्धका मैदानमा पनि पुगने गर्दछन् । यस्ता जोखिम हरुमा शारीरिक चोटपटक र ज्यान जाने सम्मको खतरा रहेको हुन्छ ।

५, घटनाको भित्री तहमा पुगेर समाचार संकलन गर्ने काममा पत्रकारलाई ठूलो चतुर्याई र संघर्ष को सामना गर्नु पर्ने अवस्था हुन्छ ।

 

असल पत्रकारिताकालागि सतर्कता र सुझाव –

 

१, व्यवसायिक योग्यता – पत्रकारमा शैक्षिक योगयता,समसामयिक तालीम, जुझारु र निर्भीकता, कर्तव्यनिष्ठता, छ भने ऊ निसंदेह सम्मानको पात्र हुन्छ । पत्रकारिता स्वक्ष र मर्यादित पेशा हो एक असल पत्रकार एक असल संत भन्दा कम हुँदैन ।   लोभी, भ्रष्ट र निकम्मा पत्रकारले पत्रकारितालाई बदनाम गराउंछ ।

 

२, वस्तुनिष्ठता र निरपेक्षता – पत्रकारले घटनाहरुलाई सत्य तथ्यका आधारमा प्रकाशित गर्नु पर्दछ । उसले आफना मूल्य र मान्यतालाई तथ्यमा मिसाउनु हुंदैन र कसैको स्याबासी पाउनलाई अनर्गल प्रकाशन र प्रशारण गर्नु हुँदैन ।

 

३, प्रकाशन गर्न हुने र नहुने भन्ने विवेकशीलता – कुनै समाचार कुन संचार माध्यमले सर्वप्रथम प्रकाशित गर्दछ भन्ने कुरामा प्रतिस्पर्धा हुने गर्दछ तर यसै क्रममा के प्रकाशित गर्ने र के नगर्ने भन्ने विवेक पुर्याउनु पर्ने अवस्था समेत हुने गर्दछ । कहिलेकाही यस्ता घटना र सामाजिक परिस्थिति श्रृजित हुन पुग्दछन् जब कुनै विषयको प्रकाशनले कसैको इज्जत प्रतिष्ठा, मानवाधिकार, राष्ट्र्यि एकता र अखण्डता, सार्वभौमिकता, विभिन्न धर्म, वर्ण, वर्ग, पेशा, व्यवसाय र आस्थाका मानिसहरुका बीचको आपसी सुसम्बन्ध सदाचार र नैतिकता मा ह्रास आउने र सद्भाव विथोलिने, शान्ति सुरक्षा भंग हुने सैनिक व्यवस्था र युद्धक स्थितिमा धक्का पुगने, जन आक्रोश बढने र मित्रराज्य संगको सुसम्बन्ध बिग्रने खालका विषयवस्तुमा कलम चलाउनु हुँदैन । यी विषयहरुमा अवस्था हेरेर चुप लागनु राम्रो मानिन्छ ।

वर्तमान समयमा सं। २०७२ को थारु, मधेशी र जनजातीय आन्दोलनका समयमा तराई वासीहरुलाई अति आपत्तिजनक शव्द, गाली गलौज व्यंगात्मक अभिव्यक्ति “ धोती  राष्ट्र्पति समेतलाई बिहारी भनेर कुर्लने सामाजिक संजाल, र पत्रकारिताले अलगाववादलाई मलजल गरिरहेको कुरालाई पत्रकार जगतले ध्यान दिनु पर्दछ र राष्ट्र्हितमा केन्द्रित रहनु पर्दछ । कतिपय पत्रकार, तथाकथित बुद्धिजीवी, राजनीतिक छोटभइया र अनुयायी, अंधभक्त कार्यकर्ता र उग्र नश्लवादीहरmको भडकाऊ अभिव्यक्तिको प्रकाशन र प्रशारण कर्ताहरु ले राष्ट्र्लाई  कमजोर बनाउँछन् । विवेकी आँखाले हेरेर इनीहरुलाई पनि अलगाववादी ठहराउने अवस्था आउन सक्दछ भन्ने कुराको हेक्का राखनु पर्दछ ।

 

४, आक्षेप बाट बच्नु पर्दछ –  देश कै दुर्भाग्य के पनि हो भने मानवाधिकारवादी, नागरिक समाज जस्तै  पत्रकारिता क्षेत्र पनि राजनीतिक खेमामा विभाजित छ । तसर्थ प्रमुख राजनीतिक दलसंग प्रभावित संचार माध्यम संग सत्य तथ्यको प्राप्तिमा संदेह हुनु स्वाभाविकै हो ।  अंतरिम संविधानमा उल्लेखित धर्म निरपेक्षता जनताको माँग होइन भनेर देशव्यापी जनअभिव्यक्ति हुँदा हुँदै संचार माध्यमहरुले जनताको आन्दोलनलाई यथेष्ट प्रकाशन प्रशारण नल्याउनु वा  मौन बस्नु भनेको  विदेशी षडयन्त्रको शिकार भएको  भन्ने कुराको नेपाली पत्रकार जगतले सशक्त स्पष्टीकरण नदिएकोले “ बद अच्छा बदनाम बुरा”  को स्थिति आएको छ र पत्रकारिता क्षेत्रबाट यदि कोही कोही मात्र राजनीतिक प्रभावमा परेर  दोषी छन् भने पनि  “एक मछली सारे तालाबको गन्दा करती है” भन्ने उखान चरितार्थ भएको मान्नु पर्दछ । पत्रकारिताको सब भन्दा ठूलो कमजोरी राजनीतिमा समर्पण हो । तर  राजनीतिक दबाव र प्रभावबाट आफूलाई भरसक बचाई राखने  संचार माध्यम हरु राजधानीमा मात्र होइन मोफसलमा पनि थुप्रै छन् ती यद्धपि निसंदेह धन्यवादका पात्र छन् तर तिनले पनि बदनामीको मार त खानु परेकै छ ।

