HongKongNepali.com, The Next Media

Friday
Jun 23rd
Home विशेष लेख ठूलाथर युवा सांस्कृतिक परिवारदेखि संगम युवा क्लबसम्म

ठूलाथर युवा सांस्कृतिक परिवारदेखि संगम युवा क्लबसम्म

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्रबहादुर श्रीस

बागलुङ जिल्ला सदरमुकामबाट गलकोट, हरिचौर करिब १० कोश टाढा पर्छ । पुष्पलाल मध्यपहाडी लोकमार्गले गलकोटलाई बीच भागबाट चिरेको छ । तत्कालिन चौबिसी राज्य गलकोट क्षेत्रका नामले हालका १७ गाविसलाई चिनिन्छ । ती १७ गाविसमध्ये तत्कालिन गलकोट राज्यको राजधानी र बागलुङको पूरानो सदरमुकाम हो, हरिचौर । हरिचौर गाविस वडा नं. ३ मा पर्ने ठूलाथर गाउँ मूलतः मगर जातिको बाहुल्यता भएको गाउँ हो । मगरसँगै शिल्पी (दलित) क्षत्री, बाहुनलगायतका जात÷जातिको बसोबास रहेको ठूलाथरलाई दर्म भनेर पनि चिन्ने गरिन्छ । श्रीस, पुन, काउचा, राना थरका मगरहरूको बसोबास रहेको ठूलाथरलाई सांस्कृतिक हिसाबले अत्यन्त महŒवपूर्ण मानिन्छ ।

 

ठूलाथरमा संघसंस्थाको इतिहास पनि अति नै लामो रहेको छ । सम्भवतः गलकोट क्षेत्रकै पूरानो संस्थाका रूपमा हालको संगम युवा क्लब खेलकुद, संस्कृति र विकास, निर्माणका कार्यमा सक्रिय छ । २०३४÷०३५ सालतिर ठूलाथर युवा सांस्कृतिक परिवारका नाममा स्थापित सांस्कृतिक समूह नै हालको परिवर्तित क्लबको नाम हो । ‘बडा दशैंका बेला कालरात्री जगाउने चलन अनुसार मुखियाको घरमा जम्मा हुने चलन थियो’, क्लबको स्थापनाबारे संस्थापकमध्येका एक दानबहादुर श्रीस भन्छन्, ‘स्व. कमला काउचाको पहलमा नाटक देखाउने भनेपछि सांस्कृतिक समूह गठन गरिएको हो ।’

बडा दशैंका बेला कालरात्री जगाउने, नाटक देखाउने र तिहारमा देउसी भैलो खेलेर आर्थिक संकलनमा सांस्कृतिक समूहले सुरुमा निकै सक्रियता देखाएको श्रीसको भनाइ छ । तत्कालिन ठूलाथर युवा सांस्कृतिक परिवार स्थापनामा स्व. कमला काउचासहित मोहनप्रसाद श्रीस, पदम भण्डारी, मुखिया हिराबहादुर श्रीस, मुखिया जगबहादुर श्रीस, दानबहादुर श्रीस, देउमाया पुन, खिमबहादुर श्रीस, कर्णबहादुर श्रीसको महŒवपूर्ण भूमिका रहेको देखिन्छ । त्यस्तै,  सुकमाया श्रीस, पुष्पा श्रीस, लालमाया श्रीस, मञ्जु श्रीस, पद्मा थापा, माया श्रीसले पनि क्लबको स्थापनामा सक्रिय भूमिका खेलेका थिए ।

उतिबेला सांस्कृतिक परिवारले बडा दशैंमा कार्यक्रम आयोजना गरी नाचगान गरी रमाइलो गर्ने गथ्र्यो । नतिजा शेरचन, निरमाया श्रीस, खर्ककुमारी श्रीस ‘चन्द्रा’, लक्ष्मी श्रीस, विना श्रीसलगायत उतिबेलाका निकै प्रतिभाशाली कलाकार थिए । ‘इञ्जिनियर बमबहादुर श्रीस दाइ र म पोखरा बस्ने भएकाले नयाँ नयाँ दोहोरी गीत आएको थाहा पाइन्थ्यो र दशैंको कार्यक्रममा गइन्थ्यो’, क्लबका संस्थापक श्रीस भन्छन्, ‘बजारमा जुन भाका आएको छ, त्यही भाकामा दोहोरी गीत गाउने र नाच्ने गरिन्थ्यो, अनि घरबाट तन्ना उठाएर लगाइ नाटक देखाइन्थ्यो ।’

बडा दशैंमा ठूलाथरमा कार्यक्रम हुन्छ भन्ने थाहा पाएपछि नजिकका रिघा, पाण्डवखानीलगायतका गाउँबाट समेत कार्यक्रम हेर्न आउन थालेको श्रीस बताउँछन् । ‘२०४४ सालदेखि हामी देउसी भैलो खेल्न सुरु गरेका हौं’, श्रीस भन्छन्, ‘पछि हरि दगाईं घर्ती, शमशेर श्रीस, पदमबहादुर राना, यामबहादुर श्रीसको पालादेखि नाम परिवर्तन भएर संगम युवा क्लब बनेको हो ।’ यामबहादुर श्रीस अध्यक्ष भएपछि संगम युवा क्लबले भलिबल प्रतियोगितामा त्यस भेगमा निकै तहल्का नै मच्चाएको थियो । गलकोट भेग, गुल्मी र म्याग्दीका गाउँहरूमा हुने भलिबल प्रतियोगिताहरूमा संगम युवा क्लबले सधैं प्रथम स्थान हासिल गथ्र्यो । संगम भनेपछि भलिबल खेलमा निकै राम्रो खेल्ने टिम भनेर परिचय नै स्थापित भएको थियो ।

क्लबका पूर्व अध्यक्ष श्रीस भन्छन्, ‘म अध्यक्ष भएपछि भलिबलसहित केही पौराणिक खेल तथा संस्कृतिलाई पनि निरन्तरता दिन थालेका हौं ।’ ठूलाथर सोरठी, झ्याउरे, ठाडो भाका, यानीमाया र सरायँ नाचका लागि निकै प्रसिद्ध छ । सती घाँटु हाल ठूलाथरबाट लोप भइसकेपनि उतिबेला सती घाँटु पनि निकै मान्ने गरिन्थ्यो । क्लबले हरेक वर्ष बडा दशैंका अवसरमा कार्यक्रम गर्दै आएको छ । क्लबका वर्तमान अध्यक्ष शेरबहादुर पुनका अनुसार यस वर्ष पनि बडा दशैं मेलालाई निरन्तरता दिइने छ । भलिबल प्रतियोगितासहित सांस्कृतिक कार्यक्रमहरू राखिएको अध्यक्ष पुन बताउँछन् ।

(लेखक, पोखराबाट प्रकाशित हुने कास्की आवाज राष्ट्रिय दैनिकमा सह–सम्पादकका रूपमा कार्यरत छन्।)

 

 

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News