 

५, धैर्यता र गम्भीरता – पत्रकार नितान्त गम्भीर र धैर्यवान हुनु पर्दछ । माथी उल्लेख गरिएका गुणहरुलाई ग्रहण र कमीकमजोरीहरुलाई हटाउनु पर्दछ । उत्तेजनात्मक अभिव्यक्ति, आक्रोश,अश्लीलता,घृणा र द्धैष जस्ता कुराहरु समाजलाई पस्कनु हँदैन । सामाजिक सदभाव खलबलिन दिनु हुदैन ।  कुनै दृश्य देखेर,कुरा नै नबुझी मनोगत सोंचको भरमा फोटो खिचेर प्रकाशित गरी स्याबासी लिन खोजनु गलत काम हो ।

 

६, भ्रष्टाचारमुक्त पत्रकारिता – उत्तावलोपन,  निजी स्वार्थ र लोभले असल पत्रकारको उन्नतिको बाटो अवरुद्ध गर्दछ । प्रत्येक ठाउं र काममा आफूलाई पनि लाभ प्राप्त हुनु पर्दछ भन्ने मनोवृत्ति लिनु हुँदैन । उसले पटक पटक आफनो निष्ठाको प्रमाण दिइ रहनु पर्दछ ।

 

७, राष्ट्र्यि संस्कृतिको रक्षा – देशको भेष भूषा, भाषा , साहित्य र कलाको रक्षा गर्नु पत्रकारको पनि दायित्व हो । नेपाल र नेपालीपन को पहिचानमा नेपाली पत्रकार सचेत हुनु पर्दछ ।  अहिले रेडियो टेलीवीजनहरुबाट विध्यालय, विध्या र विध्यार्थी, उद्धोग, अध्यक्ष लाई अदच्छे, कछ्या, सिछ्या, भिछ्या, दच्छे,,  गरीबलाई गरिप, किताबलाई किताप, अवहेलना लाई अपहेलना, शिवलाई सिब, मानवलाई मानब, बेवास्ता लाई बेवास्था,अपेक्षाको ठाउंमा उपेक्षा र उपेक्षाको ठाउँमा अपेक्षा,अक्षरको ठाउँमा अच्छेर र आशीष ९जस्को अर्थ हो आशीर्वाद०को ठाउँमा आशिक ९ जस्को अर्थ हो प्रेमी ०,उर्दू अरबीका आयातित शव्दहरु सुनेको भरमा टिपदै गलत बुझाई हुँदै जाँदा गलत उच्चारण र लेखाई हुने गरेको जस्तै आजिज लाई आजित, अफसोसलाई अफसोच, कमीजलाई कमेच,गालीगलौजलाई गालीगलौच,कुर्सीलाई कुर्ची या मेच, मेजलाई टेबुल भनेर हिसाब मिलान भने झै थुप्रै गलत उच्चारण हुने गरेकोले अब त जनस्तरमा यसैको सिको गर्दै लेखोटमा पनि यस्तै लेखने शुरुवात भैरहेको (एक जना उच्च स्तरीय शिक्षा विद समेतले विध्यालय भन्ने गरेको) देखिन्छ । यस्ता शव्द बोलनेहरुलाई स्कूल कलेजमा यस्तो गलत उच्चारण पढाइए बताइएको पक्कै थिएन होला । यताका केही वर्ष देखि मात्र यो विकृति अपनाएको र दिन दूना रात चौगुना भने झै।ंबढदै गएको देखिएकोले राष्ट्र्यि संस्कृतिमा चासो राखनेहरुले यसमा पनि विदेशी चलखेल देखी रहेका छन् र नेपालीलाई कमजोर बनाउनकालागि पहिले नेपाली राष्ट्र्यि पोशाकको अवमूल्यन गरेर अब भाषा बिगार्ने विदेशी षडयन्त्र कै एक कडी हो भन्ने चर्चा चल्न थालेकोले पत्रकार जगतले९यस्तो प्रयोगकर्ता जोसुकैले ० कि त व्याकरण सम्मत जवाफ दिनु पर्ने अन्यथा आफूलाई सच्याउनु पर्ने आवश्यकता देखिन्छ ।

 

८, थप अध्ययन को आवश्यकता – संस्कृत र खडी बोली (हिन्दी) बाट नेपाली भाषाको जन्म भएको र भारतको मुगलकालीन सभ्यता र उर्दू, अरबी फारसी भाषाको निकै मिसावट रहेकोले शिक्षक होउन् या पत्रकार, नेपालीको शुद्धता र शव्दको सही ज्ञानकोलागि यी भाषाका पुस्तक र समाचारपत्र, कमतीमा संस्कृत र हिन्दी को अध्ययन त गर्न आवश्यक नै हुन्छ ।

 

८, पत्रकार सहयोग कोषको स्थापना – सरकारमा दर्ता पत्रकार कर्तव्यपालनको सिलसिलामा अपांग,अशक्त हुन पुगेमा वा  धन वा  जिउज्यानमा वा निजका आश्रितको कुनै क्षति हुन गएमा राज्यबाट जीवन बीमाका अतिरिक्त यौटा छुट्टै सहयोग कोष बनाउनु पर्दछ र कानून द्धारा निर्धारित गरेर पत्रकार र आश्रितलाई सहयोग दिनु पर्दछ ।

 

Add your comment

Your name:
Subject:
Comment: